[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

jetho390

Tyo Din

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 छिरे पछि निस्कन गाह्रो
[VIEWED 12362 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-16 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


–रामचन्द्र भट्ट

पस्नभन्दा नि निस्कन गाह्रो अमेरिका


 

केही महिना अघि एक दशकको अमेरिका बसाईपछि सरोज खनाल नेपाल फर्किए। निकैनै चर्चा भयो उनी फर्केकोमा। (यद्यपी केहि दिनदेखि फेरि अमेरिकामै छन् उनी। एउटा कार्यक्रम लिएर उनी अहिले पश्चिम अमेरिकी राज्य क्यालिफोर्नियामा छन्।)

अघिल्लो वर्षमात्र नायिका गौरी मल्ल अमेरिकालाई बाइबाइ भन्दै फर्किएकी थिइन्। त्यसो त लेखिका÷अधिकारवादीका रुपमा पहिचान बनाइसकेकी अमृता लम्साल पनि आठ महिना अघि नेपाल फर्किइन् अमेरिकाबाटै।

अघिल्लो सातामात्र यो टिप्पणीकारले निकै नजिकबाट चिने जानेका गंगा भण्डारी अमेरिका छाडेर नेपाल फर्किए। वर्षमा ६ महिना नेपाल र ६ महिना अमेरिका बस्ने योजना बनाएर फर्केका उनको योजना कति सफल हुन्छ त्यो त भविष्यलेनै पुष्टी गर्नेछ।

अमेरिकाबाट फर्किदा नेपालमा निकैनै चर्चा हुन्छ। ‘फलानो त ग्रीनकार्ड त्यागेर नेपाल आयो रे’, ‘ढिस्कानो त घर, गाडी सबै बेचेर सधैंको लागि फर्कियो नि’ देखि लिएर कतिपय अनलाइनमा त ‘अमेरिकाको भिसा त्यागेर नेपालमा तरकारी खेतीमा रमाउँदैछन् फलानो’ शिर्षकका समाचार त बग्रेल्ती पढ्न पाइन्छन्।

अमेरिका पस्न जति सहज छैन, यहाँबाट निस्कन त झनै कठिन छ। पस्ने बाटाहरु भन्दा निस्कने बाटाहरु ज्यादा अप्ठेरा छन्। यताबाट निस्कनेहरु जे जसरी निस्किए। कसैका छोराछोरी यतै ‘सेटल’ गराएका गएका छन। ग्रीनकार्ड भएकाले त्यो बुझाएर वा नागरिकता लिइसकेकाहरुले फिर्ता गरेर गएका कदापी होइनन्। तिनले आउने बाटो जति सबै बन्द गरेर गएका छैनन्। अधिकांश यताको नागरिकता या ग्रीनकार्ड बोकेर गएका छन्। अनि भिसाको म्याद थप्दै मातृभूमिमा बस्नेहरु पनि छन्। त्यसो त स्थायी बसोबासपत्र  (ग्रीनकार्ड) नभएर फर्कनेको संख्या पनि कम्ति भने छैन। कतिपय भने यता कमाएपछि नेपालको ह्याङओभर भुल्न नसकेर अनि त्यही रैमट्ट गरेर खाएको आदतलाई निरन्तरता दिन पनि फर्किएका छन्।

त्यसो त ‘अब यता पुग्यो, उता मातृभूमिका लागि केही गर्छु’ भनेर फर्कनेहरु पनि नभएका होइनन्। जे भएपनि फर्कनेहरु ज्यादै कम छन्, अनि जे जति फर्केका छन् तिनले बडो कठोर मन बनाएर यताको सुखसयल त्याग्दै गएका छन्।

यताको सुख सुविधालाई केही समयलाई बाइबाई गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेदेखिको बेथितिलाई भोग्दै अभाव, अन्याय अनि अत्याचारले साम्राज्य जमाएको मातृभूमिमा जानुलाई भने तिनले गरेको ठूलै साहस मान्नुपर्ने अवस्था छ।

यो टिप्पणीकारले एकाध दशकदेखि अमेरिकामा बस्दै आएका केही व्यक्तिहरुसँग भविष्यका योजनाका बारेमा जिज्ञासा राख्यो। धेरैले कुनै योजना नभएको, छोराछोरी हुर्किएपछि अवस्था हेरेर निर्णय लिने बताए। कतिपयले भने–‘हैन, सोसियल सेक्युरिटी (सामाजीक सुरक्षा) को रकम (पेन्सन जस्तै) आउने भएपछि आनन्दले नेपालमै गएर बस्ने सुनाए। कतिपयको योजनाचाँहि यताको नागरिकता लिएपछि फर्किने छ। देश (नेपाल) को अवस्था सुध्रिएमा तुरुन्तै फर्किहाल्छु भनेर गफ हाँक्ने पनि थोरै छैनन्। अनि फर्किएपछिका योजना के छन् त ? ‘अहँ, त्यस्तै सामाजीक काममा संलग्न गराउँछु होला’ भन्नेदेखि लिएर ‘राजनीति गर्छु’ भन्नेसम्मका पनि भेटिन्छन् यता।

हरेकका आफ्ना आफ्नै योजना छन्। कोही पनि भन्दैनन्–‘बाँकी जीवन अमेरिकामै बिताउनेछु।’ अनि कसैले पनि यसै गर्छु भनेर नत योजनानै बनाउन सकेका देखिन्छन्। जे जसो आइपर्छ त्यसै अनुसार चल्ने आदतमा अभ्यस्त छन् अधिकांश नेपालीहरु।

छोराछोरी हुर्किउन्। उनीहरुको कलेज सकिएर आफ्नो खुट्टामा उभिनसक्ने भएपछि बुढाबुढी जन्मभूमिनै गएर बाँकी जीवन बिताउने योजना धेरै नेपालीले बुनेका हुन्छन्। छोराछोरी आफ्नो खुट्टामा उभिन नसक्दै यो भूमि छाडेर जाँदा यहाँ रचना गरेका सबै संरचना चटक्कै छाडेर जान निकै गाह्रो छ। जस्तो कि, अधिकांशसँग कम्तिमा एउटा गाडी त हुन्छनै। त्यसमाथि बुढाबुढी दुबैजना काम गर्ने परे भने दुईवटा गाडी अत्यावश्यकनै चिज हो। अझै कतिले त कलेज÷विश्वविद्यालय जाने छोराछोरीका निम्ति पनि गाडी किनिदिएका हुन्छन्।

तीनदेखि पाँच वर्षे किस्तामा लिएका गाडीको रकम तिर्नैप¥यो। अझै कतिले त भाडा तिर्दाजतिनै रकम मासिक तिर्दा घर आउने भएकाले ३० वर्षे किस्तामा घर किनेका हुन्छन्। त्यसलाई पनि त्यत्तिकै छाडेर जान सक्दैनन्।

भन्ने बित्तिकै अमेरिका छाडेर जान अप्ठ्यारो यतिमा मात्र सिमित रहँदैन। जिन्दगीको एउटा निश्चित उमेर यता आएकाले नेपाल फर्कन कम्तिमा पनि ५ वर्ष कुर्छन। किनकी ग्रीनकार्ड भएको पाँचवर्षपछिमात्र अमेरिकी नागरिकताको बाटो खुल्छ। अधिकांशको ध्येय भनेको अमेरिकी नागरिकता लिएरमात्र फर्कने भन्ने हुन्छ। ताकी भविष्यमा फर्किनका लागि सुरक्षित बाटो नराखि कोही पनि जान चाहँदैन।

पाँच वर्षमा नागरिकता लिइसकेपछि पनि छोराछोरीका पढाई, त्यसपछि नाति नातिनाको मुख हेर्ने रहर, नाति नातिना भएपछि तिनलाई हेरबिचार कस्ले गरिदिने ? यो जिम्मा बुढाबुढी भएका हजुरबा र हजुरआमाकै काँधमा आइपर्छ। घण्टाको १५ देखि २० डलर तिर्नेगरि कोही पनि नेपालीले आफ्ना साना नानीहरुको हेरबिचारका निम्ति ‘बेबीसिटर’ राख्नसक्ने अवस्थामा पुगेका छैनन्। अनि यात हजुरबा, हजुरआमालेनै साना नानीहरु हेर्नुप¥यो। होइन भने पति या पत्नीमध्य एकजनाले काम छाडेर नानीको हेरचाहमा खटिनुप¥यो।

यस्तो अवस्थामा नाती÷नातिनाका मुख हेरिसकेपछि पनि नेपालीलाई मातृभूमि फर्किन अप्ठेरै अवस्था आइलाग्छ। अर्थात उनीहरु व्यबहारिक रुपमा बन्धनमा पर्छन। हालैमात्र हाँस्यकलाकार राजाराम पौडेल छोराको हुनेवाला बच्चा हेर्न भनेर अष्ट्रेलिया पुगेका छन्। उनले ठट्यौली पारामा आफु ‘तेल भिसा’ मा अष्ट्रेलिया आएको भनेका छन्। उनीपनि केही वर्ष अघि अमेरिकाबाट नेपाल फर्केका हुन्।

तेलभिसामा अमेरिका आउने नेपालीको संख्या पनि ठूलो छ। छोराको हुनेवाला बच्चा हेर्न, छोरीका नातीनातिना खेलाउन आउने नेपालीहरु अमेरिकाका बिभिन्न राज्यका पार्कहरुमा प्रशस्त भेटिन्छन्।

अमेरिकामा आइसकेपछि बाहिर निस्कन मान्छे किन सक्दैनन् त ?

यो प्रश्नको जवाफ दुई शीराबाट खोज्नुपर्ने हुन्छ। पहिलो, यहाँको जस्तो सुशासन, शिखरमा पुगेको विकास, काम गरेर खानेलाई वातावरण हाम्रो मातृभूमिमा छ त ? यहाँको परिवेशमा भिज्न गाह«ो तर भिजिसकेपछि मान्छेलाई निस्केर जान त्यतिनै अप्ठेरो हुन्छ। जुन अप्ठेराहरु माथिनै पनि विश्लेषण भइसक्यो।

सडक, सञ्चार, प्रविधिले अमेरिकाको कुनै गाउँ वा शहरमा कुनै भिन्नता छैन। चाहे न्यूयोर्कको म्यानहटन बस्नुस् या युटाको साल्टलेक सिटी। प्रविधि उही र उस्तै छ। काम गर्नुस् र डलर कमाउनुस् तपाईलाई स्तरीय जीवन बिताउन कुनै समस्या छैन।

अमेरिकानै बस्छु, डलर कमाएर ल्याएर बाँकी जीवन सुखसँग बिताउछु भन्नेहरुका ठूलो संख्या त फर्किदैनन् नै। पढ्न आएकाहरुसमेत जसरी हुन्छ कानुनी रुपमै बसेर यतै बाँकी जीवन बिताउने ध्याउन्नमा हुन्छन्।

एक नेपाली छन् उमेरले ६ दशक नाघिसके। उनी अमेरिका आएको २२ वर्ष भयो। एक वर्ष अघि यो टिप्पणीकारसँग भन्दैथिए–‘यता अब के बस्नु ? सबै भोगियो अब उतै गएर ककनीको डाँडोमा एउटा गज्जबको घर बनाउने हो। अनि हिमाल र काठमाडौं हेर्दै बाँकी जीवन आनन्दले बिताइन्छ।’

तर हिजोआज भेटमा उनी त्यो भन्न छाडे। ‘बाबु, अमेरिकामा पस्नभन्दा पनि निस्कन गाह्रो रैछ’ उनी भन्दैथिए–‘चिठ्ठाप¥यो सजिलै आइयो यता। तर यताबाट निस्केर जाउँ भनेको पाँच वर्ष भैसक्यो। छाड्न सकिएन।’

उनको प्रश्न छ–‘नेपाल गएर के गर्नु ?’

जवाफ पनि उनीसँगै रहेछ–‘सँगै पढेका, सँगै काम गरेका साथीभाईहरु कहाँ पुगे, के भैसक्यो ? म त्यहाँ जाँदा बोल्ने साथीभाई पनि हुँदैनन्। मैले खर्च गर्नसकेसम्म मान्छेहरु पछि लाग्छन्, खर्च गर्न छाडेपछि यसो गफ गर्ने मान्छे पनि भेटिदैन। त्यही भएर जाने नेपाल फर्कने योजना त्यागिदिएँ।’

उमेर र शरिरमा ताकत छउन्जेल काममा खटेर कमाउने लालशा कसैले पनि त्याग्दैन। जब शरिर कमजोर हुँदैजान्छ, बुढेशकाल लाग्छ त्यसपछि नातीनातिनाले घेर्छन्। नातीनातिना हुर्किएपछि नेपाल फर्किएर बस्ने धेरैका योजना अन्ततः तुहिन्छ।

धेरै नेपालीको बुढेशकालमा नेपाल फर्केर उतै रमाउने, उतै बाँकी जीवन बाँच्ने रहर हुन्छ। तर यो रहर अधिकांशको पुरा हुँदैन। अर्थात चाहेर पनि पुरा गर्न सक्दैनन्। यताको परिवेशमा भिजेपछि यतै प्यारो हुनथाल्छ। यतै साथीभाई बढ्न थाल्छन्। जे जति फर्के ती कठोर साहस गरेर फर्केका छन्। थाहा छैन त्यो साहस पनि कतिन्जेलसम्म टिकाउन सक्नुहुनेछ उहाँहरुले ?


 
Posted on 04-09-16 4:19 PM     [Snapshot: 354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बोकै बोकाको जमात थियो घडी चरी पोलीईरखेको थियो कोहि बियर कोहि भोड्का चुस्की लिई राखेका थिए , नेपथ्यमा शम्भुजित को गित घनकीइर्रखेको थियो , अनि कसैले साझा छिरेर भन्यो
छिर्न गाह्रो , छिरेपछि निस्कन गाह्रो
भरखरै अमेरिका छिरेको गधा पच्चिकैको होला प्वाक्क मुख के बाएको थियो सबै मुखा मूख गर्यौ !

कुकुर्रको कुरा हो ?

This shit happens today .


 
Posted on 04-09-16 6:58 PM     [Snapshot: 442]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामचन्द्र भट्ट जी ले आफ्नो लेखमा अधिकांश यथार्थ हरु पस्किनुभएको त छ तर एउटा अमेरिकामा पाईने महत्वपुर्ण सुबिधा को बारेमा चाहि मौन रहनु भएको छ / त्यो हो स्वास्थ्य बिमा/ Senior Citizen हरुले प्राय निशुल्क वा थोरै premium तिरेर पाईने यो स्वास्थ्य बिमा पनि अमेरिका छोडेर जान्छु भन्ने हरुका लागि सोच्न बाध्य बनाउने factor हो जस्तो लाग्छ है/ कि कसो ?
 
Posted on 04-09-16 8:34 PM     [Snapshot: 533]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Definitely it is hard for the people who spend lot of time and money to enter USA and go back to Nepal. Certainly it is difficult, not easy. I will ask the same question in the context of Nepal--Isn't it hard for many people to go back to their own villages from Kathmandu or other well facilitated cities like Pokhara and Biratnagar ?
 
Posted on 04-10-16 9:39 AM     [Snapshot: 721]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो कमजोरी, परिश्रम गरेर धनि हुईञ्छ भन्ने बिस्वास हटेको छ अनि राता रात धनि हुने हरुको लिस्ट फोर्ब को लिस्ट झैँ प्रचण्ड देखि माओबादीमा लागेका र सरकारी र बित्तिय संस्थानमा काम गर्ने हरु लाइ छन् |
फेरी पनि दोहोर्याउछु " घुस खानु र ख्वाउनु " हाम्रो सस्कार हो अनि पैसा नकमाउने नामर्द हुन् जस्ता भावनाले हाम्रो समाज जकडिएको छ | सायद नेपाल मा बसेर घुस खान नसक्ने दुई नम्बरी काम गर्न नसकने हरु हिन भावना बात पिल्सिएका छन् |
हिजो बाउ बाजेले कमाइदिएकोमा राज गर्ने हरु आफ्नो कमाइ नभए पछि परिश्रम मा बिस्वास हटे पछि एउटै उपाय पलायन बादी हो |
कसैले सोधलान त् गुले चै के होस् त ? म पनि तेस मद्देको एक हु | अहिले बैंक मा काम गरि रहेको भए ४०/५० हजार मासिक आउथ्यो होला, ब्यापार गर्न सिप र मानसिकता थिएन अनि बाउले कमाइदिएका थिएनन | छक्का पन्जा जानिएन , परिश्रमको फल पाउने लामो समय लाग्ने अनि फल पाउने पनि निश्चित नभएको कारण ले बिदेसीए |
मूल भुत कुरा : लाज लाग्ने अनि बाउ बाजेको नाक राख्ने , कामले सानो ठुलो हुने समाजको चलन अनि कुरीतिलाई प्रसय दिने हाम्रो समाजमा सपत्ति भए अनुसार काम भनेको ठुलै गर्नु पर्यो ताकि समाजमा आफ्नो छबि कायम रहोस ?
माओबादि को बेला काठमडौ छिरेका छ बे ले बनस्थली बिद्यालय अगाडि नान्ग्लामा फलफुल बेचेर जिबिकॉअर्जन गरेका छबिलाल का अहिले ३ ओटा भब्य महल छन् अनि छोरा छोरी तेही अगाडिको स्कूल बाट कलेज सिध्याए अनि आफ्नो आफ्नो काम गरेका छन् | नाग्ले पसल बाट कबोल मा upgrade भएको छ | यिनलाई परिश्रम को फल प्राप्ति भयो तर तपाइँ हामीलाई हुँदैन थियो !!!!!!!!!!!!
हाम्रो सामाज र संस्कृतिमा हामीले आधा बुझेका छौ अनि यो अल्पबिध्या भायाँकारी भन्छन यसले अघाडी बढ्न बाट रोक्छ , मेरो कजन म बिग्रिएको कारण काठमनडौ जानाले हो र जे जति बुझे तेस्को परिणति हो मेरो उधोगतिको कारण ?
पलायनबाद को कारण परिश्रम गर्न नचाहनु र परिश्रम गरेर सफलता पाउन दशकौ पर्खिनु पर्छ, पर्खन शिकाउने को ?
तिमि हामि छिर्यौ : छिर्ने सामर्थ भएर , अरु खाडि मुलुक देखि मलेसिया छाएका छन् | फर्किने बाध्यता नभए पछि जे भने पनि भै हाल्यो |फर्किन गाह्रो छैन मन हुनु पर्छ|

Last edited: 10-Apr-16 02:57 PM

 
Posted on 04-18-16 7:59 PM     [Snapshot: 1484]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भरखरै छिरेको ठिटो ले कुकुरको कुरा गर्या हो भन्यो भनि सके : साझा छिर्ने लाइ फ़ोटै राखी दिन पर्थ्यो र ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters