[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आफ्नै युद्ध

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 29640 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-15-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस कथाका बिषयबस्तु, पात्र र  घटना  सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।
 
कस्तो अचम्मको थकान यो? मन मस्तिषक सबै सिथिल बनाउने। यो झ्याल छोडेर कतै जान मन छैन मलाई आज। यती सानो झ्याल बाट पनि पुरै आकाश देखिए झैँ लागिरहेछ। तर कसरी हुन्छ? आकाश त अनन्त छ।  जती देखेकी छु त्यती मेरो भागमा परेको छ। तर जती परेको छ त्यो पुरै पनि त होइन नि। औशीको रात भएर होला निकै चकमन्न छ र यो चकमन्न रातलाई पनि तर्साउने मेरो आफ्नै मौनता।  मन चिरिएर क्रन्दन डाँकोमा परिवर्तन हुन खोज्दैछ तर म सुनाउन चाहन्न। मेरो मौनता भित्र गुम्सिएको चिच्चाहट कस्ले सुन्न सक्छ र? बाहिरबाट त शान्त देखिन्छु म। तर पानी भित्रको माछाको छट्पटाहट बाहिरी सतहबाट हेर्नेले कहाँ देख्छन र?  
 
मौनता मेरो परिचय पनि हो। म कुरा सुनाउन भन्दा सुन्न बढी रुचाउछु। भन्छन नि आईमाई मान्छेको रुद्र घन्टी हुँदैन भनेर। तर त्यो प्रकृतिक नियम म मा लागु हुँदैन। म कुरा लुकाउन पनि सक्छु र भावनाहरुलाई दबाउन पनि। तर यो मौनता बेग्लै छ र निरही पनि। पल पल मलाई हराउन यो उत्सुक छ र म असाहाय झैँ हारिरहेकी छु। मेरो आत्मसम्मानमा निकै ठुलो धक्का लागेको छ। गल्ती न मेरो हो न मेरो घर परिवारको तर पनि हामी एक अर्कासँग आँखा लुकाइरहेका छौँ। 
 
"छोरी भुजा खाने होइन?"---मेरो मौनतालाई भङग गर्दै छिरेको आमाको आवाजले मलाई झल्यास्स बिँउझाउछ। मानौ कुनै नराम्रो सपना देखेर चिच्चाहट सँगै बिउँझेकी छु।
 
"आज खान मन छैन आमा"---अनौठो एकान्त र मनमा डेरा जमाएर बसेको छट्पटी पछी निस्केको मेरो आवाज सत प्रतिसत सत्य हो त्यो आमालाई पनि थाहा छ र मलाई पनि। तर आमाको मन न पर्‍यो, मेरो मनमा गएको भुकम्पमा कता कता उहाको मन पनि कापेको छ। मलाई छोडेर जान पनि सक्नु भएन।  
 
"छोरी कुरा त तेरै लागि लिएर आएका थिए। तर केटोले बहिनी भए गर्छु दिदी गर्दिन भनेछ। त्यती राम्रो घरबाट आएको कुरा, त्यती पढेलेखेको केटा कसरी गुमाउनु?"   
 
आमाको आँखाबाट एक एक गर्दै खसेका बिरहका थोपाहरुले झन कमजोर बनाइरहेको छ मलाई। आमाको लागि त म र बहिनीमा केही फरक छैन। एकै हत्केलाका दुई औंलाहरु हौँ हामी। जुनलाई काटेपनी उत्तिकै दुख्छ। दुबैको माया उत्तिकै हुन्छ। यो यथार्थको धरातलमा पटक पटक थच्चारिरहेकी छु म।
 
आजको दिन मलाई एक युग जस्तो लाहिरहेछ। केटी हेर्न आउने रे भनेरे बिहान देखी घरमा हो-हल्ला छ कसरी मलाई सुन्दर देखाउने भन्ने बिषयमा। अनुहारमा अनेक थरिका पाउडर थोपरिदिन्छन, म कटपुतली झैँ उनिहरुको ईशारामा नाचिरहेछु। 
 
"दिदिलाई घाँटिमा पनि पाउडर लगाइदिनु फेरी अनुहार र घाँटिको रङ छुट्टीन्छ"--- खिस्स हाँस्दै बहिनिले भनी। उस्ले मलाई जिस्काएकी हो कि झैँ लाग्यो र फेरी होइन जस्तो पनि। एउटै आमाले जन्माएकी हामी दिदी बहिनी, कसरी मलाई होच्च्याउन खोज्छे र? मनमा नसोचेको त होइन तर पनि चसक्क घोच्यो उस्को वाक्यले। मेरो कालो रोगनलाई मेरो कमजोरी बनाएर नैतीक बाणले मलाई गिराएकी त होइन जस्तो लाग्यो।
 
ऐना बाट पुलुक्क हेरेँ उस्लाई। उु मलाई नै हेरिरहेकी थीइ।
 
"दिदी कती राम्री देखिएकी। यो गुलाबी रङ को लिपिस्टिक कस्तो सुहाएको तेरो अनुहारमा"---उस्ले मलाई हेर्दै भनी।
 
म मुसुक्क हाँसे। आफ्नो सोचाइ प्रती घ्रिणा पनि लाग्यो। हामी दुईको जम्मा २ बर्षको फरक छ। सन्तानमा हामी दुइजना मात्रै भएर दिदी बहिनी भन्दा बढी साथी झै हुर्केका हौँ। उस्ले मलाई किन गिराउथी र?
 
ऐनाबाट हेरिरहें उस्लाई।  अनुहारमा कुनै श्रिङ्गार छैन, केबल कालो गाजल आँखामा लगाएकी छे, तै पनि कती राम्री। गोरो बर्णकी, पातली, ठुला ठुला आँखा, त्यस्मा पनि गाजल लगाउँदा त झन ठुला देखिने। जो पनि सजिलै बेहोस हुन्छन उस्का हेराइमा। आफ्नै दिदी र बहिनी भएपनी यो सुन्दरताको कुरामा धेरै फरक छौँ उु र म। पुर्बी आकाशमा उदाउन लागेको सुर्य झैं छे उु र म उस्को बिपरित। कालो बर्णकी र नाक अलिक नेप्टो, धेरै बुवा जस्तो।
 
"के हेरेकी दिदी?"---अधरमा न्यानो मुस्कान लिएर बहिनिले सोधी।

"केही होइन"---आफ्नै मनोयुद्धमा बहिनिको सुन्दरताले प्रत्यक पल हराइरहेको हुँदा उस्को सुन्दरताको बयान गर्न पनि सकिन जुन सुन्दरता सधैं मेरो चाहना र रहर मै सिमित रह्यो। साहेद मेरो अचेत मनमा त्यो सुन्दरता डाह बनेर गडेको छ।  
 
 निकै सझिएकी थिएँ म। मलाई हेर्न केटा पक्षका मान्छेहरु आए।  केही बेरको औपचारिता पछी केटालाई र मलाई छुट्टै कोठामा पनि लगियो कुरा गर्न। कुरा त के नै भयो भन्नु छ र? केटा को पहिलो प्रश्न नै यही थियो "तिमी र बहिनिमा कती बर्ष को फरक छ?" मलाई भान भयो अरु जस्तै उस्लाई पनि बहिनिको सुन्दरताले लोभ्याएको । निकै बिषालु लाग्यो ति शब्दहरु। एक एक गर्दै उस्ले बहिनिको बारेमा सोध्न थाल्यो। मेरो मन ढुङ्गा झैँ भारी हुँदै गयो। प्रत्यक पल युद्ध जस्तो र प्रत्यक पल  म हारिनै रहेँ।
 
बहिनिको बाहिरी सुन्दरताको लोभमा चुर्लुम्म डुबिसकेको केटालाई के नै सोध्नु थियो र मलाई? तै पनि बेला बेलामा आफ्नो मनको उच्छवास आँफैले सुनिरही "के बाहिरी सुन्दरता यती अनुपम छ?" यसै पनि हारिसकेको युद्धमा लगन पछीको पोते जस्तो लाग्यो मलाई आफ्नो आदर्शता र बौधिकता को कवज। मुटु नै रोपिसक्यो ति बिषालु शब्दहरुले। मलाई न केही भन्नु थियो न त सोध्नु नै। केटाले बहिनिमा रुची भएको कुराको जानकारी पनि दीइसक्यो।
 
केटोको चाहना एक एक गर्दै बुवा आमाको कानमा पनि पुग्यो। बिहे को उमेर त बहिनिको पनि भईसकेको थियो। दुई छोरीका पिता एउटै को मात्र भबिष्यको सपना पनि त देख्न भएन। उहाहरुको पनि आफ्नै बिबसता थियो बहिनिकै लागि भए पनि त्यो कुरा अगाडी बढाउन।
 
बहिनिले एकछिन त मन दुखाइ अरे। दिदिलाई हेर्न आएको केटा सँग म बिहे गर्दिन भनी अरे। दिदिको बिहे नभै म गर्दिन बिहे पनि भनी अरे। तर बुवा आमा र त्यहाँ उपस्थित नातेदारहरुले सम्झाए पछी मानी अरे। हुनत खोट पनि केही थिएन केटामा बहिनिले नमान्नको लागि। म पनि त मानेकी थिएँ एकैचोटिमा।  घरबाट कुरा पक्क गरेर निस्किए उनिहरु। फरक यती थियो बिहान देखी सझिएकी म थिएँ र बिहे बहिनिको हुने भयो।
 
 
बहिनी सँग कुरा पक्का गरेर उनिहरु निस्केका मलाई कसैले भनेका छैनन तर पनि मैले थाहा पाइसकेकी थिएँ। यो कठोर सत्य अवाक भए पनि घरका भित्ताहरु छिचोल्दै मेरो कानमा गुन्जिसकेका थिए।
 
जती म मेरो नयन बहिनी सँग जुधाउन रोकिरकेछु, उ पनि त्यही प्रयत्न गरिरहेकी छे। अरु बेलामा बास नै मेरो कोठामा हुने बहिनी आज आफ्नै कोठामा ढोका थुनेर बसेकी छे अरे। आमाले भन्नु भएको। आशु टिल्पिल टिल्पिल गर्दै बग्न आतुर छन र म त्यस्लाई रोक्न असफल हुँदै छु। आमा सँग आँखा जुधाउन पनि सक्दिन म।   मेरो मनको जरामा लुकेका असाहय छटपटी बुझेरै होला आमा पनि बाहिरिनु भयो। यो उराठ लाग्दो रातमा मेरो रोदन म कसैलाई सुनाउन चाहन्न। यही कोठा र मेरो बिच दबाउन चाहन्छु। आँशुले पनि आज नरोकिने छाटकाट देखाइसक्यो। तर जती यस्लाई बग्न दियो उतिनै हलुका हुँदै छ मेरो मन। निन्द्रा देवीको शरणमा पर्न पनि बेर लागेन आज मलाई। आफ्नै आँशु ओडेर निदाएछु म। 

 
सुर्य को किरण ले नयाँ बिहानिलाई स्वागत गर्‍यो। हिजो जस्तो भारी छैन आज मेरो मन। हिजो हिजो मै समाप्त भईसकेछ। आज त्यती आलो छैन मेरो मनको घाऊ। समय ले मद्धत गरेछ पूर्नलाई। सुर्यको न्यानो किरणले मन खुलेका छन, पानी परे पछीको आकाश झैँ। हुने कुरा त भएर नै छोड्छ। मेरो हुन्छ त केबल समय। त्यो पनि मेरो मुठ्ठिमा बन्द त कहाँ छ र? म उदास भएँ भने उदासिनता सँगै त्यो बिलाउछ तर हरेक पल जुनी झैँ लाग्छ। म खुशी भएँ भने मेरो खुशीयाली सँगै रमाउछ र त्यस्ले भोली लाई हिजो बनाएको मलाई नै पत्तो हुँदैन। यो यात्रा मेरो हो। यो मेरो यात्रामा आफ्नो हार र जित दुबै मैले स्विकार्नै पर्छ।  हरेक रात औशीको पनि हुँदैन न त हरेक रात जुनेली रात नै हुन्छ।
 
 
सबै झ्याल खोलेंर चिसो सिरेटो कोठामा पस्न दिँदा मनमा फेरी नयाँ लहर पलाए। ढोका खोलेर बाहिर निस्किएँ। बहिनिको कोठामा गएँ। ढोका ढप्काएको मात्रै रहेछ। ऊ खाट्मै थीइ। चिया को कप लिएर झ्याल बाट बाहिर हेर्दै थीइ। मलाई देखेर एकचोटी त झस्कीइ। म नजिकै गएर बसे। एक्छिन त शब्द हराए झैँ भए।   उ टुलुटुलु मेरो अनुहारमा हेरिरही। अनायासै उस्का आँखाबाट आशु झर्न थाले। आँफै आत्मग्लानीबाट लुप्त भए झैँ देखिन्थी उ।

"धत लाटी, यस्तो खुशीको समयमा पनि कोही मन दुखी बनाउछ?"---उस्को आशु पुस्दै भने। हुन पनि उस्को गल्ती त के नै छ र?  उु मुसुक्क हाँसी र मलाई अङालो मारी.........
 
समाप्त
 
Last edited: 15-Dec-08 11:38 AM

 
Posted on 12-20-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका ji,
धेरै राम्रो कथा, सधैं आउने कथाभन्दा भिन्न खाल्को तर पनि धेरै राम्रो प्रस्तुती
कथाको भाषा १००% बुझे पनि भाब ५०% पनि नबुझेजस्तो महसुस गरे /
अनी  प्रश्न गरे हामी पुरुषहरुले यी सम्बेदना किन बुझ्न नसकेको ?

कथाको प्रक्रिती हेर्दा कतै कथाकारमा आमुल परिवर्तन त आएको हो कि जस्तो लाग्छ ?

 

 

 


 
Posted on 12-20-08 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bejod prastuti. ke nai hola ra bhanera yo thread ma napaseko yetra din samma, jhandai chhuteko ni yesto ramro rahechha katha. one more good story teller - abadekhi Deep, Rahul dai, fuchcheketo, Crazy love haru ko stories jasti Dipika ko stories pani nachhutai padne bhaye maile.
 
Posted on 12-22-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु, भिन्न खालको कथा रहेछ तर  बेजोड लाग्यो। कथामा परिस्थितीले सम्बध भित्र थपेको जटिलता राम्रो सँग चित्रण छ।  लेख्दै गर है।

 
Posted on 01-09-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवादको लागि धेरै नै ढिलो भएकोमा क्षमा माग्छु।


newlynew


धन्यवाद साथै स्वागत गरें।


nepali man6e


नेपाली मान्छे ज्यु, लौन सच्चिकै भाव नबुझ्नु भएको हो र भन्या?
अनी म मा त्यस्तो आमुल परिवर्तन चै केही आएको छैन है। कथा भिन्न खालको लेखेकी मात्रै हो।


ctal


हजुरलाई पनि धन्यवाद साथै स्वागत गरें।


Nepal Ko Chora


नेप्चु, किन यस्तो भूमिगत हो? अनुहार देखाउन पनि कती गार्हो?


 
Posted on 01-31-14 11:27 AM     [Snapshot: 4545]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका दि ,

फेरी पनि हजुर कै कथा पो समात्न पुगेछु साझाको जालो भित्र .... तर निराश अवश्य भैइयेन ..... एउटा छुट्टै कथा ...हजुरको शैली भन्दा अलिक फरक .... लेख्न सक्ने कला भाको मान्छे किन नलेखी बसेको होला आजकाल जस्तो मन मा लाग्यो..... यो कथाले मलाई हजुरको अरु कथा भन्दा अलिक ज्यादा छोयो .... साएद म त्यो दिदिको ठाउँमा थिएँ कुनै बेला र मेरो बाह्य गुण हेरेर कसैले यस्तै गरेकी थिईन ..... यहाँ नारिमा मात्र हुन्न भन्न खोजेको ल मैले...... अरु नि पढ्न पाम ..... कहिले लेख्ने फेरी साझा मा ??

भाइ,
थाहा छैन 'थाने'
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters