[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 137445 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-21-06 7:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what happened to chautari 31
 
Posted on 11-21-06 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको कुरो मैले बुझेँ। सायद त्यस्तै गर्नुपर्ने रहेछ।
:-)
 
Posted on 11-21-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबाब् मा हड्डि नानी देखी लागेको बानी रेछ यो केटाको :P
 
Posted on 11-21-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबाब् मा हड्डि नानी देखी लागेको बानी रेछ यो केटीको ।
______________ कुरो बुझेको भए मार्दिनु ।
 
Posted on 11-21-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबाब् मा हड्डि नानी देखी लागेको बानी रेछ यो ****_नानीको :P
 
Posted on 11-21-06 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि छ यता?? यति चाडैनै सुन्सान छ त चौतारीआँ त

कबाब् मा हड्डि नानी देखी लागेको बानी रेछ यो केटाको :P :P:P
 
Posted on 11-21-06 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले चौतारि बनाएछ! धन्यवाद् छ।
गोताएँले भनेओ जस्तो 'छिटै बुढि पाएस्, बुढि बुढि हैन तरुनि बुढि पाएस!'
सपै गाम्लेलाई जदौ!
अरु कुरा त बुझेको भ' पो गर्नु।
 
Posted on 11-21-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ हरितालिका?
ढिँडो हसुर्यौ?
मलाई अस्तिनै देखुन एउडा कुरो सोधुम सोधुम ला थो। तो के जाति तिम्रो अड्डाँ हप्ताँ ४ दिन मात्तै काम अरे हुने कि कसो?
 
Posted on 11-21-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता अन्मरिएछन सपै?
यतिबेला गोताएँ हुन्तो, तितौरी हुन्थिन्, दादा नि लोउगिद गाम्दै आउँथे पैले पैले त। गालउ नि कराईरा हुन्तो....
 
Posted on 11-21-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल फर्क फर्क परउढ सिच्छे सरउढ सिच्छे सप्पै बिदा रच. जाम खोरियार(खोरिया घर) काँसे(काँशिराम)का कर्सापारि(करेसाबारी) बसेर रमि(पुरानो हाम्रा पालाओ मेरिज) खेलम्.

... ... ...

आज सार्वजनिक विदा, साँझ दीपावली गरिने

नेपाल जापान डट् कम् सम्वाददाता
काठमाण्डौ नोभेम्बर, २१
सरकार र माओवादीबीच हिजो भएको ऐतिहासिक शान्ति सम्झौतामार्फत देशमा दशक लामो द्वन्द्व समाप्त र नयाँ नेपाल निर्माणको पहल भएको खुसियालीमा सरकारले आज सार्वजनिक विदा घोषणा गरेको छ।

मन्त्रालयले एक विज्ञप्तिमार्फत सबै सरकारी कार्यालय, विदेशस्थित सबै नियोगहरु, शैक्षिक संस्थाहरु र सार्वजनिक संस्थानहरुमा समेत सार्वजनिक विदा दिने निर्णय गरेको जनाउँदै आज साँझ दीपावली गर्नसमेत सबैमा आग्रह गरेको छ।

सशस्त्र द्वन्द्वका अन्त्य र नयाँ नेपाल निर्माणका लागि सरकार र माओवादीबीच मंगलबार ऐतिहासिक शान्ति सम्झौता भएको खुसियालीमा सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको हो।
 
Posted on 11-21-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
कबाब् मा हड्डि नानी देखी लागेको बानी रेछ यो ****_गिरीको :P
 
Posted on 11-21-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La sabailai GOOD NITE......ma ta gaye sutna...

Ani Masterni Nani le bholi HOME WORK garera aaunu, aafno hajiri khata sabai bidhyarthi lai dekhaunu parchha... hoina bhane SAJAY painchha ni, sadhai hamilai matrai sajaya dina painchha :D :D
 
Posted on 11-21-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसो bha


हामीहरुसप्पैलाई बधाई !!!
 
Posted on 11-21-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकालीमा
अघि अघि
ओरालीमा पछि पछि
यो केटी के भा कि ?

नदेखे सम्म
को हो को हो
देखे पछि
माया मोह
बुझाइदेऊ यो मन! ...

 
Posted on 11-21-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई भनेओ दादा, बिदा रैच जाने भा' जाम के रे नि।
तर तो रमि मेरा गिदिआँ छिर्दैन दादा। तासको बिटो समातो कि हात लुउ लुउ अरेर काम्छ।एउडा समातो अर्को चिपल्न्छ अर्को समातो झन अर्को फुत्कन्छ। फेरि पुरोढ सिछ्छे भर्खर पड्न थालेओ तासका अछ्छेर बुझे मरिजाम्। आफूलाई त तासको टिको गन्नु पर्च कुन तास परो था पाम्न! आँखाले तेति ठम्माम्दिन मुन्छेओ चित्र बनाओ सपै उस्तै लाउछ, कौना बास्सा कौना मिस्सि कौना गुलाउँ।

बरु हाउँरो तल्लो बारिओ कट्मिरा रुख मुन्तिर बसेर बाउचाल खेल्नि कि?

जदौ माष्टरनी नानि!
 
Posted on 11-21-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म उता लाग्या त यता फेरि चहल पहल सुरु भ'च,

यस्तै हो जिम्माल बा, ढिंडो त हसुरियो, एक डेक्चि जम्मै

अनि कुरो के भन्देखी नि, अड्डाँ चैं काम त चार दिन हो, चार दिनाँ चालिस घण्ट उठाउनु पर्छ, द-दश घण्टा गरेर
 
Posted on 11-21-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा हउरले अस्ति पठा'र मैले पढेओ कविता नेपाल जापान डट कमाँ नि आइच केरे देख्नुभओ होला.
 
Posted on 11-21-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मैले त देखेको थिइन अइले हेरेँ।
धन्यवाद् दादा! प्रथम लाईनमा एउटा शब्द बढि परेछ, शायद मैले टाइप गर्दा झुक्किएछु क्यारे।

भनेसि हरितालिका को यस्तो रेछ कुरो। नत्र जहिले नि सोमबार भेट्ने भन्दे हिन्दा त के जाति ईर्ष्या लाग्ने भन्या:)
 
Posted on 11-21-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhanesi dada lai kavita pathaye tya uta japan.com ma chhappido recha
 
Posted on 11-21-06 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ, त्यो त रमाईलै छ, हउर मत्रै हैन त्यस्तो ईर्ख्या लायो भन्ने, अरु नि टन्नै छन

अनि खै यता तिर पनि एउटा यस्सो कथा-कबित टाँस्दे हुने नि :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters