[Show all top banners]

jhaukiri
Replies to this thread:

More by jhaukiri
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Shitasma

Jalparri
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 ....र म दोषी भए !
[VIEWED 14142 TIMES]
SAVE! for ease of future access.
Posted on 01-07-15 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 


हामीलाई त आकाशले बाँधेको रै'छ.... सानु,
त्यसैले त निस्फिक्री बराल्लिरहेकाछौ....... बादलका भुवासरि.....
गन्तब्यहिन हिऊका थोप्ला झैँ रुमल्लिरहेकाछौ
तल झर्न र बिलिन हुन !

मैले अस्तित्वको प्रश्न गरेको छैन |
आफैले आफुलाई यत्रो बोझ तेर्स्याएर अनन्य कसरी गरूँ...
तर पनि यो सहयात्रामा .... सहभागी तिमी
अभागी बनी ...दुख मात्र पायौ....
म बन्देजको विरुद्ध...... स्वतन्त्रताको खोक्रो आशमा हिंडेको मान्छे
जीवनको नयाँ आयामलाई आत्मसाथ गर्न असफल भएँ,
जुनकिरी जस्तै चम्केला भने सोचेको जीवन
बुढो खहरे बनी सुकेर गयो....

तिमी खहरेले बगाएर ल्याएको ढुंगा भयौ ....
म बालुवा बनेर हावामा उडे !

........अनि फेरी प्रश्नकर्ताहरुसंग डराउछु म
ती तिम्रै साइड लिएर मलाई घोचछन्
तिमी मुकदर्शक बनेर बस्छौ....
म दोष स्वीकार्छु...
आफुलाई धिक्कार्छु ..
तिमी कति सजिलै माफी दिएर महान बन्छौ
म दोषी बनेर उन्मुक्त हुन्छु ..

अनि  सोच्छु 
मेरो सहयात्रामा .... सहभागी तिमी
अभागी बनी .....दुख मात्र पायौ...

....र म दोषी भए !

Last edited: 07-Jan-15 10:02 PM

 
Posted on 01-07-15 9:16 AM     [Snapshot: 89]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि झुल्किनु भो नि झ्याउकिरी जि   ..... तर कविता किन सबैका प्राय: निराशाले भरिएको हुन्छ ... जति पढ्छु दु:ख दर्द र निराशा अनि पिडाको अनुभूतिलाइ नयाँ आवरणले ढाकेर नयाँ ढांचामा पोखिएको हुन्छ ..... आशावादी किन हुदैन धेरै कविता ..... आजकालको कविता ...... हुन त हरि दाइले भनेको 'आँशु हाँसो भन्दा जेठो रे ' तेसैले जेठाले पालेका होलान सबलाई ......

माथिको कविता राम्रो लाग्यो है फेरी... अन्यथा नलिनुस ...

- थाने
Last edited: 07-Jan-15 09:17 AM

 
Posted on 01-07-15 10:07 PM     [Snapshot: 273]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्नुको रमाइलो साथी,
दु:ख,पिडा,रोदन,क्रोदन सबलाई शब्दमा फाल्द्यो र् हल्कापनको खोजी !!
 
Posted on 03-29-15 6:52 PM     [Snapshot: 766]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai dukha ani pida lai malam lagaune madhyam jasto lagcha kabita....

ramro lekhu bhako cha lekhdai garnu,,,,,
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters