[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Prachanda
[VIEWED 6987 TIMES]
SAVE! for ease of future access.
Posted on 07-05-07 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्डको भावुकता



उषाकिराण तिम्सेना


माओवादी खुला राजनीतिमा संक्रमण हुनेताका रोल्पाको कुनै एक सांस्कृतिक कार्यक्रम हेरेर अध्यक्ष प्रचण्ड रोइरहेको भिडियोको चर्चा माओवादीवृत्त बाहिर पनि उत्तिकै चल्यो । मैले पनि त्यो भिडियो हेर्न पाएँ । युद्ध अन्त्यको अवस्थामा त्यो भिडियो बाहिर आउनु संयोगमात्रै थियो या अन्य म जान्दिन, तर अहिले त्यो खुला राजनीतिमा आउने वातावरण तयार गर्न माओवादीले तयार गरेको 'प्रोपोगन्डा टुल' थियो । किनभने माओवादी युद्धउन्माद अझै रोकिएको छैन ।
खुला राजनीतिमा निस्केको माओवादी प्रचार एउटा र काम अर्को गर्छ । कामरेड प्रचण्ड रोएको अभिनय गर्छन्, त्यसलाई व्यापक प्रचार गरिन्छ । अर्कोपट्ट िअत्याउने,

लुट्ने, तर्साउने र हत्या गर्नेसम्मका काम हुन्छन् ।

यसको अर्थ हो, माओवादीहरू कामभन्दा बढी नौटंकी गर्छन् । पराक्रमभन्दा बढी प्रचार गर्छन् ।

माओवादी नायक पछिल्लो समय धेरै भावुक देखिन थालेका छन् । 'म अचेल भावुक हुन्छु', केही अघिको एउटा टीभीको टक-शोमा प्रचण्डले भने । तिनै प्रचण्ड वाल्मिकी क्याम्पसमा आयोजित दलितहरूको राष्ट्रिय जमघटमा पनि झन्डै-झन्डै रोए । त्यहाँ पनि उनले त्यही दोहोर्‍याए, 'म बेसी भावुक हुन्छु ।'

प्रचण्डको नेतृत्वमा भएको युद्धकै कारण तेह्र हजारभन्दा बेसी नेपालीको ज्यान गयो । जिउँदै मर्नेहरूका त के गन्ती ! प्रचण्ड भावुक भइरहँदा के कुरो बिर्सनु नहुने थियो भने हिजोको तिनकै युद्धको कारण आज आँसु बहाउनेहरू हजारौं छन् । भावुक हुनु सामान्य मानवीय स्वभाव हो । समवेदनशील मान्छे आफ्ना कारण एउटा कमिलो मरे पनि धेरै दुःखी हुन्छ । तिनलाई पश्चाताप बोध हुन्छ ।

प्रचण्डको भावुकता आफू र आफ्नो संगठनको शक्ति क्षीण भएकामा मात्रै देखिन्छ । जस्तो कि उनले केही अघि बहुतै उद्वेलित हुँदै भने- 'म चक्रव्यूहमा फँसेको अभिमन्युजस्तै भएको छु ।' उनको यो पीडा अवश्य पनि तराई आन्दोलन भड्केकोतर्फ नै हो । उनले स्वायत्त तराईको सपना देखाएर, जातीय स्वायत्तता दिलाएर सर्वत्र वाहवाही पाउने सपना देख्ोका थिए होलान् । उनी चाहन्थे, सर्वत्र उनको मुक्तिनायकका रूपमा चर्चा होस् ।

तर समयजति बलवान को छ र ? उनले नै दीक्षित बनाएकाहरूले उनकै स्वप्नराज्यमाथि ठाडो धावा बोले । स्वायत्त तराईको सपना कोर्ने माओवादी नै तराईमा आज साह्रै कमजोर भइसकेछ । तराईको नेतृत्व गरेका मातृका यादवले मधेस संगठनको विवाद थाम्न नसकेर केही समय अध्यक्ष प्रचण्डले नेतृत्व जिम्मा लिनुपर्‍यो । अब तराई नेतृत्व एक माओवादी वृद्धाले पाएकी छन् ।

कत्रो विडम्बना, विधिको कस्तो विधान ! सम्पूर्ण देशलाई अस्तव्यस्त बनाइदिने, सारा जनतालाई नै हावाकावा बनाइदिने, सहरका चोक र गल्लीमा तुल बम राखेर जनजीवन 'प्यारालाइज्ड' बनाउन सक्ने शक्तिशाली पार्टीको यो हालत !

दिनदहाडै मान्छेलाई गोलीले उडाइदिने, गुडिरहेको बसमा बम पड्काएर दर्जनौंलाई एकैचिहान बनाइदिन सक्ने शक्तिशाली पार्टी कमाण्डरको आज यस्तो कोमल प्रलाप ! उनले सम्झेलान्, एउटा सामान्य शिक्षक मुक्तिनाथ अधिकारीलाई रूखमा बाँधेर गोली हानेको ? श्रीमतीका अगाडि 'लौ हेर तेरो लोग्नेलाई काटेको' भनेर टाउको गिँडेको, काजोल खातुनलाई जिउँदै

डढाएको, बालिका भावना संजेल र बालक दीपक गुरुङलाई बमले उडाएको ।

किरियापुत्रीहरूलाई सेतै लुगामा जिउँदै गाडेको । केटी भएर पाइन्ट लगाउन नपाउने भन्दै पाइन्ट काटिदिएपछि त्यसको अपमान र पीडाले आत्महत्या गर्ने किशोरीहरूलाई पनि यही भावुकतामा समेट्ने कि भावुक महोदय ?

कि भुले भावुकले धार्मिक सुधारका लागि यज्ञ गर्दै हिँड्ने बेकसुर विख्यात पण्डित नारायण पोखरेललाई मारेको ? भावुकले भावुक हुनुपर्दैन यी घटना सम्भिmएर ?

कानुनको शासनमा विश्वास गर्ने हो भने अपराधको भागी अपराधी हुन्छ । त्यसका लागि कानुनको शरणमा जानुपर्छ, होइन र ? युद्धमा संलग्न अपराधीलाई सजाय दिइनुपर्छ, होइन र ? राज्य या माओवादी दुवै पक्षबाट गत दशकमा मनपरी मानवअधिकारको उल्लंघन गरिएका छन् । हिजो राज्यपक्षबाट भएका कमजोरीका बारेमा आज छानबिन भइरहेको छ भने माओवादी पक्षबाट भएका अत्याचारबारे मानवअधिकारवादी र राजनीतिक नेतृत्व किन मौन ? माओवादी स्वयम् राज्य सञ्चालनमा हुँदा उसले

सोच्नु पर्दैन ?

'म भावुक हुन्छु' भन्दै चुकचुकाउँदैमा

मात्र मानवताविरुद्ध भएका सबै अपराध पुछिन्छन्

जस्तो लाग्दैन ।

timsenausha@gmail.com

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters