[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH - III

[Please view other pages to see the rest of the postings. Total posts: 142]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 116030 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 12-29-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा लेखिएका अनेकौँ कविताहरुलाई एकै ठाउँमा राख्न, पढ्न र प्रतिकृया आदानप्रदान गर्न सुरु गरिएको कविताको देशले पनि २ भाग पुरा गरिसकेछ। पहिलो र दोश्रो भागमा अनेकन मित्रहरुले यो धागोलाई अत्यन्त माया, सद्भाव र चाखका साथ पढिदिनुभयो, लेखिदिनुभयो र साथ दिनुभयो; ति सबै मित्रहरुलाई निरन्तर सहभागिताको आग्रह सहित धेरै धेरै धन्यवाद् छ!
पहिलो र दोश्रो भागमा जानको लागि तलको ठेगानामा जानुहोस!

पहिलो भाग- - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557
दोश्रो भाग- - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=28216

बिश्वास छ, धेरैले यो कविताको देशमा गाउँहरु थपेर सिंगार्नुहुनेछ!

सुरुवातमा यो एउटा कविता-

जिन्दगी-

कहिले ढकमक्क
आँगन सिँगार्ने सयपत्रिको,
कोमल स्पर्ष र सुगन्धले
बाग बाग गराउँछ!
कहिले ओसिलो भुइँमा,
बर्षौँ फालिएको
पुरानो मजेत्रोको,
फोहोर चिप्लोपना सहित
डुङ्ग ढुसि गनाउँछ!
बलेसिबाट चुहिँदै गरेको
निराश थोपाहरु जस्तै,
कहिले एकछिन टल्केर
माटोमा कतै सेलाउँछ!
बिउ फाटेर कहिले,
नितान्त नयाँ संसार हेर्दै
मसिनो टुसा पलाउँछ!
यसैगरि, यता उता भौँतारिँदै,
कहिले चुलिँदै,
कहिले खस्किँदै,
मेरो जिन्दगी;
केवल जिन्दगी बिताउँछ!!

 
Posted on 01-09-07 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चन्चल भए पनि यो मन जाने ठाउँ का'छ र ?
मलाई जस्तो दिग्दारी त कस्लाई पो भा'छ र ?
जती रोएपनि यो मनले आखिर के नै पा'छ र ?
नमरिकन त मशान घाट कस्को ज्यान गा'छ र ?
तिर्नै पर्ने त्यस्तो पाप मायाको मलाई के ला'छ र ?
पाप त सधैं लाग्ला तर भगवान कहाँ आ'छ र ?
चन्चल भए पनि यो मन जने ठाउँ का'छ र ? ? ? ? ? ? ? ? ?
 
Posted on 01-09-07 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई थोपा बिश
मनभरि उर्लिएको रिश
आहा ! कति मजा !!
 
Posted on 01-14-07 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न मैले कति भएछ हेर्नै बिर्स्या यो थ्रेड् एक् के एक् कबिता हरु !

जिम्माल बा मान्छे थोते हुनुभए नि "मुस्कान" गजब को रहेछ :P
 
Posted on 01-14-07 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई, हाईनानुजी, विवसजी र अनगिन्ति काँडाजी कविताको लागि धेरै धेरै धन्यवाद्!

माष्टरनि नानि धन्यवाद्!

हे हे हे तितौरी, के गर्नु थोते भए नि जस्तो भए नि हाँसो मन पर्ने रैछ! धन्यवाद्!:)
 
Posted on 01-15-07 4:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउडो जे पि टि टुक्रो मेरो तर्फबाट नि.................

बिश्वास

तिमीले मलाई भनेको सम्झन्छु
मान्छेले 'सबै' लाइ बिश्वास गर्नुपर्छ
बिश्वास मै अडेको छ सारा संसार
बिजय बिश्वासको, हुन्न कहिल्यै हार
अफसोच्, तिमीले आफ्नो वचन राखिनौ
'सबै'को परिभाषा भित्र मलाई नै पारीनौ

तिमी यसलाइ मेरो गुनासो नठान्नु
कसैको होइन आफ्नै मनको कुरा सुन्नु
मैले तिम्रो सुझाव मान्न सकिन
तिमी बाहेक अरुलाइ बिश्वास गर्नै सकिन
अझै पनि गर्छु म बिश्वास तिमीलाइ
म गलत छु या सही थाहा छैन मलाई

मध्यरातमा निन्द्राबाट अझै ब्युझन्छु
आउँछौ कि तिमी भनि पर्खन्छु
आउँदिनौ तिमी थाहा छ मलाई
मेरोलागि तिमी भइसक्यौ पराइ
निर्णयको तिम्रो म सम्मान गर्छु
तिमीले नगरे पनि, तिमीलाइ म बिश्वास गर्छु

तिमीलाइ सँधै म सपनीमा भेट्छु
सपनी मै मनको प्यास मेरो मेट्छु
बिपनीमा तिमी कहीं पनि छैनौं
थाहा छ मलाई तिमी मेरी होइनौं
असम्भव सपनाहरु कल्पन्छु
आफुले आँफैलाइ म बिश्वास गर्छु

सक्दिन आफ्नो मनलाइ सम्झाउन
या शायद मनलाइ सम्झाउनै चाहन्न
कल्पनामा पाउँछु म सँधै तिमीलाइ
कल्पना मैं सम्झाउँछौ तिमी मलाई
सबैले सबैलाइ बिश्वास गर्नुपर्छ
जीत सँधै संसारमा बिश्वासको हुन्छ
 
Posted on 01-15-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यलबम सजाउनु पर्दैन मलाई
अलिकति अटाउन सक्छु भने
तिम्रै मनको कुनामा टाश

सागुरो हुन्छ यदि त्यो पनि भने
केही पनि गर्नु पर्दैन
हामी यक्ले अर्कालाई

म जे जस्तो छु ठिकै छु
तिमि जे जस्ति छौ ठिकै छौ
तर कहिले काही

बाटघाटको मिलनमा भने
तिमी पनि म झै दिल खोलेर हास्
बत्तिसै दन्त खुलायर हास्

spyboy
 
Posted on 01-15-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अफसोच्, तिमीले आफ्नो वचन राखिनौ
'सबै'को परिभाषा भित्र मलाई नै पारीनौ "

यो लाइन र गजब नै गयो!

ग्वाँचेजी, अक्सर सपनिमा कराउने र बिपनिमा कतै हराउने, यो अवश्थाबाट छिटै नै मुक्त हुनुहोस मेरो शुभकामना छ! :)

स्पाई ब्रो, कविताको देश भाग-३ मा स्वागत छ! राम्रो टुक्रा लेख्नु भयो! आशा छ अब दोबाटोमा भेट्दा उनि मुसुक्क हाँस्नेछिन!:)
 
Posted on 01-15-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मेरो एउटा गन्थन राख्दै छु!

कोहि त होला-

मिर्मिरेमा शीतल हावा चल्दा
म खुसि त हुन्छु ;
तर केहि बेहोश पनि हुन्छु!
मेरो त्यो बेहोशी,
मेरो त्यो बिहानी मदहोशी
बुझिदिने कोहि त होला?!!

मध्यान्नमा संसार जाग्दा;
म केहि तन्द्रामा, केहि निँद्रामा
हिजो छरिएका व्यथाहरु,
हिजो भरिएका आँखाका पानीहरु,
यन्त्रवत् संगाल्दै जाँदा,
खोक्रो प्रयासको अर्थहिनता बुझाउँदै,
नया दिनको जगमग् जगमग्
प्रकाश चिनाउने कोहि त होला?!!!

साँझको पँहेलो आकाश हेर्दे,
म मेरो डुब्दै गरेको सुर्य नियाल्छु!
टाढा कतै बास खोज्दै उड्ने,
चराको एकोहोरो उडान संगै
म हराउउँदै जाँदा;
बिचमा नअडिए अवश्य गुँड भेटिने
वास्तविकता बताउने कोहि त होला?!!!

रातको निसपट्ट अन्धकारमा,
म; मेरो थाकेको खुट्टाहरु बिस्तारै चलाउँदै,
स्वभावत: लड्खडाउँदै,
विश्रामको बस् एउटा छत खोज्दै
यताउता भौँतारिँदा-
मिठो निँदको बाचाका साथ,
न्यानो ओछ्यान देखाइदिएर
मेरो यात्राको गन्तव्य, मेरो बास;
बुझिदिने कोहि त होला?!!!

 
Posted on 01-15-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow gwache !धेरै पछि तपाइ को सुन्दर् कबिता पढ्न पाइयो ।सदै झै अति राम्रो छ भनि रहन नपर्ला है। :D

स्पाइ बोय् कस्तो राम्रो कबिता लेखेको !:)

(भने'छि जिम्माल् बा लाइ एउटा दर्हो टेक्ने लौरो चाहिएछ बरा बुढेस्कालमा :P)
Jokes apart सार्है सुन्दर कबिता जिम्माल बा !

:D
 
Posted on 01-15-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे धन्यवाद् तितौरी!
हन कस्तो मन को कुरो बुझेकि तिमीले :P
 
Posted on 01-15-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--->रातको निसपट्ट अन्धकारमा,
म; मेरो थाकेको खुट्टाहरु बिस्तारै चलाउँदै,
स्वभावत: लड्खडाउँदै,
विश्रामको बस् एउटा छत खोज्दै
यताउता भौँतारिँदा-
मिठो निँदको बाचाका साथ,
न्यानो ओछ्यान देखाइदिएर
मेरो यात्राको गन्तव्य, मेरो बास;
बुझिदिने कोहि त होला?!!!
---> यो त मुलाइ नै लेख्या लेख्या जसो लागो हो जिम्माल बुढा !!
तर खोइ देखिदै देखिएनन् कोहि नि!! : एस :एस
अँध्यारो भे र हो कि टर्च नि छैन आफुसँग फेरि !! ए जिम्माल बुढा यसो ऊनी उता देखिए यतातिर पठाइदिम् है!! कल्यानै हुन्छ नि हौ यो दुखि जोगिलाइ!! :पि :पि
जोक्स अपार्ट आइ एम ओन अफ बोका फ्यान अफ योर्स, होप यु डन्ट माइन्ड अ बोका एस अ फ्यान!! ;)
:पि
 
Posted on 01-15-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जोगिजी!
जे भएनि फ्यानले हावा फाले भैहाल्यो नि! तपाईँको 'उनी' लाई भेटेँ भने भनिदिउँला है :)

धेरै धन्यवाद्!
 
Posted on 01-15-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! कविताको देशमा धेरै पछि आइएछ। सार्‍है राम्रा राम्रा कविताहरु!!

ग्वाँचे जी! राम्रो!! निकै गहन कुरा छ, मिठास नि त्यत्तिकै। चित्त बुझ्यो।

बिर्खे माइला ज्यु!! अहम अहम!! के हो? क्या दामी गएछ नि यो पल्ट फेरि।

मेरो त्यो बिहानी मदहोशी
बुझिदिने कोहि त होला?!!


खोइ के भन्ने? म अवाक भएँ। हे हे हे!! ;-)
 
Posted on 01-17-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् कुम्लेजी!

एउटा अर्को-

यो हिउँद-

चिसो पट्टयारलाग्दो सर्दीमा,
गजधुम्म परेर कपास ओडेका,
ती एकोहोरो ठाडा रुखहरु;
मेरो नियती जस्तै,
आफुमाथि क्रमश: थपिँदै गएको बोझ
हल्का हुने आशामा,
अरु बोझ थप्दै गइरहेका छन्!!

फुस्फुसाउँदै गरेको सेतो सफा,
तर आफू भित्र कलबिख भरेका
त्यान्द्राहरु; माथि कतै आकाशबाट
कोमल स्पर्शको भान पार्दे,
मैले भोगेका कथित् चोखो माया जस्तै,
मुटु सम्म हान्दै जान्छन्
र उसको आगमनले
संसार श्वेत, सफा भएको नाटक गर्छन्!!

सबैलाई बिहानी गित सुनाउँदै बिउँझाउने
साना साना चरिहरु,
अचानक बल्झिएको प्रलयबाट
टाढा जाने चेष्टामा,
कतै कुनै गुँड भित्र गुँडुल्किएर बसेका होलान
अनायासै थन्किएका,
मेरा साना साना सपना जस्तै!!!

 
Posted on 01-17-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइला जी!!

ओहो!! झ्याल बाहिर निकै हिउँ पर्यो? सार्‍है राम्रो कबिता लेख्नु भयो फेरि एकपल्ट। तिन वटै Paragraphs उत्तिकै राम्रा छन्। मलाई अत्ति मनपर्यो। Flawless!!!

..........
..........
मेरो नियती जस्तै,
......................
...........................


......................
......................
मैले भोगेका कथित् चोखो माया जस्तै,
.....................
....................

The way you compare the actual event with these kinda abstract feelings is simply awesome!!

लेख्नुस् लेख्नुस्!!

यदि यस्ता राम्रा कबिताहरु सृजना भइरहने हो भने तपाईँ बसेको ठाउँमा हरेक दिन हिउँ पर्नुपर्छ ;-)
 
Posted on 01-17-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

......
सबैलाई बिहानी गित सुनाउँदै बिउँझाउने
साना साना चरिहरु,
अचानक बल्झिएको प्रलयबाट
टाढा जाने चेष्टामा,
कतै कुनै गुँड भित्र गुँडुल्किएर बसेका होलान
अनायासै थन्किएका,
मेरा साना साना सपना जस्तै!!! ....


:-) साह्रै चित्त बुझ्यो बिर्खे जी।
 
Posted on 01-17-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarai ramro chha. तिन वटै Paragraphs उत्तिकै राम्रा छन्।
taipani malaaii cahhi yo dherai nai chitta bujhyo jimmal baa

चिसो पट्टयारलाग्दो सर्दीमा,
गजधुम्म परेर कपास ओडेका,
ती एकोहोरो ठाडा रुखहरु;
मेरो नियती जस्तै,
आफुमाथि क्रमश: थपिँदै गएको बोझ
हल्का हुने आशामा,
अरु बोझ थप्दै गइरहेका छन्!!

 
Posted on 01-17-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी, उत्तम अति उत्तम ! भाव को कतै अभाव छैन । शब्द्, शैली र शिल्पको समायोजन बेजोड छ । मलाई नि कपी पेस्ट गरम गरम लाग्यो ।
 
Posted on 01-17-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोमा धेरै भो आउन नभ्याएको। सबैका राम्रा राम्रा कविता आएका रहेछन्।

बिर्खे माइल्दाइको 'यो हिउँद' अर्थपूर्ण लाग्यो।
 
Posted on 01-17-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेजी, धेरै धेरै धन्यवाद्!
सधैँ हिउँ परे त हुन्थ्यो नि!काम ना नगै हिउँ हेर्दे लेख्न हुन्थ्यो! :)

धन्यवाद भाउतेजी! चित्त दुखेको जस्तो लागेर लेखेको कुरा चित्त बुझेकोमा :)

धन्यवाद् सान्नानि! यस्तै यस्तै सोचाइ शायद सबैलाई आउँदो हो बेला बखतमा! मन नै त हो!

राहुलदाई, धन्यवाद्! गरे हुन्छ मजाले कपि पेस्ट!

चित्रे , धेरै धन्यवाद्!

-यो कविता अलि थपघट गरेर मिलाएर पछि फैरि राख्नेछु!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters