[Show all top banners]

neri
Replies to this thread:

More by neri
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 nepal ko future: vabisyabani
[VIEWED 9486 TIMES]
SAVE! for ease of future access.
Posted on 06-02-08 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश टुक्रिएपछि राजसंस्था फर्कन्छ
१९-जेठ-२०६५,आइतवार
Image
राजनीतिक दलहरूले राजसंस्था बिदाइको खुसियाली मनाइरहेकै बेला प्रसिद्ध ज्योतिषी एवं योगसाधक बालयोगी गोपालबाबाले अबको सात वर्षपछि नेपालमा पुनः राजसंस्था कायम हुने भविष्यवाणी गर्नुभएको छ। विगत तीन दशकदेखि योगसाधना र ज्योतिषशास्त्रमार्फत अचुक भविष्यवाणी गर्दै आउनुभएका अत्यन्त व्यस्त गोपालबाबाले विभिन्न जिज्ञासाको उत्तर दिँदै भन्नुभयो– 'सात वर्षपछि अहिलेकै राजसंस्था नेपालमा पुनर्स्थापित हुनेछ, त्यतिबेला राजसंस्थाको नेतृत्व नवयुवराज हृदयेन्द्रबाट हुनेछ, तर त्यतिबेलासम्म नेपालको आकार अहिलेको भन्दा घटेर निकै सानो भइसकेको हुनेछ।' नेपालको आकार घट्नुमा भारतकै भूमिका प्रमुख रहने ठोकुवा गर्दै गोपालबाबा भन्नुहुन्छ– 'मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्म रहेको नेपालको वर्तमान भू–भाग विखण्डनको क्रम अब छिट्टै सुरु हुनेछ, यसलाई कसैले रोक्नसक्ने छैन।' ज्योतिषशास्त्र, ध्यानयोग, तान्त्रिक गोपालबाबाले भन्नुभयो–'मुलुकबाट राजसंस्था हटाउन भारतको ठूलो हात छ, नेपाललाई विखण्डन गरी आफ्नो स्वार्थसिद्ध गर्न भारतले यो चाल चलेको हो, तर नेपाललाई सताएर भारतको पनि कल्याण हुने छैन, यो कदम उसका लागि समेत दुर्भाग्य छ।'नेपालको हजारौं वर्ष लामो संस्कृति र परम्परा बनिसकेको राजसंस्था
हट्नुमा राजा ज्ञानेन्द्रबाट पनि प्रशस्त कमीकमजोरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– पैसा कमाउन जाँगर देखाउने, तर देशको राजनीतिक स्थायित्वलाई प्राथमिकता नदिने कमजोरी राजामा देखियो, देश र जनताको फाइदाभन्दा पनि आफ्नो फाइदा हेर्ने स्वार्थीहरूको घेराउमा राजा फसे।
कुन कुन ग्रह–नक्षत्रका कारण मुलुकको दुर्भाग्य हुन गइरहेको हो? भन्ने जिज्ञासामा गोपालबाबाले भन्नुभयो– 'संविधानसभाको चुनाव भएको चैत २८ गतेको दिन उत्पात र मृत्युयोगको दिन थियो, निर्वाचन आयोगले परिणाम सरकारलाई बुझाएको वैशाख २६ गते पनि मृत्युयोग थियो, यसैगरी संविधानसभासद्हरूले शपथग्रहरण गरेको दिन जेठ १४ गते उत्पात योग, मृत्युयोग र ऐइन्द्र योग गरी तीनवटै भयंकर खतरनाक योग थिए।
'नीच राशिको मंगल, शुक्र अस्त, वृहस्पति वक्री, मकर राशिको नीचको वृहस्पति राहुको साथमा, गुरु चण्डार योग, बुध अस्त, छन्, यी ग्रहका अवस्थामा अंशकाल पापांशमा छन्, तसर्थ यी सबैलाई विचार गर्दा र सिंह राशिको शत्रु गृही शनि सूर्यको शत्रु गृही जेठ महिनामै परेका कारण नेपालका लागि पीडादायी दिनको प्रारम्भ भएको हो,' गोपालबाबाले भन्नुभयो। देशका लागि यो पीडा र दुःख कहिलेसम्म रहला? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– 'यी ग्रहहरूले आफ्नो फल नदिइ छाड्दै छाड्दैनन्, देश त टुक्रन्छ, टुक्रन्छ, अहिले प्लव नाम गरेको संवत्सर छ, जसले देश टुक्राएरै छाड्नेछ, गृहयुद्ध प्रारम्भ हुनै लागेको छ, महंगी आगामी दशैंसम्ममा दोब्बर भइसक्नेछ, यो अवस्था सम्हालिन सात वर्ष लाग्ने, तर त्यतिबेलासम्म देश सुगौली सन्धिताकाको अवस्थाभन्दा पनि बर्बाद भइसक्नेछ।'
मुलुकको पतनसँगै नेपाली कांग्रेस र एमालेको पतन पनि निश्चित रहेको र केही वर्ष माओवादीले सत्ता चलाउने ठोकुवा गर्दै गोपालबाबाले भन्नुभयो– त्यसबेला नेपालीहरूले अकल्पनीय दुःख पाउने छन्, विश्वमा पनि नेपालीहरूको ठूलो बेइज्जत हुनेछ। मुलुक बर्बाद हुनुमा अहिलेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ग्रहदशाको पनि निकै ठूलो भूमिका रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– 'मुलुकलाई आफ्नै हातबाट सिध्याउनका लागि नै उहाँ यति लामो उमेर बाँच्नु भएको रहेछ।' विशेषगरी आगामी असार, साउन र भदौ महिनामा ठूलो प्राकृतिक विपत्ति आइलाग्ने पनि उहाँले बताउनुभयो।

 
Posted on 06-02-08 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

weekly nepali.com

 
Posted on 06-02-08 1:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fawk...jey paye tei....
 
Posted on 06-02-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

When I was a kid I remember hearing about  Shah dynasty will end right after Birendra.  But I never believed it, and thought it was nonsense.  I am not superstitious, but I can see this could happen in near future with the way things are going right now in Nepal.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters