[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 'अमेरिकी नागरिकता लिएपनि तपाई नेपाली नै हो': कांग्रेस नेता पराजुली
[VIEWED 10080 TIMES]
SAVE! for ease of future access.
Posted on 10-07-16 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिमालय खबर संबाददाता
ड्यालस (अमेरिका)- नेपाली कांग्रेसका नेता मनोहर पराजुलीले अमेरिकामा वस्ने नेपालीले यहाँको नागरिकता लिएपनि आफुलाई नेपाली नै सम्झन आग्रह गरेका छन् । टेक्सासको डलासमा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा अमेरिका भ्रमणमा रहेका नेता पराजुलीले भने अमेरिकामा बस्न तपाईले अमेरिकी नागरिकता लिनुपनि भयो होला तर, तपाई नेपाली नै हो ।

यहां वस्ने नेपाली वलियो, सक्षम भए नेपालको पासपोर्ट लिएर यात्रा गर्ने प्रति सम्मान पनि वढ्ने उनले वताए । एक हजार वर्ष अघि आफ्नो देश गुमाएर संसारभर फैलिएका जुईसजातीको उदाहरण दिदैं पराजुलीले भने जुईसहरु संसारभर छरिए जहां पुगे त्यहां राम्रो गरेर वसे तर, यसको एक हजार वर्ष पछि आफ्नो देश त चाहिंदो रहेछ भनेर इजरायल वनाए ।

"तपाई हाम्रो यस्तो अवस्था छैन I आफ्नो देश छ, प्रवासीहरुका लागि पनि दोहोरो नागरिकताको व्यवस्था भएको छ, अहिले अमेरिकाको नागरिकता लिदां राजनीतिक रुपमा चुनाव लड्न नपाइने मात्र हो अरु सवै सुविधा छ ।
विश्वमा जहां वसेपनि कसैले पनि आफ्नो पहिचान, भाषा, संस्कृत्ति छाड्न चाहंदैन, यो कुनै सिद्धान्त र वादभन्दा ठुलो कुरा हो" पराजुलीले भने I

जनसम्पर्क समितिको विवादका वारेमा वोल्दै पराजुलीले भने एउटै संगठन भित्र वसेर एकले अर्कोलाई गालि गर्ने हिलो छ्याप्ने गर्नु हुदैंन । काम गर्दा केही गल्ति भएपनि यसलाई सच्चाएर जानु पर्ने उनले सुझाव दिए ।

नेपाली कांग्रेसका महाधिवेशन सदस्य तथा जनसम्पर्क समिति वेस्ट टेक्सासका अध्यक्ष हरिबोल भण्डारीले भुकम्प पीडितका लागि संकलित एक पैसा पनि हिनामिना नभएको वताए । संकलित रकममध्ये ९ लाख जति राहतमा खर्च गरिएको र बाकी पार्टीको निर्देशन अनुसार नै सहयोगमा खर्च गरिने उनले जानकारी दिए । जनसम्पर्क समितिले कांग्रेसलाई अप्ठ्यारो पार्ने, विवादमा ल्याउने काम गर्नु हुदैंन भन्दै " जनसम्पर्क समिति एनजिओ होइन I यो नेपाली काँग्रेसको भात्री संगठन हो, पार्टीको लाइन अनुसार यसले काम गर्छ ।" भण्डारीले भने I

उक्त अवसरमा जनसम्पर्क समिति ड्यालस अध्यक्ष ज्ञानेन्द्र कार्कीले पनि भुकम्पको पैसा हिनामिना नभएको वताएका थिए । उनले सवै मिलेर जानुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस प्रजातान्त्रि प्रकृया अनुसार चल्छ यो मान्यताले फरक मत राख्नेहरुलाई पनि समेटेर लैजान्छ पराजुलीले भने कनै संगठनमा यो प्रकृयालाई नवुझेका, फरक मत राख्नेलाई समेटेर लैजान सक्ने परिपक्क नेतृत्व नभएर समस्या आएको हो कि यो पनि बुझ्नुपर्ने बताए ।


http://www.himalayakhabar.com/detail/63631.html

 
Posted on 10-08-16 2:36 AM     [Snapshot: 248]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo typical netaharu ko mukh le matra bhanera bhayena, Nepal aauda visa nalaagne bewasta hunu paryo NRN haru lai.
 
Posted on 10-08-16 3:09 AM     [Snapshot: 255]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुतर्क!! जिउज धर्मले बाध्न सँभब भएको हो देश भनेको अनुभब स्मरणको चोक्टा मात्रै हो । "एक पटकको नेपाली जता गए पनि सँधै नेपाली" सबैभन्दा डरलाग्दो युसए र युरोपेली नेपालीहरुले पाली राखेको झूठो मनोरोग हो । होला सत्य तपाइ बाँचुन्जेल र कर गरे मरे मुस्किलले एक पुस्ता कटला पनि तर भाबी बालबच्चाहरुलाइ बाल मतलब हुनेछैन । ६०्\७० दशकमा आएकाहरुलाइ हेरनुस ताल था भैहाल्छ । बर्मा भूटान गये अर्कै कुरा ।
 
Posted on 10-09-16 10:10 PM     [Snapshot: 675]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yini haru lai nepal ma rajneeti garera na pugera aba US ma pani raajniti??

time chhai kaha baata hunchha ho yini nepali haru lai raajneeti garna US ma? MAANCHE lai bhye nabhai chha kaam bata...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters