[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गाडीमा आएर २५ रुपियाको मकै किन्ने औकात नभएका बुद्धिजीबीहरु
[VIEWED 20516 TIMES]
SAVE! for ease of future access.
Posted on 05-21-19 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

जति मिठो भएनि २० मा दिइनौ भयो नखाने, यति भनेर उनले कार अगाडी बढाए

एउटा कार रोकियो। कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो। त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको?”

धुँवाले खोक्दै भनिन्, “२५।”

“२० मा आउँदैन?”

“अहँ।”

“दिनुस् न दिनुस् २० मा। जाबो पाँच रुपैयाँ त हो नि।”

“यति दुख गरेर ल्याएको मकै। कसरी दिनु अलिकति पनि नाफा नगरी?”

“अरु ठाउँमा त जतिपनि पाइन्छ है २० मा।”

“मिल्दैन हजुर।”

“नदिने त २० मा, उसोभए?”

“२५ मै लैजानुस्। मकै मिठो छ।”

“जतिसुकै मिठो भएपनि २० मा दिइनौ। जाबो पाँच रुपैयाँ पनि मिलाइनौ। भयो चाहिएन।”

इति भनेर उनले गाडी गुड्यो।

ती आमैसँग मैले एउटा मकै किनेँ। र, त्यही छेउमा आड लाएर खान थालेँ। त्यो गाडी केही पर गयो र त्यही नजिकै एउटा रेष्टुरेन्टअगाडि पार्क गरकोे देखँं। गाडीबाट झरेर ती सज्जन रेष्टुरेन्टभित्र पसे।

त्यो रेष्टुरेन्टलाई बाहिरबाट हेर्दा यतिचाहिँ यकिनसाथ भन्न सक्छु कि त्यहाँ पाइने सबैभन्दा सस्तो परिकार कम्तिमा १०० रुपैयाँभन्दा बढी नै पर्छ।

ती सज्जनले त्यस रेष्टुरेन्टमा खाने मम, चाउमिन वा अरु कुनै आइटम कम्तिमा १०० भन्दा बढीको पक्कै खानेछन्।

सम्पन्न छन् र खर्च गर्छन् जायज।

आफ्नो परिश्रमले कमाएको पैसा चाहे त्यस रेष्टुरेन्टमा १०० को मम, चाउमिन खाऊन् चाहे पाँचतारे होटेलमा। त्यो उनको स्वतन्त्रताको कुरा। तर मलाई एउटा कुराले गतिलरी छोयो।

“जाबो पाँच रुपैयाँ।”

“अर्कोपनि खानुहुन्छ? कस्तो लाग्यो मकै?” मकै पोल्ने आमाले मलाई सोधिन्।

“खाँदै छु। मीठै छ मकै त, तर मलाई पुग्छ।” मैले भनेँ।

धुँवाले उनको चाउरी परेको अनुहार कालो न कालो भएको छ। उनले मकैको खोस्टो निकाल्दै त्यसैले मकैलाई हम्कदैछिन्। उनको नाकको बुलाकी उनी हतारहतार गरेर मकै पोलिरहेकाले यसरी हल्लिरहेको देखेँ कि मानौँ त्यो बुलाकीले भनिरहेछ, “कति दुख गर्छेस् बूढी? यो उमेरमा पनि।”

“कति हो एउटाको?”

कलेज डे्रसमा सजिएका दुई युवतीमध्ये एकले सोधिन्।

“२५।”

“२० मा आउँदैन?” अर्कीले भनिन्।

“आउँदैन।”

“ल दिनुस् न त?”

“कतिवटा?” भनेर उनले ती युवतीतिर यसरी हेरिन् कि मानौं उनका आँखाले भन्न खोजिरहेछन्, “लैजानुस् अलि धेरै।”

“दुईटा दिनुस्।” एउटीले भनिन्।

ती आमैले मकैको हरियो खोस्टामा दुईटा मकै राखिन् र दिँदै भनिन्, “लिनुस् नानी।”

उनीहरुले पैसा दिए र मकै खाँदै आफ्नो बाटो लागे।

“ऐया! “

उनले भनिन्।

हतारिदा उनको हात आगोको कोइलाले पोल्यो। ह्ात झिकिन् र आफ्नो लगाइराखेको पुरानो धोतीको एक छेउले पोलेको औलालाई एकछिन् छोपिन्। एक मिनट नहुँदै हात झिकिन् र डढ्न लागेको मकै फेरि त्यही हातले फर्काइन्।

म तिनै आमैले पोलेको मकै खाइरहेछु उनको छेउमा बसेर। उनलाई राम्ररी नियालँे।

उनको हुलिया र बृद्ध उमेरमा पनि त्यो मेहेनत देखेर सोच्न बाध्य भएँ, कहाँ होलान् यिनका छोराछोरी र नातिनातिना? कहाँ होला यिनको घर? छोराछोरीले स्याहार गर्ने बेला सडकछेउमा यसरी दुख गर्नुपर्ने अबस्था कसरी आयो होला?

अघि रेष्टुरेन्टमा छिर्ने सज्जन निस्के र आफनो गाडी लिएर लागे आफ्नो बाटो। रेष्टुरेन्टको मूल ढोकाबाट निक्कदा हातमा एउटा प्याक गरिएको खानेकुरा हातमा लिएको देखेँ। पक्कै त्यो रेष्टुरेन्टबाट उनले खानेकुरा लिएर गए सायद आफनो परिवारलाई।

उनले आफनो नजर फेरि ती बूढीआमैतिर लगे। अघिको कुरा फेरि सम्भि्कएँ, “जाबो पाँच रुपैयाँ।”

ती बूढीआमैले दिनमा पचासवटा मकै बेचिन् भनेपनि त्यो पाँच रुपैयाँ फाइदाको दरले गर्ने हो भने जम्मा हुन्छ २५०। दिनमा बढीमा २५०ले उनले आफ्नो पेट पाल्दैआएकी छिन्? र, परिवारमा अरु कोही छन् भने तिनको पनि खर्च यतिले नै कसरी चलेको होला?

गाडीवालको लागि जाबो पाँच रुपैयाँ उनको लागि कति महत्व? त्यही पाँचपाँच रुपैयाँले त एउटा जीवन धानिएको छ।

मैले त्यो मकै खाइसकेँ। र, लागेँ, आफनो कोठातिर। बाटोमा अरु कुरा खेल्न थाल्यो।

त्यो गाडीवालले सुबिधायुक्त रेष्टुरेन्टमा सयौं खर्च गर्न सक्छ भने पाँच रुपैयाँ ती मकै बेच्ने आमैको लागि किन्न सकेन किन? त्यो रेष्टुरेन्टमा १०० रुपैयाँ नै बढाएर बिल तयार भएपनि उसले त्यसमा त्यति बार्गेनिङ गर्दैन होला जति सडकमा दिनभर धुँवा र बुढेसकालको असक्तताबीच मकै पोल्दै गरेकी ती आमैसित गर्दैथिए। त्यो पनि पाँच रुपैयाँको लागि।

एक मनले सोच्यो, यदि उसको आमा छन् भने एउटा पोलेको मकै लगिदिएको भए तिनले त्यो मम, चाउमिनभन्दा खुसी हुन्थिन् कि? मकै पोल्ने अर्की आमै झन् खुसी।

फेरि अर्को मनले सोच्यो, उसको पैसा उसको खुसी। जे खाओस्, जेसुकै लगिदेओस् आफ्नो परिवारलाई,उसको मर्जी।

कोठामा पुगेँ। साँझ परिसकेकाले खाना खाएपछि बिस्तारामा पल्टिएँ। निद्रा लागेन। कानमा एउटै वाक्य गुञ्जियो, “जाबो पाँच रुपैयाँ।”
Source:- Facebook


 
Posted on 05-21-19 11:18 AM     [Snapshot: 272]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छेलाइ मान्छे गन्दैनन् - हुनेपुग्नेले नहुनेलाइ | चलिअाएको चलन हो नेपालमा । अझ भर्खर भर्खर पैसा देखेका नवधनाढ्यहरुको त कुरा नगर्नुस .....
 
Posted on 05-25-19 9:25 PM     [Snapshot: 5765]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शीर्षक जो छनोट अलि कम्जोर देखियो। बुद्धिजीवी को ठाउँ मा करोड्पती/ ढ्नाढ्य राक्दा हुन्थ्यो कि? लेख मर्मइस्पर्षि लाग्यो।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters