२३ फागुन, काठमाडौं । टर्किस एयरलाइन्सको विमानलाई धावन मार्गबाट पन्छाइएको छ । धावन मार्ग खाली भएपछि विमान सेवा सुचारु गर्ने तयारीमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय जुटेको छ ।
यसअघि विमानस्थल राति १२ बजेसम्मका लागि बन्द गरेको घोषणा गरिएको थियो । तर, प्राविधिकहरुले सहज रूपमै विमानलाई धावनमार्गबाट पार्किङ स्थलतर्फ लैजान सफल भएपछि त्यस अगाडि नै विमानस्थल सुचारु हुने भएको छ ।
विमानस्थल साढे ७ बजेबाट खुला गरिने र राति ९ बजेदेखि उडान अवतरण सुरू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमनले जानकारी दिए ।
धावन मार्गबाट विमान हटाउन दिउँसाे साढे दुर्इ बजे विमानस्थलमा आइपुगेको टर्कीको टेक्निकल टिम समेत खटिएको थियो । टर्कीबाट ६ जनाको टेक्निकल टिम भारतबाट बम्बार्डियर जहाज चार्टर्ड गरेर विमानस्थलमा आएको थियो । बम्बार्डियर जहाज छोटो धावनमार्गमा पनि सजिलै अवतरण गर्न सक्छ ।
विमानस्थल चौविसै घण्टा खुल्ला
चार दिनदेखि अवरुद्ध विमानस्थल खुलेपछि चौबिसै घण्टा सञ्चालन गर्ने तयारीमा विमानस्थल कार्यालय जुटेको छ । विमानस्थल अबरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित गर्न चौबिसै घण्टा उडान-अवतरणको व्यवस्था मिलाउन लागिएको हो ।
शनिबार विहान विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिश चन्द्रलाल सुमनले सहज नभएसम्म विमानस्थल चौबिसै घण्टा खुल्ला गरिने बताए ।
टर्किस एयरलाइन्सको एयरबस गत बुधबार धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि विदेश उड्ने र विदेशबाट नेपाल आउने हजारौं यात्रुहरु विभिन्न विमानस्थलमा अलपत्र परेका छन् ।
दिनभरीको प्रयासपछि बेलुकामात्र प्राविधीक टोली जहाजलार्इ धावनमार्गबाट हटाउन सफल भएको छ । जहाज हटाउन नेपालले नसकेपछि भारतबाट एयरक्राफ्ट रिमुभल किट सहित १२ जना प्राविधिक टोली झिकाइएको थियो ।
नेपाली र विदेशी प्राविधक टोली, नेपाल अार्मी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी, विमानस्थल विस्तार गर्ने ठेकेदार कम्पनीका कर्मचारी लगायत सयौंजना खटिएका थिए ।
- See more at: http://www.onlinekhabar.com/2015/03/249284/#sthash.aCHux1KM.dpuf
Please log in to subscribe to Keyser Soze's postings.
Posted on 03-07-15 8:51
AM [Snapshot: 29]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
Phew! What a sigh of relief, eh? This whole saga turned us into a bigger laughing stock than we already were. What was rather extremely amusing was the fact that TIA officials had an audacity to make an announcement on tourists with expired visas not getting fined! What a farce!
Hopefully, this will help us climb onto topmost position as the shittiest airport in the world.
It took them 3 and a 1/2 days to 'remove' a plane! What'd they do if, god forbid, a disastrous earthquake were to torment Kathmandu valley?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.