[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 225775 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-12-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुढाले ल्याएको गांजा भनेर जम्मै मक्ख पर्दै र'चन! गुन्द्रुक हो गुन्द्रुक! ई खालौ बुढा हो! नेपाल आउ त टन्न तानौला! :पी
जदौ है मिस्टे को सबै गाम्लेहरु लाई! :)
 
Posted on 02-12-10 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा, बैरे , परमात्मा क्रेजी , हर्के ।



आज चौतारी शिवमय भाको छ । आफुलाई त सधैंं शिवरात्री। चिलिम नभै जिन्दगीको फिलिम चल्दैन आफ्नो त ।


१ फूट हिउं पर्दैमा यत्रो धाक ?? हामी कहाँ ६ फीट पर्दा त कसैलाई यती फीट पर्‍यो भनेर भनेको छैन ।


 
Posted on 02-12-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त ठुल्दाइ हामी कहाँ हाम्रै हाइट जती पर्दा त एती पर्‍यो भनेर कसैलाई सुनाको छैन क्यारे !


मिस्टे लाई चौतारी मा स्वागत छ ! आफ्नो न्वारन को नाम आँफै राख्ने सम्भवत पहिलो अवतारी होला !


अनी अब शिव रात्रीको दिन चौतारी छिर्या छौ यसो एउटा भजन सजन नि गाउ न त !


बैरे जदौ ! हिउमा खेल्ने त निउ मात्र होला ! 


 
Posted on 02-12-10 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी परमात्मा लाई झन्डै बिर्सेंको !


जय रिट्ठे खोइ भनेको क्रेजी?


हर्के हन्तकाली नि अघी त 'जय शम्भो' भन्दै हल्लिदै आ'थ्यो बुटीको सुरमा


 
Posted on 02-12-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो!
 
Posted on 02-12-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठुल्दाई, हर्के, दीप, बैरे, रिट्ठे, राम्पूरे, मिस्टे, पुरे लगायत सबैमा (ज्येष्ठताको क्रममा)


जदौ! किरेजी! (ज्येष्ठताको स्थान थाहा नभएकोले अर्को लाईनमा)


 


मिस्टे कता छौ आजभोली? समून्द्र तिर त छैनौ?


 


 


 
Posted on 02-12-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दीप ब्रो, मिस्टे काजी ।


मिस्टे लाई स्वागत ।



कतै मिस्टे काजी, बिस्टे काजी को कुम्भमेला मा बिछोडिएको जुडवा भाई त परेन ? बिस्टे आउँला एक छिन् मा, भैया तुम कहाँ थे भन्दै ।


 
Posted on 02-12-10 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भजन गाउं गाम्लेहरु भजन ।


ॐ जय जगदिश हरे ।


ॐ जय जगदिश हरे ।


 


रम्भा, पम्फा हेरेर शंकरे मख्ख  परे,


ॐ जय जगदिश हरे ।


 


गाँजा भाङग खाएर भोले त लट्ठ परे ।


ॐ जय जगदिश हरे ।


 


लट्ठ मख्ख परी तरुणी जिस्काउन पुगे,


ॐ जय जगदिश हरे ।


 


पार्वती र वाइस्यालको चुटाइ मा परे ।


ॐ जय जगदिश हरे ।




 
Posted on 02-12-10 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे मुनी, क्रजी पर्मात्मा  राहुल मुनि, रित्थे मुनी, बैरे मुनी, पुरे मुनी, रामे मुनी, सबै मुनी हरु ॠषि तिमी_मेरो_साथी का वोरिपरी बसेक थिए, सबै मुनी हरुले एकै स्वोर्मा भने ॠषिबार हामीले स्वोर्ग मर्त्य र पाताल् को बारेमा त बुझेउ, आज शिव रात्री ॠषिबर  हामीलाई प्रभु शिव को लीला को बारेमा केहि बताउनोस,  शिवको  लीला सुनेर हाम्रो जिबन धन्य हुनेछ ॠषिबर

चौतारी का सबै मुनिहरु को अनुरोध टार्न नसकेर ॠषि तिमी_मेरो_साथी बाट आग्या हुन्छ ,मुनिबर शिव को महिमा अपरम्पार छ र आज शिवरात्रीका दीन शिव को लीला सुन्ने हरु त चीरकाल सम्मा साझाको चौतारीमा चौतारी कुमार र चौतारी कुमारी का रूप मा प्र्ख्यात हुनेछन

ॠषि बाट एस्तो सुनेर सबै मुनिबरहरु शिव को महिमा सुन्न झन  लालाइत  हुँदा भये

ॠषि बाट आग्या भयो: हे  मुनिबार हुन त शिवका लीला आनगिन्ती छन तर स्वर्ग, मर्त्य र पाताल् सबै ठाउमा मान्पराइको एउटा लीला चाँही सचिकै  सुन्न लाएकको छ, आज जास्जस्ले यो लीला सुन्छ उस्का तालु नखुलिएने, जती जुंक फुड खाएपनी घ्यम्पो जत्रो पेट नहुने आनी श्त्री जाती को मुहारमा कहिलीए चौरी नपर्ने हुनाले उनिहरुले चीरकाल सम्मा पठ्ह्वो भएर बस्न पाउछन, तर जस्जास्ले शिवको  यो लीला पुर नसुनी बिचैमा छाड्छन्  तिनिहरुको चै आयु १० बर्षले घट्ने हुँदा ॠषिबार हरु यो शिवको लीला ध्यानपुर्बक, बिच्मा नछोडिक्ना  सुन्नुहोस्;

ॠषिबर तिमी_मेरो साथी आग्या गर्नुहुन्छ: त मुनिबर, भोलेनाथ लाइ मर्त्यलोकमा कसरी शिवरात्री मनाउदा रहेछन भनेर हेर्ने इक्च्या भएछ र एक साधारण मनुवा को भेसमा काठमाडौंको एउटा पब मा छिरेछन। हेर्दा त सबै मस्त।अबा भोलेनाथ लाई पनि मस्त हुन मान लागेछ र bartender कहाँ गएर ५ बोटल व्हिस्की अर्डर गरेछन, ५ बोटल व्हिस्की खाएपची उन्लाई rum खान मान लागेछ र ५ बोटल rum पनि खाएछन, तेस्पची उन्लाई बियर खान मन  लागेछ र ५० बोटल बियर पनि खाएछन तेती ले पनि नपुगेर भोलेनाथ लाई gin खान मन  लागेछ र ५ बोटल gin मागेछन्। अब त आती भो भनेर bartender ले सूधेछ,

Sir, मान्छे हरु ५ पेग व्हिस्की मा धल्छ तर तपाईं त अझै पानी मजा सँग उभ्ही रहनु भाछ
भोलेनथ: बत्स, म भगवान शिव हु
bartender: हे हे अब ५ बोटल gin खाएपची मलाई पार्वती ठान्ने होला

 
Posted on 02-12-10 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लोल ठुल्दाइ लोल भजन दाsssssमी छ !


लोल टिएमएस लोल ! शिव लीला खतरा छ !


अरु सबै कता लागे? ढले कि कसो?


एक्छिन ससुराली पुगेर आउनु पर्‍यो म चाँही


 


(ससुराली = चिच्याउने बाकस)


 
Posted on 02-12-10 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


सब जना पशपती मै धुनी जगाएर ऋषीमुनी सँग चिलिम तान्दै होला । बैरे र पुरे त हिजो राती देखी नै स्लिपिङ ब्याग बोकेर त्यतै होला। रामे कता गो। भक्तिनिहरुलाई लाइन मार्न  रामे नि लाइन मा होला।


 
Posted on 02-12-10 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हाम्रो चौतारी को ताल, सब-का-साब भाङ धतुरो खाएर मस्त रेछन। त्यो बैरे को ताल हेर त्याँ, सुरुवाललाई शर्ट बनाएर ला छ। त्यो रामे हेर रामे, धुत, टाउको तल खुट्टो चाइँ छ्या त्यो के मा राख्या, ओह्हूओ। धत्तेरिका, कल्ले ल्याएछ याँ यस्तो राम राम राम राम। बित्यासै पारेछ नि।

म चाइँ नयाँ कामको पैलो द्या काम सक्यो भनेर सुनाउन आको त सबको यस्तो ताल रेछ। लु लागेँ, के बसाइ भो र याँ।
 
Posted on 02-12-10 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पुरे लोल
साँच्चि आज सब लाई गाँजा भाङ्गले गाँजेको पक्कै हो। नत्र बिर्खे बुढा, रिट्ठे तानेरी  भे नि आउनु पर्ने ? मखुला ??

 
Posted on 02-12-10 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पसुपती बाट गुहेस्वोरी जाने बाटोमा एउटा बाबा सँग चिलिम बाटै तीन चोटि लामो लामो तानेको गुहेस्वोरी सम्मनी पुग्न सकिएन , अनी एसो तेतै माथिको स्लेश्मान्तक बनमा गर सुतिएछ , बल्ल उठियो ।
भोकले पेट्नै कुइ कुइ गर्न थाली सको , अब चै गर गौसालाको एउटा पसलमा गर दुई प्लेट पुरी तरकारी जिलेबी खार घर जानु पर्ने छ ।


फेरी पनि सप्पैलाई जए शम्भु कैलाशपती महाराज ।


 
Posted on 02-12-10 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केलाई बूटी लागेको पक्कै हो । शम्भू, कैलाशपती भे, पार्वतीको पती को नि ?
 
Posted on 02-12-10 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल ठुल्दाइ लोल , खै कैलाशपती भने झै लागेको थियो अगी बाबा जि सँग त ।
बाबा ले गान्जा भनेर चरेश तान्न दिएछन्की के हो ।
 
 
Posted on 02-12-10 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहूउुउुउुउुउुउुउुउुउुउ सक्यो काम, बल्ले बल्ले! अब टाउकेलाई देखाउन बाँकी, ऐले देखायो भने फेरी काम दिन्छ, देखाउन्दिन।

ओ बैरे ओ बैरे, तिमी काँ छौ? एस्सो अगाडि आउ त, कुरो गरम भनेको तिम सँग। अलिकती स्पस्त कुरो गर्नु छ केटो तिमी सँग। आउ त आउ एता तिर

हर्के बिराडर, भरे गीतान्जली गर्नी हैन त? एस्सो राख न है, गीतरु।

ठुल्दाइ!!!?? खै को छन एता तिर, हल्ला गर्न पर्‍यो, लु म चाइँ आएँ है

 
Posted on 02-12-10 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

alt


यो चिलिमे बुढा चिनुम, एक स्टिक जितुम ।


 
Posted on 02-12-10 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ यार गान्जा लागेको छ मलाई त , मज्जाले सुत्नी अनी सम्भो सँग कैलाश घुम्न जाने हो आजको रात ।


जय शम्भो ।


 
Posted on 02-12-10 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को यो? गिरिजो त हैन, किसुनजी नि हैन, ठुल्दाइ त पक्कै हैन। पून्ते दाईको त्यो बुढाको जुँगा जत्ती नि रौँ छैन भनेर ठुल्दाइले नै भन्या हो क्यारे। जिम्माबा जस्तो पो छ त बै!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters