[Show all top banners]

kalpu
Replies to this thread:

More by kalpu
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा : मेरी हुन नसकेकी श्रीमती
[VIEWED 11992 TIMES]
SAVE! for ease of future access.
Posted on 02-06-17 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कति मज्जाको लघु कथा 

Source http://sahityasangraha.com/%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%80-%E0%A4%B9%E0%A5%81%E0%A4%A8-%E0%A4%A8%E0%A4%B8%E0%A4%95%E0%A5%87%E0%A4%95%E0%A5%80-%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A4%A4%E0%A5%80/

~रजित ओझा~Rajit Ojha

मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन , अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल प्रति पल ब्याप्त थियो | नहोस पनी कसरी ? उनको लागी त थाहा छैन, मेरो लागी भने यो अनुभब पक्कै पनी नयाँ नै थियो | हामी दुई जनाको कुरा छिन्न केटा र केटी ले गफ गरून भनेर रखिएको थियो एउटै कोठामा !

आख़िर मा मैलेनै आफू केटा हुनुको बोध दर्शाउने बिचार गरे ।

” तिम्रो नाम के हो ?”
कस्तो अवास्ताबिक प्रश्न ! मानौं म प्रश्न सोध्नलाई मात्र प्रश्न सोधिरहेछु ! पक्कै पनी मेरो यो प्रश्न प्रति उनिलाई हाँसों उठ्यो होला ! शोलेमा “तुम्हारा नाम क्या है बसन्ती ?” भने जस्तो !

” बिबाह गर्न आउनु भएको नाम नै थाहा नभई त ? ”
उनले मलाई प्रतिप्रश्ना गरिन । उनको बोली स्पस्ट थियो, एउटा साहसी युवक को जस्तो! म छक्क परें , प्राय केटीहरु लजाउने खालका हुन्छन् भन्ने मेरो सोचाई थियो , तर मेरो सानो प्रश्न माथी पनी प्रतिप्रश्ना ? किन ? उन्लाई मलाई उनको नाम संध्या हो भन्ने थाहा हुंदाहुँदै पनी उनले दोहोर्याएर पनी त भन्न सक्थीन । के यो उनको अहम् हो ? वा अरु नै कुनै कुरा ? मैले पहिलो चोटी उनिलाई नियालें । साधारण भएर पनी असाधारण थिइन् उनी । बिवाह को लागी पहिलो भेटघाट ने भए पनी खास श्रृंगार थिएन उनको अनुहारमा, तर बिछट्टै राम्री . के ले गर्दा हो मलाई पानी थाहा छैन ! शायद उनको चुच्चो नाक, शायद एउटा रहस्य बोकेको जस्तो अनुहार, शायद अरु नै केही !

” तपाईको यो पहिलो पटक हो ? ”
उनले मलाई फेरी एक पटक झाटारो हानिन । म अकमक्क परे । उनी पक्कै पनी साधारण होइनन, नभए पहिलो भेट , त्यो पनी बिबाह्को उदेश्यले , केटी ले यस्तो प्रश्न सोध्नु त पक्कै पनी साधारण मनिदैना ।

” किन ? तिम्रो होइन र ? ”
मैले पनी एकछिन उनलाई जिस्काउने प्रयास गरे ।

” म तपाँई जत्तिको नर्भस भएको छैन नि, छू र ? ”
उनी पहिलो चोटी हासीन . एउटा स्वछन्द हाँसो, रोकटोक नभएको ! कोठा भित्र चिया को ट्रे छिर्यो, हामी अली सतर्क भयौ । ट्रे बोकेरा आउने अधबैसे आईमाई ले हामिलाई चियो को नजरले हेरिन अनी चुपचाप बाहिर निस्किन । ढोका ढप्क्याईदियीन । यो कती बेर सम्म हुने हो सोच्दै मैले पसीना पुश्ना रुमाल बाहिर निकाले ।

” मंसिरमा काठमान्डौ मा पसीना ? ”
उनी फेरी हासीन ।

“तिमी हास्दा असध्य राम्री देखिन्छ्यौ , एकदम निस्फिक्री हासे जस्तो !”
मैले पहिलो चोटी उनको प्रसंसा गरे तर साँचो भन्छु प्रसंसा मेरो मुटू बाट साँचो निक्लेको प्रसंसा थियो । हुनसक्छ , मलाई देखावटीपन मन पर्दैन ।

“तपाई चीनी कती चम्चा लिनुहुन्छ?”

“अरु बेला दुई चम्चा , आज एक चम्चा मात्र !”

“किन?”

” एक चम्चा चीनी को काम त तिम्रो हातले पनी गर्ला नि!”

” मलाई यस्तो नहुने कुरा गरेको मन पर्दैन !”
पहिलो चोटी प्रसंसा मन नपर्ने केटी देखियो, तर किन हो किन मलाई त्यही प्रसंसा मन नपर्ने केटी नै मन पर्दैछ ।

“कस्तो भौतिकतावादी तिमि ! प्रसंसा पनी मन नपर्ने !”

” होइन ! म यथार्थ वादी छू ।”

” एउटा कुरा सोधौ?”

” सोध्नुहोस न ! त्यसैका लागी त तपाँईलाई यो कोठा भित्र छोडिएको!”

“तिमि यती राम्री, फ्रैंक पनी ! कलेजमा केटाहरुसंग affair भएन कहिल्यै ?”
यो प्रश्न मैले अली ज्यादा नै सोधे जस्तो लागेको थियो तर उनको हासो ले म परिधि भित्रै छू जस्तो लाग्यो ।

“अहं मैले कहिल्यै पनी केटा हरुलाई खासै भाऊ दिइन । तपाँई पनी त handsome हुनुन्छ, कोही girlfriend बनेनन?”

” थिए तर प्रतिस्पर्धा मा तिमिलाई जित्न सक्ने कोही पायीन । ”

” मलाई प्रतिस्पर्धी बनाएर आफुलाई पुरस्कार बनाउन खोज्नु भएको ! भो मलाई चाहिएन पुरस्कार !”
पहिलो चोटी मलाई यो युद्ध हरेको अनुभव भयो । मैले अफ्नो अन्तिम अस्त्र फ्याल्ने प्रयास गरें ।

“तिम्रो जीवन मा कोही छ भने भन । म बाटो छोडीदिनेछु ।”

“तपाँई राम्रो केटा हुनुन्छा, तर म तपाईलाई मात्र साथी बनाउन सक्छु ।”

” जीवनसाथी किना बनाउन सक्दिनौ , कोही केटा छ ,के उ म भन्दा राम्रो छ ? caring छ ? ”

“मलाई सानै देखि केटा हरु कहिल्यै मन परेनन् , उ केटा होइना केटी हो !!!”

मैले मुन्टो उठाउने साहस गरीन, तलको कार्पेट मलाई गीज्याऊँदै थियो ।


 
Posted on 02-06-17 2:17 PM     [Snapshot: 304]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katha ramro lagyo...bhane pachi uni lesbian pari chan , hoina ta ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters