Sajha Info
More by Sajha Info
What people are reading
Subscribers
Please log in to subscribe to Sajha Info's postings.
:: Subscribe
|
अमेरिकाको बोष्टनमा म्हः पुजा नेपाल सम्बत ११४० कार्यक्रम सम्पन्न
|
[VIEWED 10023
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Sajha Info
Please log in to subscribe to Sajha Info's postings.
Posted on 11-20-19 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अमेरिकाको बोष्टनमा म्हः पुजा नेपाल सम्बत ११४० कार्यक्रम सम्पन्न सुरेन्द्र नापित बोस्टन
नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्यु ईङ्गलैण्ड च्याप्टर बोष्टनद्धारा अक्टोबर २९, २०१९ मंगलबारका दिन म्यासाच्युसेट्स राज्यको बर्लिङ्गटन सहरमा नेपाल सम्वत ११४० को उपलक्ष्यमा आयोजित म्हः पुजा कार्यक्रम धुमधामसंग सम्पन्न भयो । उक्त कार्यक्रममा म्यासाच्युसेट्स राज्यका विभिन्न ठाउंहरुबाट धेरै नेपालीहरु एकै ठाउंमा भेला भई म्हः पुजा र नेपाल सम्बत ११४० हर्षोल्लासपूर्ण मनाए । उक्त कार्यक्रममा एक आपसमा नेपाल सम्बत ११४० को शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रम शुरु गर्नु अगाडि संस्थाका अध्यक्ष राजुमान श्रेष्ठले पानसमा बत्ति बालि बिभिन्न देबी देबताको पुजा गरी सहभागी सबैलाई स्वागत र धन्यबाद ब्यक्त गर्नुका साथै नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना दिनु भएको थियो। त्यसपछि महिलाहरुको समुहले मंदको पूजा गर्नुको साथै टिका लगाई दिएर सगुन प्रसाद दिने काम गरेका थिए। उक्त दिन नेवाः समुदायका मानिसले आफ्नो आत्मा पुजा गरि म्हः पुजा मनाउने परम्परा छ । संस्थाका सचिब बुद्धरत्न महर्जनले कार्यक्रम संचालन गर्नुभएको थियो। यस कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्नको लागि संस्थाका अध्यक्ष राजुमान श्रेष्ठ, उपाध्यक्ष खिल नारायण श्रेष्ठ, सचिब बुद्धरत्न महर्जन, कोषाध्यक्ष डा. निराजन मणि, सदस्यहरु क्रमशः रुप शाक्य, सुरेन्द्र नापित, रवि राजकर्णिकार, रबिन बज्राचार्य र तिनीहरुका परीवार तथा साथीहरुले सहयोग गरेका थिए ।
संस्थाबाट खोलिएको भाग्यशाली उपहार पुरस्कारहरु प्रथम देखि सातौंसम्म क्रमशः सुशान्त श्रेष्ठ, लोना श्रेष्ठ, ओमिका नापित, विशेष श्रेष्ठ, ब्रशेश महर्जन, निर्भिक र आलेकाले जितेका थिए। त्यसैगरी नम्रता राजकर्णिकार, अल्बिना नापित र अल्बिन नापितबाट संयुक्त रुपमा खेलाइएको बिङ्गो खेलमा ओमिका नापित र विशेष श्रेष्ठले फुलहाउस पुरस्कार जितेका थिए। वहाँहरूलाई दामासाहीले पुरस्कार बितरण गरिएको थियो।
यसैगरी छोटो मनोरंजन कार्यक्रममा संगीतारा राजकर्णिकार र सुरेन्द्र नापितले क्रमशः नेवारी र नेपाली गीत गाउनु भएको थियो । यो च्याप्टरले हरेक बर्ष म्हः पुजाका साथै बिभिन्न चाडपर्व र कार्यक्रमहरु संचालन गर्दै आएको छ । आफ्नो भाषा संस्कृति र परम्परालाई बिदेशमा रहेर पनि नयां पुस्तालाई सिकाउने उद्देश्यले कार्यक्रमको आयोजन गरीएको नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्युईङ्गलैण्ड च्याप्टर, बोस्टनका पदाधिकारीहरुले बताए। कार्यक्रमको अन्त्यमा रात्रिभोजको आयोजना गरीएको थियो ।
फोटोः सुरेन्द्र नापित
Last edited: 20-Nov-19 03:11 PM
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|