[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 372137 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-07-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँचो कटर
म जान्छु पोखरा
रोक मोटर

मंगलबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 08-07-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जोलाई आशिष दिन त बिर्सिरा'!

लु हरितालिके भान्जो चाइन्जो फलोस फुलोस सपै कुरो होस! अब हेरि तो घरजम अर्ने भन्ने कुरो चाइँ तपसिलको कुरो जस्तो भा' छ अचेल चौतारिका सपै उरन्ठेउलाहरुलाई!

सिन्कि अचार
सान्नानि ठुल्नानि के छ बिचार?
 
Posted on 08-07-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरा जाँदा
हाम्रो घर पसे है
गुन्द्री तानी बसे है।

जदौ ! जिम्माल !
 
Posted on 08-07-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बार बारुम् केराको खम्बालाई
माया लगाम् बाचुन्जेल सम्मलाई
पानी तालैमा
डेरा मा बस्दै, केरा खांदै तारेमाम्।
 
Posted on 08-07-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि ताअाअाअाअा गरेको मन पर्छ ठुलि ले
 
Posted on 08-07-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी-नानी, म त्यै मेलाको कुरा गर्या हो। आएँ भने पक्कै खबर गर्छु।

तोरीको गुन्द्रुक त छैन, बरु अलिकति मुलाको सिन्की छ। अनि माना-एक मस्यौरा पनि भए जस्तो लाग्या थ्यो। ल्याइदिम्ला। तामा त अस्ति कसले झ्याङ बाटै भाँचेर लगेछ। चित्रेले हो कि जस्तो ला'छ। हिजो कन्याउँदै चौतारीमा मर्याथ्यो। तामाको झुस बिझेछ क्यारे। अर्खो तामा भर्खर टुसा'को छ। तिजलाई भनेर साँचेर राखेको के।

जदौ राहुलदा'
 
Posted on 08-07-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! पोखरा जाँदा
अर्कै घर पस्छु है
गलैँचा तानि बस्छु है

जदौ! भउते!
 
Posted on 08-07-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe da u r right.
 
Posted on 08-07-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute da darsan garehai taaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 08-07-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई,

डेरामा बसेर केरा खाइरहनुभएको रे? आज छुट्टि हो?

लु ठुलि तिमिले ताअअअअ अरेओ रिट्ठे लाई मन पर्छ रे!

 
Posted on 08-07-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि ताअाअाअाअा गरेको मन पर्छ ठुलि ले भनेको
 
Posted on 08-07-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे-

छिँटको गुन्यु तिमीले लगाउँदा
ठुलि तिमिले तअअअ भनि बोलाउँदा
चेपे खोला तरौँला
पापि मन कसरि बुझाउँला

ठुलि-

करके नजर मलाइ हेरँदा
रिट्ठे तिमिले साइड हानि जिस्क्याउँदा
चेपे खोला तरौँला
पापि मन कसरि बुझाउँला


 
Posted on 08-07-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी:
तिमी पनि आए
ठूलो खशी काटुम्ला
मयाँ पिरिम साटुम्ला।

जिम्माल:

किन मान्थेँ दु:ख
ढोकै फोरी पसे नि
सोफै माथि बसे नि
 
Posted on 08-07-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिका उरन्ठेउलाहरुमा जिम्माल बा नि पर्नुहुन्छ हो जिम्मालबा? निशे त पक्कै पर्छ, कता गयो त्यो मोरो आजकाल? मदनवा त खास्सै उरेन्ठ्याउलो होइन है। कुम्ले त झन् सोझो भैहाल्यो। खै को को परे उरन्ठेउला? हरी र ग्वाँचे चाहि कुखुरा चोर् सम्म हुन्। चित्रे तामा चोर रैछ। रिठेठेले दिल चोर्ने सुरसार कस्या जस्तो छ।

मामा हस्
 
Posted on 08-07-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

भउते-

एउटा केटि पाए
बैतरणी नै तरौँला
नपाए टाउको फोरौँला
 
Posted on 08-07-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा बिर्खे दाई दामी छ ।
 
Posted on 08-07-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमस्कार ठोक्नै बिर्सेंछु । माफ पाम
 
Posted on 08-07-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली म सँ बोलिन, मैले सोध्या कुरो नि भनिन।
 
Posted on 08-07-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पिरती पनि ...........
कस्को दिल चोर्नु र अब । ठुलि को दिल चोरी रहनु पर्छ र मैले ? कि कसो ठुलि । भन्देउ न हौ
 
Posted on 08-07-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नातिनी कता गइ???
नातिनीsss! अरे कुम्भकरण कि तरह सो रहि हो क्या??? जागोsss नहिँ तो गब्बर सिङ आ जाएगा!

हाहाहा सान्नानि अब म बुडो क्यारि उरन्ठेउलो हुँदाहुम! तो निसे बजिया पुलिसथाना तिर जाकियो कि भन्ने मानिछु!

रिट्ठेले दिल चोर्ने पारा देखाको चाइँ ठिक भन्यौ सान्नानि!

ठुलि सान्नानि संग किन नबोल्या??

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters