[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माया प्रेम अनी मेरो लहरी

[Please view other pages to see the rest of the postings. Total posts: 90]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 53285 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 11-13-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

यता सुन त - कसैले बोलायो - मैले वास्ता नै नगरि बसिरहे
सुननssssss भन्या - यो पटक चाँही के भन्न करै लाग्यो। किन किन बोलाएको भन्दै उ तिर लागे, मैसाबको हातमा पर्फिउम को बोटल थियो, यो कस्तो छ भन्दै पर्फिउम मलाई छर्किन थाल्यो। कस्तो केटी को जस्तो रैछ।  केटी को त होनी भनेर हास्न थाली। मैले आँखा तरेर हेरे अनी अर्को तिर लाग्न खोजे - कहाँ जान लागेको एकछिन म सँग बस्न हुँदैन, त्यहाँ कसलाई हेर्न जान लागेको - को छ त्यहा तिम्रो - भनेर कराउन थाली। आफुलाई रिस उठिराथियो - उठेर के गर्ने बोली फुट्दैन - फुट्या भए देखाइदिन्थे नफुटेर पो आपत। पाइन्टको गोजिमा हात राखेर उस्लाई हेरी रहे। भित्र आगो थिए - बाहिर फेरी पानी - जस्ताइ मेरो शरीर र आत्मा को बिचमा भ्याकुम छ थर्मस मा जस्ताइ के। के भन्ने आफुले आफुलाई लाटो भनौ भने पढेलेखेको छु, सबै कुरा बुझ्छु, आनलाइज गर्न सक्छु तर बाठो भनौ भने उसको अगाडि बिना पानी को माछा जस्ताइ, केही गर्न नसक्ने, कुनै डिसिजन नै लिन सक्दिन, खै के हो के हो - यस्तै सोचेर ट्वाल्ल परीराथे - उता बाट आवाज आयो के ट्वाल्ल परेर बसिरा, म कस्तो किउट देखेकी छु है आज, मलाई देखेर फ्ल्याट भा हो भनेर - मैले केही बुझ्नु भन्दा अगाडिनै मेरो टाउको मेरो घाँटी माथि बाट तल माथि गर्न थाल्यो, अनी त यू आर सो किउट भनेर हाँसी  मोरी।   

यो एउटा किनौ है रे भनेर सोध्यो - यो भनेको चाँही पर्फिम। किन चाहियो यो तिमी सँग छ होइन मैले प्रश्न गरे। छन त छ तर यो चाँही लटेस्ट आको के - स्मेल पनि राम्रो छ। फेरी म सँग कुपन पनि छ २०% अफ, - मलाई उसको कुरा चित्त बुझेको थिएन - अब मेरो चित्त न हो बुझे पनि के नबुझे पनि के - काउन्टर मा लगेर राखी - स्क्यान भो २०% छुट पनि पायो - ट्याक्स गरेर ७४.४९ आयो, मैसाब ले टाउको ईशारा गरेर मलाई पैसा तिर्न भनी - मन ले त मानेको थिएन तर हात चाँही पछाडि गोजी सम्म पुगिसकेको थियो, घोटियो, सकियो खल्लास। थ्यांक यू भन्दै सामान उठाइ अनी सँगइ निक्लियौ। तीन चार वटा पसलामा छिरे - एसो हेरियो - दुई तीन घण्टा बिताइयो अनी घर तिर लागियो, सामान को लिस्ट मा अरु केही नि थपिएन। भोक लागिरा थियो - खाना पकाउने कुरा मा फेरी उसको जाँगर हरिप नि - तु तयार हुन्छे, चिया अनी पास्टा तयार भो - चिया खाँदै गर्दा नेपाल जाने सोच बनाएको कुरा उस्लाई भने। उ पनि तुरुन्त तयार भैइ, कहिले एही विन्टर मा हो - कहाँ विन्टर मा हुनु मैले एही दसैं मा जाने कुरा सुनाए। किन जानु पर्‍यो दसैं मा उसको क्लास छ रे - अब प्लानै त्यही थियो त मेरो - धेरै सोच बिचार  गरेपछी बनाएको प्लान हो मेरो। ठुस्की हाली,कराउन त कल्ले रोक्न सक्थ्यो र उस्लाई। एकछिन कराइ - म चुप्प लागेर बसिरहे - थाकेछ कि क्या हो - म सँगइ बसी अनी मेरो अनुहार मा हेरेर - तिमी साचै दसैं मा जाने हो, विन्टर मा नजाने साचै भनी अनी लामो सास तानी अनी टोलाएर भुइमा हेरिरही।।।।।।।   

एकछीन टोलाएर निकै बेर भुइ मा हेरेर बसी - केही बोलिन - मलाई लागिराथ्यो कि तुफान आउनु भन्दा पहिलेको शन्नाटा हो। उसले म तिर पुलुक्क हेरी अनी उठेर गइ कोठामा। दिस कट मि बाइ अ सर्प्राइज। न ऊ कराछ न रिसाको छ न केही भनेको छ। यि कुरा मध्य केही भएको भए म रेडी थिएँ तर अब के गर्ने त सोच्मा परे। छट्पटी भइनैराखेको थियो - यो गर्ने कि त्यो गर्ने सोच्नै सकिन म - मानौ समय टक्क अड्किएको जस्तो। केही सिप लागेन भित्र कोठामा गएँ, नेट चलाऊदै रैछ, उस्कै अगाडि गएर बसे अनी ऊ तर्फ हेरेर के भयो भनेर सोधे। टाउको मात्र हल्लाइ केही भएको छैन भनेर।

टिकट किनेको हो कि किन्न बाँकी छ, प्रश्न ले म झस्कीएँ, हँ के भन्दै --- अँ छैन हेर्दाइ छु, महँगो छ ।
"अनी कहिले जाने त"
"फुलपाती सम्म मा पुग्नु पर्छ"
"अनी फर्किने कहिले त"
"भाइटिका पछी नै होला शायद"
"के शायद भनेको - नफर्किने"
"फर्किने किन नफर्किने, डेट पो कन्फर्म भएको छैन भनेको त"
"अनी छुट्टी मिल्यो त"
"दुइ महिना बाँकी छ, पहिले टिकट मिलाउँ अनी भनुला - एक महिना अगाडि भने भइहाल्छनी"
"दसैं मा नै जानु पर्ने - विन्टर मा जान मिल्दैन"
"जान त किन नमिल्नु - मिल्छ तर चार वोटा दसैं मिस भइसक्यो मेरो - यो समेट गरेर पाँच वोटा हुन्छ, अनी ममी ले नि दसैं मा
भए रमाइलो हुन्छ भन्नु भा छ अनी त्यही भएर"
"अनी मलाई एक्लाई छोडेर जाने त"
"एक महिना त हो नि, सधैं को लागि कहाँ जान लागेको हो त लाटी"
"तैपनी के गरेर बस्ने एक महिना"
"स्कूल छ काम छ - एक महिना त चुट्की मा सकिन्छ"
"भन्न लाई मात्र हो के, कती लामो हुन्छ एक महिना के"
"त्यसोभए नजाउ त"
"होइन जाउ - फेरी पुग्न बितिकै फोन गर है"
"के कुरा गरेको - भक्खर कुरा भएको छ, टिकट किनेको छैन, दुई महिना छ नि बाबा - आजै जान ला हो र"
"एssss है भन्दै हाँसी, तर सो स्याड है म जान पाइदैन, आइ एम गोना मिस यु हनी भन्दै हग गरी।।।।।

क्रमश:  


 
Posted on 11-21-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baaucha kosle bhanya thiyo? lahare le ki lahari le... Guffadi baaucha..taasa taasa.. hami ni sunu
 
Posted on 11-21-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jawos pravo,Jawos aba sabai nai vanisakepachi priya lai matra kina chutaune ni ???Feri priyako man royepachi texasma aako gustav jastai hola ki kaso priya ji????
 
Posted on 11-21-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति छिटो कथा सकिएको?
 
Posted on 11-21-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली बाबुले जवोस भनेपछी बाँकी राख्नु भो त।
अनी क्रजी मुँया के छ - तिमीलाई पनि के के भनी लहरी ले हेरन
अहिले एकैछिन मा पिया लाई के के भनी भनेर टाँस्छु है  
 
Posted on 11-21-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले भनेको होइन है साची होइन - पिया हेरन के के भन्छ तिमीलाई  

खतरा रैछ त चौतारी मैले भने। एती मात्र कि अरु पनि कोइ छ मैले सोधे। छ नि किन नहुनु उसले एकछिन सोच्यो, अँ स्प्रिङ्ग भन्ने छ, नाम के भन न उसको बसन्ती रे क्या फन्नी के सोले को बसन्ती। यो अर्को जान्ने हो के लेख्दा खुरुक्क लेखेर टाँसे भइहाल्यो नि कलर गरेर टाँस्नु पर्ने पिन्क हो कि पर्पल कलर, अरु भन्दा इउनिक हुनु पर्ने कही नपार। फेरी केटी भएपछी एम टि.भी हेर्नु, भि यच वन हेर्नु, इ च्यानल हेर्नु - उस्लाई स्पोर्टस हेर्नु पर्ने सबै स्पोर्टस को बारेमा थाहा छ फेरी - त्यो यो त्यो त्यो भनेर। फिलिम को बारेमा नि सबै थाहा छ - हेर्न पनि कती सकेको। अनी मैले यो जस्तो च्याट गर्नु पर्ने केटी देखेको छैन ल, साझा मा च्याट बक्स नि छ है त्यस्मा दिनभरी हुन्छ - खुरुखुरु आफ्नो काम नगरि कन दिनभरी त्यही हुन्छ। अर्को मन नपरेको कुरा के भने नि - उसलाई मन पर्ने गीत हरु राखेर थ्रेड नै बनाइ के एसले, आफुलाई मन पर्ने भए आँफै सुन्नु नि किन हामी लाई पनि सुनाउ पर्ने - दिक्क लादो - एस्तो छ ताल हेर चौतारीमा।


 
Posted on 11-21-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha  bauchaa, hasayo.. mare ma ...unique re lol...baaucha ko lahari ni baucha jastai raicha- guffadi #1..
 
Posted on 11-21-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु को बारेमा नि छ जस्तै मैली बजै, मिस दिदी, क्रजी लभ,
कस्तो धर्म संकट टाँस्ने कि नटांस्ने
 
Posted on 11-21-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लहरे ले रमाइलो स्टायलको कथा ल्यायो, कथा भित्रै फर्मायस कार्यक्रम नि घुसायो, लु लु भनम त तिम्रा लहरीले हाम्लाइ के भन्दि र'छन ।
 
Posted on 11-21-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह लहरे को अन्तिम भाग आईसकेर एत्रो बिवाद पनि भईसकेछ मलाई त था नि छैन,
हसायो साह्रै लहरे ले, कथा नि काँ बाट काँ मोड्या क्या एक्कै चोटि यु टर्न हान्या जस्तरी,तर रमाइलो भयो लास्ट को कमेडी टुईस्ट ले ।
सब्बै को त सोधे छौ अनी उस्को नाम चाइ खुस्काउन सकेनौ त बौचा ?
 
Posted on 11-21-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सि टि लाई लहरी ले राम्ररी चिनेको छैन रे - तर पनि थर्ड क्लास मान्छे नै हुनु पर्छ रे - काम नपाको ले नै साझा मा आको होला रे - नत्र किन आउथे होला रे, नामै सि टि कस्तो नाम रे - अली सोचेर राम्रो पो राख्नुपर्छ रे - प्रेसर कुकर को सि टि हो कि रे बेला न कुबेला पड्किने कानै खाने गरी - यो मान्छे पनि ठीक छैन र ल 
 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters