मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।
B-Maila, So you've grown a litlle long in the tooth eh! :-) Many happy returns of the day.
Long time no see! Hope all is well with you. My advanced greetings for Christmas. The same goes for all the Chautari roosters - your humour doubtless send me to smithereens! Have a good one.
गोताएँ जी के अरेर विकइन्ड मनाइन्छ भन्नु र खै, यस्सो हफ्ता भरिलाइ पुग्ने बेशन किन्न गयो कन्भिनीमा, इन्टर्नेटआँ बस्यो, चिनेका साथीहरुकोमा एकछिन खोक्स् दिन गयो, यस्तो यस्तै हो । बेलुका हुन लागेसी, कुँडो पकाउने झन्झट त छँदैछ । जिन्दगी ठ्याक्कै ओ मे को जस्तै गरेर बित्न लाग्यो ! विनटरमा यस्तै हो समरमा मजा आउँछ्, शनिबार र आइतबारको लागि विकइन्ड टिकट भुन्ने पाइन्छ, ३० युरो तिरेर पाँच जना सम्म्, बिहान ६ बजे देखि अर्को दिन बिहान ३ बजे सम्म्, जाँ गए नि हुने, जुन ट्रेनमा चढें नि हुने । पाँच जना जम्मा गर्यो कैले काँ कैले काँ गयो । विन्टरमा त बाहिर निस्किने जाँगर नै चल्दैन ।
oooops !!! चौतारियाँ फोटो नै टाँसेर आफ्नो परिचय दिने मुन्छे गौतम वाउ( बाबु) लै यस्तो कुरो भुनेओ देख्दा त यो kinjalkलाइ 'किर्ने" नै भन्न आउने के ;-)
जदौ गाम्लेहरु! एक दुई दिन चौतारीआँ आउन नपा'को त जिम्माल बुढाको भतेर नै छुटेच, लौ ढिलै भएपनि बुढालाई जन्मदिनको शुभकामना है । अनि गोताएँको कुँडो को कहानि त इस्कुलमा हुदाखेरिको मेरै कहानि हो कि जस्तै लायो। oooops !!! चौतारियाँ फोटो नै टाँसेर आफ्नो परिचय दिने मुन्छे गौतम वाउ( बाबु) लै यस्तो कुरो भुनेओ देख्दा त यो kinjalkलाइ 'किर्ने" नै भन्न आउने के ;-)
हिजो आफ्नु याँ' किचकन्नी हिड्नी बेला भैसक्या थ्यो', तैपनि पसारिनु अगाडि एकबाजी चौतारीको हावा खा'र फिरे---श भ' र आम्नु परो भनेर चौतारी आएर सिठ्ठी बजा'को, किञ्जे बज्जे मात्रै आईपुग्यो। "के छ त किञ्जे तेरो हालखबर?" भनेको "ठिकै छ गोतामे दिजु। माष्टर्नी दाजुलाई नमस्ते गरम् भनेर आ'को।" भन्छ। अनि म पनि आजको चौतारी पनि रमाईलै भयो भनेर तेता'ट हिने के रे, किञ्जे मोरो एक्लै फत्फताएजस्तो छ निकै बेर। किञ्जे , 'किञ्जल्क' नामको अर्थ थाहा भएन यार मलाई पनि। कुनै एउटा नेपाली साहित्यकारको पनि यस्तै उपनाम भएजस्तो लाग्या'थ्यो।
लाहुरे दाइ (sandhurst lahure)पनि आएछन् आज त। सलुट गरें लाहुरे दाइ। साह्रै माया मार्नु भो हाम्रो त! यसो कहिलेकाहिँ आउँदै गर्नुस् न हो!
उता 'बल्खु'मा मैले पका'को "कुँडो" चाखेर पारख गर्दिने गाम्ले सबैलाई धन्यवाद। पू---रै विद्यार्थी जीवन लगभग त्यसै गरी बिताईयो! तिरु नानीले 'रेसिपी' सोधेकी र'छन्। नामै "कुँडो" भएकोले रेसिपीनै चाहिन्न भनेपनि हुन्छ। जे जे भेटिन्छ, सबै हालेर छड्काइदे हुन्छ!
लाहुरेदाई!!!! जन्मदिनको शुभकामनाको लागि ह्रदयदेखि नै मुरि मुरि धन्यवाद् टक्र्याउँछु! यति खुसि लाग्यो कि के भन्नु! कता हराउनुभयो दाई भन्दै थिएँ टुप्लुक्क यो माईलो भाईको जन्मदिनमा आइपुग्नुभयो। यो भन्दा खुसिको कुरा अरु के नै हुन सक्छ र :):)
हरितालिका धेरै धन्यवाद् छ!
राँगे रिकुटे, धेरै धन्यवाद् राईफलको सलामि सहित शुभकामना दिएकोमा! म लाएँ बा गोडा तिन बिसेक उमेर नाघो मेरो त! :) बरु कति ड्यूटि मात्तै अर्छौ यसो कइलेकाईव बिदा मिला'र आउ न चौतारिआँ भलाकुसारि अरम्ला!
Awwwwwww तितौरी! हन के भनेओ हो, तिम्लाई नराख्दि यो गिजाले चपा'र खान सकम्ला त मुइँले कतै? लु आऊ हाम्रोमा, टन्न केख खार जाउलि। बरु मेरो भाग नि तिम्लाई नै भओ, क्यार्नु आफ्नो गुलियो चिल्लो खाओ कि पेट भारि भ'र आम्छ :)
चौतरीयाँ ल्या'र सपै लाइ बाडेर पो खानु ,एक्लै के खानु... अनि के भर् भरे घर् मा आम्दा चै अस्तिन जस्तो जिम्माल्नि आमा ले लुकाएर साचो कता हरायो छ भन्न लाइ लोभि बा को आइडिया अनेक् :P
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.