[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भिनाजु
[VIEWED 16423 TIMES]
SAVE! for ease of future access.
Posted on 02-05-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिनाजु

रुघा खोकीले ङ्याकेर भनेको धुरुक्कै पार्यो हिंजो देखि। राति खोकी फेरी के औधी चम्केको नी? ठडिए तै बिषेक, तेर्सियोकि त्यो पुरानो ट्याम्पु स्टार्ट गर्नला जसरी खोकी सुरु हुने। एक शो पनि निदाउन पाईएन राती। आँखाँ बालुवा पर्या जस्तो अनि टाउकाँ त्यै एक बोरा बालुबा जोख्या जस्तो भएर रन्थनिराथें। फोनको घन्टी बज्यो। त्यो पनि सेलको। हेर्छु नम्बर चिनजानको छैन। उठाउँ कि नउठाउँ गर्दै उठाएँ। "हेलो--"
"भिनाजु? हजुर कस्तो बदमास होईसिदो रेछ" उता बाट तरुनीको आबाज आयो। स्वर सुन्दा चिने चिने जस्तो लाग्यो तर बिहे नै नगर्या मान्छे लाइ भिनाजु भनेर सम्बोधन गर्नेले मलाई नै गरेको होला फोन भन्ने भ्रम पाल्नु निरर्थक थ्यो। तै पनि तरुनी को आबाज -- यसै छुट्टीमा बसियो आज उसै--मनमनै सोचें--गर्दिम कुरा -- सितैमा आईलागेकी छे एउटी किन यस्तो मौकाँ बन्चरो हान्नु?

" जस्तो सोझोलाई पनि यसै बदमास भन्दिने?" मैले नी भन्दें।

"हजुरको आबाज के भयो?" उस्को स्वरमा अलि सतर्कता पाएँ यस पटक।

"के हुनु नी --रुघाले खत्तम गर्यो" भाकै कुरा भनें यस पटक।

"त्यै भएर आज हजुर सानुमुवाकाँ सवारी नभा?" उस्ले सोधी।

"अनि के ? नत्र तिमी सँग भेट हुने--नआई बस्न सक्थेँ ?" जे पर्ला भनेर बोल्दें। अब सानुमुबाकाँ गा था भै हाल्यो -- नी गा भे भेट हुने रेछ नी यस्तो मिठो बोल्ने ठीटी सँग तर के गर्ने दशाको कुरा --रुघा मात्रै लाग्या भे त हुने नी --त्यो बोल्ने तरुनी को हो त्यै थाह छैन झन् सानुमुवा कता हो? -- अनि त्यो नभाकी श्रीमती? मेरी बास्सै!"

" हेर यो भिनाजु त एकदम नहुने के -- सुन्स्योस हजुरलाई केही भनी दिज्युले हिंजोको बारेमा?"

"अहँ! किन ? तिमिलाई केही भनी?" मैले सोधें। हिजो केही भएछ गाँठे! कस्ले के गर्यो नी नारन!

"आफुलाई चैं कस्तो डर लाग्यो अघि सानुमुवाकाँ--दीज्यु सँग दुई चोटी बोलें --झन खै भिनाजु भनेर पनि सोधेँ-- बोल्दै बोलिन -- हिंजोको कुरा थाह पाईछ भनेर--झन्नै मरेँ।" उस्को आवाजमा केही राहत थ्यो अहिले।

उस्ले गुडीरहेको गाडीबाट कुरा गरे जस्तो सुनिन्थ्यो। त्यसैले मैले सोधें "अनि तिमी चैं कता सवारी नी अहिले? कि यहीँ आउन ला?"

"you wish" उस्ले भनी, अनि थपि -- "अघि दिज्जु बोलीन अनि अब हिंजोको कुरा झिकेर तमासा गर्ने भै भनेर हिनें काम भनेर -- हजुरले गरेर हो नी" उस्ले हाँस्दै भनी।

यस पटक आवाज अरु चिने जस्तो लाग्यो। हुन जुन तरुनीको फोटो देखे नी पैलेई देख्या देख्या जस्तो लाग्नी, कुनै भेलाँ सुन्दरीहरु देख्दा चिन्या चिन्या जस्तो लाग्नी -तरुनीहरु बोल्दा त्यो मिठो स्वर पैलेइ कतै सुन्या सुन्या जस्तो लाग्नी रोगले गाँज्न थाल्याथ्यो आफुलाई अचेल।

"हजुर घरमै हो त?" उस्ले फेरी सोधी--

"हो भन्या मरीजाम" तरुनीको आसाँ रुघा बिच्केला जस्तो भो --टाउको रन्न भो --कोठा बरीपरी हेरें र सोचें-- मिलाउनु पर्ने भो त?

"ह्या---भिनाजु पनि -- किन आउने त म उसो भए?" तरुनीले सोधी।

"किन र?" आफ्नो मनको डुङगामा पानी छिर्यो।

"अब हजुर मरीगए पछि मैले के गर्ने नी, एक्लै?" उस्को हाँसोमा मिसिएर एक हुल शब्दहरु आए।

"ल हेर -- के के भन्या--- आउन प्लिज कस्तो बोर भैरा छ आफुलाई यहाँ --" डुङ्गाबाट पानी फ्यालें बाहीर मैले।

"एक्कै छिनलाई मात्रै आउँछु है त?" तरुनीले भनी।

जिउ त आफ्नो गाँठे सिरिङ्गै भयो। तरुनी आउने भैइ --मन र ज्यान दुईटै जोस्सीए।

"एक चोटी तिम्रो दर्शन मात्रै गर्न पाए नी गति पर्थे म त --" भाकै कुरा भनेँ मैले।

उस्ले केही भनीन।

हेलो हेलो भनें -- उताबाट केही सुनिन --यही बेलाँ पुल मुन्तिर छिरीछ क्यारे भन्दै हेलो भन्न छोडीन तर लाईन छिनी सकेछ।

बल्ल बल्ल तरुनी आउन ला थिइ फोनले धोका दियो भनेर फोन हुर्याईँदिएँ।

सम्झें--म त भिनाजु हैन नी --- आफ्नो मन र ज्यानको के को सर्र र खर्र हो बुझिन। बिनिसित्तिको।

हुने बेलाँ अनेक अनेक हुने--- अब त्यो भिनाजुलाई ल हेर चिट्ठा पर्या --- मेरो गुन देख्ला के त? तरुनी बोलाको त आखिरी मैले हो नी ---

 

 


 
Posted on 02-05-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 tyo vinaju chai achamai paryou hola !
 
Posted on 02-05-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एक चोटी तिम्रो दर्शन मात्रै गर्न पाए नी गति पर्थे म त --" भाकै कुरा भनेँ मैले।

हो पर्भु हो! भाकै कुरा गर्या हो! अब तेसरी मजाले कुलो काटेर आफ्ना खेततिर पानी तर्काएँ भन्दा कुन चइनिको धान सप्रने भो नि कठै! अब कुन चइनि बजियाको भाग्गे चम्क्या हो के जान्नु, तर तेसको रिन खाइया रेछ क्यारे पूर्वजुनीमा क्यार्नु!!!

चोटिलो गयो पर्भु!

 


 
Posted on 02-05-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...... मान्छे लाइ भिनाजु भनेर सम्बोधन --' lau poharsal panche baja jhayi-jhayi  pardai bhauju bhitryayeko birsnu bho deepda hajurle --utabata phone aaune bitikkai

achamma chha baaaaa!!!


 
Posted on 02-05-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म भा'भे चाँही त्यो फोन जिन्दगी नबोक्ने ल
"आसमान से गिरा और खजुर पे अड्का?" हँ
चुट्किला रमाइलो रहेछ दीप ब्रो


 
Posted on 02-05-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहि त भन्या नि!
मलाइ कस्तो अचम्म लागीराथ्यो के। कसरी आज भिनाजुको स्वर बिग्रेको कालो ट्याम्पुको जस्तो भयो भनेर। एक मनले सोचे, दिदिले हिजो मजैले पुजा गरिछ र ३ वटा कुच्चो भाँचिछ।

लु दीप ज्यु, साली चाहि होइन दिज्युचाहि हजुरको ढोका अघाडी पिठो बेल्ने बेलन लिएर सवारी भैस्याछ। ल खुरुक्क डाढ थाप्ने अब।।।

सेल फोनको नम्बरमा तुरुन्त कल गर्स्यो त अनि ठेगाना पनि बताइस्यो। म अम्बुलेन्स पनि पठाइदिनुछु हजुरको लागी। हा हा हा


 
Posted on 02-05-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरिबस्सै कुरो पनि कती आउनी हाम्रा दीप गुरुलाई। अब कैं नपायर तो साली भनौदिले यहाँ लाई नै फुन गर्नु पर्या। तो लम्बर त शेभ भो होलनी गुरुको सेलआँ।
 
Posted on 02-06-08 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

another nice one............... once again you rock Deep broda.......
 
Posted on 02-06-08 4:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात दाई क्या बात।।।।।
हाम्रो मन नकुडिंएको कहां हो र ।

कम्बक्थ भिनाजु नि हुन सकिएन ।

 
Posted on 02-08-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै रसिलो दिप ब्रो,
भिनाजु लाई साली आउन ला अत्तो पत्तो छैन, उता तपाईं दगँ हुनु त सोभाविक नै हो | 
एता म पो उत्तेजित  हुन थाले र पो मार्यो, नचीन्या भेना को नचिन्या साली लाई आँफै पो भेट्न मन लाग्यो |
 
Posted on 02-13-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छुटिरा रहेछ।

दिप ज्यु, सदा झै अर्को उत्क्रिस्ठ प्रस्तुती। दीप ज्युलाई पनी के के पर्ने पर्ने के यो जगतमा।


 
Posted on 02-13-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपलाई माघे चटारो लाग्या जस्तो छ हिसाबले! 'भिनाजु' टाँसेर बेपत्ता! मुगलानै भासिया भ' नि एउटा चिठि त पठाउन पर्ने! अड्डामा सास फेर्ने फुर्सत नभए नि यसो एक बाजी स्वस्ति गर्न त आउन पर्ने! अब हो न हो, माथि भन्या ठाउँमा आफैँलाई चिट्ठा नै पर्या भ' नि यसो जितौरीको साटो बाङ्गे महात्म्यको अर्को अध्धे थप्न त आउन पर्ने हो! अस्ति सर्सोतिपुजाँ सर्सोतीथाना भेटिन्छन कि भनेर हेर्न नि गाकै हो, बरु दीप चाइँ भेटिएनन् नानाथरीका तरुनी देखेर यो बुडो हिर्दए बरु उफ्रिन थालो! कालो पुल देखि रातो पुल सम्म धोबिखोला किनारै किनार दिनाँ २ बाजि नि हिँडेकै हो तेता नि भेटिएनन्, तो धोबिखोला किनाराँ गाँजा फस्टाएर झ्याङ भैसक्या रेछ भनेसि सपै बाङ्गे एट अल कतै घुम्न गा हुन पर्छ नत्र गाँजाको बोटको मुन्टो ननिमोठिया देख्न गाह्रो पर्छ तेता! के परेछ ए रात्तै ग्याङलाई???? 


 
Posted on 02-15-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Many thanks to all of you, friends.

Jimmal prabho...tyo raato pul dekhi kaalo pul sammako kura samjhaidera man bhadkiyo...saat ghumtiki euti lai herna bhanera kaalo pul bata raato pul jada plan bhanako thyo ek patak...tyai samjhe prabho...


 
Posted on 02-18-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


dherai din pachhi ramailo padhiyo. Thanks Deep

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters