[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 374217 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-29-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली pani jiskyau chhe, Jhilke lai
Arun Thapa: chot k ho byathaa k ho, ma jasto jhilke lai sodha
.........................................................................

Jai Nepal
 
Posted on 03-29-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कथा- भाग 2, "दुखद सुख"


"ज्वाई साप, टी बी खोल्नुस् त"
"बी बी सी, सी एन् एन् मा हाम्रो राजा रानी मार्यो रे भन्ने खबर् छ।" पत्याउनै न सकिने खबर् थ्यो र टी बी खोलि हालें। दुखद् सम्चार् सत्य थियो। अनेक् शंका अडकल् सहित् मध्यरात प्रोफेसर् अन्कल् सित घण्टौ वार्ता भयो। रात भरि अनिदो रहेर थप खबर् टेलिभिजनलाई वल्ताइ पल्ताइ हेरियो। मिर्मिरे सम्म मा यो खबर् आगो भै सकेको थ्यो। कस्ले मार्यो किन मार्यो, अड्कल् को बजार् गुल्जार् थ्यो। उकुस् मुकुस् मन् लाई सम्हाल्दै बिहानै चिया र चुरोट् को लागि टोलको अखडामा गएं। चिया सकिन बित्तिकै एक् मित्र सङै हनुमान् ढोका दरबार् ( चिया पसलबाट् २०० मिटर्) लागें, दरबारका कर्मचारिको हस्याङ् फस्याङ देख्न लायककोथ्यो। हल्ला सुनियो, नया राजाले श्री पेज लाउन आउने रे। देशी
बिदेशी मेडिया को समेत जमघट भैसकेको देखें । कसले भट्ट्ट्ट
गर्‍यो भन्ने अपुष्ट हल्ला लाई पुष्टी गर्ने पर्याप्त आधार देखें । नयाँ कोट पर्ब को आहट सुनें जस्तो भयो ।

सरकारी जागिरे, छुट्टी भैहाल्यो । १० दिन त कम्तीमा । टोल छिमेक काले जिस्काउन थाले, जागिरदारहरुलाइ मोज छ भनेर । १-२ दिन र शोकसभा को नाम टायम पास् भो । त्यसपछि अर्को चिन्ताले सताइ हाले । नेडर्ल्याण्ड्स् मा फारम भर्ने म्याद खुस्किने भयो भनेर । एक पट्क फोन मारें, फोन उठेन्, बिदेशी नियोग पनि शोक मग्न रहेछ, भन्ने थाहा पाए।

त्यसपछि पनि कहिले कर्फ्यु लागे, अनेक् हल्ला चले। पानी मा बिष मिसाएको खबर् ले झन ब्यस्त भएं। बल्ल आँट गरेर जुन को १० तारिक तिर् कन्सुलेट् मा फोन् गरें। उताबाट् नमीठो जवाफले खगरङ भएं। "ढिलो भैसक्यो, अब तपाई फारम् भर्न सक्नु हुन्न"। अरे बाबा, मेरो के गल्ती थियो, राजा मारिनु मा, तपाइल् नै जुन को सुरु मा आउनु भन्नु भएको थ्यो, त्यहि भएर न आएको, यस्तो अकल्पनीय दुर्घट्ना हुन्छ भन्ने कस्लाई के थाहा- मैले नि दिएं एक् दनक्।
"जुन को १३ सम्म मा सबै आप्लिकेशनहरु, नेडर्ल्याण्ड् पुगिसक्नु पर्छ, तपाई आज नै आउनुस् " भन्ने सकरात्मक प्रति उत्तर् पाइयो। "तर के गर्नु, आज सम्म त सरकारि कार्यालय बिदा छ, भोलि मात्र आउन सक्छु, फेरि सरकारि स्वीकृति बिना तपाई मलाई फमेरो यो तर्कना पछि झन फेलोशिप अधिकृ महोदय
आगो भइन्।

भोलि पल्ट् बिहानै चिन्ताग्रस्त मनस्थितिमा अफिस् पुगें। मानौ कि त्यो फेलोशिप मेरो लागि नै हो र छुट्न लाग्यो। आफै लाई धिक्कार् न लागें बाटो भरि। थुक्क, गइस् होइन युरोप, मे को लास्ट् मा गएर फर्म न भरिकन, अल्छि भएको। लौ ई~~ खा।
अनेक् जुक्ति गरेर एउटा चिठ्ठी बनाएर् गएं। म्याड्म त ज्वालामुखी
"तपाई लाई अब भ्याइन्न भन्दा भन्दै आउनु भो, फर्म दिनि बेकार् छ। कसरि भ्याउनु हुन्छ, यतिका पेपर् तयार् गर्न?"
मैले बडा नम्र भएर समय मै बुझाउंछु, न सके मेरै चान्स् गुम्ने त हो नि, फर्म दिनुस्, आइ विल् त्राइ मै बेस्त्
झर्को माएर दिइ। फुरुङ्ग् भएर निस्कें। मानौं कि मैले फेलोशिप् जिति सकें। अब अर्को चिन्ताले सतायो। बिभागिय प्रमुख, मन्त्रालयको सचिब को दस्तखत् चाहिने, कसरि लिने। चाहिने बेला भेटिने भए पो हाकिम् हरु। जे पर्ला टर्ला भनेर सोझै पुतली सडकमा एलेक्ट्रोनिक् टायप् हान्न गएं। ३-४ वटा निबन्ध नि त्यहिं मुखमा जे जे आउंछ भट्याउंदै गएं। टाइप् मास्टर् अलि बुज्रुक नै परे रे काम् केहि घण्टा मै फत्ते भो। अफिस टाइम नि समाप्त भयो। भोलि पल्ट् अफिस समय भन्दा चाँडो पुगें। टाइम् मै हाकिम को सवारि भो, धनुष्टंकार् नमस्कार् सहित् सोझै हाकिम् को कोठा मा पुगेर फारम् तेर्साइ दिएं। हाकिम् त सकेट् बम् भन्दा चर्को। सहि गिराउन ज्यान् गए मानेन। मानौ कि त्यो फेलोशिप् उनको खल्तीबाट् दिंदै छ।

सर्, यो त चिठ्ठा न हो, फारम् भर्दै मा पाइन्छ भन्ने छैन। सरकारि अनुमति त पछि लिउला। आज फारम् बुझाउन सकेन भने काम् छैन, भोलि सम्म म्याद् छ। भोलि पनि दीपेन्द्र को १३ दिन बिदा छ। आजै सक्याउनु पर्छ। त्यति कल्याण् गरि दिनु पर्यो।
हाकिम् आखिर् हाकिम् न ठहरियो। ज्यान् जाला मानेन। अनि अन्तिम् अस्त्र प्रयोग गरें। सचिबज्यु ले गरि दिनुस् भन्नु हुन्छ भने, गर्ने हो त? मैले नि धम्की को धमास् दिएं। सचिब ले भने त गर्नै पर्यो नि- अलिकति गलेको जस्तो देखियो। सचिब महोदय नि नेडर्ल्यान्ड्स् बाट् नै मास्टर् गरेका आफ्नै पुरानो हाकिम भएको ले सचिबज्यु ले सजिलै सहि गरि दिनु हुन्छ भन्ने अनुमान् मात्र थ्यो।

सचिबज्यु को लिएर गएं हाकिमलाई जबर्जस्ति नै। सचिबज्युलाई आफ्नो कहानी भनें, यथार्थतालाई स्वीकर् गर्दै आफुले पनि सहि गरि दिए र मेरो हाकिमलाई नि सहि गर्न भने। बाकि रह्यो, ३ वटा सिफारिस् पत्र। पुरानो सिफारिस् पत्र को सेभ गरेको डिस्केट् थ्यो, ट्याण्टर् म्याण्टर् गरेर् निमेष् मै तयार् गरेर हाकिम र सचिबज्यु कै सहि फोसा लिइ हालें। एउटो सिफारिस् चाहि झन्दै ४ बर्ष् पुरानो इलाहाबादि प्रोफेसर् को थ्यो, त्यहि हालें र। १२ तारिक को ५ बज्न अगाडि नै कन्सुलेट् मा बुझाउन हिडें।

म्याड्म् झन्दै बेहोस्। अरुले ७-८ दिन मै न सक्ने काम् कसरि २४ घण्टा न बित्दै ?

यसरी त्यो राजादरबार हत्याकाण्ड को छाया मा परेर छुट्न लागेको मौका चाँही गुमेन । सयौं दर्खास्त हरुलाई पछार्दै अन्तमा नेडर्ल्याण्ड्स् सरकार ले मेरै आबेदन लाई लाल मोहर लगाइदिए ।

दुखद घट्ना क्रम बिच बहाएको पसिना को फल पाए जस्तो भो, एउटा सुखद क्षण ।
अस्तु ।
 
Posted on 03-29-07 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gajab chha, Jai Nepal
टाइप् मास्टर् अलि बुज्रुक नै परे
Talu ma kapal na vae ka buda buda manis ko kura ho yo!
 
Posted on 03-29-07 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oi Jwai, afu कथा lekhnu sekhnu chhaina!
Jai Nepale moro!

tu e-mail check gara ta, kehi pathako chhu
 
Posted on 03-29-07 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ लाग्याथ्यो रातिको दुइबजे घन्टि बजेको क्षण त्यो पनि दु:खद
अर्को के थियो र २००१ मा
राहुलदा हजुरत लक्की हुनुहोदोरे'छ ।

नमे धन्यवाद है मेरो १२ वर्ष पुरानो टुक्रालाई मनपराइदिएकोमा :) :)
 
Posted on 03-29-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाइसाप र भट-ट-ट-ट त के हो यस्तो नेपाली पनि लेख्न नजान्ने :) ( सानो मुख प्याच्छ बोलिहाले गालिपो खाने हु कि )


'मेरो लघुकथा'

(आज वर्षौ भइसक्यो तर नि मलाइ ति बच्पनको दिन हरु आखाँभरि झलझलि आउछन ।
त्यो घर त्यो आगन ति उकाली ओराली खोला पाखा जहाँ उ र म संग संगै हिड्ने डुल्ने खेल्ने गर्थ्यौ । कहिले काही मलाई त्यो गाँउको निकै याद आउछ ।
मैले पनि ति सबै यादहरुलाइ समेटेकिछु पहिले पनि अलिकति टुक्रो लेखेकीथिंए ।कथा लेख्ने कुरो मेरो वस भन्दा बाहिरको कुरो हो तर सबैले लेखेको देखेर रहर लाग्यो के-----आज अलिकति है त -सधै मेरो मष्तिष्कमा घुमिरहने त्यो प्रिय छाया ‘फटिंग्रे’
पहिले ‘फटिंग्रे’ नपढेकोहरुलाई अनौठो लाग्ला –त्यस्कोलागी क्षमा चाहान्छु –जानकारीको लागि फटिंग्रे हाम्रो गाँउघरमा छुवाछत प्रथा बाट पिडित एउटा जिवन्त पात्र हो )


'खै दिनुस ' म मेरो झोला उतिर हुर्राउछु।
मानौ मैले रिस पोखेकि उ संग । अरु कसैलाइ त म केहि पनि गर्न सक्दिन । उ नै त थियो जस्लाइ म मेरो इच्छा भावनाहरु पोख्न सक्थे ....हुनसक्छ यो सब मेरो उ प्रतिको लगाव थियो होला । मनै परेको थिएन त्यसरी मलाइ घर देखि टाढा पठाउन थालेको।

' ह्या गाउमा राम्रो स्कूल छैन के रेवती..त्यसैले तिंमीलाई बजारको स्कूलमा नाम लेखाइदेको।'
फुपुको आवाजमा माया भरिएको थियोहोला सायद । तर मैले केहि महसुस गर्न सकिन। मलाइ घर देखि बाहिर हुदाको परिस्थिति, उ संग टाढा हुनु परेको त्यो क्षण , नँया ठाँउ नयाँस्कूलको संझनाले मात्रै पनि झस्काइरहेको थियो। म सबै कुरा रोजी रोजी लिने गर्थे । (त्यसो त मेरो त्यो बानि अझै पनि जस्ताको त्यस्तै छ) यहासम्म लुका-छिपि खेल्दा, कपर्दि खेल्दा नि म मलाइ मनपरेको मान्छे हुनु पर्थ्यो म संग। त्यसैले मेरो सबभन्दा मनपर्ने मान्छे -उस्लाइ नै रोज्ने गर्थे मेरो जोडी बनाएर । अरु मलाई मनै पर्दैनथ्यो । त्यसैले त कहिले काहि डंडीबियो
खेल्नु बाध्य हुन्थे । मलाइ आउदैनथ्यो तर, मेरो खेल नि उस्ले नै खेल्दिन्थ्यो ‘नानू हेर्नुस त म हजुरको पालोमा मेरो भन्दा पर उता पारी पुराईदिन्छु’’ म फुरुंग हुन्थे।लाग्थ्यो उ हैन मनै खेलिरहेकीछु ।
“नानू अब जाने हैन ‘’ म झस्किए ! म टोलाइको देखेर उस्ले मेरो ध्यान खीच्न चाह्योको थियो होला। मेरो एकोहोरपन उस्लाइ कहिले मनपर्दैनथ्यो ।
‘अ हँ’ मैले मुन्टो हल्लाइदिए। मेरो हरेक इशारा बुझ्थ्यो उ।
‘ल ल हिड’ बाबाको आवाजमा रूखोपना प्रस्ट झल्किन्थ्यो। मलाइ मेरो इच्छा बिना नै घर देखि टाढा लखेटिदै थियो । मैले केहि सामान हातमा लिन चाँहे तर उस्ले दिएन म चुपचाप हिडें बाबाको पछिपछि । घर छोड्नु को पिडा भन्दा मलाइ उ संग बिछडिनुको पिडा बढि थियो । बेला बेला म उस्लाए हेर्थे । तर उ कतै नहेरी सरासर हिडिरहेको हुन्थ्यो।।
 
Posted on 03-30-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani ke bhayo ni miss ?? :) sappai napadhi ta ma nasutne hai aaja :D
 
Posted on 03-30-07 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरन तितु त यहिरहिछिन :P :P लाजै भओ
नसोधन तितु मेरो मुटु फुट्छ ;) हे हे हे

यसपछिको भाग तिंमी थपन सिस । फटिंग्रे नाङ्लो नि जान सकने भैसक्याथ्यो पछिल्लो पटक मैले भेट्दा :) :)

देवरजीको डर ले अहिले नै पोष्ट गर्या हो के :)
 
Posted on 03-30-07 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D khurukka sappai taasnu ta ...hehehe malai nindraa laagdaina hai feri :P
 
Posted on 03-30-07 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो म नि नसुत्ने, ल तिरु र म चौतारीमा अनशन बसिम है! हैन त तिरु?
 
Posted on 03-30-07 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन प्रभू!! तिंमी त्यो दिपदा लाई गराएजस्तो नगारउ त चन्चली मलाइ
ल तिम्रो लागि यो टुक्रा .. हुन्छ?
बरु म चै नुनु गर्छु 'गुड नाइट मिसदी ' भनत :)

'उही धर्ती म टेकीरहेछु
उही आकाश म देखीरहेछु
तर किन यथार्तता मेरो आँखामा नौलौ छ?
त्यो को हो? जो मलाई ईशारागरीरहेछ
किन आभास हुन्छ?
कोहि मलाई पर्खिरहेछ।'
 
Posted on 03-30-07 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

naani naai ma ta kathai sunera sutne :P natra ansan basne bihaanai samma haina ta hari :P
bytheway ,nice Tukro miss :)
 
Posted on 03-30-07 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल्या माथीदेखी जम्मै पढ्दे आएर लरख्या त ढिला भएछ। कथा नसक्ने भन्या?
 
Posted on 03-30-07 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब त हरि नि अनशन बस्ने रे ? ह्या यो अनसन चै नबसओ तिमूर मज्जाले भोक लाग्छ के फेरि।
हरि अइले अर्को गित टाँस भन्छु नि फेरि रातभर गित खोजेर बस्नु पर्ला नि

ल है त तितु र हरि भोलिब्यानै हुनथाल्यो ह्या त। हरिको नि तेहि त होला नि ' तितु चै अझै ट्याम छ होला के रे चिरचिर गर्नलै ।:) धन्यवाद तितु
शुभ-रात्री!!
 
Posted on 03-30-07 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब त म नि अनशन बस्ने
 
Posted on 03-30-07 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को भोक लाग्ने हो, अगि भर्खर तेत्रो ढिंडो हसुरेर बसेको। अब पर्यो भने दुइ दिन जति त आरामसँग अनशन बस्न सकिन्छ। कथा सुनुम भन्या, माथी ठुल्दाइले एउटा सुनाए, पुरानो बेला याद आयो। अचम्म हुँदो रै'छ। यत्रो बर्ष यो देशाँ बसियो, त्यो खबर आ'को दिन र सेप्टेम्बर ११ को घटना घटेको दुइ दिन चैं जम्मै याद छ। काँ थियो, के गरियो, को को भेटियो, को को सँग फोनमा कुरा गरियो, के कुरा गरियो, कति तर्क निकालियो आदी इत्यादी जम्मै ताजै छ।
 
Posted on 03-30-07 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस र राहू बूडाका दामी टुक्राहरु गएछन्!
म अहिले एउटा लघु-कथा राखौं भनेको। केहि वर्ष पहिला (चौतारीका भुराभारीहरुले त्यतिबेलासम्म राम्ररी कट्टू लाउन पनि जान्या थेनन् कि! गफै त हो! रिसाउने हैन नि!) कान्तिपुरको 'साप्ताहिक'ले दया गरेर छापिदिएको थियो।

"नेता"

'क' शहरमा भब्य आमसभा भयो। नेताज्यूले पनि दामी भाषण ठोक्नुभयो र भन्नुभयो "कसैले शंका नराखे हुन्छ। बकुल्ला कालो हुन्छ भन्ने कुरामा म अडिग छु।" भोलिपल्ट 'ख' शहरको त्यत्तिकै भब्य आमसभामा नेताज्यूले अर्को भाषण ठोक्दै भन्नुभयो, "काग रातो हुन्छ भन्ने कुरा
अकाट्य छ। मसंग कसैले विवाद गर्ने कोशिश नगरे हुन्छ।"
पत्रिकाहरुमा नेताज्यूको भाषणमाथि आलोचना धेरै आएपछि नेताज्यूले एउटा विज्ञप्ति निकाले, "बकुल्ला कालो हुन्छ र काग सेतो हुन्छ भनेर मैले भनेकै होइन। यो मेरो चरित्र-हत्या गर्न विपक्षीहरुले चलाएको हल्ला मात्रै हो। मेरो विचारमा न त बकुल्ला कालो हुन्छ, न त कागनै सेतो हुन्छ; वास्तवमा ती दुबै राता हुन्छन्।
 
Posted on 03-30-07 2:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले थियो- वर पिपल छहारी
वर पिपल छहारी
माया होऽ आज भोलि सुन्य भो चौपारी
डाँडैको देवी देऊराली
माया होऽ
पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झलझली
... ... ...


As Tiru reminded it.
 
Posted on 03-30-07 2:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एउटा पुरानो जोक हाल्छु है.( Source: ७० वर्ष अगाडिको गोरखापत्रबाट.)
*** *** ***
भउते कामी, ठगे, तितौरी ज्याग्दी खोलखोलै चुत्रो खाँदै खाँदै हिन्याका थिया.

तितौरी: "यो खोलाँ आगो लाइदिन्या हो भन्या, यी माछा आकाशमा जानु परन्या छ."
भउते कामी: "रुखमा जानु परन्या छ."
ठगे: "रुखमा रे? रुखमा जानुलाई भैँसि हुनु परन्या छ."

(कामी = अभियन्ता; Engineer)
 
Posted on 03-30-07 6:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस कस्तो ट्यालेन्ट १० बर्ष पहिले नै स्वर्ण महोत्शबलाइ यस्तो रामर्रो कबिता लेखिदिने ।
यि दादा आजकाल ठग भो जस्तो छन। पुरानै सन्जुको कथा लेखेर भे ने टास ने के खाली झ्याउरे गित गाउछौ ? पिरती नानी के हिल लार आउनि हुन कुन्नि यसपाली , राम्ररी आए है ?
साच्चै कुम्लु के हो यसो बधाइ लिन भे ने चौतारी मा धाउन गाठे कति गुप्त बास बसेको ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters