[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 238324 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 09-24-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाई छाप पाँच पैसो रे तितौरी ?
हिजो म सँअ नि माग्दै हुनुनुन्तो, मइले चाईँ एउरुप्पेको डबल दिएको। भनेसि २० जाना बुईनिहेरुलाई दख्खिना दिने बिचार अरिन अस्तो छ माष्टरनी नानीले :)
 
Posted on 09-24-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी तितौरी!!
कत्ति चाँडो "म रिसाको छुइन" भन्न पर्ने होला! यहाँ बल्ल बल्ल गोताएँ जी बाट अलि अलि म्यरिजको लागी पैसो झर्थ्यो कि भनेको, त्यो नि नहुने भयो। अब तिमीबाटै फुस्काउनु पर्यो आजको म्यारिजको खर्छ।

जितेँ भने आधा आधा, हारेँ भने तिम्रो पैसो --- हुन्छ??
 
Posted on 09-24-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र् जिम्माल् बा भने'छि मैले सुन्या कुरा पक्का रे'छ ।
 
Posted on 09-24-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् कुम्ले तास् खेल्ने लाइ त गाइ छाप् कि हात्ति छाप् रोजेर लेउ कुन् लिन्छौ? :p:p
 
Posted on 09-24-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! तितौरी!! अत्ति के!! उफ! शुरुमा त नबुझेको के!!

तासमा जित्छु के जहिलेपनि! साँच्चि नाफाको बिजिनेसमा पनि लगानी नगर्ने?
 
Posted on 09-24-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) तितौरी सं नसकिने भो :):)

हिडे म धान काट्न

:D :D
 
Posted on 09-24-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि चण्डाल्नी बुईनीहुरको ताल देखेर त डरै लाग्यो। दउखिनाको नामाँ प्वालै परि सक्या खल्तीमा झन् ठुलो भ्वाङ् पार्देलान् जस्तो छ। जे पर्ला पर्ला, ५, १३ त के, जुठो तान्का’र अब सोह्रै दिन बार्दिन्छु म त! बीसै दिन बार्देम् भुने त तिहार नि टर्थ्यो कि? :p
 
Posted on 09-24-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इहिहि मिस् हजुर् ले पढा'त मान्छे कस्तो हुनु । कुम्ले तास् खेल्न पैसो माग्छ अनि के भन्नु नि ।
पुन्टे दा चै कस्तो लोभि हुनुभा' एक् महिना सम्म जुठो बार्ने रे हाहाहा । :D:D:D......
 
Posted on 09-24-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा तितौरीले हँसाईन् "गाइ छाप् कि हात्ति छाप्" रे!
लु है कुम्ले बिचार अर चाइन्जो कुन चाइँ लिने हो :)
 
Posted on 09-24-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

के छ हालखवर? ल घटस्थापना गरम् अब। जिम्माल बाले जमरा राखेर उद्घाटन गरिदिनु हुन्छ कि?
 
Posted on 09-24-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ'चल नेपालाँ गाइ छाप भनेको २५ रुप्पे हुन्छ है, विचार अरम्
 
Posted on 09-24-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ ठिक कुरो अरेऊ चित्रे जमरा समरा राखुम। तितौरी र कुम्ले बालुवा लिन गएका छन खोलामा आइपुग्ने बेला भओ। बरु मन्त्र फलाक्ने चाईँ कल्ले हो? फुलौरे जोतिष को भ्याई नभ्याई होला!
 
Posted on 09-24-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मर्र्नच्याँसे नि आएछौ। लु स्वागत छ चौतारिआँ! पिर नमान, चौतारिआँ आम्ने बानि लाएसि ज्यान लाग्छ मजाले! धन्यवाद छ गाईछापको कुरो बुझाएकोमा दख्खिना दिने बेलाँ बिचार अर्नु पर्ला:)
 
Posted on 09-24-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!

हात्ति छाप भन्या त यो होइन र?? लौ हात्ति छाप नै देउ तितौरी

 
Posted on 09-24-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्त्र चैं यै मर्यान्च्यासेलाई भट्याउन आम्छ कि?

तितौरी र कुम्ले पनि कति ढिलो गरिरा' होला बालुवा लिन गएकाहरू।

अब मैले चैं के गर्नु पर्छ भन्नुस् है जिम्माल बा?
 
Posted on 09-24-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हात्तिछाप!! हा हा हा कुम्ले!
खै त कुम्ले बालुवा र तितौरी??? हेर हेर बालुवा चाइँ तितौरिलाई बोकाएर आफु हात्तिछाप नोठ लिएर आएछ!
 
Posted on 09-24-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यौटा छोटो कविता फुरिहाल्यो मलाई।

गरौं आज चौतारीमा घटस्थापना
पुर्याऔं आ-आफ्नो मनोकामना
कुम्ले र तितौरीले ल्याए बालुवा
अब काटम् खसी घरपालुवा :)
 
Posted on 09-24-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! जिम्माल बा!

मैले तितौरीलाई बालुवा बोकाएर यता हात्ति छाप खेलाउदै आएको होइन।

त्यहाँ बोरामा बालुवा हाल्दा हाल्दै तितौरी थाकिन्। अब एउटाले तितौरीलाई बोक्न पर्यो, अर्को ले बालुवा बोक्न पर्यो भनेर बालुवा बोक्ने मान्छे खोज्दै हिँडेको। हे हे हे!!

चित्रे ल ल जाओस अरु पनि कविताहरु!! दामी छ!!
 
Posted on 09-24-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Laam kaane Khasi ko maasu......

 
Posted on 09-24-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे कुम्ले बुझेछौ मैले दिन्छु भन्या नि येहि हो, तर आघि तिमि किन मर्ने गरि हासेको ल अब भन ।कतै तिमि लाइ हात्ति छाप् चप्पल् याद् आएर हास्या त होइन? :P:P:D

जिम्माल्बा कुम्ले ले झुठ् बोल्या हो बालुवा लिन गएन आधा बाटो बाट् कता भाग्यो कता , म एक्लै ले ल्या'हो है बालुवा ।

चित्रे को कबिता क्या राम्रो ! तर मैले मात्रै ल्या हो बालुवा कुम्ले को नाम् हटाउ है त्यो कबिता मा कालु मकै खाने भालु भयो :D:D

त्यो लाम्काने खसि बिचरा कस्तो माया लाग्दो गरि हेर्दैछ ,किन क्लोज् अप् फोटो टास्या होला मासु खादा नि झल्झलि याद् आउने गरि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters