[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159530 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-27-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुश्मनले भने -
अधर तिम्रा केस्रा सुन्तलाका मेरा बोक्रा
नयन तिम्रा मद अंगुरका मेरा छोक्रा

दुश्मन हो –
बिना बोक्रा सुन्तलाका हुदैनन् केस्रा
मद पोखिन्छन् कसरी अंगुर्का बिना छोक्रा?

सुन यता -
केस्रा तिनै हुन् लिप्त उनैमा थिए मेरा यि बोक्रा
मद त्यै हो चुम्बित त्यसैमा थिए यि मेरा छोक्रा
****
स्याड स्याड कबिता लेख्यो भनेर आरोपित भएँ अनि लौ त भनेर ----
 
Posted on 07-27-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपजी यो कवितi हो कि गाली :D :D :P
 
Posted on 07-27-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! कस्तो राम्रो नयाँ चौतारी बनेछ, इस्कुल् पनि सङै रहेछ।
मिस् नमस्ते ,किन हजुर् को अनुहार् :( नि?

ए सान्ननि ठुल्नानि क्यार्दै छौ तिमेरु? यो सान्नानि ले के भेने होलि मोरी ले म तिम्रो किलिप् लैजान्छु रे :( रिसाएहै म त।

अहो दीप् दाइ कस्तो सुन्ताला र अङुर् जस्तो मिठो कबिता सुनाउनु भयो बाबै :) उता अर्को गाम्मा सुनाउने गरेकोकता के हुदै छ कुन्नि? :D

रोल्न् २२ हाजिर् मिस्
मिस् मैले ३ दिन् देखि हाजिर् गर्ने बिर्सेछु त्यो नि गर्दिनुस् है :P
 
Posted on 07-27-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकतन्त्र यही हो जनताको राज
नैपालै आफ्नो कसले दिने काज
जे गरे नि छुट छ चाहिदैन नियम
भोलि के हुन्छ थाहा छैन आज चै चक्काजाम

......दिक्क लाग्दे !!!!!!

 
Posted on 07-27-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई मेरो नमस्कार। म पनि नयाँ हुं चौतरि मा तर कोहि कोहिलाई चहि चिनिसके। मेरो चिनापर्चि गर्छु है। नेपे ले रखेको फोटो छ नि, त्यो नमस्ते गरेको, हो तेस्म पछडि बट टुप्लुक्क देखिएको रातो जामा लगाउने मै हो के। :D
रोल् नम्बर् २४ यस् मिस्
 
Posted on 07-27-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर रातो जामा लाउनि केटि कति राम्री लौ ,मुन्चे नि देखियो ,रोल्न् नि चिनियो नाम् चै के पर्यो तिम्रो ह, रोल्न् २४? जे भे'नि चौतारि मा स्वागत् छ है तिमिलाइ।
 
Posted on 07-27-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर सानानी ले तितौरी लाई चोर नि भन्ने आरोप लाको हो ।

तितौरी मेरो सबै ठिकै छ । तिम्रो नि । हेर न आज काफल तिप्न बन मा जने भनेको त आमा ले गयो भने मेरो कान को जरो उखेल्छु रे । तैपनि आउने कोशीस् गर्ची ।
 
Posted on 07-27-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा ठुल्नानि म नि ठिक्कै छु, आमा ले तिम्रो कान् उखिल्नि रे लौ :( भागेर आउ बाख्रा चराउन जानि भन न : p
 
Posted on 07-27-06 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपदाइले त्यो कबिता त्यो भैरबथानको तल पट्टि त्यो धारोको डिलमा अर्काले चडाको सुन्तलाको पर्साद मजाले कुम्ल्यौदै गर्दा फुराको हो?

जस्ट किडिङ।
 
Posted on 07-27-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपको कविता राम्रो छ।
ए तिरु नरिसाउन बाबै, राम्रो लाग्यो भन्लेउ र जिम्माल बाले लैजान्त तैँ भन्नुहोला फेरि भनेर के। ल कैले जानि त जिम्माल बा काँ? अनि काफल त अहिले पाक्दैन रे त.. के तिमेरु अझै काफल टिप्न जाने कुरो गरिरा?
फेरि के झुटो बोल्न सिकाएको नि ठुल्नानीलाई, झुटो बोल्नु हुन्न है ठुल्नानी। :)
 
Posted on 07-27-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो काफल भनेर अर्थोकै टिपेर ल्यायौ जस्तो छ तिमेरुले, ठिकै भो मलाइ चाख्न नि नदेको, नत्र के के जाति खाएर बिरामी नै परिन्थो होला ...
 
Posted on 07-27-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty hasaauchheu ho :O
 
Posted on 07-27-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La NAMASTE sabailai......
 
Posted on 07-27-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आफ्नै कथा"

"मामु हजुर हरु ले कस्तो कुरा नबुझिस्या हो जत्ति भने पनि ,मेरो टाउको दुख्या छ खान्न के " म जिद गर्छु। किन कि मलाइ थाह छ त्यो मेरो ब्रम्ह्रास्त्र हो , कहिले खेर नजाने ।

मामु , मैले माया ले बोलाउने शब्द हो मेरि आमालाइ, निरुत्तर् हुनु हुन्छ वा धेरै छन् भन्नु पर्ने कुरा मन् भरी , म बुझ्दिन, टोलाएर हेर्नुहुन्छ मेरो अनुहार् मा ।म उहाको त्यो हेराइ लाइ पचाउन मुख् अर्को पट्टि फेरेर सुत्छु । मलाइ "थाहा छ तिम्रोटाउको किन दुखेको "
उहा को अवाज् ढोका बाट बाहिरिन्छ ।
**************
अर्को सुन्दर् बिहान्
उस्तै अध्यारो अनुहार् लिएर उठ्छु म । चिया सङै मेरि मामु मेरो छेउमा बस्न आइपुग्नु हुन्छ "चिया खाउ २ पटक् भैसको बनाएको तिमि पटक्क उठिनौ ,सेलाउछ् नत्र"
म खुरु खुरु चिया पिउछु ।
ठिक्कै छ् नि त तिम्रो बाबा र मैले सल्लाह गर्यौ , तिम्रो इच्छा जाहा पढ्न जान्छु भन्छौ तिम्रो खुशि, अब हामि हरु भन्दा तिमिहरु बुझ्ने छौ ।
तर समिधा (मेरो मामा को छोरि को नाउ हो) यहि इन्डिया मा पढ्दा भाछ कत्ति राम्रो तुरुन्त आउछे सबै चाड् बाड् मा सङै हुन्छे।
अब तिमि त्यति टाढा.......सम्झाना नि नपुग्ने ठाउ .....उहा का आखा साच्चै त्यो टाढाको दुरीनाप्न थाले झै देखिन्छ.
***************************
"ल ल बधाइ है "
"ल हाम् लाइ नि तान है "
"नानि मेरो सार्है सानो समान् छ लग्देउ है "
"ए हजुर् कि छोरि त भग्यमानि रे'छिन् नि "
यस्तै यस्तै कुरा हरु मेरो वरिपरि को हावा मा उढि रहन्छ केहि दिन् सम्म । जब मेरो जाने कुरा निश्चित् हुन्छ ।म के भनौ, खुसि वा दुखि के थिए ,वा दुबै को बिच् मा पो थिए कि
शायद् ,किन कि त्यो बेला मलाइबेग्लै अनुभुति भएको थिओ त्यो शब्द नै भेटेन ऐले लेख्नलाइ ।
***********************
अनि त्यो दिन्
मामु को हात् मेरो निधार् मा टिका लगाउदा कामे को महसुस् गर्छु म , आखा को कुना त भिझि सक्या रहेछ। त्यसपछि हेर्ने साहस् भएन अरुको अनुहार् मा अब झन् ।बिस्तारै उहा को हात् मेरो कपाल् मा अल्झन्छ अनि कपाल् सुम्सुम्याइ रहन्छ एक्छिन् सम्म ।
अनि अनि म बिस्तारै उहा बाट छुट्दै अघि बढ्छु, उफ्! कति बहादुर् म, होइन होइन बहादुर् बन्ने कोशिश् गर्दै थिए ।
**************************
सपनाको देश् ।
सपना जस्तै सुन्दर् ।
अह कतै होइन, पट्कै होइन ,मेरो भ्रम् मात्र हो।
के हो त यो? थाहा छैन ।
उफ्! उफ्! उफ्!

रनभुल्ल मा मेरो टाउको दुख्ना थाल्छ लाग्छ अनि म बिस्तार सास् ले कराउछु मामु ...., एकै छिन् मा मेरो औला ले फोन् डायल् गर्न थाल्छ।
उता बाट मामु को आवाज् आउछ् के गर्दै छौ कति बज्यो? खाना खायौ त?

मेरो मुख् बाट अनायसै फुत्कन्छ "टाउको दुख्या छ् के आज" ।

उप्स्! नभन्या भए हुन्थ्यो छि! यति टाढा बाट फोन् गर्दा'नि आफै सङ रिस् उठ्छ मलाइ।
तर होइन, उता बाट् मेरो दुखाइ लाइ सुम्सुम्याउछ त्यहि मायालु आवाज् ले उहि उस्तै तरिका ले "मलाइ थाहा छ तिम्रो टाउको किन दुखेको.................................................... …………….................................................. म अघाएक हुन्न मेरि मामु कोआवाज् सुन्न लाइ . अहं, म सुनि रहन चाहन्छु अनि सुन्दासुन्दै निधाउन चाहन्छु "यु ह्याब् वान् मिनेट् रिमेनिङ्" कर्कस स्वर् ले झस्काउछ मलाइ ।

अनि तुरुन्तै उहा म सङ छुटेर जानु हुन्छ । म सुन्य भएर फोन् लाइ हेर्छु अनि बहादुर बन्ने कोशिस् सङै हिक्का छोडेर रुन थल्छु ।
 
Posted on 07-27-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी तिम्रो कथाले त मेरा पुराणा दिन हरु याद दिलायो ।
 
Posted on 07-27-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है राम्रो अनि मार्मिक "कथा" सुनायौ तितौरी तिमीले। हुन त मलाइ थाहा छ यो "कथा" होइन, यो त बास्तविक्ता हो। तर एउटा कुरा चाँही भन्नु पर्छ, यो हामी सबैको साझा ब्यथा हो। दु:ख पर्दा टाउको साँच्चीकै दुख्छ, नराम्रो गरेर दुख्छ। त्यसैले त दु:ख बिर्सेर हाँस्नु पर्ने हुन्छ। सानो सानो खुशीका पलहरुमा पनि पेट मिचि मिचि हाँस्नु पर्छ। हाँस्दा हाँस्दा पेट दुखेपनि के भयो र? "आज पनि काममा आउन पाउदिन किनकि आज मेरो पेट दुखेको छ, तर पनि आज म खुशी छु" भनेर फोन गर्दिनु पर्छ।
 
Posted on 07-27-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks ठुल्नानि अनि कुम्ले ! मलाइ नि तेस्तै लाग्छ यो मेरो मात्र होइन होला, तर सबै कुरा सिकाउदै लैजान्छ नि समय् ले होइन ? हास्न पनि अनि टाउको दुखेको सहन पनि :-)
 
Posted on 07-27-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु तिमीले मेरै कथा लेखेको हो? शुरुदेखि अन्त्यसम्मै मिल्यो के, पहिला म पढ्न जाँदाको। सारै राम्रो लाग्यो, मार्मिक छ।
 
Posted on 07-27-06 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, कति बुझ्झकी भा को बा तिमी!:)
धेरै सत्य कुरा लेखेउ, हामि सबैलाई सुहाऊने!

..सपनाको देश् ।
सपना जस्तै सुन्दर् ।
अह कतै होइन, पट्कै होइन ,मेरो भ्रम् मात्र हो।
के हो त यो? थाहा छैन ।
उफ्! उफ्! उफ्! ..


यो तिमीले लेखेको माथिको टुक्रा कुनै न कुनै समयमा शायद सबैको मनमा आएको होला
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters