[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २० ~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE



[VIEWED 159527 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-26-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!



चौतारीको २० औं संस्करणमा फेरी चौतारीको छपनी मिलाउदै म नमे हाजिर भएको छु । जति बस्यो उति मायामा फस्यो जस्तै करिब १ बर्ष पुग्दा थुप्रै मित्रहरु चौतारीमा जम्मा हुनुभएको छ र यति राम्रो मित्रता कायम भएको छ, त्यो त सबै सामु छर्लङ्ग छ । कथा, कविता, गीत, गजल भन्दै हासो ठट्टा गर्दै समय बितेको त पत्तो नै भएन । अझै आउने बर्षहरुमा हामी सबैले यसमा रमाइलो थप्दै जानुपर्छ !

यस्तो रमाइलो बनाउन, चौतारी हेरेर रमाउने अनि चौतारीमै आएर रमाइलो गर्ने नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे
सबैको एकनास योगदान छ ।

कहिले काही रिकुटे आएर दु:ख दिदा र घरी घरी चौतारीमा सल्ला नमिल्दा पनि कुरो ट्याक टुक पारेर अघाडी बड्नु र तेस्मा आफ्नै तरिकाले रमाइलो थप्नु नै चौतारीको सफलताको कारण हो कि जस्तो लाग्छ ! संसारको सप्पै कुनाबाट एउटै साझा ठाउमा धोको फु्क्ने गरी मन खोल्न पाउने मौका पनि यै चौतारीले दिएको छ । फेरि पनि मन खोल्दै यो २० चौतारीको नया रुपसंगै रमाइलो गर्दै चौतारी महोत्शवको पनि तयारी गरौ ।

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
चौतारीको चिसो हावामा झुलेको पाउँछु ...

 
Posted on 07-28-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाँग्रे बास बस्ने बेला भा जस्तो, खुब कराए नि केटकेटीहुर!

भउते मसित रिसाइछन् नि केटकेटी हो, जिलि न गाँठिसित।

न मेरा खोलाले तिम्रो खेत खायो
न तिम्रा गाईले मेरो पराल खायो

किन रिसाम्चौ ए भउते!
मसित निफुल्किएर तिम्रो टाउकोमा कत्रो सिगं आयो?

कस्तो छ मेरो गजल?
 
Posted on 07-28-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, लौ! बुईनीहुरले ओखर फोड्या भन्या त, ल्याईतेहुरले पो ठुङ्गेका र’चन्?
 
Posted on 07-28-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइ, जे भा' नि हउर त मेरो आइखुले साढुदाइ भै सक्या मुन्छे। मेरो मन रसायो के हउरको गुनासोले। हउर सँ मैले मित्रताको हात बढाएँ। दाजु-भाइ मिलेर गामका १-२ जनालाई ठीक पार्नु पर्ने छ के। :p अनि मुलाई नि बाटो खुल्छ। :P त्याँसी हउरको जुरेली हउरलाई नै भो ल। यता सुटुक्क आउनुस त कानेखुसी छ के। :-)

 
Posted on 07-28-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D:D : कत्ति हसाउन सक्या होला पुन्टेदा ले हरे ।मर्ने भयो बिहान् बिहान् हासेर ।
अनि दादाको गजल् को के कुरा मेरो चिया नै सर्क्यो बाबै :D
 
Posted on 07-28-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! भउते, :पि
 
Posted on 07-28-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी कान्छी साली जुरेली मलाई नै फिर्ता दिने भए त, लौ भन भउते काजी, क-कस्लाई ठोक्न परो, बजाम्न परो, म नि यो बुढो हड्डी सेक्छु! मितेरी भए मितेरी, लु! साँची कै खास खुस अर्न पर्नि भए पठाम के बिजुली पत्र!
 
Posted on 07-28-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,

न कहिले गोरुले भैँसी पायो
न कहिले कुम्लेले कट्टु लायो

तातो न छारो, भुत्रो को घुर्की
भउते तिमी सँग कैले रिसायो? :p :p :p



.

 
Posted on 07-28-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haa haa haa kati haasnu, kaama garna nadini bhae.
 
Posted on 07-28-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या सान्ननि , काम् कसरि गर्नि होला यस्तो भे'सि लु।
कत्ति हास्नु लौ :D , क्यार्दै छौ तिमि सन्चै छौ?
 
Posted on 07-28-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehee hasayoooooooooo
 
Posted on 07-28-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइ
जुरेलीलाई ह्वात्तै हउरलाई सुम्पिहाल्न त सउदिन तर ब्यबस्थापन चैँ अर्न सकिन्छ। अब अर्नि नै हो भनि कुनै अन्तरराष्टिय वा नेपे दाजी जस्तै भर्पर्दो मुन्छेको सुपरिवेक्षेणमा राखुम। फेरि कुम्ले सुम्लेलाई राखेर हुँदैन नि। उसैले उडाइदेला र हामी दुबैले वाङ खाइएला। :p

अनि मेरा तालुबाट नि हउरका जस्तै २-४ मुठी रौँ खसाल्ने मुन्छे भेटे पछि चैँनि जुरेलीको टुङ्गो लगाम्ला के। नत्र त म फेरि यता न उता हुन्छु नि। :-)
 
Posted on 07-28-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धोबिनीले तेई च्यात्त्या पेटिकोट पोको पारेर अगेनाँ तताम्दै तालु सेक्दी के रे। बल्ल सन्चो भो! अब भउते काजीले को कोल्लाई ठीक पार्नि भन्या हो, तेल्लाई ठोक्न पाखुरा र तिध्रा नि सेक्न परो। तोरीको तेल दलेर।

ए, ठाईंली! ठाईंली!!!!!!! हैन, कता मरिछे? तेल धस्न परो के!

राईंली!!!!!!! काईंली!!!!! साईंली!!!!!!!!! कता मरे सबै?

कतै भउते ले नै फेरि एउटी साली फिर्ता अर्नि लोभ देखा’र मेरा बथान जति सबलाई त भगाएन?
 
Posted on 07-28-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते जुरेलीको गुड त यता भ जस्तो मान्चु है ?
 
Posted on 07-28-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो फेरि अर्को लाखो हिरो बन्दै! परे छैन जुरेलीलाई अरु कसैले गुँड-सुँड हाल्न! बेईमान उरन्ठेऊला उग्रबादीहुर!
 
Posted on 07-28-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! कत्ति हसाएका हुन्। भउते तिम्रो इशारा बुझिसक्या छु के रे। डराउन्न म पनि, हेर्छु के के गर्छौ। पून्टे दाईलाई फकाएर आफ्नो पक्षमा ल्याउन आउछ हामीलाई पनि। तिमीले जुरेलीको कुरो ले फकाउन खोजेको होला, केहि नाप्दैन। पून्टे दाई कै हुन ति जुरेली पहिले देखि। तिमीले छोड्छु या छोड्दिन भनेर केहि फरक पर्ने छैन के रे। अनि किन चाहियो ब्यवस्थापन भन्ने जन्तु? उनकै हुन उनैले राख्छन। :पि
 
Posted on 07-28-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेब्रोको (ल हेर पुन्टे बोको जस्तो पो देखियो लेख्या त---) अनुरोध् त झन्नै बिर्सेछु---


आइ (I) हुने बेलाँ ए (a) भैयो
सोचेँ ज्यान् भि (V) बनाउछु भैगो

पेटि माइ हैन भुँडिले छेक्छ अचेल् त खुट्टा पनि
अस्ति त – के गर्ने? – भिन्ना भिन्नै लाइएछ जुत्ता पनि

भि भन्दा भन्दै ज्यान् डि (D) जस्तो भैगो
डि नि भन्ने मात्रै हो ओ (O) जस्तो भैयो

घना थ्यो सिरबन, अचेल् त उहि हो कर्कलाको पात सरी
टल्किन्छ घाम् सिसा सरी, पाल्तु जन्तु त चिप्लेर मरे कति कति,

चार् (4) झै देखिने नागाले आठ् (8) सरी देखिने सुन्दरि लग्यो, रामो राम्
नचोर्या उखुको चोर दोश लागि र च आफ्लाई चैं – निर्दोश् छु प्रभो! मरी जाम् .
 
Posted on 07-28-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! दीपजीका दुवै कविता चना चटपटे जस्तै छन्, जति पढ्यो फेरी पढुँ पढुँ लाग्ने। पून्टे दाइलाइ चैं कति मिल्ने व्यंग्य हानेको, :D

आज चौतारीमा निकै रमाइलो भएको रैछ।
 
Posted on 07-28-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुइ नि, म पौडी खेल्न गाको फोटु तेसरी याहा चौतारी म ल्यायेर टास्दिन पाइदैन है, मलाइ न भनि कन। मेरो घोर नियमपत्ति छ है तेस मा।
मास्टर्नी दिदी, कार्बाहि गर्नु परो त्यो मेरो फोटु मलाइ न सोधि यहा टासिदिने लाइ।
:P

जे होस आजकल चौतारीमा अलि रौनक थपिएको छ। गाम्लेहरु को कथा, कबिता अनि रमाइलो कुरा सुन्न पाइन थालेको छ।

रोल नम्बर २१ नेप्चे
यस मिस
 
Posted on 07-28-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेकाजी मूर्दाबाद!

भुनेर नारा लाइदिन्चु म पुनि यो चौपारीमा। कत्ति ओटा बिजुलिपत्र पठाएँ मरिगे जवाफ फर्काको हन यो गुरु पुनि। पून्टे दाइको धोबिनिको च्यात्या पेटिकोट जस्तै यो भउते चैं जुरेलिको पेटिकोट समातेर बस्याछ बस्याछ गाँठे। हन रिसानि भको भे उइ बेलाँ भने हुन्थेन र भन्या? फुन नं पठाम्त नत्र....... धम्कि होइन होइ यो, आफु नै चाइने जो दमको बिमारी परिओ । अर्कालाई के को धम्कि दिनु। लौ भग्मान को कृपा लाओ भने त के हो के नि। भोलि हाम्रा पल्लो गाँमाँ रमाइलो हुदैछ जाने भे जाम है। आफु त कुम्लो सुम्लो बोकेर गइन्च, केइ परो भने उतै रात बिताउनलाइ । जाने भे ह्याँ किटिक्क पारुम् ।
- http://www.godowntownraleigh.com/index.cfm



:-)>

 
Posted on 07-29-06 6:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद मित्रहरु

लौ जा म पनि चौतारीमै बस्छु । । । पर्देस् सर्देस् भर्सेलोमा जावोस् । । । यतै तिर केही ईलम गरेर बस्नु पर्ला । । ।

यती रमाइलो जमघट छोडेर जानै मन लागेन । । । क्यार्नु रहर्ले होईन बाध्यताले भुन्टिलाई छोडेर पर्देस् तिर लागेको । । । अब चाँही चौतारीमा नै बस्नु पर्ला । । । खै खै रातो टोपी उल्टो पारेर लगाउने झिल्के भाइ अलि उता सर्नुस् त, म पनि बसौं पलेटि कसेर । । । ।

-----------------------------------------
क्यामोफ्लज्ड्जी, कबिता मन पराउनु भएकोमा धन्यवाद, चाहीएको बेलामा कबिता सापटि लिन सक्नु हुन्छ, नाइ भन्ने त कुरै छैन । । ।
-----------------------------------------
विश्व मानचित्रजी, तपाईलाइ पनि कबिता मन पराउनु भएकोमा धन्यवाद । । ।
------------------------------------------
tyra जी लाई पनि धेरै धेरै धन्यवाद । । ।
---------------------------------------------
वीरखे माइलाजी, अब त म छ छ महिना मा हैन चाडैं चाडैं नै चौतारी मा आउने छु । । । एती रमाइलो जमघट छोडेर कसरी जानु । । ।
-----------------------------------------------

अरु सबै मित्र हरु लाई पनि अभिवदन है । । । । लौ शुरु गरौं अब कस्को पालो ............
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters