columbiauniversity
More by columbiauniversity
What people are reading
Subscribers
Please log in to subscribe to columbiauniversity's postings.
:: Subscribe
|
|
[VIEWED 3742
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
columbiauniversity
Please log in to subscribe to columbiauniversity's postings.
Posted on 03-01-16 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कवि गणेश राईले सोमबार मण्डला थिएटरमा युद्धसम्बन्धी कविताहरु सुनाइरहँदा लाग्थ्यो, एकासी एमएमका सेलहरु हामीमाथि खसिरहेछन् । नाटक घरको कलात्मक मञ्चमा एकल कविता वाचनको एसल्टटमा उनी एक्लो योद्धा भने थिएनन् । चिन्डो बुक्सद्वारा आयोजित एकल कविता वाचनमा कवि प्रकाश थाम्सुहाङ र शकुन्तला जोशीले उनलाई कविता फायरीङमा सपोर्ट गरेका थिए । प्रकाश थाम्सुहाङले युद्ध च्याप्टरको दैलो ‘म देश दुखिरहेछु’ शिर्षकको कविताबाट उघारेपछि ‘एम्बुसमा चुँडिएको गोर्खाली जीवन’, रिक्रुइट सिम्फोनी’, ‘आमालाई चिठि’, ‘म मरेको दिन’, ‘नोवेम्बर एघार’, ‘जाडो र मान्छे’ शिर्षकका कविता गणेशले सस्वर वाचन गरेका थिए । उनले कविता मात्र सुनाएनन् । युद्धका पीडादायिक कहानी पनि सुनाए । बन्दुक समाइरहेका हातहरुले कलम समाउनुका कारण खुलाउँदै उनले भने ‘हामी गोर्खालीहरुले लडेका युद्धलाई कथा मात्रै बनाइयो । यो लिपिवद्ध कहिल्यै भएन । यसो हुनुमा कारण छ । योद्धाहरु अशिक्षित हुनु । तर, अब कसैले हाम्रो कहानी नलेखे पनि हामी आँफै लेख्ने छौं । दोस्रो विश्वयुद्धयता लेख्न सुरु भएको छ ।’ उनीहरु साहित्य लेखनमा लाग्नुको अर्को घच्चिको कारण पनि सुनाए, ‘हामी युद्ध साहित्यलाई अंग्रेजी साहित्यसम्म पु¥याउन चाहन्छौं ।’ फकल्याण्डको युद्धमा बन्दुकको ट्रिगर दबाइरहँदा उनले युद्धको रुपलाई अझ नजिकबाट नियाल्ने अवसर पाए । सायद त्यसैले ‘युद्धको रुप’ शिर्षकमा कविता लेखे । उक्त कविता शकुन्तला जोशीले सुनाएपछि युद्धलाई बिसाएर गणेश अन्य कविताहरुको च्याप्टरतर्फ लागे । यस च्याप्टरमा उनले ‘अब्दुल्ला कुर्दिस’, ‘आदिम सौन्दर्य’, ‘श्रद्धा तुहिएको साँझ’, ‘अनुहार बदलिएको लन्डन र ज्याक स्मिथहरु’ र ‘अनुहार खोसिएका अनुहारहरु’ शिर्षकका कविता श्रवण गराएका थिए । कार्यक्रमको अन्त्यमा प्राज्ञ कवि श्रवण मुकारुङले गणेशका कविता सुनिसकेपछि भने, ‘गणेश राईलाई युद्ध साहित्यका सिद्धान्तभन्दा पर पुग्दा पनि एउटा पूर्ण लेखकका रुपमा पाउन सकिन्छ । कवि भनेको स्टोरी टेलर रहेछ । इतिहासकार, असल आलोचक, असल समाजशास्त्री, असल संगीतकार सबै रहेछ कवि ।’ त्यसपछि नेपालका आदिवासीहरुले लेखेका साहित्य युद्धभन्दा पृथक नरहेको भन्दै उनले भने, ‘गणेश राईको भाषा चाहिँ एलीट छ । उहाँको लेखनमा लाहुरेका केही शब्द त छन्, तर त्यो लाहुरेकै भाषा भने होइन ।’ लाहुरे संस्कारसँग आफूहरु पनि जोडिएको भन्दै श्रवणले दाबी गरे ‘हामी पनि युद्ध साहित्यका अंशियार हौं ।’ -
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| H1B |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| When will Nepali women be equal? |
| Why Prachanda seems to be the smartest of them all? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Can we really get rid of Nepotism in the government? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|