[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 158101 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 02-20-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Redstoneको नाउँ चैने के परो त ? न्वारन गरिसक्या नभए "राते" भन्ने हो कि ?
 
Posted on 02-20-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, कुरो मिलिगो
 
Posted on 02-20-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्वारन म भात खुवाएको चाल नै पाइन त हो, सुत्या बेला त खुवाएनन् असत्ती हरु ले ?
 
Posted on 02-20-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कुरा सोधम् है बरु। अरु सबैका नाउँ कसरी आए बुझ्न गार्हो भन, तर आइते र नमे चाँही कसरी आए बुझिनँ है। कसैले पस्ट पर्दे हुन्थो कि?
 
Posted on 02-20-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात त पास्नीमा पो ख्वाउँछन् त राते।
 
Posted on 02-20-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त म चौतारी मा नयाँ हो । त्यहीपनि मेरो पनि न्वारन कसैले गरिदे म पनि चौतारी मा सुस्ताउन पाउन्थे । हुन त म अर्कै ठाउँ को भएपनी, मेरो बोली फरक भएपनी, मलाई चौतारी मा सुस्ताउन दिए सबैप्रति आभारी हुन्थे ।
 
Posted on 02-20-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काकाले हुँडरी मच्चाएर गएछन है, काकाले नि जाद्रै मीठो कुरा गर्चन कासो नलाको बेलाँ त ।
मिने हैन र यो criminal भन्नी, के का किरीम पाउडरको कुरा अर्च हँ यसले । बटौलीमा आई ए बि ए पढ्न गा'च भन्थे है भउतेले । भउतेले मिलका पुर्जा-सर्जाम लिन जाँदा मिने का घराँ बास बस्चु धेरै जसो, त्याँसी रात भोरी रउसी खाईन्च जवईँ भन्थे है ।

Keep rolling...
 
Posted on 02-20-06 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! मेरो पनि नमस्कार छ है साथी हो । अलि दिन भो गाम बाट हराको । फेरी वापस भए क्यानाम ।
 
Posted on 02-20-06 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kalankisthan = कलंकी त अत्ती भो यार। नाम सुन्दै उदेक लाग्ने। यस्सो सोचुम न नयाँ नाम -- :P तरुणी हरुले सुन्दा नि उनिहरुको मन ब्याकुल होस् न ।।। लौ है दौतरी हो, नयाँ नाम सोचम, म त न्वारन गर्न तम्तैयार।।। ehe.
 
Posted on 02-20-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लङ्के" भन्नि होला कि "थाने" (थानेश्वर ) भन्नी होला कुन्तो ?


Keep rolling...
 
Posted on 02-20-06 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्वारन स्वारन होईन ए केटा हो! पईले कालले खुस्कन लाईसक्या यि बुढाको छिन्या आम्लो निको पार्न झाँक्री डाक!

ज्यान बुरो भे’र क्यारनु? मन त तन्नेरी ता नि! आस्ति मेलाँ जिस्काईद्‌या थेम् २-३ जना तरुणीहुरलाई। ऊनेरु पुनि मचि मचि जिस्के के रे। दिम्सई रउसी नि ला’ थेम्, पछि के के भो के था?

भोली पल्ट मेरी धोबिनीले चाल पाईचे! दाबिलोको झट्टारो हानि पईले त। धन्न छल्न भ्यायेम् नि, नत्र खप्पर फुटेर तिँ ठहरै हुन्थेम् के रे। अनि तो राँडी त च्यात्त्या पेटिकोट कस्दै पटुका भित्रेसि खुर्पेटो झिकेर झम्टिन्दै आई मु तिर! हात उचालेर राँडीलाई रोक्छु भनेको त…काँर ति खुर्पेटाँ धाराँ अम्ला पुगेछ! ताछियो नि, गाँठे! स्वात्तै!

रगत तप तप चुहाउँदै पुगेम् के रे मिसन। त्याँका गोरासाबले ई यस्तरी कसि देचन् आम्लैं सानो पटुका! आर्को साता देखाउनु आउनु भनेचन् के रे। निको भएसि ति धोबिनीलाई गू ख्वाएर तेस्को ज्यानबाटु ति बोक्सीनि नझारी त के! क्षेत्रीको छोरो हुम् के रे नि हाम्पुनि! चुलेसीआँ तेस्को गर्धन रेटिन छु भुने मरिजाम्, ल! श्री कालीमाई की! जय!!!!

गुर्‌र्‌र्‌र्‌र्‌र्!

 
Posted on 02-20-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरा पुन्टे दाजी,

धन्न सत्त परमेस्वर भात खानी हात (दाहिने) त सग्लै रईच । भात खानी बेलाँ त दुख भएन नि ।

बरु गुहु धुनी (देब्रे) हात पो काटिदिईच त नि त्यस डँकिनीले । मेरो सल्लाहा मान्चौ भने त पुन्टे दाजी, दिसा गरेसि कुपु धुन तेही धोबिनीलाई जो लगाउ, क्यार्चौ त नि तिम्रो गुहु धुनी हात तेसले जखमी पारिदिईच केरे ;)

Poonte da, get well soon !!!!


Keep rolling...
 
Posted on 02-20-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ति डँकिनीलाई धुन लाम्नी रे? यो सिरे नि क्यारी यस्तो दयावान् भईच? तेल्लाई त चाट्न लाम्नी हो, चाट्न! के को धुनि नि? गुर्‌र्‌र्‌र्‌र्‌र्‌र्‌र्‌र्
 
Posted on 02-20-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानसाहुलाई सुझाएँ थ्रेडलाई त्यो गुगला भाँती पृष्ट १, २, ३, ४ .... गरेर भाँच्ने कुरो । हन्हनीमुनी तिर्थ लाग्नु अगावै सम्म गरिदे त भैगो ।

*************

Kalantisthan को न्वारन ता "कैले" भनेर भईसक्या मान्छु । फेरि बदलिने भो ? 'कैले (कैलो कपाल भाको) लाई अविश्वासिलो मान्ने अन्धविश्वास छ हाम्रा गामठामतिर, तरुनीहरु के ब्याकुल हुन्थे ?

"ख्याली कान्छो" कसो होला ?
 
Posted on 02-20-06 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम के राखिदिएउ हो केटा हो ?. अम्रिका मा बसेसी अम्रिकाने राखे केरे मैले त । बा ले थाहा पए भने गाली अर्लान फेरी, कागज सागज छैन तेसै अम्रिकाने ।
 
Posted on 02-20-06 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान कत्रा कत्रा छन्, कुन्नी? नत्र अम्रिकाने भुन्दा त लामकाने ठीक होला! :p
 
Posted on 02-20-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ त न्वारनको कुरो भैरा'रैछ, लौ गरौं गरौं न्वारन, नाम राख्न नि रमाइलै हुन्छ नि। आफ्नो त न्वारन नि भैसको, पास्नी नि भैसको, वर्तवन्ध नि भैसको, अब बिहे मात्र बाँकि छ, मैनासित। मेरो चित्रे भन्ने नाम चैं मलाइ साह्रै मन पर्या छ क्या, यसको लागि चैं सिरे पंडितज्यूलाइ धन्नेवाद है। ल, मेरो धेरै बोल्ने ट्याम छैन आज, पछि भेटम्ला है नेपे दाइ, पून्टे दाइ, कैले, रामकिस्ने, सिरे, लाम्काने, अनि सप्पै गाम्लेहरू!
 
Posted on 02-20-06 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा सिरे ले हसाँयो, भात खाने हात काट्या भे नि चम्चा ले भात खान हुन्थ्यो, गु पुस्ने हात काट्या रैछ, चम्चा ले पुस्नु भएन, हरे हेर हरिबिजोक। :D
स्यानो मान्छेको स्यानो हातको स्यानो औंलामा स्यानो घाउ के भा को कत्रो ठूलो बनायो कुरो लाई लौ हेर eheh... तरुणीहरुको स्यामप्याथी भोट बटुल्न खोज्या होला नि त्यसकी .... हाम्रो ह्याँ छाति भित्र को देब्रे पाटोमा भा को स्यानो मुटुमा यत्रा बडेमान को भ्वाङ्ग पर्दा त एउटा तरुणीले भाउ द्‍या होईनन्, अझ उल्टो पाप्रा कोट्टाउन खोज्छन :ऽ अब हाताँ स्यानो पटुका कसेर के काना ठूलो भाग खान पाम्ला भनेर आको होला नि, उफ्रिदै उफ्रिदै... (Just kiddin'. eeh.. get well soon hau) :D

नेपे हजुर, "कैले" र "काले" को त अचेल पब्लिक-डिमान्ड छ, तरुणी हरु भुतुक्कै हुन्छन ।। नेपालीको विश्वास नगर्लान, कैले र काले को त बढि विश्वास गर्छेन। जमाना बद्ल्यो नि, :P उहिले वेन्टिन-सेञ्चूरि थोडै हो र, हजुरहरुको पाला जस्तो? उहिले तरुणीलाई कविता सुनाउदा भुतु भुतु ढल्थे। अहिल्या तरुणीलाई ढाल्नलाई र्‍याप्नै पर्छ । उहिल्या जमानामा सोरठी भाखामा तरुणी नाँच्थे, अहिल्या जमानामा पहिला तरुणीले नचाँउछन, अनि मन् परे कम्मर देखुन चाक सम्म मर्काउछन्, अनि बल्ल कर्के नजर फर्काउछन् ॥॥
उउउउ जमाना गयो त। :S

अमेरिकाने लाई त "काने" भन्नु पर्ला eheh
 
Posted on 02-20-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ आफ्नो त न्वारन पनि कसैले गरिदेन! । कृमिनल भएरै जाला जस्तो छ जिन्दगी!
 
Posted on 02-20-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रिमिनल ‍= किरे :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters