[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णय
[VIEWED 9485 TIMES]
SAVE! for ease of future access.
Posted on 11-13-16 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sujata Koirala (1)

२८ कात्तिक, काठमाडौं । सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ ।

विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै ५० लाख दिने निर्णय भएको हो ।

आइतबारको मन्त्रिपरिषद् बैठकमा उपचार खर्चसम्वन्धी मापदण्ड एजेण्डामा थियो । तर, त्यसबारे छलफल नै नगरी ठाडो प्रस्ताव ल्याएर पूर्वपरराष्ट्रमन्त्री कोइरालालाई उपचार खर्च दिने निर्णय भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा ५० लाख दिने निर्णय भएको छ ।

कोइरालाले त एक करोड उपचार खर्च मागेकी थिइन् । उनलाई स्तन क्यान्सर भएको छ । र, कोइराला थप उपचारका लागि आइतबार नै सिंगापुर प्रस्थान गरेकी छन् ।

तुलसी गिरीको रोकियो, रामवरण र सुजाताले पाए

प्रचण्ड सरकार बनेपछि पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई उपचार खर्च दिने निर्णय भएको छ । उनलाई सुरुमा ६० लाख उपचार खर्च दिइएको थियो । पछि यसलाई पेश्कीमा बदल्दै सबै उपचार खर्च दिने र टोलीको सबै खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

तर, कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्यमन्त्री भएपछि राजनीतिज्ञ तुलसी गिरीलाई उपचार खर्च दिने प्रस्ताव रोकियो । उनले केपी सरकारकै पालामा २० लाख रूपैयाँ लगिसकेका थिए ।

यही बेला अर्थ समितिले पनि नयाँ मापदण्ड बनाउन निर्देशन दियो । र, स्वास्थ्यमन्त्री थापाले पेश गरेको नयाँ मापदण्ड मन्त्रिपरिषद् बैठकको एजेण्डामा पनि थियो ।

तर, त्यसबारे छलफल नै नगरी सुजातालाई ५० लाख दिने निर्णय भएको छ । तरुण दलको महाअधिवेशनका कारण स्वास्थ्यमन्त्री थापा भने मन्त्रिपरिषद् बैठकमा थिएनन् ।


http://www.onlinekhabar.com/2016/11/500537/


 
Posted on 11-13-16 12:03 PM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it's an exclusive club, and most of the Nepali people are not in it.
The inflation in Nepal is not a joke. Prices have risen even for basic necessities, including hospital and school fees.
It has become survival of the fittest in a rough sense. Poor people do not have many options. It's sad. People resort to anything in other to make money. Honesty, kindness is hard to find.
 
Posted on 11-14-16 7:29 AM     [Snapshot: 238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

who will be the next recipient?
 
Posted on 11-14-16 9:34 AM     [Snapshot: 298]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


राज्यसँग उपचार खर्च लिने सुजाता कोइराला अर्बपति !

अर्बौंको सम्पत्ति, ५० लाखको लालसा



२९ कात्तिक, काठमाडौं । सरकारले कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि ५० लाख दिने निर्णय गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको छ । पूर्वमन्त्रीसमेत रहेकी नेतृलाई सरकारले उपचार खर्च दिने निर्णय गर्दा सामाजिक सञ्जालमा किन विरोध भयो ?

यो विषयलाई हामीले चाहिँ अर्कै कोणबाट खोतल्ने प्रयास गरेका छौं । सरकारसँग उपचार खर्च माग्नुपर्ने सुजाता कोइरालाको आर्थिक हैसियत कस्तो छ ? हामीले नेतृ कोइरालाको आर्थिक अवस्थाबारे खोजी गरेका छौँ ।

सुजाता कोइराला ०६६ सालमा गठित माधवकुमार नेपाल नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन् । त्यसक्रममा उनले सरकारलाई बुझाएको सम्पत्ति विवरण हामीसँग छ । त्यसबेला सुजाताले बुझाएको सम्पत्ति विवरणले उनको जुन आर्थिक हैसियत देखाएको छ, त्यसरी हेर्दा सरकारले उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन आवश्यक थियो कि थिएन, आफैं प्रष्ट हुन्छ ।

कति छ सुजाताको सम्पत्ति ?

सुजाता कोइरालाले आफैं हस्ताक्षर गरेर ०६७ भदौ २३ गते सरकारलाई सम्पत्ति विवरण बुझाएकी थिइन् । त्यतिबेला सार्वजनिक भएको सम्पत्ति विवरणमा उनका नाममा करिब २ अर्ब बराबरको जमीन रहेको छ ।

sujata-sampati

बिराटनगर उपमहानगरपालिका ९ नम्बर वडा र बखरीमा सुजाताका नाममा अहिले १४ विघा जमिन छ । तराईमा चलन चल्तीमा रहेको जग्गा नाप विधिमा एक विघामा २० कठ्ठा जमिन हुन्छ ।

विराटनगर उपमहानगरपालिका घडेरी किनबेचमा देशकै सबैभन्दा महंगो स्थानमा पर्छ । काठमाडौको न्यूरोड, दरबारमार्ग क्षेत्रका केही रोपनी नेपालकै सबैभन्दा महंगो जमिनमा पर्न सक्छ । त्यसपछि विराटनगर उपमहानगरपालिका घडेरीका लागि सबैभन्दा महंगो ठाउँ हो ।
त्यस्तो महंगो ठाउँमा सुजाताका नाममा कम्तिमा १५ विघा १४ कठ्ठा जमीन रहेको छ । तराईको एक कठ्ठा जमिन भनेको पहाडको १ रोपनीभन्दा बढी क्षेत्रफलको हो ।


विराटनगरमा रहेर पत्रकारिता गरिरहेका संचारकर्मी महाप्रसाद खतिवडाका अनुसार विराटनगर उपमहानगरपालिकाभित्र पर्ने त्यस ठाउँको जमीनको मूल्य अहिले कम्तिमा पनि एक विघा बराबर ९० लाख देखि १ करोडसम्म पर्छ । त्यहाँको जमिनको अनुमानित मूल्यबारे खतिवडा भन्छन्, ‘तत्काल घर बनाएर बस्न नमिल्ने, धान रोप्नमात्र मिल्ने जमिनलाई पनि कम्तिमा प्रतिबिघा ९० लाख देखि १ करोड पर्छ । सुजाताका नाममा रहेको त्यस क्षेत्रको जमिनको मूल्य निकै महंगो क्षेत्र हो ।’

नेतृ सुजाताको जग्गा भएको वडा नम्बर ९ अर्थात वखरी भन्ने ठाउँ बस्ती बस्न अर्थात घडेरीमा विक्री हुने क्षेत्रमा पर्छ । भौतिक पूर्वाधारका दृष्टिकोणले तिव्र विकास भइरहेको त्यस क्षेत्रको जमिनको मूल्य एकविघा बराबर कम्तिमा पनि १ करोड ५० लाख जति पर्न जान्छ । सुजाता कोइराला आफैँले हस्ताक्षर गरेर बुझाएको सम्पत्ति विवरणमा उनले लेखेकी छिन्, ‘पिताजी स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट नामसारी गरिएको १४ विघा ।’

यसको अतिरिक्त उनको नाममा विराटनगर उपमहानगरपालिका वडा नम्बर १५ मा थप १५ कठ्ठा ९ धुर जमिन छ । बखरी क्षेत्रको भन्दा वडा नम्बर १५ मा रहेको १५ कठ्ठा जमिन निकै महंगो मूल्य पर्ने जमिन हो ।

यति मात्र होइन, सुजाता कोइरालासँग विराटनगरमै थप जमीन छ । मोरङ उपमहानगरपालिका वडा नम्बर ३ मा थप ८ कठ्ठा, १० धुर जमिन छ ।

मोरङ्गकै डाइनिया गाविस वडा नम्बर ६ को कित्ता नम्बर ३९ मा ११ कठ्ठा १५ धुर जमिन छ । यसै गाविसको वडा ७ मा कित्ता नम्बर ४० मा फैलिएको २ कठ्ठा १२ धुर जमिन छ । त्यसै क्षेत्रमा कित्ता नम्बर ४२ मा ४ कठ्ठा १२ धुर थप जमिन छ भने त्यहीँ कित्ता नम्बर ४९ मा १२ कठ्ठा १४ धुर अर्को प्लट छ ।

कोइरालाका नाममा करिब १५ विघा १४ कठ्ठा जमिन देखिन्छ । सामान्यतः सबैभन्दा कमजोर भौतिक पूर्वाधार भएको जमिनको समेत कम्तिमा पनि एक विघा बराबर एक करोड मूल्य पर्छ । योमध्ये नेतृ कोइरालाको करिब २ विघा जमिन निकै महंगो मूल्य पर्ने संरचनामा फैलिएको छ । यी जमिनको विवरण सुजाता कोइरालाले आफै सार्वजनिक गरेकी हुन् ।

२५ करोडको जमिनमा एक करोडको घर

कोशी अञ्चल अस्पतालको ठीक अघि एउटा विशाल सेतो घर छ । करिब ८ कठ्ठाको क्षेत्रफलभित्र पर्खालले घेरिएको उक्त घर नेतृ सुजाता कोइरालाको आफ्नै नाममा छ ।

सुजाता बिराटनगरमा रहँदा त्यही घरमा बस्ने गर्छिन् । सञ्चारकर्मी धु्रव भट्टराईका अनुसार कम्तिमा पनि त्यो घरको मूल्य १ करोड भन्दा बढी पर्छ । घर वरपर फैलिएको ८ कठ्ठा जमीनलाई कम्तिमा पनि २५ करोड बराबर मूल्य पर्छ । सुजाताको घर भएको त्यस ठाउँमा जमिनको मूल्य धुरकै कम्तिमा ३० लाख रहेको छ ।

२०७३ कार्तिक २९ गते २०:०८ मा प्रकाशित

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters