kaile
Replies to this thread:
More by kaile
What people are reading
Visitor is reading Money can't buy happiness,,,,,,,,,,,,,
Subscribers
Please log in to subscribe to kaile's postings.
:: Subscribe
|
|
[VIEWED 5031
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
kaile
Please log in to subscribe to kaile's postings.
Posted on 09-14-05 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
स्वीस बैंकमा तेह्र अर्ब पाउन्ड छः रिपोर्ट September 14th, 2005 बुधबार, काठमाडौं । हिजो मंगलबार ?श्री ५ महाराजाधिराजका संवाद सचिवालय, नारायणहिटी राजदरबार? ले दुइ वटा दैनिक पत्रिकामा सूचना प्रकाशित गर्न लगाई दुनियांलाई आर्श्चर्यचकित पारेको छ । सूचनामा ?हालै केही पत्रपत्रिकामा स्वर्गीय श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहको विदेशस्थित बैंकमा खाता रहेको सम्बन्धी भ्रामक, असत्य, कपोलकल्पित, आधारहीन तथा दुराशयपूर्ण समाचार प्रकाशित गरिएकोमा यस सचिवालय खण्डन एवम् खेद व्यक्त गर्दछ ।? तर, संवाद सचिवालयले बेलायतको प्रतिष्ठित पत्रिका टेलिग्राफमा छापिएको समाचार असत्य र भ्रामक भन्ने हिम्मत गर्न सकेको छैन । सन् २००१ को जून ३ तारिखमा ?ओल्गा क्रेग? को रिपोर्टमा प्रस्टै भनिएको छ- ?उनकी रानीलाई अर्कोतिर स्वीस बैंकमा १३ अर्ब पाउन्ड स्र्टर्लिङ (हालको सटही मूल्यमा १७ खर्ब रुपियां) जम्मा पारेको भनिएको छ र उनले एउटा ?दरबारी कू? मार्फत युवराज दीपेन्द्रलाई राजाको प्रतिद्वन्द्वीको रूपमा अघि बढाउने योजनामा रहेको विश्वास गरिएको छ ।? राजदरबार हत्याकाण्डको तेस्रो दिन ?सन्डे टेलिग्राफ? ले छापेको भए तापनि ओल्गा क्रेगको यो केही पुरानो रिपोर्ट हो भन्ने बुझिन्छ । रिपोर्टमा राजा वीरेन्द्रको ओठमा ताला लगाई ऐर्श्वर्यले सांचो आफ्नो हातमा लिएर बसेको भनी काठमाडौं विश्व विद्यालयका विद्यार्थीहरूले निकालेको पोस्टरको चर्चा गर्दै उनकी रानीले भ्रष्टाचारमा कुख्याती आर्जन गरेको पनि उल्लेख छ । ?उनीमाथि विदेशी अनुदान सम्पत्ति किन्न दुरूपयोग गरेको आरोप रहेको? आरोप पनि लगाएको छ । सन् २००० मा राजदम्पती मात्र होइन, राजाका भतिजा पारसको गाडीले लोकप्रिय संगीतकार प्रवीण गुरुङ किच्दा मृत्यु भएको समेत रिपोर्टमा उल्लेख छ । राजा वीरेन्द्र ०४६ सालमा प्रजातन्त्र स्थापनातर्फअग्रसर हुंदा रानी ऐर्श्वर्यसंग विवाद भई एक सातासम्म उनकै कोठामा थुनेर राखेको कुरा पनि उक्त रिपोर्टले जनाएको छ । यसप्रकार ओल्गाको रिपोर्टले नारायणहिटी दरबारभित्रका धेरै सर्न्दर्भहरू समेटेको दाबी गर्नेहरू नेपालमा थुप्रै छन् । हाल मन्त्रिपरिषद्का अध्यक्ष श्री ५ ज्ञानेन्द्रको राज्यारोहण हुनुभन्दा एक दिन मात्र अघि छापिएको उक्त रिपोर्टबारे केही नबोली एक नेपाली दैनिकले छापेको त्यसमै आधारित समाचारलाई कपोलकल्पितको संज्ञा दिएर संवाद सचिवालयले सारा नेपालीलाई हंसाएको छ । उसले ?सन्डे टेलिग्राफ? को रिपोर्ट गलत हो भन्न किन सकेन त ? यो प्रश्न उठ्नु स्वाभाविक हो । .....next
|
| |
|
|
|
|
kaile
Please log in to subscribe to kaile's postings.
Posted on 09-14-05 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेपालको राजपरिवारका बारेमा यस्तो चर्चा यो पहिलोपटक छापिएको होइन । डा. सानुभाइ डंगोलको विद्यावारिधि शोधपत्र ?द प्यालेस इन नेपाली पोलिटिक्स? मा पृष्ठभूमि साप्ताहिकको सन् १९९३ जनवरी १ तारेखको टिप्पणीलाई आधार मानेर भनिएको छ- ?सन् १९६४ को हतियारसम्बन्धी कुख्यात सन्धिको जरा यो थियो कि राजा महेन्द्रले स्वीट्जरल्यान्ड पठाउन लागेको नौ टन सुन भारतमा पक्रिएको थियो । जानकारहरूका अनुसार भारतको साउथ ब्लक त्यस क्रियाकलापको पर्दा खोलिदिने इरादामा रहेको कुरा थाहा पाएपछि राजा महेन्द्रले भारतमा रहेका आफ्ना राजदूत यदुनाथ खनाललाई त्यो कुख्यात सन्धि लेख्न अर्?हाए । राजा महेन्द्रले आफ्नो राष्ट्रिय व्यक्तित्व, इमानदार र राष्ट्रपे्रमीको सार्वजनिक छवि जोगाइराख्न चाहन्थे । साथै, सुरक्षापूर्वक स्वीट्जरल्यान्डमा उक्त सुन पठाउन सकियोस् भन्ने उपाय अंगालेका थिए ।? सन् १९९४ मा नयां दिल्लीबाट स्र्टर्लिङ्ग पब्लिर्सस प्रा.लि.ले प्रकाशित गरेको ओल बोरी, सुशीलराज पाण्डे र चित्रकुमार तिवारीको पुस्तक ?नेपलिज पोलिटिकल बिहेभियर? मा लेखिएको छ- ?विश्व बैंक, अन्तर्राष्ट्रिय संस्थाका ठेकेदारहरू ठेक्कापट्टा हासिल गर्ने सिलसिलामा एकआपसमा षड्यन्त्र र होडबाजी गर्दै राजदरबार निकटका राजनीतिज्ञ तथा नोकरशाहहरूलाई कमिसनको रूपमा ठूलो रकम घूस चढाउंथे । यसरी प्राप्त रकम पदाधिकारीहरूबीच दामासाहीको हिसाबले बांडिन्थ्यो । यो रकम आखिर जापान, संयुक्त अधिराज्य, स्वीट्जरल्यान्ड, हङ्गकङ्ग, सिंगापुर, दुबई र अरू मुलुकमा बैंकहरूको खातामा जम्मा हुन्थ्यो । किनभने, यिनै बैंकहरूमा यसरी भ्रष्टाचार गरी कमाएको धन सुरक्षित तरिकाले राख्न सकिन्थ्यो । डा. सानुभाइ डंगोलको पुस्तक ?सोतापन्न अर्थात् निर्वाणको दर्शनः केही अनुभूतिहरूमा? राजदरबार समारोह प्रबन्धक मधुसूदनराज राजभण्डारीसंग जोडिएको एउटा प्रसंग पनि उल्लेखनीय छ । त्यसमा भनिएको छ- ??उहांलाई राजाको नाम दुरुपयोग गरी करोडौं रुपियांको जवाहरात तेस्रो मुलुकबाट झिकाएको र ५५५ मार्काको चुरोट काठमाडौंस्थित बन्डेड वायरहाउसको सट्टा हङ्गकङ्गबाट झिकाएकोमा कारबाही चलाइएको थियो । उहांको यस्तै कीर्ते गतिविधिले गर्दा राजा वीरेन्द्रबाट एकपटक उहांलाई चार तह तल घटुवा पनि गरिबक्सेको थियो । तर, मुमा बडामहारानी रत्नको जोडबलले गर्दा उहां पुरानै पदमा थमौती हुन पाउनुभयो ।? अठार खर्बे आन्दोलनका संयोजक डा. तीर्थराज लुइंटेलले बुधवारसंग भन्नुभयो- ?त्यो रकम फिर्ता आउनुपर्छ । फिलिपिन्सका मार्कोसले राखेको रकम फिर्ता भएको उदाहरण छ । यहांको सरकारले पहल गर्ने हो भने त्यहां रकम रहेको भए फिर्ता गर्ने स्वीस सरकारको नयां नीति रहेको छ ।? दरबारले सोमबार गरेको खण्डनप्रति लुइंटेलको भनाइ छ- हामीले सत्यतथ्य खोजिरहेका छौं । खण्डनले सत्यतथ्य दिएको छैन र खोज्न रोक्न पनि सक्दैन ।? (यो समाचार राजधानीबाट प्रकाशित हुने बुधबार साप्ताहिकबाट साभार गरिएको हो । -सं.)
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|