[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 298911 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-03-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता इउलिश् मा लेखे ? :O
कुरा पचाएकि हेरन खुरुक्क बाकि कथा भन सान्नानि केटि होइन भने




 
Posted on 08-03-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याड् भैयाको हमि किन नचिन्ने?
शब्जिवा साइकलमे तुमि से तो हमि किन्ने
सावनी सावनी बोलके हम्रि बहनियाको
कैसन् लगाइलियो तुम् मोहनिया रे

अरे म्याड् भैया आम और मिठाई क्या याद् दिलायो, तुम् आओ या नाआओ, आम और मिठाई जरुर भेज दो।
 
Posted on 08-03-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, फुल फुल्यो कि फूल फुल्यो? फूल फुल्या भए टिपेर राख न त!

हे श्यामिके! म यहाँ भए पनि सुनाउने कुमारजी त अँझै कैलास पर्वतमा कुम्भकर्णको भेषमा फ्वाँ फ्वाँ गरिरा'छन्। धैर्य गर बालिके! तुम जैसे बुझकड लडकीको अधीर होनेको शोभा नहीं देता! :)


यी हजुरबा नातिनी बिर्खे बुढा र सान्नानीको के छ नि?
 
Posted on 08-03-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe wrote ***तिरु त्यो तारेकोमाम छोरी लाई खुवाएर मलाई बरू तारेको मम भये हुन्थ्यो नि**** ke bhaneko ??????
 
Posted on 08-03-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tiru timro pani chori cha
 
Posted on 08-03-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पुन्टे दा

हेहे तिरु हो त छोरीलाई ख्वाउ त्यो तारेको माम ;)

गाले खुरुक्क भन त अब स्वोस्थानी, नभे sci-fi केहि भन त छिटो।
 
Posted on 08-03-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बालक्! टायर् पन्क्चर भट्भटिया चालक :P
यस्तो छल् कपट् शोभा दिदैअन तिम्लाइ, त्यसैले भन न बाबु भन कथा ल ग्यानि भएर :)


o saannaani le kyaa di chhe yaar myaad bhaiyaa laai :D
 
Posted on 08-03-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाअाअाअाआ तिरु को त छोरी छैन है। लु खा ।।।।।।जुन दिन हुन्छ तेइ दिन पढ्ने यो धागो अब
 
Posted on 08-03-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उठाले रे उठाले... मेरेको नहि... ये रिठे गिट्टे को
 
Posted on 08-03-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

ठुलि पुन्टे बुडालाई यो म्यासेज देउ ल!

" हे पातकि असत्ति पुन्टे बुडा! क्यार्न मलाई चाइन्जो बचन लाउँछौ। भुटेर धुलो पारेको कुरोलाई छोप भन्ठान्या हुम हाम्ले तेसैले तिमि 'घरले जा जा र बन ले आइज आइज' भन्ने उमेरको बुडा धेरै टिमुर खा'र सिधै सिलटिमुर खालाऊ भनेर मयाले भनेओ कुरोको छोप बनाम्ने तिलको पहाड बना अस्तो गर्छौ!" :)

"तिरु त्यो तारेकोमाम छोरी लाई खुवाएर मलाई बरू तारेको मम भये हुन्थ्यो नि"


 
Posted on 08-03-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुस्ताखी माफ तिरु ।
 
Posted on 08-03-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रि नातिनिलाई रिस उठाको???? गुर्रर्र्र्र

लु अब यस्तो नभन है?
 
Posted on 08-03-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चलो माफ करदिया बच्चे!
 
Posted on 08-03-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बच्चे रे
म त झन झन बुडो भा भयै यार!!
 
Posted on 08-03-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुजीको भटभटेको फेरि पनि टायर पंचर भएछ।
"अन्तरे!"
"गुरुजी"
"गोलमाल भो अन्तरे गोलमाल! फेरि टायर पंचर भयो ठिक देख्दिन ताल।"
"त्यसैले त गुरुजी, विश्वमित्रको तपस्या गर्नु भन्या। कहिल्यै पनि पंचर नहुने टायर बरदान दिनेछन्। अनि त्यसपछि न टायर पंचर, न टायर फेर्नुपर्ने झंझट।"

त्यसरी गुरुजीको तपस्या सुरु भयो। तपस्या यस्तो तगडा भयो कि स्वर्ग डगमगाउन लाग्यो, पृथ्वी थर्किन लागिन्, आकास भयले काम्न थाल्यो। स्वर्गका राजा ईन्द्रले भगवानहरुको अनुरोधमा छल गर्नको लागि मेनुका पठाए। तर गुरुजीको तपस्या भङ्ग गर्ने त कसको के लाग्ने! अन्तत भगवान विश्वकर्मा आएर भन्न लागे, "हे भक्त म तिमीदेखि प्रसन्न भएँ। माग के वर माग्छौ।"

गुरुजीले आफ्नो दुख पोखे र कहिल्यै पंचर नहुने टायर वरदान मागे। विश्वकर्मा "तथास्तु" भनेर अदृष्य भए।

गुरुजी आफ्नो भटभटे राखेको पार्किङ् लटमा पुगेपछि भटभटेको टायरबाट एउटी जिन्स पाइन्ट लगाएकी कन्याको उत्पत्ति भयो। ती कन्यालाई देखेर गुरुजी विन्ती गर्न लागे, "हे देवी! मलाई कहिल्यै पंजर नहुने टायर प्रदान गर्नुहोस्।"
ती देवीले आफ्नो जिन्स पाइन्टको खल्तीबाट हजारको केही नोटहरु झिकेर गुरुजीलाई दिंदै भनिन्, "त्यति कामको लागि के को तपस्या गरेर टाइम वेस्ट गर्या होला। लाऊ यो पैसा लैजाऊ र बजारमा गएर गोरखकाली टायर खरिद गर, तिम्रो टायर कहिल्यै पंचर हुँदैन।"
"जो आज्ञा, देवी," गुरुजीले दुई हात जोडी प्रणाम गरेर हिंड्न लागे।

दुई पाइला चालेपछि गुरुजी फेरि पछाडि फर्के र विन्ती गर्न लागे, "हे देवी! तपाईंको जय होस्। म हजुरलाई के नामले पुकारौं?"
देवीले मुस्काउँदै उत्तर दिइन्, "हे भक्त, मेरो उत्पत्ति टायरबाट भएको हुनाले, लोग मलाई 'टायरा भगवती'को नामले जुगौं जुगसम्म सम्झनेछन्। तिमी पनि त्यही भनी पुकार।"


 
Posted on 08-03-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


LOL baalak ROTFL ROTFL mare hai mare !
 
Posted on 08-03-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा बुडो भन्ने कुराले एउटा कुरा याद आयो।

एकजना मेरो साथि छ है उसले चौतारी खुब पढ्दो रहेछ। अनि एक दिन म संग फोन मा कुरा गर्दा गर्दा भन्यो " ओइ साझा पढ्ने गरेको छस?" भनेर। अनि मैले " कहिले काहि हेर्छु खालि काम नलाग्ने गफ हुन्छ त्यति हेर्दिन, फुर्सत पनि त हुन पर्यो नि" भनेर लाउनु गफ लाएँ।
अनि त के भन्छ भने, " त्यहाँ चौतारी दामि छ यार, सबै किसिमका मान्छेहरु छन्, एउटा बुढो छ पक्का गाउँले जस्तो जिम्माल बा भन्ने, चौतारीको मोड जस्तो लाग्यो मलाई त त्यो बुढो" रे!!
अनि मैले "ए होला होला खै फुर्सत मिले हेरौँला, बुढो त के होला र बुढो बनेको होला नि" भनेको त " हैन म स्योर छु त्यो मान्छे चाहिँ पक्कै बुढो नै हो" रे!!

 
Posted on 08-03-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahha 'टायरा भगवती' haha
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters