[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 180568 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-26-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्बाचन् अधिकृत ज्यु,
सुचना को लागि धन्यबाद।
९ बजेसम्म त करोडौँ भोट हाल्न सकिन्छ होला।
लौ फेरि शुरु भए है म त, साथिहरु तप्पाइहरु नि आफ्नो भोटिङ हाल्न् पाउने अधिकार सदुपयोग् गर्नुहोस्!
 
Posted on 11-26-06 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भोटर्स दाजुहरु, दिदिहरु, सुड्डाहरु, भाइहरु, बहिनिहरु, सोमहरु र च्वाँवकहरुलाई एउटा सानो रिक्वेस्ट गर्छु कि म,
आबो भोट हाल्दा जिम्स सु्ड्डा र पुन्ट्स सुड्डा चाहिँ नबनाउनु ल मलाइ?
लास्टै र्र्याग हुन्छ नि हौ, घोर बेइजत हुन्छ नि हौ हाम्रो हाँडिगाउँले ग्याङको अगाडि।
साठ्टि काटेको जिम्स सुड्डा र केशै काट्न नपर्ने पुन्ट्स सुड्डा जस्तो भयो भने डिस्कोमा डान्स गर्न कम्प्यानि नि पाउँदैन हो मैले त। अनि फिरि सिम्सले नि छोडेर जाने चान्स हुन सक्छ नि हौ।
टोलमा झारपाssत हरुले नि घुरान दियो भने त इज्जत त टिस्टामा बग्छ नि हौ।
 
Posted on 11-26-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को यौटा पोल:




 
Posted on 11-26-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम! भो अब !
आज् बल्ल एउटा लडाईंको टेरलिङ खतम् गरेर आएको ह्याँ चौतारिमा अर्को लडाइको होडबाजि चलेको रहेछ।

लौ क्या नाम, सबसे पेहला क्याडेठरुको हिस्टरी र इस्ट्य्राटिजी पढेर खतम करुँ, उस्कोबाद् भोट पनि डालि दिम्ला ड्याम्म ड्याम्म !

सलुट!!!!
 
Posted on 11-26-06 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पोल त नेपालीमा आएनछ, यसको लागि क्षमा चाहन्छु। जे होस् आज ढिलो भयो, म त गएँ सुत्न। शुभरात्री गाम्लेहरू!!
 
Posted on 11-26-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनाउको ट्याम बढाएर ९ बजे सम्म पुराएकोमा निर्वाचन अधिकृत ज्युलाई धेरै धेरै धन्यवाद, अझै १/२ हजर भोट त खसाल्नै बाँकी छ, कसैलाई चाहिन्छ भने खबर गरुम है।

हैन ए चित्रे, के चुनाउ हो यो अर्को चाँही, मेरो कम्प्युटराअँ केही बुझ्या भए मार्दिनु!
 
Posted on 11-26-06 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त मैले मेरो तीन भोट पुन्टेदाइलाई नै हाल्या हो! तर यो निशब्रोको पोस्टिङ् पढेसि, उम्मेद्वारको लिस्टमा दिपको नाम पनि थप्न पर्च जस्तो लाग्न थालो।
:)
 
Posted on 11-26-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta ti mathi ko kasailai bhot diyena .उम्मेद्वारको लिस्टमा दिपको नाम पनि थप्न पर्च
:)
ani matra maile bhot dine . natra ma bahiskarvaadi
 
Posted on 11-26-06 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम् हटाएर दीप को नाम थप्नु पर्छ त्यो लिस्ट् मा ,
त्यतिन्जेल सम्म म पनि भोट् नहाल्ने चुनाब बहिस्कार् गर्नि :(
 
Posted on 11-26-06 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् लै के के बनाका? निस् निस् नै हो, अरु कोइ होइन। कुम्ले, तिरु, जिम्मल् ब, पुन्ते द, चित्रे कोइपनि होइन। दिप् पनि होइन। निस् सचिकै हदिगौ को दादा हो :)

वोर्ल्द्_मप् तपैले के लेक्नुभको? मैले बुझिन। :)
 
Posted on 11-26-06 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिमिsss लु तिमिनै उखेल्देउ न त निस् को मखुन्डो हेर गाम्ले हरु तिम्री प्यारि बुइनि तितौरी लाइ नि नोमिनशन् मा पारेछन् केहि काम नपा'र :(
 
Posted on 11-26-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच, सिम्स हनि!
तिमि त छौ नि हौ मेरो मन बुझ्ने यो होल वर्ल्डमा।
चौतारि ग्याङ्को तोर्पे तोर्पे कुरा सुनेर गिदिsss भयो नि हौ म त! साइको भएर एक स्टिक तान्देको 'गुड' दियो नि हौ। यता नजर दिएको त सिम्स आइसकेको।
तिमिलाई र तित्स सालिलाई त थाहा छ नि हौ म हाँडिगाउँको खर्र्राँट दादा हो भनेर।
अझै बबाल हाँसो उठिराको छ हौ मलाई त, तित्स सालि पनि नोमिनेशनमा :)
हा हा हा खित् खित् खित्
 
Posted on 11-26-06 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jo sukai hos tyo ke jaaati nishante!! dikka lagi sakyo bhanya :(:P
feri yo samidha kaam napayera ..... boleko herana feri tote . kati varsaki bhayeu nanee ;) ( risani maaph hai )
 
Posted on 11-26-06 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश भेना लाइ पत्र :

डियर निश भेना,
सादर नमस्कार्

"तोर्पे गिदि साइको" यो वर्ड् हरु त अर्को एक्जना गाम्ले को मुख् बाट पो सुन्या जस्तो लाग्थ्यो एनि वे, तपाइ लाइ मात्र थाहा छ तित्स् निश होइन तेइ भएर घरि घरि त्यो खित् खित् खित् खित् ..भ'को हो, खुरुक्क मखुन्डो उतार्दिनु नि, किन सबै सन्सार् लाइ दुख द्या होला :s । यो पत्र पाए पछि अरु लाइ नभए नि तित्स् सालि लाइ चै थाहा दिनु होला तपाइ को हो भनेर ।येति भन्दै मेरो छोटो चिठि यहि क्लोज गर्दै छु।

तितौरी :( :(
 
Posted on 11-26-06 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्स सालिलाई पत्रको जवाफ:

डियर तित्स सालि,
नमस्कार फर्काएँ

माथि तिमीले उल्लेख गरेका अचम्मका शब्दहरु मेरो मुखारबिन्दमा पुर्र्याउने काम हाँडिगाउँबासि लामा लामा जुल्फि पालेका र कानमा कुण्डल लाएका अत्यन्तै योग्य तथा सभ्रान्त महानुभावहरुको देन हो। समग्रमा भन्नु पर्दा, ति महानुभावहरु संग किशोरावस्था बिताउने सिलसिलामा अनायासै टिपिन पुगेका शब्दहरु हुन।
तिमिले ठिक कुरा गर्र्यौ, मलाई थाहा छ तिमि निशान्त हैन भनेर किनकि म निशान्त हुँ।
मुखुन्डो लगाएर संसारलाई दुख दिनु मेरो आशय कदापि थिएन र हुने पनि छैन। यो मुखुन्डो लगाउनको पछाडि मात्र रमाईलोको कारण छ। तिम्रो उट्पट्याङ कथाकै पृष्ठभुमिमा लगाईएको मुखुण्डोले धेरै नै मुहारमा हाँसो ल्याएको अनुमान गरेको छु। जहाँ सम्म तिमिलाई मात्र सुटुक्क भन्ने प्रशन छ; अबश्य भन्छु। यति भन्दै म पनि यो चिठिलाई यहिँ बिट मार्न चाहन्छु।

निशान्त :):)
 
Posted on 11-26-06 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्कली साली र नक्कली भेनाको पर्दा पछाडि बार्ता होला जस्तो छ। हरे शिव: हामीलाई चैं अन्धकारमा राख्ने भए हे! नयाँ स्ट्राटेजी ल्याएर हामीलाई फेरि बिलखबन्दमा पार्ने पो हुन् कि!

बार्ताको नातीजा सुटुक्क भनेपनि खुरुक्क पठाउनू है!

:D
 
Posted on 11-26-06 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks dear nish venaa
i knew that you would answer me heheheheh....
तर मैले "दुख द्या" भन्या त्य्स्तो नराम्रो अर्थ मा भन्या होइन है रमाइलो, पज्जलिङ्,सस्पेन्स भन्ने अर्थ मा लिइदिनु होला ल .
बाइ द वे , आँच् भाषा नबोल्दा त साचै को भिनाजु जस्तो लाग्यो ;-)
 
Posted on 11-26-06 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAHAHAAH GAALAB haasutho tapaai ko kuraa le , bhaa chaina parda pachhaadi kuraa kehi hooooo............:D
 
Posted on 11-26-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssssच गाल्स ब्रो , लास्ट शंका हानिदिने फिरि सोमले।:)

आम्बोssss तित्स, 'आँच' नबोल्दा मात्र म तिम्रो भेना? :ओ

मेरो त बोलि लास्टै आँच आँच छन्तनि हौ फिरि। त्यो चिठि लेख्ने बेलामा त मैले हाम्रो धरानको स्कुल सम्झेँ हौ। एक जाना नेपालि पढाउने सुड्डो गुरुले भक्कु सिस्नु पानि लगाउँदै चिठि लेख्न सिकाएको थियो कि त्यहि सम्झेर सुड्डोकै भाषामा एउटा चिठि हान्दे को नि हौ। :)
 
Posted on 11-26-06 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनाउ सुनाउ सब खारेज अब! चिनिगो नि को भुनेर!

हामेरु चईं सिधा सिधा मत्र हेर्नि, तेई बाङ्ग्या बज्जेले चईं टेंढो टेंढो दर्शन पाएछ निसेको! ज्यानै बाङ्गो तेस्को, अनि त सिधै हेर्दा नि छड्के नजर पाएछ बज्जेले, साईड भिऊ रे! खितितितिति हाँस्दै, "मरिजाम, संगै हुर्केका हामी, तेस्लाई नचिन्नि त कुरै भएन। साईडबाट तेस्को कानको टुप्पो देख्ने बित्तिकै था' भई हाल्यो नि मलाई!" भन्दै पाँच से पच्पन्न सल्कायो बाङ्गेले!

बाङ्ग्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ कस्सम्, लौ!

:p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters