[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIX

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 135880 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-20-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।

माझी दाइ पोखरा फेवातालको
लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!



 
Posted on 07-24-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरामै छु गोताएँ..गोडो दुख्न नि छाडो, पिरो अमिलो खाँदा नि केइ हुँदैन फुर्तिलो छु भन्नु परो अब। दिन दिनै तीन घान मकै र हरलिस को सिसिको आधा सिसि मुलाको अचार घ्यापिन्छ अचेल त! अनि क्यारिँदै छ? सबै बेसै होला नि?

*****
मास्टरनी नानी, क्यार्नु एसो केइ दिन मधेस झर्नु परो भनेर हिनेओ काका बुडा र म भ'र तेसइले आम्न नपा हो चौतारि तिर। पाठ त खै भन्नु पोलेर खाइयो जस्तो छ। अरु कोइ नयाँ बुडाहरु छन पोरोढ सिछ्छा पड्ने आचकल?

*******
जदौ दादा!

टारी खेताँ रोपाईँ सकियो? एसपाली कुन लाको? तेई पोखरेलि हो? मइले नि पोख्रेली लाउने भनेओ तर तेती धान पर्दैन ।

*****
सान्नानी, ठुल्नानी क्यार्दै छौ? कुम्ले, गालउ लु लेखुम लेखुम दुइटा बेग्लाबेग्लै स्वाद आम्ने तिमेरको कथामा। चिसो बरफ पिरो तितौरामा दल्दै खाएको अस्तो, केटाकेटी बेला याद आयेको नि। तितौरा भन्दा सम्झैँ, हैन ए गाम्लेओ, यिनी तितौरी नानी हाम्रा साइँलो हाकिमको कान्छि छोरी हैनन र भनेओ? तेइ के तल्लो बजारको साईँला हाकिम, काठमान्डुमा ३ तले घर बनाछन भन्ने सुन्या थेँ। ४ वोटा त सटर छ रे घरमा, बाल नै गोडा पाँचेक हजार आम्छ रे घरबाट। कस्तो हलक्क बढेकी । कति बर्खकि भयौ बा? कति किलास पुगेउ? बा जस्तै पड्ने मान्छे बन्नु है?

****************

काका बुडाले तिम्री काकीलाई गोडा एक दुएक फरिया किन्दिनु परो उता रउसोल हुँदि राम्रा राम्रा फरिया पाइन्छ भनेर रिक्सा चडेर रउसोल तिर लाग्या थे, ३ दिन जति पछि त,
" जिम्माल, म त बेखर्चि भएँ मटर चड्ने पैसो देउ, म पहाड जान्छु" भनेर भन्छन बा!
" किन बुडा, क्यारेऊ तेत्रो सपै पइसो?" भनेको त, "म पछि भन्छु अइले खुरुक्क पैसो देऊ त" बनेर कड्किए। अब बुडाओ रिस सपै गाम्लेलाई था छँदै छ, बुडा बम्किए पछि कसैले मुख बाउन पाम्दैन। अनि मैले दुइटा हरिया लम्बरि नोठ दे'र बुडालाई पठाको हो, बुडा त गाममा आकै रइन्छन। कता अन्मरिए कुन्नी? हिसाबले बुडा रउसोलाँ लुटिए अस्तो छ, यता काकिआमाको रोएर बेहाल छ...च्व... च्व.. च्व... बिचरा बुडा कता दुख पार बसिरा होलान्!
भउते मोरो काका बुडालाई जाँ बाट भएनी खोजेर ल्याम्छु भनेर सुरिँदै थ्यो, लाठे मुन्छे सुरिएसि काम फत्ते हुन्छ भन्छन् अरु एउ दुइ जना गाम्का ठिटा बटुलेर काका खोज्न जान्छु भन्तो.. हिन्यो कि के हो?
 
Posted on 07-24-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जिम्माल् बा जदौ, ठिकै छम हामी, मधेस् तिराट के ल्याम्नु भो त ह
 
Posted on 07-24-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जिम्माल् बा जदौ, ठिकै छम हामी, मधेस् तिराट के ल्याम्नु भो त हाम्रा लागि?
 
Posted on 07-24-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बिर्खे काका नमस्कार छ है :)

होइन हजुर्ले कस्तो ठुरुक्कै चिन्या भुन्या ,हो नि मु तेइ फुच्चि हो क्या हलक्कै बढ्या मात्र हो धेरै बर्ख भा'कि छुइन। कस्तो हजुर् हाम्रो घर् आम्दा मुइले हजुर् को खल्ति बाट रातोमिठाइ चोरेर खाइदिया आस्ति जस्तो लाग्छ ,के त कस्तो बिर्स्या हो, हुन त हाम्लाइ नै ल्यादिया थियो के रे त्यो मिठाइ ,पटक्क झिकेर नदिनि के ,अनि क्यार्नु त नचोरेर ।

ल बा ले धेरै सोध्नुभा छ् ,सधै सम्झिनु हुन्छ् हाम्रो बा ले हजुर् हरुले मकै बारि मा ढुकुर् मारेर पोलेर खा'को । चौतरी स्कुल् भागेको कुरा ।
 
Posted on 07-24-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) tiru hasauchheu.
 
Posted on 07-24-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई मेरो सबै ठिकै छ । तपाईं लाई कस्तो छ? धरै दिन पछी देखा पर्नु भो नि । यसरी माया नमार्नुस्न पिलिज ।
 
Posted on 07-24-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा पढेर मनपराइदिनु हुने यहाँहरु सबैलाइ मुरी मुरी धन्यबाद।
 
Posted on 07-24-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हरु मैले नमस्ते गरे है ।
गालब ले लेख्नु भको कथा ले त मनै छोयो भनेको । मैले पनि एक पटक को गोर्खा यात्रा मा तेहि ठाउ (आरखेत , बसेरि , थुमि , मान्बु , केरौजा , माछिखोला .....) मा निकै दुख पाएको थिए । फेरि पनि त्यो ठाउ को याद आयो । कथा निकै राम्रो छ , निरन्तरता को लागि अग्रीम सुभकामना ।
चौपारि महोत्सव सुरु भएको रहेछ , मेरो काम चाहि गाना बजाउने परेको रहेछ लौ त म मेरो काम सुरु गर्छु है त ।



 
Posted on 07-24-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ल्या कथा राम्रो छ ल।
अनि गाम्ले हो, चौतारो लै त इस्कूल भनैदेर खाली पढाइको गन्थन मात्र गर्न थालेर
रमैलो भेन जा। अलि सप्लै सुहौनि गर्न परो।
 
Posted on 07-24-06 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तपाईं को कथा धरै राम्रो लाग्यो । तपाईं ले नि प्लान बनैरन भको हो कि क्या हो ।
:P
 
Posted on 07-24-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, मेरो चौतारीमा नमस्कार छ है सबैलाई!

आज कामबाट चौतारीमा लेख्न त के चियाउनसम्म नि भ्याएको हैन, साह्रै बिजी। घर पुगेर सबै कथा सथा पढियो। गालब जीको कथा राम्रो लाग्यो, कति जीवन्त वर्णन!
कुम्लेको कथा सस्पेन्सले भरिपूर्ण र रमाइलो लाग्यो।

बिर्खे माइल्दाईलाई पुनर्स्वागत छ है चौतारीमा, कहाँ हराउनु भाको यत्रो दिन? तीर्थ जानु भा हो कि क्या हो?

गोतामे ज्यूको सल्लाह नि मनासिब लाग्यो। दुइ दिन चौतारी महोत्सव गर्दा राम्रै हुन्छ, सुदूर पूर्व र सुदूर पश्चिममा बस्नेको लागि। हामी जस्ता बीच्चमा (जी एम टी) बस्नेलाई त दोहोरै फाइदा नि। फेरी एक दिन गर्दा काम विशेषले चौतारीमा आउन नभ्याउन नि सक्छ, त्यसैले दुइ दिनै गर्नु राम्रो हो। म map quiz पनि गरूँला निश्चित मात्रामा, पोस्ट गर्ने सामग्री नि ठीक पारेर राखम्ला।

दादा, सान्कान्छा, साहिंला, म नेपाली, प्रिती जी, ठूल्नानी, तितौरी, मास्टर्नी दिदी र अरू सप्पै गाम्लेलाई मेरो सम्झना है। :)
 
Posted on 07-24-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहिँला, थ्यान्क्यु!!
ठुल्नानी: कथा मनपराइदिनु भयो खुसी लाग्यो। प्लान को कुरो चाहीँ, **...अहम्! अहम्!...***. अब सुरु गर्न पर्ला जस्तो छ। अहिले चाहीँ प्लान बनाउने प्लानमा छु के! :पि

चित्रे: सस्पेन्सले भरिपुर्ण लाग्यो रे? :पि। सबै भन्दा सस्पेन्स त त्यो सरिता दि ले मलाइ के गरिन होला भन्ने छ। तितौरीलाइ त्यहि कुरो थाहा पाउनु पर्‍यो रे। अब त्यस्तो कुरो नि लेख्छ त? अनि त्यस्तो-त्यस्तो कुरो नलेखेपछि सस्पेन्स नभए के हुन्छ त नि? हे हे हे!! मलाइ कथा लेख्न उक्साउनेमा तपाइ नि पर्नु हुन्छ। अहिले सम्म त ठिकै छ पछि नराम्रा भए भने पनि "राम्रो छ है" भनेर नफुर्काउनु होला, भन्देको छु अहिले नै।
 
Posted on 07-24-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होनि त कुम्ले, त्यो बिच् मा के के भएको म त्यो सोच्दैछु के , खुब् हास्न पाइन्थ्यो होला लेख्याभे लौ तै नलेखे नि म चै खुब् हासे है :O
 
Posted on 07-24-06 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, तिमीले "हाँसिरहेको छु" भन्दा मलाइ अर्को एउटा थ्रेड मा दीप जी को कबिता याद आयो। मलाइ सार्‍है राम्रो लागेको थियो त्यो। गलत अर्थ नलागे यहाँ पेश गर्ने अनुमति माग्छु है। हुन त अलि सान्दर्भिक नदेखिएला त्यहि पनि रिफ्रेस गरुम न है?

आँखैका बाणले घायल थिएँ
मुस्कानका त रोकेकी भए हुने
मल्हम् लाउने त पछि तिमिनै हो प्रीये
आफ्नै काम धेरै नबढाए हुने।
:oP
 
Posted on 07-24-06 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले,
कठै भनि मुस्कान् ले राहत् दिन खोजेको
नयनकै बाण ले नै घायल भएभन्ने लाइ
मल्हम लाउन त डाक्टर् का पठाउने हो
घाउनै नभै स्वाङ् पार्ने लाइ :P :P :P :P !!!!
 
Posted on 07-24-06 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-24-06 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hamri tiru khatara chhin. teso nabhana na tiru.
 
Posted on 07-24-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! तितौरी र कुम्लेको त खतरा गइरा' रैछ नि यहाँ! :D अरू नि जाओस्।

तितौरी, कथाको बिचमा कुम्लेले सरिता दिदीको चप्पल खायो होला नि! :D

अनि भाग्दा चैं केराको बोक्रामा चिप्लिएर लड्यो होला, कि कसो कुम्ले? ;)
 
Posted on 07-24-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-24-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ अँ चित्रे , चित्रे अनि त्यो लडेकै ठाउ मा आएर फेरी थप्यो होला सरितादि ले ।
अनि अझ फुत्केर भाग्ने हुदा चप्पल् चुडियो होला,
अनि त्यो चुडिएको चप्पल् एक हात् मा लिएर चै कुलेलम् ठोक्या होला , कुम्ले :O
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters