[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 602368 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-04-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सेतो कागजाँ चै लेटर लेखेर मलाई दिने अनि कार्बन पेपर चै सरको मुखाँ दल्दिने हो कि क्या हो?"
त्यस्तै चिठी लेख्न मन लाग्यो भने सेतो कागजाँ किन मुटुको पाना भरी
लेखेर दिम्ला नि 



 
Posted on 11-04-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सेतो कागजाँ चै लेटर लेखेर मलाई दिने अनि कार्बन पेपर चै सरको मुखाँ दल्दिने हो कि क्या हो?"
त्यस्तै चिठी लेख्न मन लाग्यो भने सेतो कागजाँ किन मुटुको पाना भरी
लेखेर दिम्ला नि 



 
Posted on 11-05-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यस्तै चिठी लेख्न मन लाग्यो भने सेतो कागजाँ किन मुटुको पाना भरी लेखेर दिम्ला नि  "

लौन बरु छिटो गरम -- शुभस्य शिघ्रम भन्छन क्यारे।


 
Posted on 11-05-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यस्तै चिठी लेख्न मन लाग्यो भने सेतो कागजाँ किन मुटुको पाना भरी लेखेर दिम्ला नि  "


 
सान्नानी
Posted on 11-05-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arko bhaag aayo bhanera aako ta, danga parera lekhnai birsya jasto chha deep le.
 
Posted on 11-05-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो दशै तिहार चाड पर्ब तिर अल्मलिएको त यता दिपज्युको लामो बाङे महात्म्य शुरु भई सकेको  रहेछ ......... लौ न हजुर यो पाली त बाङे को जसरी नी उद्धार गरिदिनु परो ..... बाङे को साँच्ची नै लभ परेको रइछ भने चैं खसीको मासु सँग बकार्दी रम सँग पाँच सय पच्पन्न को धुवाँ मज्जा ले उदौनु पर्छ ......... आफु परियो बाङे को बदो फ्यान  !!!
 
Posted on 11-05-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो दशै तिहार चाड पर्ब तिर अल्मलिएको त यता दिपज्युको लामो बाङे महात्म्य शुरु भई सकेको  रहेछ ......... लौ न हजुर यो पाली त बाङे को जसरी नी उद्धार गरिदिनु परो ..... बाङे को साँच्ची नै लभ परेको रइछ भने चैं खसीको मासु सँग बकार्दी रम सँग पाँच सय पच्पन्न को धुवाँ मज्जा ले उदौनु पर्छ ......... आफु परियो बाङे को बदो फ्यान  !!!
 
Posted on 11-05-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म तिर पुलुक्क हेर्दै लामो सर्को तानेर ट्वाकले भन्यो "त्यो त कुरै छैन नी --"
---
ट्वाक र मेरो बाहीरी रुपमा अघिको मोटरसाईकमा तरुनी राखेर हुईकिने बाङ्गे हैन भन्ने सहमति भए पनि भित्री रुपमा न त मेरो मनले न नै ट्वाकको मनले त्यो सहमति अनुमोदन गरेको थ्यो जस्तो बुझिन्थ्यो।


 
Posted on 11-05-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

म तिर पुलुक्क हेर्दै लामो सर्को तानेर ट्वाकले भन्यो "त्यो त कुरै छैन नी --"
---
ट्वाक र मेरो बाहीरी रुपमा अघिको मोटरसाईकमा तरुनी राखेर हुईकिने बाङ्गे हैन भन्ने सहमति भए पनि भित्री रुपमा न त मेरो मनले न नै ट्वाकको मनले त्यो सहमति अनुमोदन गरेको थ्यो जस्तो बुझिन्थ्यो।

उता लाजिम्पाटबाट फर्किदा ट्वाक र म बाङ्गेको घर गएम। तर उस्लाई भेट भएन।

"बाङ्गेले त बर्बादै गर्ला जस्तो छ नी --" ट्वाकले न्ह्यल्माटोलबाट कोटालटोल तिर लाग्दै गर्दा  अलि सानो स्वरमा सुनायो।

"त्यै त बोरै भो नी--हिन ट्वाक, बरु छ्याक र झ्यालिन्चालाई पनि भेला गरम--सुपारी पनि घरमै होला --जाम चाबेल तिर-- " मैले भनें।

सुपारीको घर नजिकै थ्यो। भेट भयो। छ्याक र झ्यालिन्चा चै सरसोतीथान अघि डबलीमा तल सत्तेनारनथान तिर बाट ढुङ्गेधारमा नुहाएर आएका ठिटी र आईमाईहरु, अनि मालिगाउँ-हाँडीगाउ खाल्डेमार्गमा जबानी बोकेर हिन्ने तरुनीहरु अबलोकन गर्ने कर्ममा जुटेका रहेछन।

"हिन जाम चाबेल तिर" भन्या "पख न, उषा नुहाउन गा छे तल धाराँ उ आओस पैला अनि जाम्ला" भन्यो झ्यालिन्चाले।

"जा न त तल धारैमा गएर हेर" भन्या "यता बाटाँ हिन्ने छुटछन नी त फेरी" भन्यो।

"अहिले सम्म नछुटेर के लछारपाटो ला छ्स र अब छुटछन कि भन्ने पीर तँलाई?" ट्वाकले पेच हान्दै सुनायो झ्यालिन्चालाई।

"हेर ट्वाक, म तँ जस्तो ब्ल्याकबेल्ट भैदेको भए त दशवटा तरुनी मेरा अघि पछि हुन्थे बुझिस?" झ्यालिन्चाले पेच हान्यो ट्वाकलाई।

"ब्ल्याकबेल्ट नभएर के भो त--अलिकति सिंगार पेटार गर --पटासी लाएर कालै पटुका बाँध--ब्ल्याक बेल्ट भै हालिस अनि बिहीबार बिहानै जा बगालामुखी र लाईन लाग -- अनि त दशबटा मात्रै किन त्यो भन्दा धेरै तरुनीहरु अघि पछि हुन्छन।" ट्वाकले हाँस्दै भन्यो।

सुपारी चै हामी भन्दा अलि पर उभिएको थ्यो। हाम्रो कुनै शब्द वा ब्यबहार आपत्तिजनक हुन पुगेमा उस्को त्यसमा सहभागिता छैन भन्ने देखाउन हुँदो हो। उ सधैं त्यसै गर्थ्यो। हामीलाई बानी परीसक्या थ्यो। हिन्न चै हामी संग नै पर्ने उस्लाई फेरी भलादमी पनि हुनु पर्ने। के गरोस? मुस्किल थ्यो बिचरालाई।

"एक सुराँ तरुनी पनि हेर्न पाईँदैन -- किच किच किच किच-- ल ल हिन चाबेल तिर जाने भन्या हैन?" छ्याकले भातेदेउता राख्ने घर तिर अघि बढ्दै भन्यो।

"बाङ्गे खै नी?" सुपारीले म तिर हेर्दै सोध्यो बेखालालको घर तिर पुग्दै गर्दा।

"मलाई के थाह? बाङ्ग्या ठेक्का ल्याछ र मैले?" भनें। बाङ्ग्या त नाम सुन्यो कि त रिस उठ्ने जस्तो भएछ।

"ल झन राम्रो सँग सोधी रा छु --" सुपारीले अझै नरम स्वरमै भन्यो।

"ल--माचिस! तिमीरुलाई था छैन?" झ्यालिन्चाले छक्क परे झै गरेर सोध्यो हामीलाई हेर्दै।

"के?" मैले सोधें।

"बाङ्गेलाई त हनुमान ढोकामा थुनीराछ रे" झ्यालिन्चाले भन्यो।

"कस्ले भन्यो तँलाई?" ट्वाकले सोध्यो।

"मलाई त पैलेई थाह थ्यो -- ढिलो चाँडो बाङ्गे पुग्छ हनुमान ढोका भनेर" सुपारीले भन्यो।

"हनुमान ढोका हनुमान ढोका भनेर के उ त्याँ घुम्न गा कुरा गर्या कि के कुरा गर्या?" मैले सोधें। अघि उस्की आमाले त केही भन्या थिएन।

"काँ घुम्न जाने? पुलिसले बरु अहिले घुमाईरा होला नी त्यस्लाई? पुलिसले लिएर जाँदै थ्यो रे --"  झ्यालिन्चाले भन्यो।

"कैले?" ट्वाकले सोध्यो।

"खै बजे त था छैन" छ्याकले भन्यो।

"तँलाई कस्ले भन्या नी?" मैले सोधें।

"मलाई त यसैले भन्या हो अघि" छ्याकले झ्यालिन्चालाई देखाउँदै भन्यो।

"अनि तँलाई चै कस्ले भन्यो?" मैले झ्यालिन्चालाई सोधें।

"मलाई त गुम्बेले भन्या" उस्ले भन्यो।

"अनि गुम्बेलाई चैं कस्ले भन्या रे छ नी?" मैले सोधें।

"गुम्बेले त उसैले देख्या भन्थ्यो, पुलिसले लिएर जाँदै थ्यो रे"

"किन र? के गरेछ?" सुपारीले सोध्यो।

"के था? तर जे गर्या भे नी त्यस्को बाउले छुटाईहाल्छ नी --हाम्लाई लग्या भे पो हड्डी भाँचेर छोडने हो कि भन्ने पीर" छ्याकले भन्यो।

"भए पनि, साथीको पिर हुँदैन?" यस पटक ट्वाकले सोध्यो।

हामी किस्नमन्दिर अगाडी थिम्, भैरबथान सँगै।

"अब के गर्ने त? हामी भेटन जाम भने हाम्लाई समेत जाक्देला भन्ने पीर" झ्यालिन्चाले भन्यो।

"तँलाई किन जाक्ने नी?" मैले सोधें।

"हामी जस्तालाई जाक्न पुलिसलाई कारण चाहिन्छ? उस्को चियाको रंग कडा भएन रे भन्ने झोंकैमा पनि जाक्दिन्छ।" झ्यालिन्चाले भन्यो।

"हिन हनुमान ढोका जाम" ट्वाकले म तिर हेरेर भन्यो।

मैले केही भन्नु अघि नै सुपारीले "ह्या--पहिले उस्को घरमा हिन -- त्याँ कुरा बुझम--बाङ्गेलाई थुन्या कुरो गुम्बेले थाह पाउने त्यसको घराँ थाह नहुने हुन्छ? थाह रैन्छ भने गुम्बेले यसो भन्थ्यो भनेर भनम--त्यस्को बाउले एक कल दियो भने घरैमा पुर्याउन आउँछ डि एस पी -- तै पनि जानु पर्ने भए जाम्ला हनुमान ढोका पनि तर पैला त्यसको घराँ जाम" भन्यो।

कुरा त ठिकै हो। हामी सबै बाङ्गेको घर तिर लागिम।

तरुनी तरुनी भन्थ्यो के गरेछ त बाङ्गेले? म सोच्दै थिएँ बाटामा ---


 
Posted on 11-05-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरेछ त बाङ्गेले?
 
Posted on 11-05-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरेछ त बाङ्गेले?
 
Posted on 11-05-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली लाई भगाई लाग्यो बाङेले
बाङेलाई जेल हाल्यो ....................


 
Posted on 11-05-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली लाई भगाई लाग्यो बाङेले
बाङेलाई जेल हाल्यो ....................

........................................जस्तो छ नी, हा हा हा !!!!!


 
Posted on 11-05-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji aarko bhag pani aaisake6 lau maile ta pattai napako bhanya.

Yeso hereko ta padihale.Aba jhan ramailo hune bho ki kaso bange ko halat k 6 kunni?

Sachhi nai hanuman dhoka ma pareko bhaye ta twak ra aaru sathi makkha hune hola.

Lau post chai dhila susti nahos ni bai


 
Posted on 11-05-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji aarko bhag pani aaisake6 lau maile ta pattai napako bhanya.


 
Posted on 11-05-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, लौ किन थुन्या रहेछ, अनि के के भयो फेरि। यी सबै कुरा पेलम् है छिटो छिटो पेलम्।  

 
Posted on 11-05-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, लौ किन थुन्या रहेछ, अनि के के भयो फेरि। यी सबै कुरा पेलम् है छिटो छिटो पेलम्।  

 
Posted on 11-05-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन त्यो बाङे ले च्यापेर हिंड्या केटीको बाउ पुलिस परेछ कि क्या हो?

 
Posted on 11-05-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन त्यो बाङे ले च्यापेर हिंड्या केटीको बाउ पुलिस परेछ कि क्या हो?

 
Posted on 11-05-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बडो राम्रो प्रश्न आयो नयनीबाट

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters