[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 238702 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 10-01-06 6:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

हिजो कुम्लेले भनेको गाडी पूजा यही हो क्यारे!

 
Posted on 10-01-06 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु! सबैलाई नवमीको शुभकामना!

हिजो जिम्माल आईपुग्दासम्म आफुले त तीन भुँडी देख्न थालिसकिया थ्यो होला।

आज एउटा कार्जेकरम गरेर खसीको मासु खुब खाइयो। त्यो मासुसंग बीयर बेस्करी धोकेको, टाउको तीन-चार ठामबाट एकै ताल फुट्ला जस्तो गरेर दुखिरा'छ। त्यै भ'र पसारिनु परो अब।

दशैंले सबैको ब्यक्तिगत, पारिवारिक र सामजिक जीबनमा सबैतिर अझ बढी उमंग, अझ बढी उज्यालो र अझ बढी सफलता ल्याईदेओस्!
 
Posted on 10-01-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै र तिहार को उत्पा दन



 
Posted on 10-01-06 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घर म टिका लगाइ सकेछन ।
चौतारीका सबै दम्तरिहरुमा बिजय दशमी को शुभ-कामना।
 
Posted on 10-02-06 1:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सबैलाई विजयादशमीको शुभकामना!

गाम्ले जति टिका लाउन ब्यस्त होलान्। चौतारीमा आउने फुर्सद कल्लाई र?
 
Posted on 10-02-06 3:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टीका टालो के हुदै छ.................

जापान देखि नेपाल तिरका सप्पै ले लगाइ सकेहोलान
युरोप तिरका लगाउदै होलान
अ्एरिका तिर कतिबेला हो........?

तै पनि सबैलाइ बिजया दशमी २०६३ को शुभकामना
 
Posted on 10-02-06 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो टिका तालो सुरु भैसकेको हो कि क्याहो । ल म नि आए पून्ते दाई को हात बात टिका र जमरा लगाउन आको । ल तिकi लगाउन लाइनमा बसौ।
 
Posted on 10-02-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु घराँ टिका-सिका सिद्ध्याइवरि म नि आएँ चौतारीआँ मान्यजनाँ हाताँट टिका थाप्न अनि आफु भुन्दा सानो'रुलाइ आशिस् दिन । ठुलिको पछाडि लाइनाँ बसे है म नि ।

हुन त हिजोको भलिबलको म्याच खेलेर जिउ दुखेको छ तैपनि दसैं त मनउनु नै परो नि कसो । हिजोको म्याच नि गज्जब नै भो, जिम्माल बा र पुन्टे दाई त हामी ठीटा'रु भुन्दा बुढा भए नि गज्जब भलीबल खेल्नु हुँदो रैछ, पुन्टे दाइ त म्यान अफ द म्यच नै हुनु भो गाँठे, पल्लो गाम्का खेलाडी हरुलाइ त आच्छु आच्छु पर्दिनु भो आफ्नो खतरा स्म्यासले, गज्जप खेल्नु भो । त्यो म्याचको बारेमा बाकी कुरा पछि लेखौला, आज त दसैं, खाऔँ, पियौ, तास् खेलौ, रमाइलो गरुम । सप्पै लाइ फेरी पनि दसैंको शुभ-कामना, दुर्ग भवानीले हामी सप्पैको रक्षा गरुन । फेरी पनि ह्याप्पी दसैं । । ।
 
Posted on 10-02-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुल्दै वार्डऐ रातो माटो म चिप्ल्दै कहाँ पुगेछु भनेर एसो हेर्या त साजा को चौतारी म पो टुप्लुक्क पुग्दा मन एकदम हर्शयित भएको छ । विजया दशमि को सुखद उपलक्ष्यम सब्लाई हार्दिक मंगलमय शुभकामना टक्र्यौछु ।
 
Posted on 10-02-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज टिकाको दिन!

सबैलाई धेरै धेरै शुभकामना!

म नि लागे है लाइनमा। बरु अक्षता र जमरा तयार छ कि छैन? पून्टे दाई हिजो तासमा हारेकोले अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ, त्यहाँ उहाँले जत्ति पैसा दिनुहुन्छ त्यत्तिमै चित्त बुझाउनु है। मैले त भनिसकेको छु मलाई त्यत्ति धेरै (१०० डलर) दिनैपर्दैन, आधा मात्र दिनु भनेको छु। खुसी हुनुभएको छ म सङ्ग।

गोताएँ दाई, जिम्माल बा अनि ग्वाँचेलाई रमाइलो लागे जस्तो छ मेरो कथा। ल ल! अब कस्तो भयो खेल, त्यो चाँहि भन्न नबिर्सिनुहोला।

फेरिपनि, धेरै धेरै शुभकामना!!

:-)
 
Posted on 10-02-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


परिहास्यम् पुण्टेदाश्री, आनन्दभाजन गोतामे, आसुकथ्यम् कुम्लेभ्राता, अनुशासनम् मास्टर्नीदी, चौतारी भवन्तु वसुधा- प्रेममय, रसमय, वसुधैव कुटुम्बकम् !


ल मेरो टुटेफुटेको संस्कृतमा समस्त चौतारी परिवारलाई विजयादशमीको मंगलकामना ॥

Nepe
 
Posted on 10-02-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विजया दशमीको उपलक्षमा हार्दिक मंगलमय शुभकामना

चित्रे
 
Posted on 10-02-06 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल टिका लगाको फोटो छाप्ने भन्या हैन ?
म टाँस्दिन्छु पहिला ।
अरु ले पनि टाँस्दै गरुम है ।

 
Posted on 10-02-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेल रोटी ।

 
Posted on 10-02-06 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यो मिस्टि आधा टुक्रो सेल रोटिले चौतारिबासिलै पुग्ने होला त
ल लिनुस मैले मेरै हातले हजुरहुरको लागि बनाएको तात्तातो सेल रोटी

:D :D :D

 
Posted on 10-03-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बिहान बिहान सेल रोटी चिया सँग खान पाउने भो । तितौरी, सान्नानी तिमी हरु ले कति दलर कामायाउ टिका लगार ।
 
Posted on 10-03-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो, अलिकति ढिलो नै भए पनि सबैलाई दसैंको धेरै धेरै शुभकामना छ।

अनि आज कता गए सबै जना? सेलरोटी र Black Labelले झ्याप हुन् कि कसो?
सेलरोटी सार्है मिठो रहिछ, धन्यवाद है मिस्। एकदम नरम अनि ठीक्क गुलियो। अफिसमा छु, ब्ल्याक लेबल चाँही खान मिलेन अहिले।

अनि ठुली छु ख? दक्षिणा गुली ढेवा वोल?

अरु साथीहरुको गफगाफ अनि कथा कविताहरु पनि पढियो, रमाइलो लाग्यो।
 
Posted on 10-03-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चच हुइ सररररररररररररररररररररररर........................................................
 
Posted on 10-03-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात्! यो जगेह त बडा रङीन रहेछ ।

लौ म पनि आए है बासी टिका भेटाऔन भए पनि, देर से भएपनि सबै गाउले हरुलाई सलुटे छ है यो रिकुतेको तरफ् से।

क्या नाम्! उमेरमा पल्टन धाएर, तिल चामलए हुँदा पर्देश आएनी यो दिल त नेपालि नै छ नि हो गाथे ।

यकीन नाआए लौ है थोकिदिन्छु मध्यपश्चिमेली गाना:

सुर्खेतमा बुलबुले ताल चौतारीमा भेट भयो यो साल
सुर्खेतमा बुलबुले ताल लाइग्यो माया देउ चिनो रुमाल
 
Posted on 10-03-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो टिकाको दिन कहिले हो? आयो कि गयि स्क्यो? मलाई केही नभाए पनि य्सो दुई चार वटा सेलरोटी चाँही पठाइ देउ है । म ठेगाना पनि दिउला ओभर्नाइट डिलिभरि बाट पठाएँ हुन्छ चेली-बेटिलाइ तय्ती पनि नगरे के गर्नु त??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters