huippa
More by huippa
What people are reading
Subscribers
Please log in to subscribe to huippa's postings.
:: Subscribe
|
ऐतिहासिक स्थल लिगलिगकोट पुग्दा
|
[VIEWED 7879
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
huippa.
Please log in to subscribe to huippa's postings.
Posted on 09-17-18 6:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्राकृतिक सुन्दरताले भरिपूर्ण लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । गोरखा जिल्लाको पालुङ्गटार नगरपालिकामा अवस्थित लिगलिगकोटलाई नेपालको Father Home पनि भनिन्छ । टुक्राटुक्रा छरिएको राज्यलाई एकएक गरी सिङ्गो नेपालको रुपमा स्थापित गर्ने कार्य पृथ्वीनारायण शाहबाट भएको थियो । वि.स. १८०१ देखि १८२६ सम्म उनले काठमाडांै, भक्तपुर र ललितपुर विजय गरी सिङ्गो नेपालको निर्माण गरेका थिए । यसरी टुक्राटुक्रा छरिएको राज्यलाई जितेर एउटा मालासरि गाँसेर सिङ्गो नेपालको सृजना गर्ने कार्य पृथ्वीनारायण शाहबाट भयो । त्यसैले उनलाई राष्ट्रपिता पनि भनिन्छ । नेपालको इतिहासमा गोरखा र लिगलिगकोटको विशेष महत्व रहेको छ । अझ लिगलिगकोटको इतिहास खोतल्ने हो भने आश्चर्यलाग्दा कुराहरू सुन्न पाइन्छ । लिगलिगकोट भन्ने बित्तिकै लिगलिग दौडको कुरा सम्झिइन्छ । गोरखामा प्रत्येक वर्ष दशंैमा दौड प्रतियोगिता हुन्थ्यो । चेपे नदीदेखि लिगलिगकोटसम्म दौड प्रतियोगिता आयोजना गरिन्थ्यो जो दौडेर पहिला लिगलिगकोटमा पुग्दछ त्यहीं व्यक्तिलाई राजा बनाइन्थ्यो । हालसम्म पनि प्रत्येक दशैंमा लिगलिग दौड प्रतियोगिताको आयोजना गरिन्छ र विजेतालाई श्रीपेच लगाएर एक दिनको राजा बनाइन्छ । संसारमा सबैभन्दा पहिले प्रजातन्त्रको अभ्यास पनि लिगलिगकोटमै भएको थियो किनभने अमेरिकामा सन् १७७९ मा मात्रै प्रजातन्त्रको अभ्यास भएको थियो । लिगलिगमा १५४६ मै लोकतन्त्रको अभ्यास भएको थियो । यतिमात्र नभई गणतन्त्रको पहिलो अभ्यास पनि लिगलिगमै भएको थियो । लिगलिग दौडमा पहिलो हुने राजा हुन पाउँथ्यो र यस दौडमा जुनसुकै भाषा, धर्म, जातजातिका भए पनि भाग लिन पाउँथे ।
वि.स. १६१५ मा द्रव्य शाह दौड जितेर राजा भएका थिए । त्यतिबेला राजा छनोट गर्दा हाम्रालाई भन्दा पनि राम्रालाई छनोट गरिन्थ्यो । आज हामी जुन संस्कृतिमा चलिरहका छौं जसमा आफन्तलाई काखी च्याप्ने दक्ष व्यक्तिलाई पाखा लगाउने नराम्रो कार्यले गर्दा देश विकासमा बाधा परिरहेको छ । लिगलिगकोटबाटै शाह वंशको स्थापना भएको हो । द्रव्य शाहदेखि २३ जना शाह वंशीय राजाहरूले नेपालमा शासन गरे, त्यसैले लिगलिगलाई शाह वंशको सुरुवात बिन्दु पनि भनिन्छ । लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ । प्राकृतिकरुपमा पनि अति नै मनोरम छ । लिगलिगकोटको चुलीमा पुगेपछि देखिने दृश्य अत्यन्तै मनमोहक छ । यसबाट चारैतिरको मनोरम दृश्य हेर्न सकिन्छ । यहाँबाट देखिने चेपे नदी साथै पारिपट्टिको लमजुङ्ग र तनहुँको दृश्य पनि मनै लोभ्याउने खालको छ । भग्नावशेसको रुपमा रहेको दरबारलाई हाल संरक्षण गरिंदै छ । यस लिगलिगकोट दरबार संरक्षण समितिका अध्यक्ष पूर्णबहादुर खडकाका अनुसार भत्केको लिगलिग दरबार क्षेत्रका ढुङ्गा ५ सय वर्ष अगाडि कटिङ्ग गरिएको थियो । हाल यिनै ढुङ्गालाई मिलाएर दरबारको जगको आकार बनाइएको छ । लिगलिग दरबार नजिकै लिगलिग कालिका मन्दिर पनि रहेको छ । लिगलिगकोट दरबारसम्म जान सिंढी बनाइएको छ 
यस क्षेत्रमा पर्यटन विकास गर्न भ्युटावर, होटल र गोलघर बनाउने योजना रहेको कुरा अध्यक्ष खडकाले बताउनुभयो । लिगलिगकोटसँगै चेपेघाटमा पनि पर्यटन प्रवद्र्धन गर्न २०७४ साल माघ १ गते माघेसङ्क्रातिका दिन चेपेघाट जात्रा आयोजना गरिएको थियो । यस जात्रामा सांस्कृतिक कार्यक्रमअन्तर्गत विभिन्न गायक गायिकाले लोकभाषाका गीतहरू प्रस्तुत गरेका थिए । लोप हुन लागेको आफ्नो संस्कृति जोगाउन चेपे आदर्श युवा क्लवले जात्राको आयोजना गरेको थियो । यसरी लिगलिगकोट र चेपेघाटको विशेष महत्व रहेको छ । वास्तवमै गोरखा जिल्ला इतिहास बोकेको जिल्ला हो । लिगलिगकोट रहेको पालुङ्गटार नगरपालिकाअन्तर्गत पर्ने अन्य ठाउँहरू जस्तैः दोभान, बगर, हवाई अडडा, डुम्रेचौर, ताल पोखरी, नौखोर इत्यादि पनि रमणीय क्षेत्र हुन् । ऐतिहासिक महत्व बोकेका यस्ता क्षेत्रहरूमा पर्यटन प्रवद्र्धन गर्न सके देश विकासले तीव्र गति लिने थियो । यसका लागि प्रत्येक नागरिक जिम्मेवार हुनु आवश्यक छ
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|