धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फालिएको अवस्थामा फेला परेको नवजात शिशुको - Sajha Mobile
SAJHA MOBILE
धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फालिएको अवस्थामा फेला परेको नवजात शिशुको
Posts 1 · Viewed 1687 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फालिएको अवस्थामा फेला परेको नवजात शिशुको आमाको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शिशुको आमा २९ वर्षीया राममति रानालाई नियन्त्रणमा लिएर विस्तृत सोधपुछ सुरु गरेको छ।
प्रहरीका अनुसार राममति राना विवाहित महिला हुन् र उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्। प्रसव पीडाका कारण उनी हाल धेरै बोल्न सक्ने अवस्थामा नरहेकाले नवजात शिशु झाडीमा फाल्नुको वास्तविक कारण तत्काल खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।
यसअघि आज बिहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलस्थित नालानजिक सालनाल लागेको र कपडाले बेरिएको अवस्थामा नवजात शिशु फेला परेको थियो। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल शिशुको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ। शिशुको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र सोधपुछपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 167
· Posts 1 · Viewed 145
· Posts 1 · Viewed 161
· Posts 1 · Viewed 389
· Posts 1 · Viewed 347
· Posts 1 · Viewed 265
· Posts 1 · Viewed 306
· Posts 1 · Viewed 345
· Posts 2 · Viewed 795
· Posts 1 · Viewed 347



Travel Partners
Travel House Nepal