ARE YOU A DoCTOR GOING TO USA FOR USMLE? #TRIALOKYANATHPUNDIT - Sajha Mobile
SAJHA MOBILE
ARE YOU A DoCTOR GOING TO USA FOR USMLE? #TRIALOKYANATHPUNDIT
Posts 1 · Viewed 178 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
बालेन शाह नेतृत्वमा रहेको सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकामा चिकित्सा अध्ययन, तालिम वा फेलोसिपका लागि जाने नेपाली चिकित्सकका हकमा नयाँ कार्यविधि स्वीकृत गरेको छ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ अनुसार मन्त्रीस्तरबाट स्वीकृत यो कार्यविधि तत्काल लागू हुने मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्थाअनुसार ‘जे वान’ भिसामा अध्ययन वा तालिमका लागि जाने चिकित्सकले कार्यक्रम पूरा भएको ६ महिनाभित्र नेपाल फर्कनुपर्नेछ। फर्किएपछि कम्तीमा दुई वर्ष देशभित्र सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा अनिवार्य सेवा दिनुपर्ने व्यवस्था गरिएको छ।
यसका लागि निवेदक र अभिभावकले मन्त्रालयमा उपस्थित भई सेवा गर्ने मन्जुरीनामा र जमानतपत्र बुझाउनुपर्नेछ। साथै, निवेदन दिने चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता वा नवीकरण भएको हुनुपर्ने र कम्तीमा एक वर्ष सेवा पूरा गरेको प्रमाण पेश गर्नुपर्नेछ। सरकारी सेवामा रहेका चिकित्सकले सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले यस कार्यविधिबाट विदेशमा अध्ययन गर्ने चिकित्सकलाई देश फर्किएपछि स्वास्थ्य सेवामा योगदान गर्न सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 143
· Posts 1 · Viewed 196
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 186
· Posts 1 · Viewed 264
· Posts 1 · Viewed 239
· Posts 2 · Viewed 705
· Posts 1 · Viewed 247
· Posts 1 · Viewed 322



Travel Partners
Travel House Nepal