[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मुक्तक को पालो!!!!!!!!!
[VIEWED 11371 TIMES]
SAVE! for ease of future access.
Posted on 12-05-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुक्तक को पालो!!!!!!!!!
नेपालीकविता डट कम सँग सापटी लिएर केही मुक्तक हरु पस्केको छु, आशा छ, पठ्नीय हुने छ ।


ीमदर्शन रोका
१।
रात केवल एक प्रहर बाँकी छ
तिन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ

कैयौँले यहाँ रातको गीत थालेथे
आफ्ना-आफ्ना ताराहरू बालेथे
तर को रह्यो र अब यहाँ
तिमी छौ म छु र हाम्रो रहर बाँकी छ

२।

आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि
के रह्यो अब मेरो मसँग प्रियतम ?
तिमीलाई आफ्नो भनिसकेपछि ।

हरिभक्त कटुवाल

कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।

भूपी शेरचन

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउँन झन गाह्रो छ ।

भीमनिधि तिवारी

पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।

विकास गोतामे

उसलाई त मैले चिनकै छैन
उसले त मलाई चिन्छे रे
मेरो मायाको दाम सोद्धै थिई
सस्तोमा पाए किन्छे रे

माधव सापकोटा

बासी बासी के बासी
मासु बासी कि काँसी बासी
बाबुको नाममा पचहत्तर बिघा
छोरो सुकुम्बासी

नगेन्द्रराज शर्मा

जब यौवन यौवन यहाँ आँखी छ
आँखा आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ बिताएँ रात मैले ?
यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।

मनु ब्राजाकी

जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् ।

उषा शेरचन

पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –
मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।

कपिल अज्ञात

स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छ
प्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छ
रमाउँ कसरी परिवर्तनको खुशीले म ?
मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ ।

गोविन्द गिरी प्रेरणा

पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो
सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो
फाटेर मन प्वालैप्वाल भइसक्यो –
यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो ।
 
Posted on 12-05-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
वाह, वाह ।
 
Posted on 12-05-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बतास बन्ने रहर थ्यो पुर्याईयो
न आफ्नो कोइ न कसैको आफ्नो भैयो
जान सबैकाँ गैयो तर सुकुम्बासी भैयो
बतास बन्ने रहर थ्यो पुर्याईयो
 
Posted on 12-05-06 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul Vai dai, here is one from me

तिम्रो सुन्दरताको वर्णन नसुनी कहा सक्छु र म
तिम्रो अगाडि हिमाल जस्तै बन्न कहा सक्छु र म
तिम्रो बैंशको रापले-
पानी नबनि ढिक्का हिँउ रहन कहा सक्छु र म
 
Posted on 12-05-06 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waa waa waa!!!!
 
Posted on 12-10-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल_भाइ तपाइँ बाट धेरै नै प्रभावित भएको छु। लेख्दै गर्नु होस्। एक दम राम्रा छन।
 
Posted on 12-10-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँमा थिएं एक्लो म त, बजारमा तिमी
सयौं मा खोज्दा भेटियो हजारमा तिमी ।
 
Posted on 12-11-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि
के रह्यो अब मेरो मसँग प्रियतम ?
तिमीलाई आफ्नो भनिसकेपछि ।


एक दम राम्रो सृजना।Touched me....
 
Posted on 12-11-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद, मित्रहरु । अर्को एक टुक्रा है त ।


म चाहन्छु तिम्रा सबै रीस देउ मलाई
सुनौलो प्रभात होइन रजनीश देउ मलाई
आफन्त सम्झी अरु केही दिन सक्दैनौ भने
एक पेग स्नेहको विष देउ मलाई ।
 
Posted on 12-11-06 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I liked these two:

हरिभक्त कटुवाल

कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।


भीमनिधि तिवारी

पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters