[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 374209 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 03-04-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली मैचा तिमी ले चिया ल्याको नि देख्या हो,हेप्या नि हैन।
ल्याउने बेलामा २ कप चिया ल्याउने अनी उस्कै ठुलो स्वोर अझै,त्यो दुई कप त ठुल्दाइ र रिट्ठे ले सुर्क्याईहाले,उसिन्या अन्डा पुरे ले क्वाप्प
पारी हाल्यो अनी लहरे लाई च्या ल्याउ भन्या जे जस्तो भए नि बेला बेला मा चिया खुवाछ क्या गिलास भरी तेसैले।
तेही भन्या यहाँ लाहिद कुमार हुँदा हुँदै कहाँ शाहीद खोज्दै हिड्या चेली।


लाहिद बेज्जत भो है साह्रै, एक गिलास पानी मा डुबे भो।


 
Posted on 03-04-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाहीद भन्या को रे , ल हेर एही हो, कस्तो''CUTE '   छ  हगि??

अनी तिम्लाई  चै कोल्ले  दोका दियो नि?
आफ्नो  घरमा  पैसा  नभएर  औता दोका  पनि  राक्न  पा छैन  बरु  मलाई  नि  कसैले  दोका  दे त  हुन्थ्यो  नि?
हैन  पुरे  कता  गएछ??
अनी ठुल्दाइ लाई  बधाई छ  है  नयाँ  मेहमन  आएको  मा!!!
यो  कुरा  लहरेले  भन्या होइन  नि  फेरि,जे पनि  लहरेले  भन्यो  भन्ला नि!!!

 


 


 



 

Last edited: 04-Mar-09 10:10 AM

 
Posted on 03-04-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मलाई बधाई के को ? मेरो छिमेकी को घरमा मेहमान आएको लाटि ।



छिमेकी भाउजुलाई अस्ती सोमबार अस्पातल लगिएको। मर्दा पर्दा चाहिने छिमेकी त्यो पनि ठुलदाइ को। दिन भरी अस्पातलमा।


त्यो बालक यो धरती मा पदार्पन गर्न मानेकै होइन। डाकटर् नर्स, बालक को पिता मिलेर ४- ५ घण्टा प्रयास गरे । "आउ बाबु आउ, ज्ञानी भएर आउ।" कती फकाए, आउन मान्दै मानेन।



बालक ले नेपाल भन्थाने छ । "बिजुली नभा देश मा के आउने ?"अँध्यारो देखी डर लाग्छ "   पो भन्छ , चम्बू बालक।


"नाइ नाइ आउँदैन, मान्छे मार्नेहरु को सरदार ले देश चलाएको छ।" बडा जिद्दी रहेछ।



रात को १० बजे बल्ल डाक्टर लाई एउटा गुरु मन्त्र सिकाएं। बालक लाई "यो नेपाल होइन अम्रिका हो, न डराउ । बिजुली पनि छ, पानी पनि छ ।"  भनेर ईमेल गर्न लगाएं र ।


बल्ल कैची लगाएर यो धरा मा पदार्पण गरे।


 
Posted on 03-04-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, नमस्ते, तारेमाम सबै औतारीहरुलाई यो मिठो बिहानीको!


लौ त सधैँ झैँ बात मारौँ माया साटौँ र पीरती गासौँ!


ठुल्दाई कविता बाचौँ, चिप्ले जोर मादल घन्काउँ, रिट्ठे लहरे नाचौँ, केली र चेली मुसुक्क हासौँ, परे, सम्धीज्यू, हर्के अलि पर बात वर सरौँ! पुन्टे बुडा कता गए? सान्नानी लाई फर्काएर ल्याउँ, दीपीका नानूलाई फकाएर ल्याउँ, भउते बजियालाई कान समातेर ल्याउँ, चित्रे र सुर्जे कलकत्ते काइँयोले कपाल कोर्दै मुसुमुस हासौँ!


आक्खुइ ....लरिबरि... आक्खुई...


 


चौतारीमा मै बसे होला कि


बरको डालि नुहेर छोला कि


सल्लै हो जोबन कल्लाई हो



 
Posted on 03-04-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बालक ले नेपाल भन्थाने छ । "बिजुली नभा देश मा के आउने ?"अँध्यारो देखी डर लाग्छ "   पो भन्छ , चम्बू बालक।"


लोल ठुल्दाइ लोल।


 
Posted on 03-04-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई!


जमानामा एउटा रमाईलो कुरा सुनेको थिएँ। बालकले आउन मानेन भने 'डेरि मिल्क' भन्ने चकलेट देखाऊने रे बालक फुत्त हाफालेर आउँछ भनेर!



 
Posted on 03-04-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई जिम्बाल के छ हौ - बजै खोइ - किन नआ हो -


कुन तिर्थ गएर आको नि - प्रशाद खोइ -



ठुल्दाइ, रिट्ठे, बिस्टे, पुरे अनी नबोल्ने मान्छे लाई नि तारेमाम्


 


 
Posted on 03-04-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सम्धीज्यू! अनि गाथमा आरामै? बेथाबिराईँ त केइ ला छइन होला? जाडोले कत्तिओ दुख दिँदैछ? भैँसि ब्यायो? चइते दसैँ नि आम्न लाओ, हाउँरो त दशैँ देखुन आफ्नै गाममा मुउलाने भा' चइते दशैँ भैसको क्यार्नु!
 
Posted on 03-04-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै लहरे बजैको मुख धेरै बजो भनेर दाउडरकाँ देखाम्न गा'कि रे, आफ्नो बेथा भनेर सिद्द्याम्दा डाउडरलाई भरना अर्नु परो रे!


 
Posted on 03-04-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओखो हाउरा सउधी ज्यु आउनु भाछ नि त निक्कै लामो तिर्थ जानु भो त ५ धामै भ्यार आउनु भो कि कसो।
गाम्ले हरु त जिम्माल उतै बसे कि भन्ने हल्ला गर्थे।
अनी तिर्थ जादा के कस्तो भो बिस्तार मा सुनाउनुस् त सउधी ज्यु।
 
Posted on 03-04-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिर्खे बा नि आउनु भयो। लहरे सुकुल ल्याउ त । चकटी नभे नि सुकुल मा चल्ला नि ( उहिलेको सुकुल गुण्डा हो क्या रे) ।



तीर्थाटन कस्तो भयो बिर्खे बा। चक्का जाममा कती को हरिनाम जपियो ?


 
Posted on 03-04-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल !


जिद्दी बालक त खतरा रैछन्त !


यि बुढालाई अब पित्री हुन ला' बेला काँटी नाच्नी गाउनि सुर चढेछ फेरी ! नली खुट्टो अली बिशेक भा' बेला बुढा को ध्याउन्न नै अर्कै हुनी !


मर्केला है मर्केला जिम्माल त्यो नलिखुट्टो मर्केला
आश मार अब बुढा खै कैले पो त्यो खहरे फर्केला
सल्लै हो जोबन कल्लाई हो


 
Posted on 03-04-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली म यही छु, अण्डा खाएर एस्सो काम हेर्न थालया, तर चौतारीमा नचियायी त काम नै गर्न मन नलाग्नी भन्या, तर टाईप गर्न लस्टाइ कसरत गर्न पर्छ अझै मलाई त।

अनी ठुल्दाइ को जुक्तिले नयाँ पाहुनाले पदार्पन गरेकोमा बधाई, छिमेकीलाई नि भे पनि।

अरु आज नयाँ नौलो के छ कुन्नी? लौ लौ बात मारुम, ऐले हो, भरे साउले काम देर मर्नी हो कि न के थाहा

चैन्जो सब्लाई आरामै होला भन्ने सोचेको छु मैले 

 
Posted on 03-04-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो दाउडर मदनवा त परेन - उसै त खुस्केको मान्छे को फेरी खुस्कन त्यती बेर लाग्दैन अरे


भनेपछी मदनवा दाउडर पनि हरे ssssss


 
Posted on 03-04-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालक ले नेपाल भन्थाने छ । "बिजुली नभा देश मा के आउने ?"अँध्यारो देखी डर लाग्छ "   पो भन्छ , चम्बू बालक।"

लोल ठुल्दाइ लोल।



बिर्खे दा लाई  नमस्ते !!!!,


अनी  मलाई  नबोल्ने  मान्छे को  तारेमम चहिदैन,  नबोब्ल्ने मान्छे लाई  नै  फिर्ता


 
Posted on 03-04-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाहिदैन भने के त -


आफ्नो तारेमाम बच्यो मेरो


ल तारेमाम् जिम्बाल -


बजै लाई बोलाउनु त - कसै कसैलाई ठीक पार्नु पर्‍यो -


 
Posted on 03-04-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे, कत्ती  काम गरेको नि ?  एस्सो  अराम गर्न लाई  चौतारी मा  पनि  टाईम टाईम मा  आउन  !!!
 मलाई   एक जना ले  ठुल्दाइ को घरमा  नै  नयाँ  मेहमन  आएको  हो  भनेर भनेको थियो,,  त्यो  कस्तो  असत्ती  रहेछ  , तेतिकै  दत्दो रहेछ


नबोल्ने  मान्छे त कस्तो   लोवी  पनि  रहेछ ,बाइ,


  मैले  फिर्ता  गरेको  तरेमम   अरुलाई  पो  दिदा रहेछ ।khit ......khit.


 
Posted on 03-04-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नु


भुल होइन जस्तो लाग्ला
भुल गर्नेहरुलाई
तर खेलेर छोड्यौ तिमीले किन
मेरो बेसाहारा जिवनलाई


तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु


 
Posted on 03-04-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सम्दिजिऊ कुन कुन धाम भ्याईयो तो त म बुडोले पत्तो पाईन तर कतइ रमैलो भओ, कतइ नरमैलो!


तारेमाम ठुल्दाई, सुकुलाँ त बस्नै परो नि गाँठे बल्ल बात मार्न पाइया छ, बरु घरको चुकुल ला'र आम्छु!


रिट्ठे, मेरा तीर्थको कुरा सुन पइला अन्खेरुन भन नाच्न क्यार्न मुन लाओ भनेर।



ल सुन गाम्ले हो मेरो तीर्थको कुरो। आओ एता सुकुलमा पँलेटि कसेर बस,खै परे, तो तमाखु यता सारदेऊ त  तान्दै बात मारुम-



हेरि कुरो के भओ भन्देखुन- उइलेई परारै ग्वाँचेसित काठमाणु पस्पति गएदेखुन कइलेई तिर्थ बर्थ अर्न पाइया थेन हेर केटाटिहो,तेइ भ'र यो पालि नि ग्वाँचेलाई पिरेर गइयो। बसाँ ज्यान हल्लाम्दै बल्ल बल्ल कलंकि पुइयो हेर,कलंकि पुउन्जेलमा दुईमाना खा' भुँडिले ४ पाथि छादो होला! आफूलाई त बस सम्जो कि आन्द्रा भुँडि बटारिएर आम्छ क्यार्नु। कलंकिआँ ओर्लेसि, ग्वाँचेले "बाजे भोक लाओ होला खाज खाम" भनेर खाजा खानि होटेल खोज्दा खोज्दा १ घन्टा कलंकिमाई डुलाम्छ कउनैमा छिर्दैन ए गाँठे! "ओइ बज्जे, बाटाभरि छाद्दै आ बुडो खुस्किन लाइसको क्यार्न एउडाआँ छिर्दैनस ए असत्ति?" भनेर भन्दा, "हैन बाजे याँ आजभोलि जुनपाओ तेइ होटला बुडो बाजे ले'र छिर्न मिल्दैन" पो भन्छ! त्याँसि एक त भोकले, अर्को छादेर घाँटि चिरिया झोकाँ मइले नि सरापेँ -" तेरिमा असत्ति अधर्मि बज्जे छाद्दा छाद्दा लखतरान भा बुडो बाजेलाई ले'र हिन्न तँलाई लाज लाया कुलङ्गार नरकाँ पर्लास!"यस्ता कुरा सुनेसि मुख अमिलो बारेर बटार्दै कुन्नि के के मइँले नसुन्नेअरि गुनगुन अर्दै ठ्वास्स भनो- " लौ त बुडा मइँले त जोगाम्न खोज्या हो बुझ्नुभ'न" भन्दै एउटा झिलिमिलि झल्लरि झुन्डाओ पसलको ढोका खोलेर छिरो। म नि भोकओ सुराँ लुरुलुरु सँगै छिरे हेर गाम्लेओ! ग्वाँचेओ पछि पछि छिर्या मात्तै थेँ, मेरा आँखाँ त अँधेरो भओ, केइ देखे मार्दिनु!"ए ग्वाँचे मलाई घाट लाने बेला भओ अस्तो त बज्जे आँखोले केइ देखेन" भन्दा "भित्र उज्यालो भए पो देख्नुहुन्थ्यो बुडा, बाइरा घाम भित्र अँधेरो तेइ भर नदेख्या अझ मलाई दुख दिन गोडा बिसेक बर्ख बाँच्नुहुन्छ" भन्दै रिसले बोल्यो। त्याँसि जिम्दै रेछु भन्ठाने। ग्वाँचेलाई अँध्यालाँ समात्न  एसो हात फैलार छामछुम पार्या र कताडि कुन चइनि नानिले हात समातेर "ओहो बाजे आउनुभएछ,ए फुलमाया, ए सुन्तली, ए राधे एता हेर् त मोरि बाजे आयो!" भन्दै खितितिति हाँस्या पो सुनेँ। एसो आँखोले धमिलो धमिलो देख्या के थो, ए राता मकै जताततै नानि नै नानिहरु मै बुडोलाई हेर्दै खितितित हाँसिर'का, ग्वाँचे मोरोको अत्तो पत्तो थेन!



त्याँसि के भयो अलि ब्याराँ भनम्ला गाम्लेओ मेरो सास फुलेर आओ बुडेसकालले,तातो भात खा'र आम्छु!


हरिशरणम्


 
Posted on 03-04-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


भनेपछी दह्रै तिर्थ घुमेर आरैछौ त,


भनेपछी देबी हरु को दर्शन त धेरै गरियो होला नि है


त्यही भएर बुढा नाच्ने गाउँने कुरा गर्दो राइछ त - ल ल बुझे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters