गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।
अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!
नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा
आकासमा फाटेछ बादल चौतारीमा घन्काइदिऊँ मादल
जिम्माल बूढाको गीत
..आकाशको कालो बादल होsssssssss आकाशको कालो बादल पानी पर्छ छम छम पानी पर्छ छम छम जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया नाचन मेरि मारुनि आँगनीमा छम छम...
दीप ज्योको कविता
आङ्ग्नाँ बिस्कुन सरी फैलार हीन्दीछ निस्ठुरी मोरी ओछयानाँ उडुस सरी किचेर मार्लान भन्ने डर छ रे सधै भरी सिम्स्ले खै के गरी गरी असान्त छ निसान्त अचेल् भरी नलुक्नु लुक्यो चोर सरी चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!
निश बुरोको कविता
चित्रे बाबु तिम्रा शंका उपशंका त्याग चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि
विशेष सुत्रका अनुसार मास्टर्नी दिदी अत्यधिक व्यस्तताका कारण मात्र चौतारीमा आउन नसक्नुभएको र फुर्सद पाउने बित्तिकै आउने बाचा गर्नुभएको जानकारी दिन चाहन्छु। त्यसैले हस्ताक्षर अभियानलाई अब लम्ब्याउने जरूरत पनि परेन।
ए कुम्ले, मुखुन्डो जात्रा त सकिहाल्यो नि। अब आए नि हुन्छ, कसैले तिमीलाइ शंका गर्ने छैनन्।(मैले त कहिल्यै गर्या जस्तो लाग्दैन तिमीलाई शंका :P)
अब चौतारीमा नयाँ कुराहरू गरेर, कथा कविता हालेर रौनक बढाउनु पर्यो। म पनि भ्याइयो भने केही लेखम्ला, तपाईहरू पनि लेख्दै गर्नुस् है!
हत्तेरिका!!!! आगन भरि भंगेरा बसेर सप्पै बिस्कुन सखाप पारे'चन्। उता बाख्रा फुकिएर भर्खर फु्ल्न थालेको तोरी सप्पै खाएचन । यि केटकिटिहुर के जाति आ-आप्नो नाम लेखेर पो बसेचन
यति धेरै माया!!! कल्पना पनि गरेकी थिएन । धन्यवादसप्पै लै
अनि कुम्ले तिमीसं त कुरो को कुम्लो तिंमी भन्दा ठूलो रे'छ नि। :) ************************************************************** मैले पहिले एउटा कविता लेखेकी थीए । (मेरो कलेज को साथिले बन्दुक संग लड्दा लड्दै ज्यान गुमाएकि थिइन) उन्को संझनामा लेखेको ।पहिलेको दिन हरु खोतल्दै जादा त्यहि टुक्रो भेटियो एक पटक आज फेरि उन्को याद आयो
पानी होइन यो हत्केलामा भरिएको थोपा थोपा आशु मेरो तिम्रो नाम मा सुम्पिएको
छोडिगयौ ह्रदयमा महान तिम्रो नाम कोरी भुल्ने छैन शगरमाथा नेपाल कि तिमी विर छोरी
ल मित्रहरु, वातावरण सहज बनाम्न सर्वपक्षीय प्रयास हुनुपरो।
चित्रे -- गालब र ग्वाँचे चैं फरक हुन् है। :)
दादा -- म शनिवार बेलुका आइपुग्छु। ल, नेपाली सुकुटी र छोइला खाने ठाम सोचेर राख्नुस् है!
अमेरिकाका मित्रहरु -- धेरै मान्छेसँग फोनमा सम्पर्क भयो। सबै जना फरक फरक ब्याकग्राउन्डका रहेछन्। गफ गर्न पाउँदा खुसी लाग्यो। ल त, एकछिन पछि म एयरपोर्ट जाँदैछु। हवस् त विदा!!!
Yi dada bro lai po jasus banaunu parne. Hijo rati matrai yutuba tyo prakash ojha ko .."Okhar bote kaka .."hereko thiye , hya sajhama post garna bhayisakeka chhan. Kyarni ta ni mero karmai yesto. Yeso kangress man parako , sappai khume jasta niske. Ani prakash ojha ko geet man parako tyo ta kulanghar niskyo. Kyarum ta ni, aba wokil bhako bhaye tyo adalat ko faisela paltauna hunthyo ke re clean bhakalai fohor prove garna, elinjiar pare tyai prakasheko geet tashindinchu lau ja.
पुण्टे बूडाको कथाले रमाईलो गरायो। यस्ता यस्ता हण्डर अचाक्ली खा'का भ'र पो यी बूडाको तालु ताछेको आलु भन्दा पनि सफाचट भ'को र'छ यति चाँडै!
जिम्माल उनकाँ भूत हिँड्ने बेलाँ चौतारीमा आ'र गाँजा तानेर सम्झिँदा र'छन् मलाई। दिउँसो एकबाजी घाँटी खसखस त गर्छ सँधै।
चौतारीको यो भाग एक राउण्ड फेरि सररर-- हेरें के रे मैले, तर ठूल्नानीले 'तोपे' भनेर कल्लाई भन्या हो भेउ पाउन सकिन। 'तोपे', 'बन्दूके, 'गोले' पनि आ'छन् र हाम्रो चौतारीमा भन्या? कि माउवादी खाउवादी हुन शहर पसे'सी बढी भ'का 'तोपे', 'बन्दूके', 'गोले', 'बमे' जति सबैलाई हाम्रो चौतारीतिर हुल्दिन आँटे कि क्या हो पातकीहर्ले?!
यस्तै हो गाम्ले हो, चौतारीमा कसैका कुराले रिस उठे भूस कुट्नु, चित्त दुखे भित्तोलाई एक मुड्की हान्नु, तर हरेस नखानु। मान्छे भ'सी बरु चरेश खानु, तर हरेस नखानु भन्थ्यो के रे एउडोले।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.