[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 602383 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-19-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा.............. "अब सोफामा उफ्रिने?"  रे, बिचरीलाई के थाहा उस्लाई देखेर बाङेको मुटु कती उफ्री रा छ भनेर। दीप सार्है हसायौ। बाहिर पानी पनि रा थ्यो यो भाग पढेर त झलमल्ल घाम लागेको जस्तै भयो।  



 
Posted on 11-19-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा.............. "अब सोफामा उफ्रिने?"  रे, बिचरीलाई के थाहा उस्लाई देखेर बाङेको मुटु कती उफ्री रा छ भनेर। दीप सार्है हसायौ। बाहिर पानी पनि रा थ्यो यो भाग पढेर त झलमल्ल घाम लागेको जस्तै भयो।  



 
Posted on 11-19-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो दीपले नी लेख्न त जानेकई हो बा... खप्परमाँ त लेर आकै रैछ नी...ल हेर्दा हेर्दई घाम तापेर सिरक नी ओड़ने भएछ ल!!!!!
 
Posted on 11-19-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो दीपले नी लेख्न त जानेकई हो बा...
 
Posted on 11-19-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरक, घाम.......... बाsssबा नाम राख्न त क्या जान्ने।
धुनधान तीनधान हासेर मर्न आटे लोल

p.s- सुर्यलेपन अब समर मा लगाउने नि
विन्टर मा  नि चाहिन्छ र?

Last edited: 19-Nov-08 03:21 PM

 
Posted on 11-19-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरक, घाम.......... बाsssबा नाम राख्न त क्या जान्ने।
धुनधान तीनधान हासेर मर्न आटे लोल


 
Posted on 11-19-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani charko garmi ma chai sirak ra gham lai ke garne hola ni?
 
Posted on 11-19-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani charko garmi ma chai sirak ra gham lai ke garne hola ni?
 
Posted on 11-19-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन अब घर जाउ भने त भैगो नी कुकुरै त लाउनु पर्दैन नी"


 
Posted on 11-19-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन अब घर जाउ भने भैगो नी कुकुरै लाउनु पर्दैन नी"

 दिपदा,

धन्न कुकुर मात्रै रैछ ब्रुनो भन्दा रोकियो । बारुलो नै खनिइको भए के गर्नु हुन्थ्यो कुन्नि? अरिंगालले चै गर्नु गरा'को हो क्यारे पहिले नै 


 
Posted on 11-20-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा!  यो भाग साह्रै मिठो लाग्यो प्रभो! हो हो ठ्याक्कै त्यस्तै मिठो लाग्या पढेर जस्तो लास्टमा मुस्कानको वाणले प्रभोको मुटु छेड्दा लाग्या थ्यो!
 
Posted on 11-20-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा!  यो भाग साह्रै मिठो लाग्यो प्रभो! हो हो ठ्याक्कै त्यस्तै मिठो लाग्या पढेर जस्तो लास्टमा मुस्कानको वाणले प्रभोको मुटु छेड्दा लाग्या थ्यो!
 
Posted on 11-21-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा आज अघि बढाम्ला भनेको भ्याईएन। अब सोमबार त होलानी।


 
Posted on 11-21-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा आज अघि बढाम्ला भनेको भ्याईएन। अब सोमबार त होलानी।

सबैको सप्ताहन्त सुखद रहोस।


 
Posted on 11-24-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai pachi padhiyo hai ta aaja, yestai ho k garnu, katha matra padhera bhayena ta



 
Posted on 11-24-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai pachi padhiyo hai ta aaja, yestai ho k garnu, katha matra padhera bhayena ta



 
Posted on 11-25-08 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई कुकुरले क्याप्प पार्या उस्ले सोफाबाट देख्यो भने खत्तम भएन?
नरमाईलो हुने त मलाई मात्रै न हो उस्लाई त धुनधानै रमाईलो हुन्थ्यो--अनि टोलमा त्यो घटना बाङ्गेले उस्को स्वाद अनुसार
दर्ता गराए पछि सधैको लागि पुग्थ्यो। बिचार त गर्नै पर्यो नी।


 
Posted on 11-25-08 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई कुकुरले क्याप्प पार्या उस्ले सोफाबाट देख्यो भने खत्तम भएन?
नरमाईलो हुने त मलाई मात्रै न हो उस्लाई त धुनधानै रमाईलो हुन्थ्यो--अनि टोलमा त्यो घटना बाङ्गेले उस्को स्वाद अनुसार
दर्ता गराए पछि सधैको लागि पुग्थ्यो। बिचार त गर्नै पर्यो नी।


धन्नै म-या हाँस्दा हाँस्दा
पछि लाग्या पनि कस्को भन्दा बाङ्ग्या, अनि????

लै अब कसको पछाडि को लाग्ने हुन,सपनामा पनि बाङ्गे जाडो भयो घाम खै भन्न बेर छैन.....


 
Posted on 11-25-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु, खोइ त अर्को भाग? पस्किउम न हो छिटो, भोक लागि सक्यो !!!
 
Posted on 11-25-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु, खोइ त अर्को भाग? पस्किउम न हो छिटो, भोक लागि सक्यो !!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters