[Show all top banners]

ziyo
Replies to this thread:

More by ziyo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Good News !
[VIEWED 6144 TIMES]
SAVE! for ease of future access.
Posted on 08-17-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपराष्ट्रपतिको निवासमा बम विस्फोटको जिम्मा राष्ट्रिय मुक्ति सेनाले लियो

नेपालीपोष्ट प्रतिनिधि

काठमाडौं, अगस्ट १७

उपराष्ट्रपति परमानन्द झाको निवासमा बम विस्फोटन गर्ने जिम्मेवारी राष्ट्रिय मुक्ति सेनाले लिएको छ ।
मुक्ति सेनाका विज्ञानका नामबाट प्रेषित विज्ञप्तिका अनुसार भारतीय  विस्तारवाद विरुद्ध सशस्त्र आन्दोलन गर्दै आएको यस राष्ट्रिय मुक्ति सेना नेपालले विस्तारवादी भारतीय 'रअ' का एजेन्टहरुमाथि 'ठोस परिस्थितिमा ठोस कारवाही' अन्तर्गत राष्ट्रिय भाषा र मातृभाषालाई छोडेर विदेशीलाई खुशी पार्न हिन्दी भाषामा शपथ खाने परमानन्द झामाथि भौतिक कारवाही गरेको उल्लेख छ ।

विज्ञप्तिमामा यसअघि यस संगठनले पटक पटक आत्मालोचना गरेर नेपाली जनतासामू माफी माग्न तथा विस्तारवादी रअको एजेन्ट त्यागेको सार्वजनिक घोषणा गर्न गरेको आग्रह र अल्टिमेटमलाई वेवास्ता गर्दै उल्टै जनतामाथि चलखेल जारी राखेकोले हामी भौतिक कारवाहीको लागि बाध्य भएको कुरा विज्ञप्तिमार्फत जनाइएको छ । हामी नेपाललाई वैदेशिक हस्तक्षेप बिनाको स्वतन्त्र मुलुक र जनताले निर्णय अन्तिम हुने सार्वभौम सत्ता सम्पन्न मुलुक बनाउन चाहन्छौं । नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि जतिसुकै बलिदानी गर्न पनि तयार रहेको यस संगठनले आगामी दिनमा कुनै पनि नेपालीलाई भारतीय रअको एजेन्ट नबन्न र बनेको भएमा यथासक्य चाँडो सार्वजनिक रुपमा त्याग गरेको घोषणा गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

विज्ञप्तिमा हामी नेपाल र नेपालीविरुद्ध कुनै प्रकारको युद्ध गर्ने लक्ष्य बोकेको संगठन भई विशुद्ध सार्वभौम नेपालमाथि विभिन्न प्रकारका हस्तक्षेपहरु जारी राखी दिल्लीबाट चल्ने रिमोटको अन्त्य गर्न चाहन्छौं । नेपाली जनताले दुइ सय ४० वर्षे निरंकुश तानाशाही शाह वंशीय राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन् । तर यो कलिलो गणतन्त्रलाई भुटानीकरण हुँदै सिक्किमीकरण गर्ने अभियानमा यतिखेर विस्तारवाद लागि परेको छ ।

विज्ञप्तिमा आफ्नो स्वाभिमान, राष्ट्रियताको रक्षाको लागि नेपालबाट रअको संगठन ध्वस्त पार्न चाहन्छौं भन्दै विदेशीको बुइ चढेर नेपाल र नेपालीमाथ घात गर्ने जो कोहीलाई पनि नेपाली भएर बाँच्ने अधिकार छैन भन्ने आफ्नो संगठनको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ । राजनीतिक दलको आडमा विस्तारवादका एजेन्ट बन्दै नेपालको सत्ताको साँचो दिल्लीमा सुम्पनेहरुलाई फेरि पनि एक पटक हामी आग्रह गर्दछौं कि कम्तिमा नेपाली जनताको लागि, मातृभूमिको लागि तपाईहरुले रअको एजेन्ट त्यागिदिनुस् ।

हाम्रो यस राष्ट्रिय मुक्ति युद्धमा स्वाभिमानी नेपाली जनताले साथ दिन समेत सम्पूर्ण देशभक्त नेपालीहरुलाई आग्रह गरिएको छ ।


 
Posted on 08-18-08 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good job. keep it up. Atleast someone cares....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters