[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ASAD - shirish writes A Sher A Day

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 156607 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-17-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just using this technique for self encouragement and hopefully will have some consistency with the ghazal writing and productive.

Could have said like Nepe: a Ghazal in the making.

Here is for today's quota:

बिनाश कालै खोजे जस्तो , सुद्दि बुद्दि कहाँबाट बिपरित आयो ?
(९) १४ २३
बिग्रदो भत्कदो दिनै, आकस्मिकता कहाँबाट नियमित आयो ?
८ १५ २३


 
Posted on 09-07-05 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चुम्छन् प्याला तिम्रा निम्तालुहरु भोको !
म त प्यासी रहेको छु सधैं, तिम्रो सन्देको !

घाउले कहिले के गुनासो ग-यो तिमीसित ?
चलाखी हो आकाश, देखिने नीलो रको !

दिलको आखाले फसाउदो रहेछ के के तर?
यी घेराहरु हुन्, तिमीले रचेका चक्कको !

जमजममा रात पिएं र उषामा मदिरा
(रात भरि जमजम पिएं र मदिरा, उषामा)
टाटा पखाल्दै छु, एहरममा लागेको दाको !

निँहु पारी, चिट्ठी लेख्छु, बेमतलब भए पनि,
मौका मिल्छ लेख्ने, पारखी न परें तिम्रो नाको !

माया पिरतिले गालिबलाई निकम्मा बनायो,
नभए, मान्छे थिए ऊ पनि त केहि काको !
 
Posted on 09-07-05 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kudos shirish ji, gazal dherai nai ramra chhan. gazal ko comment garda indra ko agadi swarga ko bayan hola bhanera tai chup mai chup aafu ta. padho man parayo, agadi pachadi hat hallayo, wa wa bhanyo.....bas

मेरा बिशेषता: तिम्रानिम्ति पानी सरह भए
तिम्रो ईच्छाको आकार बन्न, निराकार हुनु पर्ने


 
Posted on 09-10-05 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad Punditji

tara urdu najanne tara shayeri garne lai gadha bhanekoma ajhaii dukha lagya cha.

je hos !

jamana bigyapan ko rai'cha lou mero pani sano bigyapan. I mean preview of "coming soon". This quafia is probably used most by the ghazalists and this novice is in the line.

जाली वक्ताको कल्ले सुन्ने ?
श्रोता दीर्धामा लाटा खाली !


Who is going to listen to the crook speaker?
There are dumbs only in the audience!

गोली हान्ने कि छाति थाप्ने,
खुट्याउँदैछु, को शक्तिशाली ?


The one who shoots or the one who takes shot
I am trying to find out, who is braver/powerful ?

 
Posted on 09-10-05 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मर्दा पर्दाका छिमेकी,
ताक्छ सिमानाका आली !

जाली वक्ताको कल्ले सुन्ने ?
श्रोता दीर्धामा लाटा खाली !

गोली हान्ने कि छाति थाप्ने,
खुट्याउँदैछु, को शक्तिशाली ?
 
Posted on 09-10-05 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गुरु,
पुस्तकको रुपमा निकाल्नु प-यो।
पुस्तक भो भने जहाँ बसेर पनि पढ्न पाइने। केही गर्नु परे भन्नुस् INLS JAPAN हाँगाले पनि केही गर्न सक्छ कि। म कुरा राखौँला गर्ने नै भए।
BTW
नेपे गुरुको "एउटा च्यात्न नसकेको चिट्ठी" कहाँ पुग्यो भन्या? त्यो कुरा सुनेको महिना सातेक पुगेन र भन्या?
बरु साझामा टाँसुम् न एक दुई भाग सुन्न मुन लायो।
 
Posted on 09-11-05 4:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मर्दा पर्दाका छिमेकी,
ताक्छ सिमानाका आली !

जाली वक्ताको कल्ले सुन्ने ?
श्रोता दीर्धामा लाटा खाली !

गोली हान्ने कि छाति थाप्ने,
खुट्याउँदैछु, को शक्तिशाली ?

शान्त देश छ, अझै कतै !
कहां ? कहां ? सोध्छन् नेपाली !


 
Posted on 09-11-05 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुत राम्रो छ। प्लिज किप पोष्टिङ ।
 
Posted on 09-11-05 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुक्त बन्दी भएँ, राखेर बन्धन धरौटीमा
नराखे बन्धकमा जेथो, अरु राखने के?

 
Posted on 09-12-05 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada, binod and deep jee

Thank you.

Here is one more sher...

मर्दा पर्दाका छिमेकी,
ताक्छ सिमानाका आली !

जाली वक्ताको कल्ले सुन्ने ?
श्रोता दीर्धामा लाटा खाली !

गोली हान्ने कि छाति थाप्ने,
खुट्याउँदैछु, को शक्तिशाली ?

शान्त देश छ, अझै कतै !
कहां ? कहां ? सोध्छन् नेपाली !

हुकुमले काट्यो कानून,
गनाएको; मति हो कि नाली ?


 
Posted on 09-21-05 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

couple of shers from my new ghazal: both fits into matla category..


आफू भन्दा टाढा हेर्न नचाहने जोडी आँखा थियो !
नजीकबाट देख्दा खरानी अलि, बाकी धुंवा थियो !

पाप गरि रहें क्रमश:, आश्वासनमा क्षमा थियो !
पश्चाताप मेरो, तिमी ईश्वरीय बन्न नसक्दा थियो !




 
Posted on 09-21-05 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजी,
तपाईँका गजलहरु सबै पढिराखेको छु। आफू गजलको धेरै तल्लो कक्षाको विद्यार्थी (अझ पारखी मात्र भन्दा ठीक होला।) , त्यसैले प्वाक्क प्रतिक्रिया दिईहाल्ने आँट आएन।

बरु एउटा कुरा सोध्नु थियो, तपाईँले पाहुनाले हैरान पारेको विषयवस्तुमा शुरु गर्नुभएको कथा सकिईसकेको हो र? होइन भने अर्को भाग कहिले आऊँछ?

 
Posted on 09-22-05 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam jee,
lekhdai garamla ! tapai pani "pidit"
ho ki kya ho?


आफू भन्दा टाढा हेर्न नचाहने जोडी आँखा थियो !
नजीकबाट देख्दा खरानी अलि, बाकी धुंवा थियो !

पाप गरि रहें क्रमश:, आश्वासनमा क्षमा थियो !
पश्चाताप एउटै, तिमी ईश्वरीय बन्न नसक्दा थियो !


ठोस हुन नसकेका सोचाईहरु मस्तिष्कमा थियो !
होस् कसरी ? रगत पातलो, पानी बरु गाढा थियो !



 
Posted on 09-22-05 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजी, म अहिलेसम्म पाहुना पिडित भईसकेको छैन, बरु यदाकदा पीडकको भूमिका भने निभाईन्छ ! कथाको टाउको राम्रो लागेकोले पूरै जीउ हेर्न मन लागेको हो।

अनि एउटा कुरा, गजलको आधारभूत नियमहरुका बारेमा कतै पढ्न मिल्ने भए लींक सींकको जानकारी पाम्न ।
 
Posted on 09-25-05 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू भन्दा टाढा हेर्न नचाहने जोडी आँखा थियो !
नजीकबाट देख्दा खरानी अलि, बाकी धुंवा थियो !

पाप गरि रहें क्रमश:, आश्वासनमा क्षमा थियो !
पश्चाताप एउटै, तिमी ईश्वरीय बन्न नसक्दा थियो !

ठोस हुन नसकेका सोचाईहरु मस्तिष्कमा थियो !
होस् कसरी ? रगत पातलो, पानी बरु गाढा थियो !

choose one from these two shers:

भेटाएं भन्नेको भाबना भौतारिएर भबितब्यै भयो
सहर्ष सर्बाङ्ग अगांल्न खोज्दा तिम्रो केबल छाया थियो ।

भगबान् भेटें भन्नेको, भजन भताभुगं भयो
कृष्णको ध्यान अन्तै मोड्ने साथमा जो राधा थियो !


 
Posted on 09-25-05 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारि सोँच्नि हुन् यी शिरिष गुरुले। म त घुम्या घुम्यै भएँ गाँठे।

ठोस हुन नसकेका सोचाईहरु मस्तिष्कमा थियो !
होस् कसरी ? रगत पातलो, पानी बरु गाढा थियो !


यै २ हरफमा डाउडरी नै अर्न पर्ला जस्तो भो, गहिराइमा पुग्न सक्या भे मार्दिम ल। पैलो र
दोस्रो हरफ जोड्ने बोल्टु खोज्दा खोज्दा हैरान। गजल मात्र हैन, गजलको सप्रसङ्ग ब्याख्या
पनि अर्न परो गुरु। नत्र त यो गोबरमा औँसिया चल्न लाग्यो।


राधा त "थिइन" हुन पर्नि हैन र हौ भन्या। त्यसैले मेरो रोजाइ पहिलो शेर।


श्री पशुपतिनाथले गुरुलाई लेख्ने जाँगर दिउन, मलाई पढ्ने समय दिउँन।

:-)
-भउते काजि

 
Posted on 09-25-05 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पातलो रगत = रक्तपातको अधिकताले गर्दा बढेको जीवनको सस्तोपना
ठोस हुन नसकेका सोचाई = तर्क वा भावनाको अन्तर्द्वन्दले गर्दा गर्न नसकिएको निर्क्योल

यो पाराले अर्थ्याउँदा शेरको दुवै पङ्तिमा संगति भेटिन्छ कि, भउतेजी ?

जे होस्, शिरिषले जटिल शेर लेखनमा पनि कुशलता हासिल गर्दैछन् ।

गजलको बारेमा मेरो रुचिगत जोड के छ भने, यसले गीतको सरलता र सरसता तथा कविताको बौद्धिकता दुवै बोकेको हुनुपर्छ । परन्तु, यदाकदा, बौद्धिक व्यायामको लागि उपयुक्त हुने जटिलता पनि नराम्रो कुरा होईन । सरसता पनि एकरसता हुनसक्छ वैविध्य भएन भने ।
 
Posted on 09-25-05 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजी, मलाई त दुबै मन पर्यो । बरु एउटा कुरा-

"भगबान् भेटें भन्नेको, भजन भताभुगं भयो
कृष्णको ध्यान अन्तै मोड्ने साथमा जो राधा थियो ! "

लाई

"भगबान् भेटें भन्नेको, भजन भताभुगं भयो
कृष्णको ध्यान अन्तै मोड्ने राधाको जो साथ थियो ! "

गरे कसो होला ।


 
Posted on 09-25-05 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले माथिको रोज्न खोजेँ । बरु बुझेर रोजेँ कि नबुझिकन रोजेँ कुन्नि त्यसमा भने मेरो हठ छैन।

भेटाएं भन्नेको भावना भौँतारिएर भबितब्यै भयो
सहर्ष सर्बाङ्ग अगांल्न खोज्दा तिम्रो केबल छाया थियो ।

"भवितव्य" भए त भेट्नुपर्ने। यसको साटो "मृगतृष्णा" अथवा त्यस्तै Hypothetical सित नजिक अर्थ लाग्ने शब्द हुनु परेन र? कुरोले मलाई ट्वाक्क बुझेन केरे (श्रीको शब्द सापट लिएको है।)गुरुको जो आज्ञा!
 
Posted on 09-26-05 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जि
कहिले देखि नि काजी?
म त केहि भनि हाल्नेवाला छैन भउते जी ! अर्थ्याउने काम तपाई कै !नेपे जीले लाउनु भा? जस्तै आफै लाउने !

दादा गिरि जि ,
भेटें भन्ठ्ठानेले नभटेपछि पो त्यसको भाबना भौतारिदा पो भबितब्य भा?को !

गौतम जि ,
काफीया मिलाउन राधा, जो को पछि लगाएको र तपाईले भन्नु भएको कुरा सहि हो !

गजलको नियम बारे नेपे जि ले एउटा खुब राम्रो illustration गर्नु भा? थियो भेट्टाउनै सकिन !

आफू भन्दा टाढा हेर्न नचाहने जोडी आँखा थियो !
नजीकबाट देख्दा खरानी अलि, बाकी धुंवा थियो !

पाप गरि रहें क्रमश:, आश्वासनमा क्षमा थियो !
पश्चाताप एउटै, तिमी ईश्वरीय बन्न नसक्दा थियो !

ठोस हुन नसकेका सोचाईहरु मस्तिष्कमा थियो !
होस् कसरी ? रगत पातलो, पानी बरु गाढा थियो !

भेटाएं भन्नेको भाबना भौतारिएर भबितब्यै भयो
सहर्ष सर्बाङ्ग अगांल्न खोज्दा तिम्रो केबल छाया थियो ।

पागल भनाई केहि मेटाएं लागेका धेरै दागहरु,
स्वस्थ हुन फेरि, दिमागमा आउने आवाज बाधा थियो !

ईन्कार किन गर्थिन् फूल ? खुलेआम चुम्नेलाई पनि
पराग ल्याई लोभ्याउने आखीर मौरीको ढाँचा थियो !
Hmmm

 
Posted on 10-02-05 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु, अर्को शेर कहिले?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters