[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ४९ ~

[Please view other pages to see the rest of the postings. Total posts: 655]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 349025 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-22-07 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ४९~





सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा।
२ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ
अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.






ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

 
Posted on 03-22-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धेरै धेरै बधाई छ कुम्लेलाई, फोटो हेरम् न त हामी पनि। :)
पुन्टे दाई बिजुली पत्र चेक गर्या हो?
 
Posted on 03-22-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरिबास्सै!! कुम्ले नि आको ?? १ वर्ष भयो रभन्या ? मैले त सपना हो कि जस्तो पो
लाइरा'छ ? तिमि तेइ हाम्रो कुम्ले त हो ??

पुन्टेदाको गित रे? घोक्रेस्वर त होला नि !
 
Posted on 03-22-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कस्लै थोक्ने हो,पुन्टे दा,लु याहा छ लौरो :)

 
Posted on 03-22-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामाममा!!
एक दिन आउन नपाएको त हर्रामि जमघट भैराको रैछन्तनि हौ चौतारिमा त!

लु चौतारिको सबै सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदिहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

आँsssच कुम्स पाटले एन्ट्रि हान्देको??? आम्मामामा तित्स सालिले भनेको जस्तै गोल्डस्टार जुत्ता र कालो चस्मा लाएको रैछन्तनि हौ! आपुईssss टक्क लाएर सुपारि पनि चपाईराको रैछन्तनि मुसुमुसु हाँस्दै! हरिsssssप गेटअप मा रैछन्तनि सोम त्यसैले मोलाई बाsssल गरेको!

नयाँ नयाँ सुड्डाहरु, सोमहरु र च्वाँकहरु देख्यो नि हौ मोइले त आजु! लु तित्स सालि सब को इन्ट्रो देऊ न ल मोलाई?
 
Posted on 03-22-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा --

अभिवादन।
 
Posted on 03-22-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यो दर्शन गरे है ।
 
Posted on 03-22-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्ट्रो चाइ होइन कि जिजु त्यो दिले ले ल्याएको बाङे लौरो ले हानेर् अन्त खप्पर् मा आलु फलाइ दिन्छु नि फिरि
 
Posted on 03-22-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, लुते! तो लौरोले चईनी, ठोक्न लायो भुने त यो बुढो ज्यान ग्वारलाम् गुर्लुम् लड्छ! टेकेर सहारा लिनु काँ काँ, क्यार्नि बजाउनि हो लौरो ले अरुलाई? म त निर्देशन मत्र दिने हो के रे, ठोक्ने त तिमेरु हौ नि! तर बेसरी त नठोक के रे, कुम्ले भर्खर बे अरेर आ'छ, फेरि नयाँ जहान रोली!

ए, हेऽऽऽऽऽ!
कुर्दा कुर्दा,
कुर्दा कुर्दा कुम्लेको सवारीको, कुम्लेको सवारीको,
कुम्लेलाई ठोक्दा, सुन मुया, माया लाउँछ बुहारीको!

ए, हिऊँ चुलीमा हिऊँ!
हिऊँ चुलीमा हिऊँ, ए, लर्के जोवन, भन कल्लाई दिऊँ?

************

सान्बुईनी, करेन्ट लाग्दा लाग्दै पनि हेर्न भ्याएं बिजुली पत्र। सब कुरोको बेली बिस्तार लाएर पेरि लेखम्ला अर्को बाजी।
 
Posted on 03-22-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye miss, yo computer ma nepali lekhni banaua paro ke. katti maja aayena yo gaikhani bhasama lekhera ta, lau kehi upaye chha bhane bhanam kere.
 
Posted on 03-22-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, लङ्घाली मगरहुरले आयोजना अरेको दोहोरी कर्जेक्रमाँ पुन्टे ज्यान उफ्री उफ्री नाच्दै!

 
Posted on 03-22-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ए, हेऽऽऽऽऽ!
कुर्दा कुर्दा,
कुर्दा कुर्दा कुम्लेको सवारीको, कुम्लेको सवारीको,
कुम्लेलाई ठोक्दा, सुन मुया, माया लाउँछ बुहारीको!

ए, हिऊँ चुलीमा हिऊँ!
हिऊँ चुलीमा हिऊँ, ए, लर्के जोवन, भन कल्लाई दिऊँ? >>>

पुन्टे दाईको लर्के जोबन अरु कस्ले लेला र त्यो धोबिनी बाहेक ?

कुम्ले आयो भन्या सुन्या थे अगि चौतारीमा हल्ला त निकै चलेको हो साचीँ हो के हो ?
मोरालाई पाता फर्काएर राख्नु नि हराउँदैन अब देखुन ।
 
Posted on 03-22-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो .... चौतारी त भरि भराउ आज।

लौ न गोताएंले के भन्या होल फेरि, त्यो खोष्टो बालेर ख्वाएको भोज् त के पच्थ्यो र? बरु तेही चित्रेले ल्याको भोज् खानुपर्ला। चित्रे नि क्या ताल को, चौतारीमा एत्रो मान्छे भा बेला त्यति जाबोले के पुग्थ्यो कुन्नि।
हरे ..... के गर्नु र मिस, अलि त दुब्लाउनु पर्ने नै भाको हो तर केहि नलाग्ने भो। बिरामी परेनी उस्तै नपरेनी उस्तै।

पुन्टेदाई को त आज पुरै दिन् चौतरीमा जस्तो छ। ल ल कुम्लेलाई ठेकान लगाउदैं, गीत गाम्दै गरम। के गर्नु रमाइलो भैराख्या बेला चौतरीमा बस्न मन त थ्यो नी, बरु छित्तै काम भ्याएर आउनु पर्ला।
 
Posted on 03-22-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O

मोलाई खप्परमा आलु फलाइदिने रे???
किन रिसाको हौ तित्स सालि? :O

पुन्ट्स सुड्डा आज अलिक फ्रि जस्तो छ नि? :)
 
Posted on 03-22-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुर्सद त के हुन्थ्यो, निसे?

रात भरिको अनिंदो ले ब्यान भरि सुतियो।कामाँ अईले जाम्ला, अईले जाम्ला भन्दा भन्दै, चौतारी मै अल्झेर दिन बित्यो। अब त नगई भएन!

अब नि फर्केर फेरि चौतारी आएं भने, म कुकुर!!!!!!!!!! :D
 
Posted on 03-22-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
'आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा -- ' कस्तो रा्मो
**********************
मलाइ नि अलिकति थप्न मन लायो है

आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!
 
Posted on 03-22-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन आज चौतारी को जन्म्दिन हो कि क्या हो?? कस्तो भिड रह छ यता त तर रमाइलो पनि छ । सबैजना आज बिदामा छन जस्तो छ । ल म पनि एकछिन यता बस्नु पर्‍यो । मलाइ त एउटा रम्रो गिइत् सुन्न् मुन लागो ल गाओ त केट-केटिहरु सुनम गितहरु।
 
Posted on 03-22-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अघिसम्म नेपेले चौतारीको जग खन्दै गरेको मानेको थिँ अहिले त यहाँ जमघट लागि सके छ । घरि कोहि नभएर बोल्न नपाएर मनमा चइन नहुने, घरि भ्याउन नै गार्‍हो, चौतारीको लिला अपरम्पार ।

आबो आफ्नो त आज जिम्दारसँग ठाकठुक परो, भोलिदेखि खेत खन्न नआइज भन्न बेर छैन । बजियाको नाम नै काइ, नामानुसारको काम नि देखाइहाल्छ । कुरो के परोभने मसँगै खेत जोत्ने एउटा बेलायतिकी सासु मास छर्न गइछन अनि उसलाई देश गाइहाल्नु पर्ने । तर सोमले किरिकेट हेर्ने भनेर छाता सहितको प्याकिज किन्या रैछ, उ त अब किरिकेस आफ्नै मुलुकमा गएर हेर्ने रे , अनि पाँच बीस परेको प्याकेज मलाई २० रूँपेमा बेच्छु भन्यो । उसको कुरो भुइँमा नखस्दै मैले हुन्छ भनिसकेकोथिएँ, काइले थर्काइहाल्यो । हेर्नुपर्‍याछ तँलाइ किरिकेस, भोलिसम्म रोपाइँ भएनभने यान हुन्छ त्यान हुन्छ भनेर नानाथरि पो भन्छ बजिए । उता बेलायतिको पिलेन आजै समाउनु पर्ने, यता काइले छोडेकै होइन । मेरो पालोपनि टिफिन ट्याममा हुँइकेर गएर छाता साता ऊखलेर ल्याएँ । फर्किँदा अलि अबेर भएछ, यी टुरिष्टहरुको अनुहार त्यसै रातो, काइ मोरो त झन खुर्सानी जस्तै दन्केर बस्यारैछ । के के भनो, अनि मेरो पालोपनि नेपालीमा लय हालि हालि घालि गरिदें । हेरम भोलि के हुन्छ अब ।

मानवी, लुते, पुन्टे सर, चित्रे, राहुल दाइ, मिस, ठुली, तितौरी, निस्ब्रो, गोनामे ज्यू, सान्नानी, दिप ज्यो, हरि, ग्वाँचे सबैलाई कडक शैलीमा अभिवादन टक्राएँ है ।

यामेलाई एउटा चिठी झारेको थिएँ, हुलाकीले बीचैमा चट पारेछ कि क्या हो ।
 
Posted on 03-22-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो निशान्त पुर्बेली परो जस्तो छ नि हौ! आम्मा मा मा मा मा म्म्! क्या दि रा छ हगी साथी हेरुले! पूरा गै राको रैछ नि हो! आंफु त इंटेरि देखि इलाम् टिप् गर्ने नाइट् बस् को गुरुजि भैयो कि अन्त तेसैले कबिता चिँ आङ्दैन नि हो!तर सप्पै इस्ट हरु लाइ पुर्बान्चल् का साझा बासि का तर्फ बाट नमस्ते छ ल! उता हुँदी भन्दा एता तिर मैया हरु पनि भैँकर् च्वाँक् रैछ नि हो।। हुन त कन्नेम्, पस्पतिनगर्, र अन्तु तिर को मुइयां हेरु पनि रातो रातो गाला भाको हुन्छ् नि हगि।। तर यो चौतारि मा त मास्टर्नि नानी चैँ के सारो राम्रो देखेको जि!! बिहा नभको भ देखि त हुन्थो नि!आइ याम् इन्टेरेस्टेड् इन् यु भन्नु हुन्थो नि, के गर्नु! थाहा भयेन इस्थिति!
 
Posted on 03-22-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गीत् डल्लि फुफु (नमार्नुस् है सप्पै ले त्यसै भन्छन् )लाइ :)

छेक्यो छेक्यो देउरालि डाडा हुस्सु र कुहिरो ले
छोडेन कहिले जा'गए पनि माया को धुइरो ले
झ्यालै मा बसेर लहै ...ल ललल...

राम्चन्द्रे त्यो साहु लाइ त्यहि उखाले र ल्याको छातै छातै ले हान्नु नि ।
 
Posted on 03-22-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खबरिलाल ले खाने भयो अब मिस को हात को सिस्नुपानि

(ओ मेरो आज ३० वटा पोस्ट् भैसकेछ अब आउन दिदैन होला :(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters