अमेरिका भ्रमण गर्ने भिसा लिँदा धरौटी राख्नुपर्ने नियम अब नेपाली नागरिकहरूका लागि पनि लागु हुन लागेको छ।
अमेरिका भ्रमण गर्ने भिसा लिँदा धरौटी राख्नुपर्ने नियम अब नेपाली नागरिकहरूका लागि पनि लागु हुन लागेको छ।
अमेरिकाको विदेश मन्त्रालयले मङ्गलवार जारी गरेको सूचनाअनुसार २६ ज्यानुअरीदेखि बी१/बी२ भिसा लिने नेपालीसहित विभिन्न देशका नागरिकहरूले पाँच हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी पेस गर्नुपर्ने छ।
यो नियम दक्षिण एशियाका अन्य दुई देश बाङ्ग्लादेश र भुटानका नागरिकका लागि पनि लागु हुने छ। अमेरिकाले अहिलेसम्म ३८ देशका नागरिकका लागि धरौटी राख्नुपर्ने प्रावधान राखेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अन्तर्वार्ताका बेला धरौटीको रकम निर्धारण हुने छ तर धरौटी राख्दैमा भिसा जारी हुने सुनिश्चित हुँदैन।
अमेरिकाको यात्रा गरेर निश्चित समयभित्र अमेरिकाबाट बाहिरिएपछि वा भिसा कायम रहेको अवधिभित्र अमेरिकाको यात्रा नगरेमा भिसावाहकको रकम फिर्ता हुन्छ। भिसा भएको तर अमेरिका प्रवेश गर्ने अनुमति नपाएको अवस्थामा पनि धरौटी फिर्ता हुन्छ।
अमेरिकाले बी१/बी२ भिसावाहकहरूका लागि अमेरिका प्रवेश गर्न र बाहिरिनका लागि तीनवटा विमानस्थल तोकेको छ।
बस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल (बीओएस), न्यूयोर्कस्थित जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थल (जेएफके) र वाशिङ्टनस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थल (आईएडी) बाहेक अन्य विमानस्थल प्रयोग गरेर प्रवेश वा बहिर्गमनको अनुमति नहुने विदेश मन्त्रालयले जनाएको छ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 16097
· Likes 3
· Posts 8
· Viewed 9119
· Likes 3
· Posts 1
· Viewed 4593
· Likes 3
· Posts 1
· Viewed 4932
· Likes 3
· Posts 11
· Viewed 18767