[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 बिहारको चुनावमा मोदीको घमण्डको हार'
[VIEWED 8835 TIMES]
SAVE! for ease of future access.
Posted on 11-08-15 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

बिहारको चुनावमा मोदीको घमण्डको हार'


अन्नपूर्ण | २०७२ कार्तिक २२ आईतवार 8273 पटक पढिएको

घृणाको राजनीति बिहारमा फेल
काठमाडौं : बिहार विधानसभाको चुनामा नितिशकुमार नेतृत्वको महागठबन्धन दुर्इतिहार्इ बहुतमततर्फ लम्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव हारेको स्वीकार गरेका छन् ।

मोदीले महागठबन्धनका नेता नितिशकुमारलार्इ फोन गरेर चुनाव जितेकोमा बधार्इ दिए । उनको पार्टी भाजपाले पनि सबै चुनावी परिणाम आउनुअघि नै औपचारिकरुपमा चुनाव हारेको स्वीकार गरिसकेको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि चनाव जितेकोमा नितिशकमारलार्इ बधार्इ दिएका छन् ।

बिहार चुनावलार्इ आफ्नो प्रतिष्ठाको लडाइँ बनाएका मोदीलार्इ कांग्रेसको समेत सहयोगमा निति-लालुले घुँडा टेकाएपछि उनको पार्टी भाजपाबाटै कडा आलोचना भएको छ ।

कांग्रेसकै वरिष्ठ नेता र सहयोगी संगठनहरुले मोदीकै कारण चुनाव हारेको जनाउँदै यो हारको जिम्मेवारी उनैले लिनुपर्ने बताएका छन् ।

भाजपाकै सहयोगी शिवसेनाले बिहारको चुनावमा ब्यहोरेको फराकिलो हारको लागि प्रम नरेन्द्र मोदीलार्इ जिम्मेवार ठहर्याएको छ ।

'हामी नितीश कुमारलार्इ बधार्इ दिन्छौं। यो नतिजाले देशको राजनीतिक भविष्य तय गर्नेछ', शिवसेनाका नेता सञजय राउतले भने, 'जब कांग्रेस हार्छ, त्यसको जिम्मेवार सोनिया गान्धीको हुन्छ । त्यसैगरी भाजपाले पनि यो चुनावमा हारको जिम्मेवारी प्रम मोदीलार्इ बनाउनुपर्छ । '

भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि यो परिणमालार्इ मोदीको घमण्डको हारको संज्ञा दिएका छन् । 'यो घृणा, घमण्ड र रिसको हार हो । म चाहन्छु कि मोदीजी आफ्नो घमण्ड कम गरुन् । यो उनका लागि राम्रो हुनेछ र देशका लागि पनि ।'

दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले पनि बिहारमा मोदीको घृणाको राजनीतिले घुँडा टेकेको बताएका छन् ।
'घृणाको राजनीति फेल बिहारमा फेल भयो । यो मोदीको काममाथिको प्रश्न हो । देशमा असहिष्णुताको माहोल अब सकिनेछ', उनले भनेका छन्, 'आशा छ, कि दिल्ली सरकारको कामकाजमा केन्द्र सरकारको हस्तक्षेप बन्द हुनेछ । हामी आशा गरौं, बिहारको विकासका लागि जुन प्याकेज मोदीजीले घोषणा गरेका थिए, त्यसलार्इ तत्काल पठाइदिउन् । मोदीजी अब विदेश घुम्न बन्द गरुन् ।'

तृणमूल कांग्रेसका प्रवक्ता डेरेक ओ ब्रायनले भने, 'भारतलार्इ बचाउनका लागि भाजपाले हार्यो, भारतले जित्यो । बिहारमा भाजपा तेस्रो नम्बरमा रह्यो । पश्चिम बंगालमा चौथे नम्बरमा रहनेछ ।'

महागठबन्धनका नेता लालुप्रसाद यादवले यो जितलार्इ गरिबको जितको संज्ञा दिएका छन् । 'गरिब, मजदुर, उपेक्षित र समस्त बिहारवासीसँग म नतमस्तक हुँदै यस ऐतिहासिक जीतका लागि कोटी कोटी धन्यवाद दिन्छु', लालुले भनेका छन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले नितीश कुमारलार्इ बधार्इ दिँदै यो जित सहिष्णुताको भएको बताइन् । 'लालु र नितीशजी तथा पूरै टीम र बिहारमा रहेका मेरा भाइ-बहिनीलार्इ बधार्इ । यो सहिष्णुताको जीत र असहिष्णुताको हार हो', उनले भनेकी छन् ।
- See more at: http://annapurnapost.com/News.aspx/story/21506#sthash.zbJyUn57.dpuf
 
Posted on 11-08-15 7:22 AM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 
 
Posted on 11-08-15 8:07 AM     [Snapshot: 62]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters