[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

Mr. D

jetho390

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ज्ञानेन्द्र शाहका दुख, पारस काठमाडौं आउँदै, हैरान हिमानी
[VIEWED 5919 TIMES]
SAVE! for ease of future access.
Posted on 07-28-14 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

gynendra--shah

मात्रिका पौडेल

९ साउन, काठमाडौं । राजतन्त्रवादीहरुले देशमा पुनः राजतत्र फर्काउँछौं भन्दै पार्टी खोल्न लागेका बेला पूर्वराजा ज्ञानेन्द्र भने आफ्नो छोराको र ज्वाइँको व्यवहारका कारण दुःखी बनेका छन् । पत्नी कोमलको स्वास्थ्य कमजोर हुँदै गएको छ । छोरा पारसको घरबार बिग्रिएको छ । बुहारी हिमानीको मनोदशा देखेर ज्ञानेन्द्र थप चिन्तित बनेेका छन् ।

ज्ञानेन्द्रकी एकमात्र छोरी प्रेरणाको पनि घरबार राम्रोसँग चलेको छैन । ज्वाइँ राजबहादुरले शारीरिक एवं मानसिक यातना दिने गरेको बताइन्छ । यी सबै दुख र पीडाबाट निराश बनेका पूर्वराजा ज्ञानेन्द्र अचेल नातिनातिनासँग रमाउने गरेका छन् ।

पारस काठमाडौं आउँदै

parasपूर्वयुवराज पारस शाहलाई निर्मल निवास भित्र्याउन उनका बालसखा राजु सिंह बैंकक पुगेका बेला पूर्वराजा ज्ञानेन्द्रले पारस निकट व्यक्तिहरुलाई समेत निर्मल निवासमा प्रवेश निषेध गरेका छन् । निर्मल निवासनिकट स्रोतका अनुसार पारसलाई नेपाल ल्याउन र उनको आडमा राजनीति गर्न खोज्नेहरुलाई पूर्वराजाका साथै पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानीले रुचाउन छाडेका हुन् ।

पारसलाई पूर्वराजाको जन्म दिनमै नेपाल ल्याउनका लागि किशोरी महतो, जगत गौचनलगायतका राजावादीहरुले प्रयास गरेका थिए । तर, त्यतिबेला पनि पूर्वराजा तथा हिमानीकोका कारण उनीहरुको प्रयास असफल भएको थियो । तर, अहिले पारसको प्रवेशाज्ञा सकिएर नेपाल र्फकनै पर्ने भएकाले उनलाई लिन उनका साथी राजु सिंह बैंकक पुगेका हुन् ।

दरवारनिकट स्रोतका अनुसार पारसलाई निर्मल निवासमा स्वागत गर्न उनका बाबु आमा र श्रीमती समेत चाहँदैनन् । पारसलाई निर्मल निवास भित्र्याउन चाहने किशोरी महतो, जगत गौचन, सुनिल खड्का, राजु सिंहहरुलाई अचेल पूर्वराजाले निर्मल निवासमा निषेध गरेको एक सहयोगीले बताए । ‘उनीहरुले बाहिर राजाका मान्छे हौं भनेर हिडे पनि पारसको लागि चाहिनेभन्दा बढि चाकडी गरेको पूर्व राजपरिवारलाई मन परेको छैन’ निर्मल निवास स्रोतले भन्यो ।

क-कसले गर्दैछन् पारसलाई स्वागत ?

स्रोतका अनुसार लोककल्याणकारी जनता पार्टी, श्रीराम हनुमान मण्डल, २०४७ सालको संविधान पुनस्र्थापना हाम्रो अभियान नामका बिभिन्न पार्टी र संस्थाहरुले पारस नेपाल आउँदा तामझामका साथ स्वागत गर्ने तयारी गरेका छन् । पारसको स्वागत नागरिकस्तरबाटै गर्ने तयारी भइरहेको लोककल्याणकारी जनता पार्टीका अध्यक्ष किशोरी महतोले बताए ।

‘आउने दिन तय नभए पनि भिसा सकिएका कारण उहाँ चाँडै आउनुहुन्छ र निर्मल निवासमै भित्रिनुहुन्छ’ महतोले अनलाइनखबरसँग भने ‘हामी उहाँको प्रतिक्षामा छौं’ । महतोले निर्मल निवासमा आफूहरुलाई निषेध गरेको बारेमा केही बताउन चाहेनन् ।

पारस आउने, ज्ञानेन्द्र जाने

पारस आउने तय भएलगत्तै पूर्वराजा ज्ञानेन्द्र श्रीमती कोमलसहित नागार्जुनस्थित ‘सरकारी दरबारमा’ जाने भएका छन् । ‘हिमानीसमेत निर्मल निवासमा बस्न चाहान्नन् । तर, पारस आउनुअघि नै निर्मल निवास छाड्दा नकारात्मक सन्देश जाने भएकाले उनी चुपचाप छिन्’ हिमानी ट्रष्टका एक पदाधिकारीले भने ।

सम्भवतः आउँदो सोमबारसम्म साइत हेराएर पूर्वराजा नागार्जुृन जानेछन् । उनी पारस आउँदा निर्मल निवासमा बस्न चाहँदैनन् । ‘पूर्वराजारानी सरकारले दिएको सुबिधा उपयोग गर्दै पारसलाई छल्न नागार्जुन जान लाग्नुभएको हो’ पूर्वराजाका एक सहयोगीले भने ‘हिमानी बच्चाहरुको पढाइका कारण जानुहुन्न’ ।

हैरान हिमानी

Himani-Shaनिर्मल निवासस्रोतका अनुसार पारस र हिमानीको सम्बन्ध अब कानुनी रुपमा मात्रै बाँकी छ । पारससँग हिमानी अलग भएको लगभग चार वर्ष भइसकेको छ । उनी बच्चाहरुलाई समेत पारसको छत्रछायाँबाट टाढा राख्न चाहान्छिन् । ‘उनलाई अहिलेसम्म आडभरोसा भनेकै ससुराबाट प्राप्त भएको छ । उनी पारससँगको सम्बन्ध एक दिन पनि राख्न चाहान्नन्’ हिमानी ट्रष्ट स्रोतले भन्यो ।

पूर्वराजपरिवार सदस्य भएका कारण मात्र हिमानीले पारससँगको कानुनी सम्बन्ध व्यहोर्नुपरेको उनका निकटवर्तीहरु बताउँछन् । ‘पारस थाइ प्रेमिकासहित बैंककमा बस्न थालेपछि हिमानीको पारससँगको भावनात्मक सम्बन्ध सकिएको हो । अब कानुनी सम्बन्धमात्रै बाँकी छ’ स्रोतले भन्यो ।

फेरि बैंकक फर्कने

पारस केही समयका लागि मात्रै नेपाल आउन लागेको स्रोतले जनाएको छ । उनी भिसा अवधि सकिएकाले औपचारिकताका कारण आउन लागेको महतोले बताए । ‘उहाँ एक्लै आउनुहुन्छ, थाई प्रेमिका आउनै छैनन्’ उनले भने’हिमानी सरकारको मुड के छ हामीलाई थाहा भएन’ ।

यो पनि पढ्नुस

- See more at: http://www.onlinekhabar.com/2014/07/173249/#sthash.Va6u15dq.dpuf

 
Posted on 07-28-14 10:45 AM     [Snapshot: 137]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पारस हाम्रो चरस
प्राण भन्दा प्यारो छ|
 
Posted on 07-28-14 8:19 PM     [Snapshot: 657]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thailand doesn't suit Paras..its same like sending a person who always got common cold to Siberia....he better come back Nepal and make a nice castle on the bank of Rara lake and live happily ever after there just like Khaptad swamii.....jay mata d.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters