गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।
अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!
नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा
आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल
अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।
आँsssssच! भाषा तालीम पनि लिइहालौं
आँsssssच!
ओहो!
दरो गफ गैराको छन्त नि हौ!
कस्तो मजाको कुराहरु गरिरहेका रेछन
सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।
फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्
आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??
आम्मै गुन्टे बाबु नि आएको?
अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।
आजभोलिका केटाहरु धेरै नै बाठा।
यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।
गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ
(सौजन्य: निसब्रो)
चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं
पूर्व = East
पश्चिम = West
उत्तर = North
दक्षिण = South
(सौजन्य: चित्रे)
अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!
यो नकाबधारी हरु को मुकुन्डो न उतारी भको छैन। लु त हामी पनि "POLL "गरुम न त। गाम्ले हरु को बिचारमा को होला त निश ब्रो को मुकुन्डो को पछाडी को सक्कली अनुहार??
यो चुनाउ सरासर बहिस्कार गरम्। जसले जति भोट खसाले नि पाइने रेछ। एम एस एन मा एक बिश्वस्त सुत्र अनुसार निजले म जिम्माल भन्ने बिर्खे माईलालाई धमाधम ३ भोट हालेको रे।
नेप्चेलाई यो पोल खआरेज गरेर एक पटक भन्दा बढि भोट हाल्न नपाउने पोल खडा गर्न अनुरोध गर्दछु।
पोल को नतिजा चाइ यस प्रकार प्रकासित हुनेछ। सब भन्दा बढि भोट पाउने - निशान्त हुनेछ। एबम रित second हुने चै समिधा अनि थर्ड हुने चाइ गुन्टे को उपाधि ले बिभुषित हुनेछ।
केटा-केटि सुड्डा-सुड्डि सब बबाsssल बिजि रैछन्त नि हौ भोट हाल्नलाई!:) आँsssssच, लास्टै र्र्याग गरिदिने के सोमहरु। हाम्रो भानुचोक हुँदो डन्डिबियो खेलेको जस्तो मलाई कहिले सुड्डा बनाउने रैछन कि अन्त कहिले ठिटा। रिङ्गाउन चाहिँ दह्रो रिङ्गाइ हौ पाटहरुले आज। आम्मामामा.....हुँदा हुँदा रड्डिज नै गरिदिने के फिरि सोमहरु, तित्स सालि पनि नोमिनेसनमा के फिरी हा हा हा खित् खित् खित्
मतदान को अबधि US central time (official sajha time) अनुसार सान्झको ५ बजे सम्म तोकिएको छ। तेस पछि मतदान कार्य बन्द गरिने छ। बिजयी उम्मेदबार हरु को नाम प्रकासित गरि पुरस्कार बितरन र जितेको उपाधी ले बिभुशित गरिने छ। :-)
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.