[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 ँगणतन्त्र पक्षधरको जित’ --
[VIEWED 5253 TIMES]
SAVE! for ease of future access.
Posted on 05-27-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ँगणतन्त्र पक्षधरको जित’





गणतन्त्र पक्षधर उम्मेदवार बनेर संघको अध्यक्षमा विजयी बनेपछि कस्तो अनुभव भएको छ -
पौडेल- हाम्रो संगठनमा लागेका हजारौं साथी गणतन्त्रका पक्षमा छन् । साथीहरूको कुनै पनि राजतन्त्रबिनाको मुलुक बनाउनर्ुपर्छ भन्ने दृढता मैले नेतृत्व गरेको मात्र हु“ । यो जित लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै विद्यार्थीको भएकाले मुलुकलाई नया“ दिशा दिन विद्यार्थीको तहबाट संघ हा“क्ने मौका पाउ“दा मलाई गर्व लागेको छ ।

राजनीतिक तहबाट संघले अब समग्र विद्यार्थीमाझ कस्तो भूमिका खेल्छ -

पौडेल- विद्यार्थी मुलुकको ब्रि्र“दो राजनीतिस“ग तर्केर हि“ड्न मिल्दैन । सचेत वर्गका नाताले राजनीतिक क्षेत्रमा विद्यार्थीको सक्रियता अन्यथा लिनु हु“दैन । वर्तमानमा हाम्रो राजनीतिले स्पष्ट खाका नकोरेकाले विद्यार्थी यसमा निर्ण्ाायक बनेर अग्रमोर्चामा उभिनर्ुपर्छ । त्यो खाका राज्यको आमूल परिवर्तनमार्फ लोकतान्त्रिक गणतन्त्र हो । नेपाल विद्यार्थी संघ त्यो कार्यदिशामा अन्य संगठनभन्दा सधैं एक पाइला बढेर काम गर्न उत्साहित छ ।

तपाईंहरू गणतन्त्रको बाटोमा अगाडि बढ्नुभएको छ । तपाईंकै केही सहकर्मी र कांग्रेसबाट यसबारे मौन देखिनुको कारण के होला -

पौडेल- अन्य साथीको बुझाइमा कमीमात्र देखिएको हो । उनीहरूले पनि जनताले चाहेको उद्देश्यभन्दा पृथक बाटो पक्कै समाउने छैनन् । छिटोभन्दा छिटो मुलुकलाई अग्रगमनमा लैजाने एउटै उपाय लोकतान्त्रिक गणतन्त्रमा सबै साथीको सहमति छ । हाम्रो पार्टर्ीीभापतिले राजाका ८० प्रतिशत अधिकार सिद्धिएको भनेको आधार र उहा“बाट व्यक्त राजा र युवराजले गद्धी त्याग्नुपर्ने विचारका कारण नेपाली का“ग्रेस राजाको पक्षमा नरहेको स्पष्ट छ । तीन वर्षघि पार्टर्ीीहाधिवेशनले विधानबाट राजतन्त्र शब्द हटाएकाले कांग्रेसका लागि गणतन्त्रमा जान कुनै बाधा रहेको मैले देखेको छैन । गणतन्त्रमा जान अन्योल नेता तथा कार्यकर्तासमेत प्रस्टरूपमा राजतन्त्र अन्त्य गर्न मैदानमा उत्रनेछन् भन्ने मलाई विश्वास छ । हामी एउटाको श्रीपेच झिकेर अर्को व्यक्तिलाई पहिराउने गणतन्त्रवादीको पूरै खिलापमा छौं । स्वतन्त्र र र्सार्वभौम मुलुकमा जनताको अधिकारका लागि लोकतान्त्रिक गणतन्त्र कुनै निरंकुशतालाई स्वीकार्य हु“दैन । हामीलाई निरपेक्ष गणतन्त्र स्वीकार्य छैन । हतियारको राजनीतिबाट नभई जनमतको सागरबाट गणतन्त्र ल्याउन हामी सक्षम छौं ।

संसद्बाट गणतन्त्र घोषणा गर्ने प्रस्तावलाई कुन रूपमा हर्ेर्नुभएको छ -

पौडेल- त्यो सीधैं निरंकुशता र हैकमवादको प्रतीक बन्नेछ । यसमा नेपाल विद्यार्थी संघको सहमति हुनेछैन । संविधानसभाअघि सबै पार्टर्ीीाजतन्त्रबारे स्पष्ट भने बन्नर्ुपर्छ । जनतासामू वर्षौंदेखि चेपिएको, पेलिएको, सताइएकोबारे बुझाउन राजतन्त्र आवश्यक रहेनछ भन्ने विश्वास दिलाउन पार्टर्ीी चुनावअघि गणतन्त्रको दिशामा उभिन सक्नर्ुपर्छ ।

तपाईं आफ्नो पार्टर्ीीग गणतन्त्रबारे कसरी समन्वय गर्नुहुन्छ -

पौडेल- पार्टर्ीीग एउटा सुन्दर लोकतान्त्रिक मुलुक बनाउनर्ुपर्छ भन्नेबारे समन्वय गर्न कठिन छैन । राजतन्त्रबारे पार्टर्ीीेतृत्वमा रहेका धेरै व्यक्ति स्पष्ट भइसकेकाले यसमा उनीहरू हाम्रा अभिभावक हुन् । कतैबाट षड्यन्त्र सिर्जना भए दबाबमूलक कार्यक्रम ल्याउन जुनसुकै बेला पनि तयार छौं । हाम्रो विद्यार्थी उमेर पक्कै पनि उनीहरूको भन्दा उर्वर भएकाले मुलुकलाई नया“ गोरेटोमा लैजान उनीहरूको सल्लाह र सहयोग अमूल्य हुनेछ । उनीहरूले यो निर्वाचनलाई समेत हेरेर जनताको मूल्यांकन गर्न सक्छन् । जनचाहना गणतन्त्र पक्षमा कति रहेछ यो चुनावमा खसेको मतका आधारमा विश्लेषण गर्नुपर्छ । यो चुनावले के संकेत गर्छ भने आमजनताले राजतन्त्र अन्त्य चाहेका छन् ।

संविधानसभा चुनाव मिति तोकिनुपर्ने होइन -

पौडेल- चुनाव निष्पक्ष गराउन सरकारले वातावरण तयार गर्नुपर्छ । सबैले भोट दिने वातावरण ग्यारेन्टी हुनुपर्‍यो । जनताले सरकारको निर्वाचन प्रक्रिया विश्वास गरे चुनावले महत्त्व राख्छ । यो काम छिटो गरेर मिति तोक्न ढिलाइ गर्नु हु“दैन ।

महाधिवेशनमा विवाद बढ्दै गयो भने बन्दसत्रमा उठेका विभिन्न एजेन्डामा गहन छलफल र सहमति हुन पाएन भन्ने सुनियो । हतारमा बन्दसत्र सकेर एजेन्डालाई जस्ताको तस्तै छलफल नगरी पारित गर्दा निर्वाचित नेतृत्वलाई अप्ठ्यारो पर्दैन -

पौडेल- हामी लोकतान्त्रिक परिपाटीमा विश्वास राख्छौं । निश्चितरूपमा कसैबाट भएका कमजोरी सच्याएर अबका दिनमा संघलाई पारदर्शी बनाउनेछौं । समयले हाम्रो संगठनलाई उत्तरदायीमुखी बनाउनेछ । सबै साथीका विचार समेटेर जाने र नया“ ढंगबाट संघ हा“क्ने हाम्रो जिम्मा भएकाले छलफल नभएका एजेन्डाले कुनै व्यवधान पार्दैन ।

तपाईंका शैक्षिक मुद्दा के हुनेछन् -

पौडेल- सरकारी लगानी भएका प्रतिष्ठान र संस्थामा गुणस्तरीय प्रतिफल छैन । पाठ्यक्रम अव्यवहारिक छ । राज्यबाट पाउने सुविधाबाट विद्यार्थी वञ्चित छन् । यसको सुधार र परिवर्तन तत्काल आवश्यक छ । प्रतिष्ठानमा राजनीतीकरण अन्त्य गर्नुपर्छ । समझदारीका आधारमा भागबन्डाबाट नियुक्ति प्रक्रिया बन्द गरी योग्यता, क्षमता, अनुभव र कार्यकुशलताका आधारमा शिक्षा क्षेत्रमा जनशक्ति तयार गर्नुपर्छ । हाम्रो माटो सुहाउ“दोे शिक्षा प्रणाली हुनपर्छ । बेरोजगारीलाई दर्ीघकालीन समाधान गर्न काममुखी शैक्षिक प्रणाली ल्याउनर्ुपर्छ । शिक्षामा व्यापारीकरण अन्त्य हुनर्ुपर्छ । यस्तै मुद्दा हामी उठाउनेछौं ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters