[Show all top banners]

Korean_Soju
Replies to this thread:

More by Korean_Soju
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एउटा कविता: "मेरो कविताको शिर्षक खोजिदेउन साथीहरु "
[VIEWED 10070 TIMES]
SAVE! for ease of future access.
Posted on 12-23-09 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कोरियन साथी (छिन्गु) ले मलाई सोध्यो-

सुनेको छु तिम्रो देश त कमल छ
सुन्दरताको मिसाल छ
मलाई लाग्दछ तिम्रो देश साच्चैनै खुशहाल छ

अझ सुनाउ न तिम्रो देश बारेमा.

अनि मैले सुनाए -

हो! अनौठो मेरो देश नेपाल छ
सुन्दरतामा बेमिसाल छ
मनै लोभ्याउने पहाड अनि हिमाल छ
उर्बर मेरो तराई मधेश हरियो र बिशाल छ
नेपालीको मानमा भोलापनको बहाल छ

तर अहिले मेरो देशको स्थिति बेहाल छ
राजनैतिक समस्या बिकराल छ
गरिबी र अकाल छ
जता ततै बन्ध र हड्ताल छ
दिन रात जुलुश र मशाल छ
सोझा नेपाली को हातमा रगतको गुलाल छ
विकासको न सुर छ न ताल छ
नया नेपाल बनाउने न नै कुनै कुमाल छ

यति सुनेर त्यो मेरो छिन्गु गह भरिएर आयो, अनि उसले मलाई सोध्यो-

मेरो आँसु पुछ्न के तिमीसंग एउटा रुमाल छ

मैले उसलाई मेरो पुरानो फाटटिन लागेको सिम्रिक रङ्गको रुमाल दिए. अंशु पुछी उसले फेरी सोध्यो-

जुन देश प्रकृतिले यस्तो मालामाल छ
त्यसमा के कारणले यस्तो बेहाल छ

मैले उत्तर गरे-

मेरो देशमा एउटा दाहाल छ

मेरो देशमा एउटा दाहाल छ......(क्रमश:)


 
Posted on 12-24-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loved It. Nice.

 
Posted on 12-24-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mahisasur Dahal

 
Posted on 12-24-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wonderful writing. Its a nice blend of tragedy, humor and satire. I hope you could have omitted the use of word "Gulal", sounds like borrowed form Indian. Correct me If I am wrong here. Keep writing dude..


 
Posted on 12-30-09 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Firstly the revised first part and then the new second part. Enjoy!!

एउटा कविता: " मेरो कविताको शिर्षक खोजिदेउन साथीहरु"

मेरो कोरियन साथी (छिन्गु) ले मलाई सोध्यो-
सुनेको छु तिम्रो देश त कमाल छ
सुन्दरताको मिसाल छ
मलाई लाग्दछ तिम्रो देश साच्चैनै खुशहाल छ

अझ सुनाउन तिम्रो देश बारेमा.

अनि मैले सुनाए

हो! अनौठो मेरो देश नेपाल छ
सुन्दरतामा बेमिसाल छ
मनै लोभ्याउने पहाड अनि हिमाल छ
उर्बर मेरो तराई मधेश हरियो र बिशाल छ
नेपालीको मनमा भोलापनको बहाल छ

तर अहिले मेरो देशको स्थिति बेहाल छ
राजनैतिक समस्या बिकराल छ
गरिबी र अकाल छ
जता ततै बन्ध र हड्ताल छ
दिनरात जुलुश र मशाल छ
सोझा नेपाली को हातमा रगतको गुलाल छ
विकासको न सुर छ न ताल छ
नया नेपाल बनाउने न नै कुनै कुमाल छ

यति सुनेर त्यो मेरो छिन्गु गह भरिएर आयो, अनि उसले मलाई सोध्यो-

मेरो आँसु पुछ्न के तिमीसंग एउटा रुमाल छ

मैले उसलाई मेरो पुरानो फाटटिन लागेको सिम्रिक रङ्गको रुमाल दिए.आँसु पुछी उसले फेरी सोध्यो-

जुन देश प्रकृतिले यस्तो मालामाल छ
त्यसमा के कारणले यस्तो बेहाल छ

मैले उत्तर गरे-

मेरो देशमा एउटा दाहाल छ

मेरो देशमा एउटा दाहाल छ......(क्रमश:)
 
Posted on 12-30-09 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो देशमा एउटा दाहाल छ......(क्रमश:)

मेरो देशमा एउटा दाहाल छ
उसको एउटा हातमा मसाल छ
अर्को हात हजारौ नेपालीको रगतले लाल छ

उसको कुरा सुन्नेहो भने बबाल छ
शब्द शब्दमा धमाल छ
उसको बातमा न आउ तिमी त्यसमा ठुलो जाल छ

खोक्रो आडम्बर बिशाल छ
बौद्धिकतामा भने कंगाल छ
प्रचण्डपथमा समृद्धिको अकाल छ

उसले निमत्याउन लागेको समस्या बिकराल छ
उसको ल्याएको झोला भित्र विषालु अरिंगाल छ
आउ लैजाऊ भन्छौ हामी, खै कहाँ छ कहाँ त्यो काल छ.
 
Posted on 12-31-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Korean_soju, sarai ramro lagyo. Keep it up.

 
Posted on 12-31-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब एकदमै राम्रो
 
Posted on 12-31-09 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks guys..
Anyways no offense for other Dahals ..hai ta..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters