[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 215592 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-10-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात! रिकुटे देखा पर्च त यो पुन्टेको तालुमा बुरुरुरुरु बाल उम्रिन्छ। एहसास हुन्छ भनम् न, छाम्दा त चिल्लो को चिल्लै भएनि!

हिमान्चल भन्दा माथि लान लायो भुने चईं पल्टन से गुम भएर चौतरी फर्किएस है, रिकुटे! कस्मिराच त ठिकान हुन्न, मरिएला सिसैको गोलीले! बरु, बाचझो रहेको मेरो ३ आना खेता गरि खालाऊ।नपुग भए तै खेत बेचेर भए नि जापान, अरब पठाम्ला के रे। रगतैको साईनो नभएनि, यो रिकुटे आफ्ने भाइ जस्तो लाउँच मुलाई त! जिम्मालेलाई नि उसको साख्खै नाति जस्तै लाउँच भन्थो के रे!

जरा केटकेटीको कुरो छोड्देऊ, रिकुटे! जमाना हाँरो जस्तो हो र? रमईलो अर्निलाई अर्न दिन पर्छ के! उमेर ढलेसि चाहेर नि नाच्न सक्दैनन् के रे तेस्तरी। अहिले उमेर छँदै नाछोस्, बन बनै दौडोस्, बेलाँ बेलाँ छिल्लियोस्, अलिक गम्भिर हुने भनेको त बुठेसकाल छँदै छ नि!

नाच चईं फस किलास के देखायो है चित्रे, कुम्ले, ठुली र तितौरीले!
 
Posted on 11-10-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो रिकुटे हल्लिँदै
टेपरिकट बजाउँदै
GPS हातमा चलाउँदै
हाम्रो VDO देखाउँदै

हिमान्चलको चीसो हावामा
मकै भुट्दै तावामा
पून्टेदाई बसे दायाँपट्टी
दुबै पसे धोबिनीको भट्टी

ग्वाँचेले आज दिउँसै पियो
१ बोतल रौसी चाँडै सकियो
कुम्ले र तितौरी, म र ठूली
बनमा नाँच्यौं मिलीजुली :P :P
 
Posted on 11-10-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु राँगे रिकुटे नि आएछ गाममा। कतिदिन को छुट्टि ले'र आयौ हँ यसपाली?
पुन्टेदाई ले भनेओ अस्तो, तो हिमान्चल भन्दा माथि त नजाऊ है, फेरि अर्को साल गाम मा तिम्रो ठाममा एउडा परमबिर चक्र आओ भने के अर्नु नि हाम्ले!
बरु गोडा चारेक आना सिम्सार मेरो नि छ, खेति किसानी अरेर बस यतै। धान रोपौँला अन्न उमारौँला, कुखुरो पालौँला अनि तेई धान कुटेर भात पका'र कुखुरोको झोल सँअ हसुरम्ला।
'दाल भात तरकारी, जिउ धन सरकारी' कि कसो?

नाच्न गाउन दिम बा यिनेर'लाई उमेराँ ननाँचे कइले नाच्नु, गोडा तिनबिस उमेर कटिसक्ता नि यो ज्यान त उफ्रन थाल्छ गाँठे तेस्तो गिद सुनेसि भन्देखि यिनको त बेला छ गाँठे!
नाच है नाच कुम्ले, चित्रे, तितौरी, ठुल्नानी सपै नाच!
'आम्छ मौका पर्खँदैन बगेओ खोलो फर्कँदैन' कि कसो?
 
Posted on 11-10-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्मालबा नि आउनुभे'छ्! सँचै हुनुन्छ, जिम्मालबा ?
 
Posted on 11-10-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै छु ग्वाँचे! तिम्रो के छ नि? अस्ति तिम्रो कथा देखेओ थेँ जवाफ दिने ट्याम नै मिलेन भन्या। घराँ धान भित्राउने चटारोले अर्दा।
अईले यो रिकुटे सँअ कुरो अरिराको, कति मुउलान बस्छौ तेस्तो डर को खानिमा भनेर।
एउ बाजि गाम मै खेति अरेर हेरे त हुन्छ नि हैन? रिकुटे कै ईस्टाइलाँ भन्ने हो भने के जाति-
' होगा तो होगा नहिँ होगा तो मकैका घोघा' कि कसो?
 
Posted on 11-10-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे आज घर फर्क्यो,
नाचि नाचि रमाई,
हातमा GPS हल्लाउदै,
नाचेको भिडिओ घन्काउदै...

नमस्ते गरें है जिम्माल बा, धेरै दिन भो नि त दर्शन नपा'को
 
Posted on 11-10-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा खास्सा अर्नु भो जिम्मालबाले, रगत नि बगाउनु पसिना नि बगाउनु अर्का लागि । ज्यान हुन्जेल अर्काआ सिमाना राख्वाली अर्यो, बाँच्यो भुने बुढो भे'सी एउ दुई गोटा पित्तलाआ तक्मा झुन्डायो अनि लखर लखर खाली हात फर्क्यो । त्यो जाबो तक्मा के अर्ने न टोक्न हुन्छ न बोक्न! तेसभन्दा त त्यती नै मिहिनत अर्ने हो भुने त आफ्नै देशमा गरिखान सकिहालिन्छ नि । अस्ती हाम्रो बाले नि भन्दै थे, त्यो गैरिखेत मुन्तिरको हाम्रो जग्गा बाँझै भो, काम अर्ने मान्छे नभेर, कोइ मान्छे खेती अर्ने भेट्यो भुने फोकट्मा दिन्छु, बाली लाओस खेती खाओस्, मेरो माटो त मलिलो हुन्छ । रिकुटे दाइले बनाउने भे बासँअ मै कुरा अर्दिन्थे क्यारे ।

हुन त पोर साल गल्लावाल गाम्मा भर्तिको लागि आउँदा मु नि गै दिउँ कि जस्तो लाथ्यो लाउर, तेतीबेला तपाईंले नै त रोक्नु भा हो नि मुलाइ, जिम्मालबा, पुन्टेदाइले लाउर गएर खाको हन्डरहरुको कथा बताएर । लौ न रिकुटे दाइ छोड्दिउ पराइको गुलामि, बसुम आफ्नै ठाम्म्मा इलम अरेर । लौ यो ग्वाँचेको सलुट छ, खुट्टा बजाएर्!!
 
Posted on 11-10-06 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thread lai maathi ghachedya...
 
Posted on 11-10-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई शुक्रबार लाएछ!
 
Posted on 11-11-06 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो क ख रा पढ्ने काम पनि कति गार्हो, बरु रिकुटे दाजुले बजाए जस्तै गीत गाउँदै हिड्नु पर्ला जस्तो छ।

Thread lai maathi ghachedya...
 
Posted on 11-11-06 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D

Thread lai maathi ghachedya...
 
Posted on 11-11-06 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मा पनि घचडिदिन्छु।
 
Posted on 11-11-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ,

एका बिहानै चौतरीमा आइसकेछन गाम्ले हरु त।
कसरी बिताउने प्लान छ नि यो विक एन्ड? सबै को सप्तान्त राम्रो सङ बितोस।
 
Posted on 11-11-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे के छ हालचाल? हेरन आज कति सुन्य् भाको यो चौतरि।।।।हिजोको खोयोबिर्केले सबै सुते जस्तो छ। जाग जाग साथिहो जाग , चौतरिको बिकास गर्न अगि बड्नु छ।
 
Posted on 11-11-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था


बिहानको झण्डै ०८:३० जति भइसक्या हुँदो हो, म तैपनि गाडि पाइन्छ कि भन्ने झिनो आशा लिएर बसपार्क पुगेर यसो रुमल्लिँदै थिएँ । पऽरबाट खालाँसीले भन्यो,
"ल काठमाण्डु! काठमाण्डु! साढे ७ को गाडि छुट्नै लाग्यो।"
म हस्याङ् फस्याङ् गर्दै दौडेर गाडिमा गएर हाम्फालेँ। "१ घण्टा भे पनि नाफा हुने भो!" भन्दै म त मख्क परेँ। गाडिभित्र छिरेर यसो यताउता हेरेँ, सिट खालि छ कि भनेर। पाङ्ग्रांमाथिको एउटा सिट खाली देखेँ। म त्यहीँ गएर बसेँ मजाऽले।झ्यालतिर बस्ने मन थियो, "ढिलो आउने माझमा सुत्ने" भन्या जस्तो के पाइन्थ्यो छेउको सिट त, खासै राम्री त हैनन् तर एउटी दिदी बसिसकेकी रहिछन्, के गर्नु साइत पर्या भन्ने कि बिग्र्या भन्ने अब।
गाडि हुइँकिदै गयो, म पनि हुइँकिदे गएँ। के गरौँ, के गरौँ लाग्यो, अनि यसो सम्झ्या त युवाहरुको मासिक खुराक मेरो झोलामा थियो। अघि भर्खर बस पार्कमा बलबान छाप खैनी किन्न जाँदा किनिहाल्या थिएँ। बल्ल पो सम्झना आयो।

*** *** ***

झोलामा यसो छाम्छु त मेरो चस्मा नै छैन बा। पाकेट मारियो भनम् भने पर्स छ खल्तिमै। के भन्ने उमेर छँदै यी आँखा कमजोर भएर चस्मा लाउन पर्ने मलाई। झोलामा छामेँ, चस्मा सस्मा हात पर्दैन। काईँयो लगाएर भएन। अघि गाडि भेट्न हस्याङ् फस्याङ् गर्दै दौडिँदाखेरि खसेछ क्यार!, भनेर मनै खिन्न भो। तेइ नी हेरम् अलि अलि ठुल्ठुला अक्षर त देख्छु नि भनेर यसो पठ्दै गर्या त छेउकी दिदीले, "यो चस्मा भाइको हो?" भनेर टिपेर दिइन्। तल झ-या रैछ सिटमुनि झोला छाम्दा छाम्दै।
"धन्यबाद!" भनेर भने, अनि चस्मा लगार युवामञ्चतिर आँखा गाडेँ।
एउटा दुइटा मुक्तकमात्र हरिसक्या के थिएँ गाडि फेरि रोक्यो त्यो विजयपुलमा आएर, किन रोक्यो यो खोलाको छेउमा गाडिलाई पानी ख्वाउन लाग्या त हैन भन्या त, हो रे छ। पानीले यता छ्याप्यो, उता छ्याप्यो, धुलो सुलो सप्पै पखालेर अनि हिँडायो। झ्यालको चरबाट तिनै झ्यालतिरकी दिदीलाई पनि पर्यो एक दुई थोपा। बल्ल ठिक भो भने मनमनै।

*** *** ***

यसो त्यसो गर्दा गर्दै पऽर डाँडाको नाक पुगिएछ, गाडि त रोक्यो। किन रोक्यो डिजेल सिजेल हाल्न खोज्या होला नि भन्या त एक हुल चढे।
एउटी बुढी आमा टिकट हेर्दै हेर्दे मेरो नजिकै आएर,
"२२ लम्बर भन्या थ्यो, बाबु यो लिस्टो हेर्देऊ त बा! कति लम्बर हो मेरो सिठ।" भनिन्। यसो हे-या त यो त मै बस्या सिट पो परेछ। क्यारम त नि उठ्नै पर्यो, अनि बिस्तारै उठेँ।
अनि खलासीलाई बोलाएँ,
"ऐ! दाइ, म त टाढा जाने मान्छे सिटै, चाहिन्छ नत्र जान्न है भन्दिया छु।" भन्दिएँ घुर्की लाउनलाई।
"पख्नुस् न भाइ! सिट मिलिहाल्छ नि एकछिन पछि!" भन्यो। अनि झिनो आशा लिएर त्यँही त्यो डण्डीमा अडेस लगार फेरि पढ्दै गरेँ।

*** *** ***

अनि यसो त्यसो गर्दा गर्दै खैरेनी आयो, है। अघिकी बुढी माऊ त झरिन्। लिस्टो हेर्दाखेरि नै मलाई था लाग्या थियो, त्यसैले त त्यही सिट रुँगेर बस्या नि।
त्यहाँ पनि एक हुल चढे। म बस्न एक मिनेट मात्र ढिला भा भे त सिटै खत्तम हुने नि। म मनमनै रमाउँदै फेरि तेई किताब खोलेर हेर्न थालेँ।
नयाँ हुलमा एउटी बुइनी थिइन्, अघि मैले अडेस लगाको डण्डीमा आएर अडेस लगाइन्। लाहुरे अनि एउटी दिदी र बच्चा पनि थिए। सिट बच्चावाला दिदीलाई दिम् कि जस्तो पनि लाग्यो। मनमनै के गर्नु बस्न नलेखेको भनेर उठेँ, "दिदी यता बस्नुस्!" भन्या त उता पट्टी खलाँसीले सिट मिलाइसकेछ। ठिकै भो भन्दै फेरि बसेँ।

*** *** ***

ती बुइनी त साह्रै राम्री! के भन्ने। सलक्क परेकी, बाटुलो अनूहार, थेप्चि पर्या नाक।। खै के को हो कुन्नि मगमग वासना आयो उनको शरिरबाट।

त्यो लाहुरे दाइले भने कुखुरा हातमा च्याप्या थियो, कहाँ जान लाग्या हो, कुन्नि। गाडि दौडीँदै जाँदा एउटा गहुँ गहुँले भरिएको फाँट हुँदै अगाडि बढ्दै थियो। बाँदरले गहुँ सहुँ मज्जाले खाइराहा भन्या, कस्तो मजासित। अनि त्यो लाहुरे दाइले हेर्दे भन्यो,
"ओ हो! बाँदर रे छ ल! कस्तो ठाऽऽरो भइर उब्बेको २ खुट्टाले!", भनेर झ्यालबाट हेर्दै थियो। त्यो बुइनीले पनि हेर्छु भनेर यसो तल निहुरिएर झ्यालतिर हेर्न आँट्या त मेरो टाउकोमा पो स्पर्स दिन्छ बा, उनको वक्षस्थलले।
बुइनी त लाजले भुतुक्कै, म भने खुसिले गदगद! पहिलो अनूभव नि जिन्दगीको अब यस्तो मीठो।


*** *** ***

अनि एकछिन पछि भिनाजूले पनि सिट पाएछ। बुइनीमात्र उभिराऽ र मेरो किताबतिर हेर्दै थी।
मैले पाना फर्काउन लाग्या त "पख्नुस् न!" पो भन्छे।
मैले "हेर्नुहुन्छ? मैले त हेरिसकेँ।" भनेर दी हालेँ त्यो युवामञ्च! "बसम् न मिलेर!" भनेर मैले २ जनाको सिटमा ३ जना बस्न खोजेँ, छेऊकी दिदीले यसो आँखा तर्दै थिइन् तैपनि जसो तसो ३नै जना अटियो।
भर्खरकी बुइनी नि १६,१७ को काउकुती लाग्दो उमेरकी। हुन त म पनि उति बेला हुँदी १८,१९को मात्रै थिऐँ। काठमाण्डुमा यसो क्याम्पस जाने बेलाको कुरा नि।
"बुइनीहरुपनि काठमाण्डु पुग्ने?" भनेर सोध्दिएँ,
"हैन पल्लो खैरेनीमा झर्ने, मनकामना जान हिँड्या के।भिनाजु र दिदीहरु सबै मिलेर।"

मगरको छोरी कस्तो मिठो बोली। अनि सप्पै कुरा गर्दे गर्दै अगाडि बढियो।
अनि गफगाफ हुँदै गयो। उनले कहाँ पढ्नेदेखि लिएर उनको दाइ भाउजू सिन्गापुर दिदी भिनाजु हंगकगंको लाहुरे रे छन् भन्ने कुरासम्म सप्पै था भो।

*** *** ***

तर के गर्नु तिनीहरु झर्ने ठाँऊ आइहालेछ पत्तै नपाइकन। म नि काठमाण्डु साठमाण्डु नगइकन मनकामानतिरै पछि लागेर जाम् कि जस्तो भा थ्यो तर क्यार्नु भिनाजु पनि सँगै रेछ र मात्रै हो नत्र जान्या थिएँ पछि लागेर जान्थिएँ मनकामान सम्मै। फर्केर जाम् कि जस्तो पनि लाग्या थ्यो गजुरी आउने बेलासम्म त।

राती कोठाँ पुगेसी पनि आस्थाकै यादले सताइरह्यो।
 
Posted on 11-11-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था, मेरो त ठिक ठाक छ। तिम्रो के छ नि? सायद हिजोको खोएबिर्के ले गरेर होला, सबै गाउले हरु अझै सुतिराको। खोएबिर्के न खाने हरु त आउने पर्ने हो। आज झन छुट्टी को दिन रमाइलो गरुम भनेर चौतारीमा आको झन सुन्सान छ।
आस्था नि आमृका तिर कै हो जस्तो लागेको थ्यो, कता तिर हो नि आमृका मा?
 
Posted on 11-11-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथात पहिले पनि कता कता पढे जस्तो लाग्यो नि दादा, तेहि पनि आस्था देखेर पढेकोत आर्कै मगर्नि आस्था पो परिछिन् बाइ। इट्स् वन्डरफुल दो।।।
 
Posted on 11-11-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दादा नि आउनु भएछ चौतारी मा सानो कथा लिएर। नमस्ते है दादा लाइ। कतै दादा को कथा को आस्था र हाम्रो चौतरी की आस्था एउटै त परिनन??
 
Posted on 11-11-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हन रछ। दादाको कथाको आस्था त अर्कै आस्था पो परिछन।
आस्था त चौतारीको पुरानै मुन्छे जस्तो छ नि हो?
 
Posted on 11-11-06 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssई....!
उज्यालो भओ ठिटाठिटि हो?

भएछ क्यारे, दादालाई फेरि सन्जुको याद आउन थालेछ! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters