[Show all top banners]

Smooth

More by Smooth
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali student in News...
[VIEWED 9498 TIMES]
SAVE! for ease of future access.
Posted on 08-07-11 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरण भण्डारी/मणि दाहाल, काठमाडौं, साउन २२ - अमेरिकामा अध्ययनरत नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको शोधका आधारमा अन्तरिक्ष अनुसन्धान संस्था नासाले 'मंगल ग्रहमा पानी भएको' तथ्य सार्वजनिक गरेको छ। नासा (राष्ट्रिय हवाई उड्डयन तथा अन्तरिक्ष प्रशासन) ले उनकै शोधमा टेकेर मंगल ग्रहको सतहमा न्यानो याममा नुनिलो पानी पाइने घोषणा बिहीबार गरेको छ।  
अमेरिकाको टुसान सहरस्थित एरिजोना विश्वविद्यालयमा जिओफिजिक्स अध्ययनरत २१ वर्षीय गत अप्रिलमा मंगल ग्रहमा पानी रहेको शोध नासालाई बुझाएका थिए।
बिहीबार सिएनएनसँग कुरा गर्दै ओझाले मंगल ग्रहमा पानी रहेको पत्ता लागे पनि त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको बताए। अर्को वर्ष स्नातक तहको अध्ययन पूरा गर्ने ओझाको यो खोजपछि मंगल ग्रहमा जीवको सम्भावनाबारे जारी अध्ययनलाई बल पुगेको छ।
'मंगल ग्रहको प्रारम्भिक तस्बिर हेरेर मैले यो शोध गरेको थिएँ,' उनले सिएनएनसँग भनेका छन्, 'त्यो अनुसन्धानमा सहभागी हुन पाउनु मेरो अहोभाग्य हो।' उनले मंगल ग्रहको एउटा सतहमा रहेको खोँचलाई आधार मानेर अध्ययन गरेका थिए। उनले त्यो खोँचमा मौसमअनुसार आउने परिवर्तनबारे अध्ययन गरेका थिए।
उनी अध्ययनरत विश्वविद्यालयको वेबसाइटअनुसार मंगल ग्रहमा पानीको बहावबारे ओझाको पछिल्लो खोज साइन्स जर्नलका सहसम्पादक प्रोफेसर अल्फ्रेड म्याक्विनको मातहत गरेका हुन्। उनले अर्का अनुसन्धानकर्ता कोलिन डुन्दासको सहयोगमा यो खोज गरेका हुन्।
सन् २००८ देखि ओझा एरिजोना हाइ रेजुलुसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट (हाइराइज) समूहसँग आबद्व भएर अनुसन्धानमा तल्लीन थिए।
ओझाले सबैभन्दा पहिले आफ्नो शोध काउन्सिल अफ अन्डर ग्य्राजुएट रिसर्चले अमेरिकी संसद (क्यापिटोल हिल)मा प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रममा गत अप्रिल १३ मा प्रस्तुत गरेका थिए। त्यसमा सांसद, वैज्ञानिक र अनुसन्धानसम्बद्ध संस्था सहभागी हुन्छन्।


लुजेन्द्र स्कुलमा औसत
केटौले उमेरमै मंगल ग्रहमा पानी भएको पत्ता लगाएका लुजेन्द्र ओझा स्कुल पढ्दा औसत विद्यार्थी थिए। पढाइ ठिकै भए पनि केटाकेटीदेखि नै विज्ञान प्रविधिमा भने उनको गहिरो रुचि थियो।
बाबु टंक, आमा रमा र दिदी जाइकासँगै छ वर्षअघि अमेरिकाको एरिजोना गएपछि उनी औसत विद्यार्थीबाट उकालो लाग्दै विश्वविद्यालयका मेधावी छात्र बने। 'नेपालमा हुँदा एभरेज थियो,' एरिजोनाको टुसान सहरबाट नागरिकसँग कुरा गर्दै दिदी जाइकाले भनिन्, 'यता आएपछि राम्रो हुँदै गयो, युनिभर्सिटी छिरेपछि बेस्ट नै भयो।'
लुजेन्द्र पढाइमा कहिल्यै घोकन्ते थिएनन। अरूमा ठिकै भए पनि विज्ञान र गणितमा सधैं राम्रो। 'एक कक्षादेखि नै साइन्सका किताबमा मात्र रमाउँथ्यो,' एरिजोना विश्वविद्यालयबाटै एन्टोमोलोजी (किरा-फट्यांग्रासम्बन्धी विज्ञान) मा पिएचडी गरिरहेकी जाइकाले भनिन्, 'आकाश पातालको खोजबिनमा उहिल्यैदेखि रमाउँथ्यो।'
स्कुल पढ्दै लुजेन्द्रले 'टाइम मेसिन' बनाउने उद्देश्य राखेका थिए। 'मलाई सानैदेखि ब्रम्हाण्डबारे औधी चासो थियो,' सिएनएन वेबसाइटमा लुजेन्द्रलाई उद्धृत गर्दै लेखिएको छ, 'केटाकेटीमै रोमान्चित गर्ने हिमालले मलाई फिजिक्स र जियोलोजी रोज्न आकर्षित गरेको हो।'
लुजेन्द्रको पुर्ख्यौली घर डोटी महादेवस्थान गाविस-२, हिन्नेकाँडा हो। तर, उनी र दिदी काठमाडौंमै जन्मेहुर्केका हुन्। ओझा परिवारको स्थायी बसोबास सामाखुसी म्हैपीमा छ। लुजेन्द्रले ४ कक्षासम्म लैनचौरको आदर्श योगहरि माध्यमिक विद्यालयमा र त्यसपछि ८ कक्षासम्म ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुलमा पढेका हुन्।
बाबुले पिएचडी गरेकै एरिजोना विश्वविश्द्यालयमा वैज्ञानिकको नियुक्ति पाएपछि परिवारै सन् २००५ मा अमेरिका बसाइँ सरेको हो। 'ड्याडी नेपाल सम्बन्धी अनुसन्धानको काम गर्नुहुन्छ, अहिले पनि दुई/दुई महिनामा नेपाल गइरहनु हुन्छ,' जाइकाले बताइन्। खानी तथा भूगर्भ विभागमा लामो समय काम गरेका टंकले भूगर्भशास्त्रमै पिएचडी गरेका हुन्।
टुसानको सरकारी स्कुलमा ९ देखि १२ कक्षासम्म पढ्दा लुजेन्द्र तेजिलो हुँदै गए। 'विश्वविद्यालय भर्ना हुनुअघि स्याटको जाँचमा भाइले एरिजोना स्टेट नै टप गर्‍यो,' उनले भनिन्, 'त्यतिबैलै छोराले देश र कुलको नाम राख्यो भनेर बुवाआमा खुसी हुनुभएको थियो।'
बाबु काम गर्ने, दिदीले पिएचडी गरिरहेको विश्वविद्यालयमा परिवारका तेस्रो सदस्यका रूपमा लुजेन्द्र प्रवेश गरे। जियोफिजिक्स मूल र प्लानेटोरी साइन्स सहायक विषय बनाएर पढेका लुजेन्द्रको मेहनत, लगन र जिज्ञासु स्वभावका कारण विश्वविद्यालयले उनलाई एरिजोना हाइ रेजुलुसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट (हाइराइज) समूहमा राखेका थिए जसले मंगल ग्रहको अनुसन्धान गरेको थियो। 'भाइ यो रिसर्चमा घोटिएको डेढ वर्ष भयो,' जाइकाले भनिन्, 'चार महिनाअघि ह्वाइट हाउसमै (क्यापोटिल हिल) मा प्रस्तुति गरेर आएको थियो।'
अनुसन्धान सफलताको नजिक पुगेको जानकारी परिवारलाई पहिल्यै भए पनि नासाले यसको श्रेय औपचारिक रूपमै लुजेन्द्रलाई दिएको बेला बाबुआमा अमेरिकामा छैनन्। 'ड्याडीमम्मी क्यानाडा घुम्न जानुभएको छ, भाइलाई पनि दौडादौड छ,' जाइकाले भनिन्, 'परिवार जम्मा भएर रमाउन पाइएको छैन।'
तीन दिनदेखि लुजेन्द्रलाई नेपाली समुदायबाट बधाईग्रहण लिन, स्थानीय/अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन र विश्वविद्यालयका कार्यक्रममा सरिक हुन भ्याइनभ्याई छ। नागरिकले पटकपटक सम्पर्क गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन।
'इन्डियन मिडियाले जथाभावी लेखिसके, एउटा केटोले देशको इज्जत बढ्ने काम गर्दा पनि नेपालीलाई वास्तै रहेनछ,' जाइका दुखी भइन्, 'हाम्रो भाइलाई इन्डियन एक्सप्रेसले भारतीय भनेर प्रचार गरेकामा साह्रै चित्त दुखेको छ।'
नासाले बिहीबार पत्रकार सम्मेलन गर्नेबित्तिकै भारतका अन्य छापा र विद्युतीय माध्यमले पनि लुजेन्द्रलाई भारतीय भनेर प्रचार गरेको छ। 'यो प्रचारले ड्याडीमम्मी पनि दुखी भएर फोन गर्नुभयो,' उनले भनिन्।





http://www.nagariknews.com/news-highlights/139-highlights/29762-2011-08-07-03-52-59.html
Last edited: 07-Aug-11 09:27 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters