[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 285430 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-21-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै माईनस हो भने त बाजी खाने मै मत्र परिम् कि के हो? बसपार्काँ टुक्रुक्क बसेर कल ब्रेक खेलेको याद आयो! कोई छ?

भउतेले मरिहत्ते अर्न लायो, गाँठे! जसको भए नि साली नै चाहियो जस्तो मानिचु। क्यार्नु? जति झगडा अरेनि मुया लाउँच बज्जेको, अन्खेरुन्, आफ्नो त दिन मन छैन, तै पल्ला गामको गोबरे काईंलाको साली र'च, तेईसंग मिलाईदिम् भुनेर फुटा मागेर ल्याईद्याछु के रे। अरु कसैले भउते तिर नजर नलाएनि, यल्ले त लाउँछिन् लाउँछिन्। अन्तै नजर लाउँदा नि भउते तिरै ला' जस्तो देखिने होलिन् के रे -- लुकिङ् लन्डन, टकिङ् टोकियो रै'छे!

 
Posted on 06-21-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति राम्रो हाम्रो चौतारी
आफ्नै बोलि आफ्नै भेष
चौतारी छैन सानो यो
मान्छेको मन नै सानो हो

ल ल ल ल ल ल ल
ल ल ल ल ल ल ल

 
Posted on 06-21-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो कि होईन? हो! हो!! दुर्गे माता, हो!!!!!!!!! होईन भन्ने को?

भउते काजी, फुटा मन परे भनम् के रे, कुरो चलाई दिन्छम्। बिहे हुने नै भयो भने सिंदुर चईं चिउँडोमा हाल्न पर्नि जस्तो छ।
 
Posted on 06-21-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइले भाउतेलाइ कति मुया गर्नु हुदो र छ त बाबै

साली खज्देको पनि कस्तो "लुकिङ् लन्डन, टकिङ् टोकियो रै'छे!

 
Posted on 06-21-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामामामामामामामा ! पुन्टे दा'

यो सालीले त दुबैको भाउ पुर्याउने जस्तो छ। एउटा आँखा हउरलाई झिम्क्याउने, अर्को आँखा मलाई झिम्क्याउने।
 
Posted on 06-21-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुया त बहाना मत्र नि, दुर्गी माता! आफ्नो सालीऽट पन्छ्याउनलै जसो तसो खोजेर ल्याईदेको! पल्ला गाम तिर झलक्क देका परेछन् भउते, मिलिक्कै बिलायो, एउछिनाँ आईपुग्छन् यतै। मेरो खैरियत छैन अब। म त भागें!
 
Posted on 06-21-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त को को छन ह्याँ, यसो आँखा झिम्क्याउन मात्रै आको!

अब त वीकेण्ड सुरु क्यारे, अड्डाबाट सिधै भट्टी जाने भन्याछन.... हुर्रर्रर्रऽऽऽऽऽऽऽऽऽऽऽऽर!
 
Posted on 06-21-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हिजा' झकडाले आज दोहरी खेल्न डरा' जस्स लायो के रे, किन डराउनु ?

 
Posted on 06-21-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डराम्न त किन डराम्थिम् र, चने? हिजो सम्म त भाउ खोज्निलै अलिकति भाउ दे'को जस्तो मत्र गरेको। आज त बाल मतलब छैन। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ।

बरु, चाईन्जो, भउते यता आम्नि कुरो मिलाऊ भनेछु के रे, आउने भयो भने त वरि परिका चौतारी गाम्लेहुरलाई नि निम्तो है! तपाईंलै नि चुलै निम्तो! "भ-पु" जोडीको घमासान् दोहोरी भिडन्त लाईभ!
 
Posted on 06-21-07 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सान बुढाले गे गरे यस्तो, चौतारीभरी पहेंला ताउकै ताउका, तोरी फुल्या जस्तो।पुन्ते दाइको टाउकोको बेसार दलेर बिभिन्न मुद्राको फोटुहरु खिचेर टाँस्या जस्तो छ।

के छ हरी सोल्टी, म पनि भट्टी जान हुन्थ्यो तर भोली फुट्बल म्याच खेल्नु छ, एकै दिनमा सबै हारे पनि कम्तिमा पनि ३ वटा म्याच खेल्नु छ, ३०-३० मिनेटको, जित्यो भने दुइटा अरु!आज भट्टि गएसि भोलि फेरि आफ्नै पोस्ट्मा गोल ठोकिएला, अनि केटाहरुले लात हानेर निकाल्लान टिमबाट।
 
Posted on 06-21-07 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु छिटै जमघट गर्ने चाँजोपाजो मिलाम्न परो 'भा- पु' आफुलाइ त भा-पु" जोडीको घमासान् दोहोरी भिडन्त लाईभ हेर्न हतारै भै सको !
 
Posted on 06-21-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेआ दु:ख नि मार्मिकै र'छ के रे । लु लु आज एउदिन भट्टी नछिरेर केइ हुन्न ।

भ-पु दोहरी साँझ लाइभआँ मादल ठोक्न परे त हामी नि तयार छम के रे । लु लु
 
Posted on 06-21-07 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको इज्जत राख है ग्वाँचे ! बेस्ट अफ लक !!!!!!!!

 
Posted on 06-21-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्ने चना दाई यस्सै छ लाइफ, दु ख बुझ्दिनु भेछ, शनिबार भिड्नुपर्छ आ इतबार सम्म ढलान हुने गरेर।

भ-पु दोहरी साँझ लाइभआँ पुन्टे दाइ को भुँडि ठोक्न परे हामी त तयार छैनौ है। । लु लु
 
Posted on 06-21-07 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालेलै चईं भाँच्या नलि खुट्टो खोल्च्याङ् खोल्च्याङ अर्दै भे नि नचाम्न पर्छ!

राहुलदाई, नेउची, र दुर्गी चईं म:म: पोको पार्दै हेर्नि।

ठुली कुनाँ च्या मा काँचै म:म: चोप्दै खित खित अर्नि।

हरि बोतल साईडाँ राखेर ताली बजाम्नि।

कुम्ले र नयाँ दुलई लै चईं सोफाँ राखेर परमुख अतिथि मान्नि।

चित्रे म:म: पाकेसि पस्किनि।
 
Posted on 06-21-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खान भुँडी ठोक्नि हो, ग्वाँचे? प्यात्त प्यात्त आवाज आम्नि मादल नि मज्जा हुँदो हो र? बरु, तालु चईं मज्जाले बज्ला!
 
Posted on 06-21-07 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा.... दुर्गेस्वरि भाउजु धन्यबाद्, हेरौ बुढेस कालाँ यस्सो खेल्ने रहर जाग्या छ, के हुन्छ!
 
Posted on 06-21-07 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वाँच्या भुँडि र पुण्टे दा' तालु दुइ हातले ठोक्न पाए त मादलआ सुर मजा' ले निस्कन्छ के रे, किन चिन्ता लिनु र ?
 
Posted on 06-21-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भे मादल सँगै पुन्टे दाइको तालु नि पड्काने कार्जेक्रम भो है त।
 
Posted on 06-21-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते र मुन्नी को झगडा त साँचिकै पो रहेछ। पराल को आगो मात्र भन्ठनेको त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters