[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 195032 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-05-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yep, thanks thulnaani,
 
Posted on 12-05-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli,
khai ta malai chai email?
 
Posted on 12-05-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् धेरै हल्का फिल् भो नि हो फिर्केपछि त, काँडै निकालेर फाल्या जस्तो।
मेरो लेसन् चाही नम्बर् १ होला हौ।
खानेकुराको बारेमा त नभनौ अब केही नत्र पुन्टे दाईले गाली गर्नु हुन्छ के।
पुन्टे दाई र ग्वाचेलाई नि धन्यबाद् प्रतिकृयाको लागी।
दुलहीलाई कुनाँ बाँधेर रे पुन्टे दाईले फेरि, lol कहाबाट ल्याउनि नि डोरी, त्यै लगन् गाँठोले बाध्नि?
 
Posted on 12-05-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्योले कथा भनेर धामि काँईला को मुटुमा ढ्याङ्ग्रो ठोकाइदिन ला जस्तो छ नि :D:D:D
 
Posted on 12-05-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep teach me how to write poem first.:P
 
Posted on 12-05-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL गाजर् र काक्रा क टुक्रालाई स्पुन् बना रे तितौरीहरुले, अनि त्यै गजर् र काक्रो खाएर आ हो, ब्याबाट?
 
Posted on 12-05-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL गाजर् र काक्रा क टुक्रालाई स्पुन् बना रे तितौरीहरुले, अनि त्यै गजर् र काक्रो खाएर आ हो, ब्याबाट? :p
 
Posted on 12-05-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्योले कथा भनेर धामि काँईला को मुटुमा ढ्याङ्ग्रो ठोकाइदिन ला जस्तो छ नि :D:D:D

दुईचोटि पढ्नु पर्यो त्यो गाउँले भाषा बुझ्नलाई। कति आउने हो दीपलाई पनि।
 
Posted on 12-05-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्योले कथा भनेर धामि काँईला को मुटुमा ढ्याङ्ग्रो ठोकाइदिन ला जस्तो छ नि :D:D:D

सान्नानि साचै राम्रो लेखाइ तिम्रो अब बाटो लाग्यो अरु नि सुनाउ न ल :D

ठुल्नानि इमेल अनि त्यो कोसेलि को लागि ऐले देखि नै ध्न्यबाद् तिम्लाइ।:)
 
Posted on 12-05-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क्स् तिरु

लौन इमेल् रे अनि कोसेली पनि रे, मलाई मात्र किन छुट्टाएका भन्या सबैले? :P
 
Posted on 12-05-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL गाजर् र काक्रा क टुक्रालाई स्पुन् बना रे तितौरीहरुले, अनि त्यै गजर् र काक्रो खाएर आ हो, ब्याबाट? :p :o
 
Posted on 12-05-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्योले कथा भनेर धामि काँईला को मुटुमा ढ्याङ्ग्रो ठोकाइदिन ला जस्तो छ नि :D:D:D
चारचोटि पढ्नु पर्यो त्यो गाउँले भाषा बुझ्नलाई। कति आउने हो दीपलाई पनि।
 
Posted on 12-05-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

December 22, 23, 24 and 25 (Friday - Monday) गरेम् भने चौतारी जमधट, क‍कस्को -- ईच्छा र परिस्थितिले मेल खाए सम्म -- आउन मिल्छ? यस्सो यही शुक्रबार सम्म अन्दाज लाउन पाए देखुन्, २-३ जना मात्रे हुने हुन् कि, हुलै आउने हुन्, सोही अनुसार पिलान् बनाउन परो मुलाई।

सर्व सहमति अनुसार December 29 को विकएन्डमा नि सार्न मिल्छ। तर नयाँ बर्ष मनाउन आ-आफ्नै पिलानहरु होलान् भनेर मात्रै।

खाने, पिउने, गीत गाउने, नाच्ने, कथा/चुट्किलाहरु भन्ने, अनि दिनभरि न्यू योर्कको किरिस्ट मसे झिलिमिली हेर्न निस्कने।

म कहाँ एउटा एक्सट्रा बेडरुम र बैठक गरि लाम लागेर सुत्ने हो भने ७ जना सम्म सुत्न मिल्छ। यहाँसम्म आउन भ्याएको दुरी र यहाँ अरु कोही चिनजान नभएको अवस्था बमोजिन प्राथमिकता दिईने छ।

ल, यसो अन्दाजी जानकारी पाम्!
 
Posted on 12-05-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्वजनिक रुपमा जानकारी दिन अप्ठेरो लागेमा, मलाई ईमेल ठोक्दा पनि हुन्छ!
 
Posted on 12-05-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई,
ईच्छाले त मेल खा हो, परिस्थितीले चाँही दिदैन । आउन नपाउने हरुलाई raincheck को ब्यबस्था होला नि, अर्को चोटि न्युयोर्क आउँदा युज गर्न पाउने गरी ।
 
Posted on 12-05-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पिल्सिङिल् जुत्ता लार् ब्यामा गा त ठिकै भो तर कति जना अल्लारेको मुटुमा रोपियो होला नी त्यो नानुको पिल्सिङिल् -- ऐले सम्म नी सुम्सुम्याउँदा हुन अभागी बिचराहरु मन त्यो दीन सम्झिदै।
 
Posted on 12-05-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई,
ईच्छाले त मेल खा हो, परिस्थितीले चाँही दिदैन । आउन नपाउने हरुलाई raincheck को ब्यबस्था होला नि, अर्को चोटि न्युयोर्क आउँदा युज गर्न पाउने गरी ।
 
Posted on 12-05-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाई,
ईच्छाले त मेल खा हो, परिस्थितीले चाँही दिदैन । आउन नपाउने हरुलाई raincheck को ब्यबस्था होला नि, अर्को चोटि न्युयोर्क आउँदा युज गर्न पाउने गरी ।
त्यही ममिले जान नदिनि भर क्या, अब तिँ धुलिखेल सम्म जान त त्यस्तो गारो भो अब देशै छोडी अर्को देशाँ त काँ जान पाउनु र? :D:D

पिल्सिङिल् जुत्ता रे दीपले हाहा
 
Posted on 12-05-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाई, म खोलो पारीबाट पनि आम्न नपाम्नि भएँ, मलाई नि raincheck को व्यवस्था गरीपाम् न, न्यूयोर्क आको बेलाम युज गर्नको लागि। ;) बरू फोटूहरू चैं हेर्न पाम् है!
अनि तपाईको १६ वर्ष अघि पाटनमा भएको 'लभ'को बारेमा पनि केही प्रकाश पारिदिनु हुन्थ्यो कि? :P ;)

:D :D तितौरीको भोजको कथा पनि रमाइलो रैछ, कस्तो आइडिया होला काक्रो गाजरको चम्चा बनाउने। :D

दीप ज्योको कथा नि राम्रो छ, अहिले एक पल्ट‍मात्र पढें, दोहोर्याएर पढेपछि झन् राम्रो लाग्छ होला।
 
Posted on 12-05-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, १६ बर्ष हुँदा खेरि को कि १६ बर्ष पहिलेको? १६ बर्ष पहिले त अमरिकाँ खुट्टा टेकि सकेथेम् के रे, काँर पाटने लभ सभको कथा भनौं?

१६ बर्ष हुँदो चईं लाईन मार्न लटरम्मै केटीहुर भ'को स्कुल बस पछि पछि खुब साईकल कुदाईन्थ्यो, हुन पनि पाटन कै स्कुल त्यो नि फेरि!

एक दिन चईं उनेरुको बस पछाडि देखियो, तो बस भन्दा अगाडि "ऊनी" उत्रने बस स्टप नेर पुगेर ढुक्ने दाऊँ हान्नलाई पछि पछि हेर्दै साईकल बेपत्तै हुईंकाईयो। रानी पोखरि नेर हुँदो हो, पछाडि हेर्दै थेम्, अगाडिको ट्याम्पुलाई ड्याम्मै ठोक्दिम्। बस स्टप चाँडो पुग्नि सारा सपना नयाँ कोरियन साईकलको त्रिपटले चौपट!

साईकल बोकेर घर जाने कुरो आएन, अनि असन पसिम्, साईकल रिपेयर पसलाँ। आखिर उसको बस स्टप पुग्ने ट्याममा त रातीको खाना साना खाएर सिरियल हेर्दै थिन् होली!

:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters